Tag Archives: nepali sahitya

कथा : प्वाइजन्स गर्लफ्रेण्ड

~सुरेशजंग शाह~ हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अन्तिम तयारी

~दिनेश अधिकारी~ रात आज तँ सुत म जाग्राम बस्छु ! आज म अँध्यारो खेल्छु आज म चकमन्नता बोल्छु आज म नीरवता सुमसुम्याउँछु हेर्नु छ मलाई छोप्न नपाउँदा सिरक आज कसरी छट्पटाउँछ

Posted in कविता | Tagged | Leave a comment

गजल : डर

~सिम्पल केटा~ खाँउ भने पिरतिलाई, धोका हुने डर नखाँउ त पिरतिलाई, भोकै हुने डर हिँडूम भने त्यो बाटोमा, उस्लाई भेट्ने डर नहिँडूम त त्यो बाटोमा, त्यतै पर्छ घर

Posted in गजल | Tagged | Leave a comment

कविता : जनताले के पायो

~लोप्चन लामा~ बाह्र बर्ष गोली बर्सायो कलीला हातहरुमा बम -बन्दुक थमायो गाविसा-चौकी लडायो,टावर-पुल उढायो भएको संरक्षण भत्कानु-भत्कायो युवा शक्ती बिदेश भगायो सिङो देश अन्धकारमा सुतायो

Posted in कविता | Tagged | Leave a comment

गजल : त्यो आज छैन

~घनश्याम प्याकुरेल~ हिजो जे जे थियो त्यो आज छैन जस्तो बिहान त्यस्तो साँझ छैन। आज जे जे छ त्यो हिजो थिएन बुझ्नुपर्ने कुरा तर याद छैन।

Posted in गजल | Tagged | Leave a comment

कविता : वसन्त त्यसै फर्क्यो

~डा. आनन्द जोशी~ हुन त यसपटक पनि हरियो जीवनका लागि निकै इच्छाहरु जोगाएर वसन्त हेर्न आएको छ हामीकहाँ तर, खेतको माटो अझै बेहोस छ । पानी नपाएर खेतका माटो अझ चिराचिरा परेका छन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले हारेर पनि जित्न जानेको छु

~अनन्त निरौला~ तिमीले निष्फिक्री आऊँदा हुन्छ मैले हारेर पनि जित्न जानेको छु स्वागत छ तिम्रो निर्दयी बेगलाई, म त पैले देखि नै यी लामा हरिया घाँसहरु जस्तो झुकेर लमतन्न परि दि सकेको छु तिम्रो सामु। स्वागत छ तिम्रो कर्कश प्रबाहलाई,

Posted in कविता | Tagged | Leave a comment

गजल : रहरमा लेखेँहुँला

~केडी रेम्नीसीङ~ लेखिएको गजलै हो रहरमा लेखेँहुँला, ठानीराथेँ आफूले त बहरमा लेखेँहुँला । ठूलै मान्छे हुनलाई गाउँबाट हिँडेको म, लेख्नेजति सबैकुरा शहरमा लेखेँहुँला ।

Posted in गजल | Tagged | Leave a comment

रुमन न्यौपाने ‘अमन्त’का केही हाईकुहरु

~रुमन न्यौपाने ‘अमन्त’~ कुलेसो बग्यो खालि पारेर पानी अजुँली रित्तै । चोखो भो जल चेपुवा बाट भेल पिएर लाग्ने ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : तिमीले छली गयौ

~आचार्य प्रभा~ मेरो मनलाई तड्पाइ तिमीले छली गयौ मलबिनाको बिरुवाझै ,रुखो बनाइ ढलिगयौ / बस्छु भन्थ्यौ मेरो मनमा जीवनभरी म सँगै थाहा नदि सुटुक्क, एक्लो बनाइ चलिगयौ /

Posted in गजल | Tagged | Leave a comment

कविता : मन

~भिम बहादुर थापा~ भेलको अनगिन्ती झापड खाए नि बर्षाको बहुलठ्ठी भोगे नि मेरो बैखोलोले मेरो मुरली खोलोले कहिल्यै बदलाव सोचेन कहिल्यै बेईमानी गरेन म त तिनकै चिसो पानीले पोषिएको मान्छे शितल छादनमुनि

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : पठनीय कथा सँगालो “पाखाको”

~अमर त्यागी~ नेपाली साहित्यका वर्तमान कालखण्डका कुशल सर्जक बाबुराम लामिछानेको प्रशासनिक र साहित्यिक दुवै व्यक्तित्व सवल र सशक्त रहेको छ । उनी प्रशासक भएर विभिन्न जिल्लामा बस्दा अनुभूत व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका सत्यतथ्यहरू पाखाको कथासङ्ग्रहमा सहज र सम्प्रेष्यरूपमा उद्घाटित … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : जनताको अर्थ

~बिस्नु प्रवा सापकोटा~ हजुरबाले गुराँस जस्तो रक्तिम जवानी राणाका महलहरुको गाह्रो चिन्दै बिताए । ओइलिए पछी बैस कसैले सपना देखाइदियो अब राज्यमा तिमी जस्ता जनताले शासन गर्नु पर्छ । जाडोले कठाङ्रिएको बिरुवालाई घामको न्यानो किरणले

Posted in कविता | Tagged | Leave a comment

कविता : दोधारमा धार

~अनिल नेम्बाङ~ बेलाबेला दोधारमा पर्छु फूल माग्दा सोल्टिनीले म दोधारमा परेथेँ- फूलको थुँगा या फूलको बिरुवा? दोधारमै बिरुवा दिएथेँ मानिलिएँ, बिरुवा- नयाँ हो सुरुवात हो जीवन हो विनिर्माण हो+ टपक्क टिपेको फूलको थुँगामा सुन्दरता र अर्थ त देखेँ सँगसँगै निकट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा

~प्रेम प्रसाद पौडेल~ छन्द : शार्दूलवीक्रीडित मेरो देश भनी भन्यौ तर अहो देखिन्न राष्ट्रियता मेची विव्हलमा छ रोदन गरी काली कता हो कता ? मेरो ठाउँ यहाँ, कहाँ अरु बसे – भन्दै लछारो यहाँ व्यर्थैमा झगडा परे दिनदिनै देखी रहेछौं … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : छोडेर जाने पापी

~सजना गुरुङ~ छन्द – मनोक्रान्ति दुखाई मनै यो छोडेर जाने पापी ! हिंडेको पथै त्यो मोडेर जाने पापी ! कहानी अनौठो कोरेर दोबाटोमा भरोशा सबै यो तोडेर जाने पापी !

Posted in गजल | Tagged | Leave a comment

गजल : जल्नु पर्ने रहेछ

~सन्तोष लामिछाने~ उज्यालो दिन सक्न त जल्नु पर्ने रहेछ आफू खरानी भएर बल्नु पर्ने रहेछ मै हुँ भनेर घमण्ड गर्न त जो पनि सक्छ निहुरन सक्नलाई फल्नु पर्ने रहेछ

Posted in गजल | Tagged | Leave a comment

गीत : बादलुको घुम्टोले इलाम बजार

~बुद्धवीर लामा~ बादलुको घुम्टोले इलाम बजार छोपिंदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा छमछम पाउजु बजाउँदै हिंड्थ्यौ मेरी मायालु चियाबारीको एकान्तमा भेट्न आउँथ्यौ मायालु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : होली

~नवीन प्यासी~ तिमी होली खेल्न सिपालु मान्छे । कति पटक प्रहार गर्यौ ? मेरो निधार निचोरेर मेरै छातीमाथि तिम्रो अस्तित्वको लोला ! कति पटक रङ्ग्यायौ ? मेरो रगत सुकाएर मेरै अनुहार तिम्रो पहिचानको रङ्गले ! कति पटक मेट्यौ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : म र सपनाहरु

~टंक सम्वाहाम्फे~ कुमारी सपनाहरु हुलका हुल विहानीले आँखा नउघार्दै ताजा हावाको स्पर्श लिएर वाधिन खोज्छन् मेरो आलिङ्गनमा र सपनाहरुको न्यानो मायाँ ताप्न नपाउँदै त्यसै त्यसै टाढीएर जान्छन् हरेक दिन थकथक लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु…………..

~दिलिप योन्जन~ मस्त जवानीमा सात समुन्द्रपारी कल्पनामा डुब्दै यातनामा जल्दै सम्झनामा रुँदै एकान्तमा भुल्दै रुन्चे हाँसो हाँसेर मान्छेहरुको भिडमा ज्यानको बाजि लगाएर युद्घको तयारीमा मेसिनगन पड्काएर

Posted in कविता | Tagged | Leave a comment

कविता : बाघ

~विमल निभा~ कालो अँध्यारोमा देखिन्छ उसको शरीरको पहेंलो बुट्टा र फैलँदै–फैलँदै जान्छ पहाड, उपत्यका र तराई (कस्तो चमत्कार हो यो ! बिस्तारै–बिस्तारै एउटा देश परिणत हुन्छ जङ्गलमा घनघोर जङ्गलमा) रगतको स्वाद सम्झेर जब–जब निस्कन्छ ऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीमरुवा

~केदार शर्मा~ विडम्बना भिष्मलाई गोरु बेचेको साइनो नपर्नेहरू समेत पितामह भन्छन्। आफ्नै बाबुको अनैतिक वासनाकालागि जवानी खेरफाल्ने उसको अस्वाभाविक प्रतिज्ञालाई अहिले पनि मानिसहरू आदर्श मान्छन् अहिले पनि, मुखले शिखण्डीलाई हियाइरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : पित्तलको चाबी

~बिमल गुरुङ~ हेरिसकें प्लेयरको छेउ झ्यालतिर टेबुलतिर खै कता परेछ? देखिएन चाबी पित्तलको चाबी । अघिदेखि मेरो प्यारो खैरो कुकुर

Posted in कविता | Tagged | Leave a comment

कथा : मिस एलिजा

~निश्चल काउचा~ ‘नेपाल’,नाम सुन्न बित्तिकै । उनले भनिन । ‘ए नेपाल हिमालय, सगरमाथाको देश’ मैले गर्वले छाती फुलाउदै ‘हो’भने उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पदन कोरिया आएकी । ‘तिमी पनि पदन आएका हौ’? उनको प्रश्न तेर्सियो मतिर । ‘होईन’ म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बादलुको दरबारमा

~नरदेन रुम्बा~ बादलुको दरबारमा पहाडको मेला बन डाँडाले गाउँछ सँधै साँझ बिहान बेला ओर्ली आकाश त्यहीँ खेल्छ नानारंगी खेला आरु फूल लजाएको गोरेटो नै भरि कुहिरोले सास फेर्छ मस्ति छरि छरि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अब भरे उसिनेको आलु खाने छोरी !

~उज्ज्वल जी.सी.~ “छत्रजी ! हिजोको फाइल झिक्नुस् त ! ठेकेदार बिहानै घरमा आ’थ्यो । काम मिलेपछि दुःख हेर्छु भन्या छ । के गर्नु नमिलाएर पनि ? आफ्नो छोरीको बिहे गर्नुपर्ने बेला भइसक्यो । एउटा नेकलेस नहालि भा’छैन । हिजोको टिप्पणीलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चलचित्र गीत : कसरी भनूँ म

~कुसुम गजमेर~ कसरी भनूँ म मनको कुरा यो पहिलो पहिलो हो यो माया हजुरलाई भनिदेन ए चरी मेरो हजुरलाई सिरिरिरि लाग्छ जसरी पवन नयाँ नयाँ लाग्छ धरती गगन भनिदेन ए चरी मेरो हजुरलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अलिखित इतिहासका हिरो

~निरज थापा~ मर्चा बेच्थ्यो रे मेरो बोउले। त्यसैले नामै बन्यो मर्चावाला कान्छा। मर्चावाला कान्छा हिट नाम। जब जब मेरो बोउ प्रत्येक गाउँको कुना कुना, चेपचेप जानुहुन्थ्यो रे

Posted in कविता | Tagged | Leave a comment

कविता : योद्धाको संकल्प

~प्रकाश सुनुवार ‘निराकार’~ हामी उभिएको धरातल बलिदानले सिञ्चित भएको छ र त यतिखेर हाम्रो स्वाभिमान गौरबशाली भएर उठेको छ । लरखराउंदै उठ्न खोजिरहेका तानाशाहहरुलाई परास्त गर्न स्वतन्त्रताका पक्षधरहरु थप बलिदानका लागि तयार भएका छन् । सम्पुर्ण न्यायप्रेमिहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : कविहरुको बात

~ध्रुबकुमार सापकोटा~ साहित्यमा शीर्षक जे पनि हुन सक्छ लेखे एकजना भाईले – ” हिउँले आगो पगालेर ” देखे अर्का दाईले – ” जुनको चुम्बन ” देख्छु अब म पनि लेख्छु अब म पनि – ” पत्थरको आँशु ” – ” … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धुरी खाम्बो र म

~दिपेन घिसिङ्~ उहिल्यै ढुङ्गाले चार छेउ बाँधेर मझधारमा खदाको फेटा लाएर एउटा खाम्बो गाडियो। त्यसको खुट्टामुनि अलिकति सुनपाति/ भैरूङपाति अलिकति चामल र एक रूपियाँको सिक्का राखिदियो। खाम्बो उठेको त्यही दिनदेखि त्यो मेरो बाऊको निम्ति बुद्ध भए। आमाको निम्ति बन्बो भए। … Continue reading

Posted in कविता | Tagged | Leave a comment