Tag Archives: nepali sahitya

कथा : फेसबुक वास्तविकता

~शर्मिला खड्का दाहाल~ ‘हाइ डियर !’ ‘हाइ !’ ‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’ ‘किन ?’ ‘एकाएक हराउँछौ ।’ ‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो हाम्रो मनको दुरी

~क्षेत्र प्रताप अधिकारी~ धेरै देखेँ सपनीमा धेरै लेखें चिठी एउटा उत्तर पाए नि रिमै मायाबिना सित्ती दोधारेको पारा माथि चढेजस्तो छ तिम्रो हाम्रो मनको दुरी बढे जस्तो छ मैले पनि सपनीमा नदेखेको हैन बस्न पाउन प्रतिउत्तर नलेखेको हैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : माया बस्या

~केदार श्रेष्ठ “गगन”~ मलाई छाडि के भो र अर्कै माया पायौ होला धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला । झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै रुँदै हाँस्दै उसलाई पनि साहनुसम्म सायौ होला ।

Posted in गजल | Tagged | Leave a comment

कथा : च्यातिएको छाया

~मनोज बोगटी~ 5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए। उसले मलाई भनिन्‌- ‘यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चलचित्र गीत : विरताको चिनो

~कुसुम गजमेर~ ~तुलसी घिमिरे~ विरताको चिनो, वीरको सन्तान शहिदको रगत, लाहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी जन्म लियौ, यो भीर पखेरामा, रोज्नु छ आफै तिमीले यो माटो उभिन खोज्ने कलिला खुट्टा खोज्नु छ आफै तिमीले … Continue reading

Posted in नेपाली गीत | Tagged , | Leave a comment

यात्रा संस्मरण : हात्तीवाङ्-खालीहात नजानोस् !

~भुवनहरि सिग्देल~ मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : भ्वाइलन बजायो

~राकेश कार्की~ भ्वाइलन बजायो बिरक्त तालमा कसैले दु:खमा पर्यो की हार्यो माया जालमा कसैले समुद्रको छेउमा एक्लै के के सोचेर पर पर बगायो की आँशु छालमा कसैले

Posted in गजल | Tagged | Leave a comment

कविता : चश्माको स्टाइल पनि निकै फेरियो

~चिज कुमार श्रेष्ठ~ म त यस्तो भएँ सवैभन्दा सस्तो भएँ परदेसिएको पलछिनर्मै जनै पनि फालि दिएँ कतै कन्दनी त यस्तै उस्तै हरि ओम् जप पनि हरायो कतै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ऐना

~अनुकृतिका~ मैले मेरी आमासँग नारी जातिले विकास गर्न नसकेको कारण के हो ? भनेर प्रश्न गरें ।

Posted in लघुकथा | Tagged | Leave a comment

गीति कविता : अब जीवनको हिसाब नखोज

~दीपक जडित~ बेहिसाब नै बितीसक्यो अब जीवनको हिसाब नखोज जती दुख्नु दुखी सकें म , कति दुख्छौ – भनेर नसोध । सुनबुट्टे रहरहरु आंखैमा फुटेर रगतको आंशु झरीरहें पाईला पाईलामा टेकेर आफैंले फूलाएको सपना मारीरहें

Posted in गीति कविता | Tagged | Leave a comment

मुक्तक : जवाफ

~दिपक देवकोटा ‘दिपु’~ नयाँ ठाउ परिवेशमा माटो नबिर्स स्वदेश प्रति कर्तव्यको पाटो नबिर्स राम छाँया हो दुइदिनको

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : सहु, सहु…

~विजयसिंह थापा~ तिमी तुरुन्त भीरबाट हामफालेर मर घर नजिकको गिजेरी रूखमा झुन्डिएर मर तर चिन्ता लिएर नबाँच प्लिज् ।

Posted in कविता | Tagged | Leave a comment

छोक : कसम !

~सुको साइबर~ मान्छे त मान्छे भइहाल्यो’नि ! भो म मान्छेको कुरा गर्दिनँ । मान्छेकै

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रूँण

~गोपालप्रसाद पौडेल~ कुरा नसुन्ने अरुको, कुरा राख्ने आफ्नो । पूरा नहुने विषयमा, खोचे थाप्ने ज्याद्रो ।। विषै सेवन गरेमा, कहाँ पो जिवन छर । विषै वमन गरेमा, कोही कसको रहन्न ।। सत्य भावना आफुमा, सबै यहाँ आफन्त । आफु सत्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर

~सुषमा घिमिरे~ प्रिय, मलाई माफ गर सौभाग्य या भनौं तिम्रो दिर्घायुको मागमा म भगवानको आडमा अनशन बस्न सक्दिन भोक त्याग्न सक्दिन प्रिय, म व्रत बस्न सक्दिन । एउटा कालो रातमा,

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रीत लाए किन

~रोहित राना~ जानिनजनि मैले प्रीत लाए किन बिना सुर बिना ताल गीत गाए किन। गल्ति त मेरो होइन समयको दोश थियो झुठा बाचा अनि कसम रित लाए किन।

Posted in गजल | Tagged | Leave a comment

गजल : दुखै दुखको खात लाग्यो

~देव गुरुङ~ जिन्दगीको गोरेटोमा दुखै दुखको खात लाग्यो के गरेर पन्छाउने खै दशा साढे सात लाग्यो । ज्योतिषीलाई हेराउंदा भाग्यमानी हुन्छ भन्थे अहिले भाग्य हेदा खेरी सवै झुटो वात लाग्यो ।

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : हे असारे मासको भेल

~निलन कुमार थेच्वमि~ वर्षौं दिनको प्रतीक्षा पछि आएको भेल । सब किसान दाजुभाइको सुखमय मेल ।। मिलिकन रोपाइगर्ने खेत खेतमा अचेल । स्वागत छ तिमीलाई यहाँ असारे भेल ।।

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : शहर

~मणिराज सिंह~ जताततै झिङ्गै झिङ्गा भन्किरहने भित्रभित्रै धमिराले खाएर आत्मग्लानीको ओढ्नेले मुख छोपेर अग्निदहमा जलिरहेको यो शहर कंक्रिटको महलै महलको थुप्रोमा कति समृद्ध कति सुन्दर र कति भव्य देखिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : रात

~शशीकला थापा सुब्बा~ मेरो गाँउमा उदाउने घाम तिम्रो गाँउमा अस्ताउँछ भए भरका पिडा बोकी रात मलाई जिस्काउछ यात्रा हिड्दा जिन्दगीको, धेरै टाडा पुगिएछ फर्की हेर्दा अतीतलाई, एकटुक्रा मन छुट्टीऐछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मसँग छैन रातो गुलाब

~रवि प्राञ्जल~ मसँग छैन रातो गुलाब, भीरमा फुलेको फूल छ एउटा । सहेर आँधी-हुरी-बतास, पीरमा फुलेको फूल छ एउटा । म साँझ कुर्छु र रात कुर्छु, म जून हेर्छु र दाग पढ्छु, छ दिलमा काँढा गडेको एउटा,शिरमा फुलेको फूल छ … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अलमलिएको प्रदेसी

~पुरुषोत्तम सुवेदी~ चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र । संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।। बढे जस्तो लाग्छ मलाई – नास्तिक को बाहुल्यता । आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : रहस्यको खोजी

~भूधरा उपाध्याय~ – जनयुद्धमा बेपत्ता बुवाको खोजी गर्न राजधानी पसेको बिर्खे महिनौँ गाउँ फर्किएन। – एक बर्षको छोरो बोकेर बिर्खेको खोजी गर्न उपत्यका

Posted in सूत्रकथा | Tagged | Leave a comment

मनोज बोगटीका दश छोटा कविताहरु : ढुङ्गा

~मनोज बोगटी~ ढुङ्गा-१ उसको कठोरता तिम्रै आँखाको दोष। ढुङ्गा कसैको घड़ेरी हो घर हो, मन्दिर हो, शहर हो ढुङ्गा कसरी कठोर हुन सक्छ? ढुङ्गा पनि फुट्छ तिम्रो मन जस्तै विचार जस्तै विश्वास जस्तै।

Posted in कविता | Tagged | Leave a comment

कथा : पराजित मान्छेको आक्रोश

~ध्रुब सापकोटा~ ऊ ऐन मौकामा प्रमुख अतिथि हुन गएन । झूटको खेतीमा उसको विश्वास हटिसकेको थियो । उसका यी चरम पतनका दिन थिए । सक्रिय जीवनबाट उसले आफूलाई मुक्त गरसिकेको थियो । एकान्तमा रमाउने उसले बानी पारसिकेको थियो । ध्याननजिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ए नब युगकी जननी

~अशोक ‘खलानको मान्छे’~ एक बुद तिम्रो आशुको मत्लब मेरो आशुको सहश्र् धारा हुन सक्छ तेसैले बिन्ति रुने काम नगर है तिमोती हरु जिबन मन्थन् मा उपयोग हुन सक्छ सम्हाली देउ है एक बुद तिम्रो….. हजार कोप हरु सहन सक्छु म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर भएको पार्टी

~पिँडालु पण्डित~ उहिले उहिले उस्तै उस्तै छट्टूलाई उत्तिकै तौलेर नाम राख्नुपर्दा घिउबेचुवा र तरबारबेचुवा भनेर बूढापाकाले भत्रे गरेको आफ्नै कानले सुनेको । सुनेको प्रमाण म जुटाउन सक्तिन । बरु मौका परे त्यस्ता बूढाखाडालाई उपस्थित भने गराइदिन सक्छु । यो कुरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लघुकथा : कृतिकारको कृति बिक्रीमा

~अरुणबहादुर खत्री “नदी”~ पुस्तक बिमोचनको निमन्त्रणा पाएर एकदिन म प्रज्ञा भवन पुगे । प्रज्ञा भवनमा पुस्तकको विमोचन कार्यक्रम सकिएपछि मैले पुस्तक लेख्ने कृतिकारलाई अनुरोध गरेँ,”आज बिमोचन भएको एकप्रति पुस्तक मैले पढ्न पाउँ ।” कृतिकारले उत्तर दियो,”सभाहलको बाहिर बिक्रीमा राखेको छ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~ बदलिन्छ घडी, बदलिईरहन्छ पला तर, साक्षात्कारमा तिनै सञ्चो-बिसन्चोका कुरा कहिले दु:ख र सुखका कुरा कहिले मिलन र विछोडका कुरा कहिले काँढाघारीका कुरा कहिले फूलबारीका कुरा एकैछिन मनलाई शान्त्वना दिने कुरा।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “निरीह समयमाथि” नियाली हेर्दा

~खिमानन्द पोखरेल~ सर्वसाधारण व्यक्तिभन्दा धेरै फरक हुन्छन् सिर्जनशील व्यक्तिका विचारहरू । आफूले सिर्जना गरेका भावनाहरू बाहिर प्रकट गर्न चाहन्छन् यस्ता व्यक्तिहरू । असल र राम्रा काम गर्ने व्यक्तिलाई असल दर्जामै राख्नु पर्छ । असल काम गर्ने व्यक्तिलाई समाजले मान–प्रतिष्ठा र … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : हराएका देवताहरू

~छविलाल कोपिला~ निष्पट्ट अँध्यारो रातमा एक हूल मानवाकृतिहरू सीमानाको डिलसंगै खोलाको बहाव जस्तै हिडिरहेछन् । यता, डेहुरारिक–पातामा, बेटका–लाठी, सोनमुठ्–बर्हनी यथावत थियो, गुर्बाबा, सौंरा, खेँखरी–मैयाँ र ढमराज पनि आ–आफ्नै सिंहासनमा विराजमान थिए, र चारैतिर सेनाहरु तैनाथ थिए ।

Posted in कविता | Tagged | Leave a comment

केस्रा : प्रतिज्ञा

~मीना पुमा राई~ तिम्रो समिपै आउँछु चन्द्रमा बनि छाउँछु जुनि जुनि भरीलाई नछुट्ने मायाँ लाउँछु

Posted in केस्रा | Tagged | Leave a comment