Tag Archives: nepali literature

कथा : बेग्लै मान्छे

~चंकी श्रेष्ठ ‘अभय’~ दुःखका हाँगा कति हुन्छन् ? के यस प्रश्नको हाजिरीजबाफ हुन सक्छ ? मलाई सोधिँदो हो त भन्ने थिएँ– अवश्य हुन्छ । प्रमाणका लागि म आफ्नै बालाई उभ्याइदिने थिएँ जसको जीवन दुःख, बाध्यता, विपत्ति, दरिद्रता, धैर्य र प्रतिदानरहित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विश्वनाथ र इब्राहिम

~मदन प्रभात~ इव्राहिम मोहम्मद हतास मनस्थितीमा यहा आइपुगेको छ । आज उसको ओठमा एक चिम्टि हासो पनि छैन, एक रेखा मुस्कान पनि छैन । छन त केवल अवर्णनिय दुसाध्य पिडाहरु, आशु पिएर व्यहोरेका हण्डर र ठक्करहरु । यस्तो एक्लोपन उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दोबाटोमा छोड्नु भन्दा बरु मलाई मारिदिनु

~कल्पना पौडेल “जिज्ञासु”~ दोबाटोमा छोड्नु भन्दा बरु मलाई मारिदिनु सवाल उठ्न सक्छ पक्कै बाहनामा टारिदिनु तिम्रै आगनिको बाटो मेरो लास लैजादा दुनियाँलाई देखाउन नि गोही आशु झारिदिनु

Posted in गजल | Tagged | Leave a comment

कथा : बसमा भेटिएकी ती परि

~कल्पना खरेल~ केहि वर्ष अगाडि म अफिसको कामले सुर्खेत गएको थिएँ, सुर्खेतबाट काठमाडौं फर्किने समयमा बस काउन्टरमा गएर रात्री बसको टिकट काटेँ । टिकट लिएको २ घण्टापछि बस काठमाडौंतिर प्रस्थान गर्ने तयारिमा थियो, एकजना विदेशी शालिना नामकी अति सुन्दरी केटी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चटके दाई र अन्धा बाँदरहरु !

~रामप्रसाद खनाल~ केही बर्ष यता एउटा नामुद चटके कहिले बिच सडकमा बसेर कहिले गोप्य कोठा भित्र पसेर बाँदर हरु नचाइरहेको छ केही तालिम प्राप्त बाँदरहरु केही पिछलग्गु बाँदरहरु उसैको आदेशमा चल्छन कसैलाई देख्नै हुन्न

Posted in कविता | Tagged | Leave a comment

गजल: एक बिधवा महिलाको यौनकथा

~प्रकाश याचवि~ न उग्र हुन्छ न रुक्छ जवानी न फुल्छ ओँठमा, न लुक्छ जवानी यो सस्तो संस्कार झस्काउँछ पलपल न सक्छ तोड्न, न झुक्छ जवानी

Posted in गजल | Tagged | Leave a comment

कथा : वृद्ध-भत्ता

~गौरी मल्ल~ “मिल्दैन आमा , मिल्ने भए त म तपाईंले बोल्नै नपर्ने गरेर गर्दिहाल्थे नी । अब सरकारी काममा हामीले बोल्न मिल्दैन ,के गर्ने लौ भन्नुस् त ? “ अगाडिको अन्दाजी ३० /३१ बर्ष जतिको उमेरको युबकको कुराले उ निरास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिचाशिनी

~गौरी मल्ल~ “ बस अब पुग्यो आमा , अब अरु सहने क्षमता म मा छैन .. मलाई मृत्‍यु देउ आमा ss … मलाई मृत्‍यु देउ sss मृत्‍यु देउ sssमृत्‍यु देउ sss….” उ धर धर बलिन्द्र आसुँ बहाउँदै आफ्नो पूजा कोठामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी काढिन्छ हालत अरपेको

~जीवन देवान गाउँले~ ‘ओहो ! अरपे पो आएको रहेछ कहिले आईस हौ ?’ – गाउँमा मलाई देखेपछि भेट भएकाहरु प्रस्तुत हुन्छन यसरी । उनीहरुको सोधनीमा म अरवियन मुलुकबाट फर्किएको हुँ भन्ने छनक पाईन्छ । जोसुकैलाई पनि छलंङ्ग छ कि म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो फूल

~माधव सयपत्री~ देवीको मन्दिरमा मेला धुमधामसँग लागिरहेको छ । भक्तजनहरु थालीमा अक्षता, ढकीमा फूल लिएर देवीको शिरमा चढाउन तँछाड–मँछाड गरिरहेका छन् । मानौं, कथित धर्मको हिस्सा भक्तजनहरुलाई आफ्नो भागमा बढीभन्दा बढी पार्नुछ । हितबहादुर विश्वकर्मा, ऊ पनि त्यही धर्मभिरु समाजमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रंगीचंगी कोपिलाहरु

~समिर नेपाल~ खै आज त बाटो हिड्न पनि मुस्किल पर्छ जस्तो छ। कस्तो सारो गर्मी बढेको। सा“च्चै दुई चार दिनसम्म यस्तै हुने हो भने त पक्कै खडेरी पर्छ, यस्तो सारो गर्मी त मेरो जीवनमा कहिल्यै भोगेको थिईन जस्तो लाग्छ। सा“च्चै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अयोग्य

~यादव देवकोटा~ ‘ऊ हेर् त त्यो अयोग्य’– शब्दहरुको गुञ्जन सगैं मेरै अनुहार ताकेर तेर्सिएका औंलाहरु देख्छु । ● ● ● अन्यौलमा फसेर जीवन गुजारा गर्नु भन्दा नराम्रै निर्णय भए पनि निक्र्यौलमा पुग्नु तैबिसेक गतिलो काम रहेछ । आफैंले रोजेर हिंडेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतिको खेल

~टीका खरेल~ १६ , १७ वर्षो कलकलाउँदो उमेर गाउँमा जसोतसो १० कक्षामा पढ्दै गरेको किशोर शहर पस्न वाध्य हुन्छ । उसलाई पनि आफ्ना साथीभाई जस्तै राम्रो शिक्षा लिएर असल नागरिकको परिचय दिने रहर त नभएको कहाँ हो र ! भाग्यको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपनाहरुको खोजी

~मातृका पोखरेल~ ‘ऊ त्यही ठाउँ हो पाल्सिङ र ऊ त्यो पूर्वतिरको डाँडो चाहिँ बड्डाँडा हो ।’ बेतिनीबाट ओरालो झर्दै गर्दा क. विकलले औंलाले देखायो । कमरेड सुदीपले यस ठाउँको बारेमा हिजो मात्रै बाटोमा कमरेड विकलबाट धेरै कुरा सुनेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : मोह

~सरण राई~ ‘भ्रष्टाचार बिरोधि अभियान’को नारा र कार्यक्रम थियो _ ‘भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कार गर्दै कानुनि कारवाही गरेर भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने र भ्रष्टाचार निर्मुल पार्ने |’ अभियानका अध्यक्छे दिनभर भ्रष्टाचार निर्मुल अभियान संचालन गरेर बेलुकी घर फर्किए |

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मुग्लानीको कथा ब्यथा

~इन्द्रेणी शर्मा ´जलद´~ म मुग्लान आउदा सोच्थें जीवन यस्तो पो होस ,जब जब दलदलमा पुग्दै जान्थें पराधिनको बंधनमा बधिदै हुन्थें , समयले धेरै कुरा सिकायो , को आफ्नो को पराई ? सारा एक्स -रे जस्तै बनायो मुटु भरी लालाबाला को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिछोड

~गीता थापा ‘दोषी’~ ‘अंकल आण्टीको हाउ नाइस कपल हगी मम ? बोथ भेरी लक्की ।’ बसुन्धराकी छोरी जेनीले बार्दलीमा उभिएर भनेको कुरा याद आयो कमलालाई। आज भन्दा दश वर्ष अघिको कुरा हो। त्यतिखेर कमला र जीवनको भर्खर विवाह भएको थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुद्ध हुन नसकेको वृद्ध

~हरिकृष्ण डंगोल~ टिनीनीनी….टिनीनीनी…..। टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड पाताल

~मातृका पोखरेल~ शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : मृत्युउत्सव

~तीर्थ संगम राई~ विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । भालेको दोस्रो डाक सकिएको छ । बिस्तारै उज्यालोले आफ्नो साम्राज्य फैलाउन थालिसकेको छ । … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : सपनाका सपनाहरू

~खेम थपलिया~ अङ्क एक दृश्य एक (सानो कोठा । सामानहरू यत्रतत्र छन् । एउटा पुरानो खाट छ । खाटमा क्रमशः १० र १५ वर्षका निशान र शान्ति सुतिरहेका छन् । त्यसको तल भुइँमा सामान्य ओछ्यानमा पुरानो खास्टो ओढेर सपना पनि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : भगवान् को !

~खेम थपलिया~ अङ्क एक, दृश्य एक (भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग र आकाोशित मुद्रामा आइपुग्छन् । त्यहाँ उभिएर एकछिन … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

अनूदित कथा : मेरो दाइ

~प्रेमचन्द~ मेरो दाइ म भन्दा पाँच बर्ष जेठो भए पनि उ म भन्दा तीन कक्षा मात्र अगाडि छ। मेरो दाइ पनि मेरै उमेरमा स्कुल जान थालेको हो। तर उसलाई पढाई लेखाइमा कुनै हतार थिएन। उ एउटा मजबुत जग बसाउन चाहन्थ्यो … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

एकाङ्की : क्रमभङ्ग

~विवेक दुलाल छेत्री “दमक”~ (मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) बिचार १ – नहुने काम भयो … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : दाम्ला

~प्रवीण पुमा~ (हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।) आमा ः (मनोवादमा) अहिले म विरामी छु । तर यो साउनमा सबै … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : चौतारा

~केदार सुनुवार ‘सङ्केत’~ स्थानः पिपलबोट चौतारा पात्रहरू: जङ्गबहादुर- रिटाएर्ड मेजर, नवध्वज- पढेलेखेका युवक, कान्तिराम- शिक्षक अधबैंशे, सरिता- गाँउकै एक पढेलेखेकी युवती, शान्ति- जङ्गबहादुरको नातिनी दृश्य एक

Posted in नाटक | Tagged , | Leave a comment

आञ्चलिक उपन्यास : पुर्वतिर

~प्रदिप नेपाल~ पुर्वतिर (आञ्चलिक उपन्यास) | नेपाली उपन्यास | प्रदिप नेपाल आगमन घुरबिसे पञ्चमीबाट फाक्देवको ओरालो झरेपछि इवाँ खोलो आउँछ । फिदिम र ताप्लेजुङ जाने धेरै जसो यात्रीहरु घुरबिसेबाट ओरालो झरेर फाक्देव गाउँका बरपीपलका चौतारीहरुमा उभिएर उत्तरपूर्वको कुनामा पर्ने पौवा … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

एस.वि.विवेक का मुक्तकहरु

~एस. वि. विवेक~ समर्पण समर्पण छ मित्रलाई जसले – देश र जनताको मुक्तिको निम्निर् वर्गशत्रुसँग लड्दा लड्दै अमूल्य जीवन बलिदान गर्‍यो ।

Posted in मुक्तक | Tagged | Leave a comment

खण्ड-काव्य : विद्रोहको छाल

~एस.वि. विवेक~ विद्रोहको छाल एस.वि. विवेक प्रकाशक ः एस.वि. विवेक विधा ः खण्डकाव्य संस्करण ः प्रथम, असोज, २०४३ ः दोस्रो, आषाढ, २०४५ र्सवाधिकार ः कविमा कभर ः मोहन थापा मूद्रण ः ऐर्श्वर्य छापाखाना, रक्तकाली मूल्य ः रू. ५।-

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

लघु-काव्य : कालो नाटक

~एस.वि. विवेक~ बितेर सदियौं जाँदा सम्मन उसले यहाँ गरेन उन्नती आफ्नो सिवाय अरू निम्तिमा उसैले अहिले फेरि दौडिने गफ गर्दछ आधार आव को पर्ूर्ति गर्दछु किन भन्दछ –

Posted in लघु-काव्य | Tagged | Leave a comment

खण्ड-काव्य : ब्वाँसोको अन्त्यको खेल

~एस.वि. विवेक~ ब्वाँसोको अन्त्यको खेल                     खण्डकाव्य एस.वि. विवेक प्रकाशक      ः एस.वि. विवेक विधा          ः खण्डकाव्य संस्करण     ः प्रथम, असोज, २०४५ र्सवाधिकार ः कविमा मूद्रण         … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

मिवाजु मलिन का मुक्तकहरु

~मिवाजु मलिन~ यति धेरै पीडा होस् मलाई कुनै एकको बारेमा सोच्ने फुर्सत नहोस् यति धेरै घाउ लागुन् कहाँ दुखेको छ केही पत्तै नहोस्

Posted in मुक्तक | Tagged | Leave a comment