Tag Archives: nepali literature

कविता : तिर्खा

~सङ्गीत नेम्वाङ~ साहब! तिम्रो शासनको चूङ्गुलमा फँसेर रासनको आश गरिरहने मान्छे हुँ म। सोच्थे…. म त्यो एक्लो मान्छे होला जस्ले भाग्य कोर्ने भाभीलाई गाली दिन्छ, सरापछ तर यहाँ छन् म जस्ता हजारहजार अरूपनि जसले रासनलाई शासन सम्झन्छन् शासनलाई रासन। मानौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मानिसदेखि तर्सी तर्सी म भागिरहेछु

~किरण खरेल~ मानिसदेखि तर्सी तर्सी म भागिरहेछु मलाई कोही नडाक राक्षस बनाउन मानिसदेखि तर्सी तर्सी यहाँ सत्य बिक्छ यहाँ माया बिक्छ सबैभन्दा सस्तो यहाँ मानिस बिक्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : क्रान्तिका आवाज

~कृष्णराज पौडेल “सञ्जाल”~ सकारको फेरबदल, जनताका इच्छा मरे गए सत्ता पाए भक्त आफ्नै लागि पेट भरे निमुखाका चिसा चुला कुन दिन बल्नेछन् सामन्तको सरकारलाई जनता आफै ढाल्नेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ए आँधि वेरी तँ त बैरो रहेछस् !

~लता शर्मा~ ए आँधि वेरी तँ बैरो, अनि अन्धो रहेछस् ।। प्रकृतिको बिनास गरी आफु बन्दो रहेछस् । धुलो उड्यो आकाशमा भयो कुईरी मण्डल । हाहाकार मच्चियो जताततै भयो खलबल ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : म एउटा च्यातिएको पोस्टर

~डा. वानीरा गिरी~ ए मान्छे! च्यातिएका वाक्यका टुक्राहरूका पटक-पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ मैले आफ्नै कहानी बिर्सिसकेकी छु । अगेनाको छेउबाट मीनपचासको ढिकीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम र आकार भन्दा पर…

~बसन्त चौधरी~ तिमी कतै छौ म कतै छु जिन्दगीको वेदना मुटु भित्रै छ यसलाई के नाम दिऊँ म ? यो नाम र आकार भन्दा पर छ माया र मुटुको वर छ तिमी दृश्यमा छैनौ

Posted in कविता | Tagged | Leave a comment

गजल : दिलले कहाँ हुन्छ यहाँ ?

~हीरारत्न श्रीशा~ मानिस ठूलो जातले हुन्छ दिलले कहाँ हुन्छ यहाँ ? रेटी रेटी निस्किएको मिठो कहाँ धुन छ यहाँ ? एक वर्गलाई दबाइरहे उच्च ठान्दो रैछ मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : देशभित्र आगो सल्किरहेछ

~लीला पुन~ तेलजिब्रे नेताहरूले तेलारी काम गरेपछि आफ्नो स्वार्थका लागि विदेशीको पाउ मलेसी केही दिन, केही महिना, केही वर्ष मस्ती गर्न पाइन्छ, आफ्नो घर पोलेसी

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : वृद्ध शिक्षक

~होमर श्रेष्ठ~ आफूलाई एक्लै कोठाभित्र थुनेर उनी मनोवाद गर्दैथिए: “कुनै समय कोपर्निकस र कोलम्बसका खोजकार्यलाई वाहियात र मूर्खतापूर्ण ठानिएको थिएन र ? अनि कतिपय टपर्टुइँयाका श्वाँठ र सतही बिचारलाई शाश्वत मानिएको थिएन र ? तर आज कता हराए इतिहासका ती … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : आजभोलि किन हो तिमी

~किरण खरेल~ आजभोलि किन हो तिमी सपनामा देखिन छाडेकी – 2 सँगै बसी गरेका कुर होकी खाली मलाई ढाँटेकी – 2

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : गणतन्त्र आको हजुर

~दुर्गा शर्मा~ जनताको बलिदानले गणतन्त्र आको हजुर जनता सँधै भोका नाड्ड्गा नेता धनि भाको हजुर पर्खिरा’छन् इसारालाई दक्षिण हो पश्चिमको

Posted in गजल | Tagged | Leave a comment

कविता : संविधानसभा

~रेशम वि.सी.~ संविधानसभा तिमीलाई साढे सातको दशा लागेछ नेतालाई कुर्सी र भत्ता त्यसको लागि सत्ता कर्मचारीलाई घुस व्यापारीलाई कालो बजारी अपराधीलाई राज

Posted in कविता | Tagged | Leave a comment

कविता : विरामी देश अनि विष

~राहुल पुन~ विरामी देश उपचारको बहानामा विदेशीको चाहनामा परिवर्तनको तीब्र आशामाथि संविधानको उच्च लालसामाथि चलखेलका अनेकौं भेषमा भ्रम र डलरको आवेशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र

~लक्षीराम आचार्य~ एउट छुट्टै कोखबाट प्रसव पीडा सहेर जन्मिएको हो अमूल्य प्यारो गणतन्त्र रोदन र चिच्चाहटबाट जीवनचक्र पार गर्दै खित्के हाँसो र बामे सराईसँगै अगाडि बढ्दै थियो प्राण प्यारो गणतन्त्र

Posted in कविता | Tagged | Leave a comment

गजल : धनको गजल

~आशांक उपाध्याय~ बन्दैछ, पिरती यो धनको गजल लेख्दैन, मसी कालो जनको गजल फुर्दैन, कत्ति गर्दा दिमाग घुमाई झम्टिन्छ, फर्की फर्की तनको गजल

Posted in गजल | Tagged | Leave a comment

कविता : घामसँग के को डर ?

~मोहन दुवाल~ अविचल आफू निर्वस्त्र नाङ्गिएर सधैं-सधैं आफूलाई देखाइरहने निश्चल निश्चल भएर आफैं पोखिएर अरूलाई जीवनरङ्ग छार्किरहने ढाँटछल नजानेका निस्वार्थ मनसँग माया साट्न खोजिरहने लोभ के हो, थाहापत्तो नभएका उनी बाँड्न रुचाउँछन् उज्याला आभाहरू त्यसैले त सबैका लागि उनि प्रिय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दोषि

~बिपिन शर्मा~ मेरो प्रेम र तिम्रो घृणा यी दुई विन्दु बिच प्रशस्तै शब्दहरु छन् चित्रहरु छन् भावनाहरु छन् अनि, कथा र ब्यथाहरु छन्। मैले लेख्‍न खोजें धेरै पल्ट

Posted in कविता | Tagged | Leave a comment

कविता : हुरी चल्दैछ

~राजेन्द्र खरेल~ हिउँदमा पश्चिमबाट हुरी चल्ने वर्षामा पूर्वबाट मनसुन बहने प्राकृतिक नियम आफै तोडिंदै छ केही समयको स्थिरतासँगै हिउँद र वर्षाको समायोजन हुने गरी ब्वाँसाहरूको “सेतो महल” लाई निसाना ताकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म, सहर र बसाइँ

~जयन्ता पोखरेल~ आकाङ्क्षाबाट ओर्लिएको सुनामीजस्तै रहरबीच उच्छालिने पीडाको प्रशव प्रहरमा रातमा ब्यूँझन्छन् मेरा असहजहरू आखिरी बल्छीमा अल्झिएको गड्यौँला रहेछ सहर कृत्रिमताको त्रि-स्वादहरू खोज्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी कसरी फरक

~कल्पना पौडेल “जिज्ञासु”~ म पनि मानव तर तिमीलाई मैले छुन सक्दिनँ हाम्रो जात फरक छ रे ? आत्मियता दर्साउँदै प्रेमको अनुभूतिमा खुशीले विभोर हुँदै तिमीलाई अँगालोमा कस्न सक्दिनँ न त हात मिलाउन सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : धोती टोपी

~दण्डपाणि जैसी~ लाज छोप्ने धोती प्यारो भनुँ कि शिरको शोभा टोपी प्यारो भनुँ? शितल पहाड प्यारो भनुँ कि पहारिलो मधेश प्यारो भनुँ ? दुई आँखाका नानी मध्ये कुन चाहीँ नानी प्यारो भनुँ ? साथी! तिम्रो प्रश्नै गलत छ । अब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव

~दीपक कुमार ज्ञवाली~ ऋतुराज वसन्त बयष्कतामा पदार्पण उद्बेगमा अबिछीन्न विचरण कटाक्षीत अपल्वीत बृक्षहरु बाझोँपनको विरहले लोलाय झैं सर्माय झैं मुर्झाए झैं

Posted in कविता | Tagged | Leave a comment

गजल : जाग्नुपर्छ अब

~कल्पना पौडेल~ उठौं सबै सर्वहारा जाग्नुपर्छ अब सामन्तीको विरूद्धमा लाग्नुपर्छ अब सबै जातिलाई एउटै मालामा गाँस्दै

Posted in गजल | Tagged | Leave a comment

कविता : एक सम्बोधन मधेशलाई

~हेमबहादुर गन्धर्व~ एक मधेश ! एउटै शरीरभित्रका अङ्गहरू जस्तै एउटै इन्द्रेणीभित्रका रङहरू जस्तै हामी अखन्डित र अविभाजित छौँ

Posted in कविता | Tagged | Leave a comment

कथा : मृगतृष्णा

~दीपक कुमार ज्ञवाली~ के तिमीले मलाई साँच्चै भनेकी हौ ? अव मैले जीवन गुजाराको लागि तिमीहरूको र स्वदेशको माया मारेर मुग्लान जान पर्‍यो । हो हो मैले त्यही भनेको हो । सधैँभरि यसै गरी अभावमा कति बाँचिरहने ? पल्लो घरका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नमन

~दीपक कुमार ज्ञवाली~ बनायौ डसना जोडेर साना चकटीहरु । बस भन्दै बिशाल डसना ओछ्याई दीयौ तिमी नजन्मेकोभए बन्दैनथ्यो नेपाल यो । देशनिर्माणकर्ता बिर्सने कस्तो नेपाल भयोे । नमन गर्छु तिमीलाई खोलेर हृदय मेरो । पहिला ठूलो जन्मभूमि हो त्यसपछि अरुहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभक्त

~आविष्कार कला~ छाडियो गाउँ र घर क्रान्तिको उर्जाको आधार तराई लाग्दैछ पराई कोहि छैन आफ्नो न वस्ने घरवार जुर्मुराई हिड्नुपर्छ तराईपुर्व र पश्चिम

Posted in कविता | Tagged | Leave a comment

गजल : साेल्टिनी

~लक्ष्मण वियोगी~ रोदीघरमा मादलुको, ताल मिठो ‘सोल्टिनी’ त्यही तालमा नाचेको त्यो, चाल मिठो ‘सोल्टिनी’ छमछम नाच्छ्यौ, पाउमा पाउजु बजाएर

Posted in गजल | Tagged | Leave a comment

कथा : स्पर्श

~अर्जुन थापा~ ‘साँझपख आएका छन् । मलाई त सबै ठिकै लागेको छ । श्रीमान् श्रीमती मात्र बस्ने रहेछन् । हेर्दा राम्रै परिवारका छन् जस्तो छ । कति दिन फ्ल्याट त्यसै खाली राख्नु । बस भन्दे हुन्छ ।’ मेरो कुरा सुनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सायद चोट नै हो जिन्दगी

~बिपिन शर्मा~ ति दिन अब रहेनन् हामी विच तिमी रहेनौ केवल यादहरु छन् बितेका पलका हरेक पल ताजा हुन्छन् बिर्सन खोज्दा प्रत्येक बिर्सिएका पुराना थोत्रा सम्झना पनि ताजा हुन्छन् जिन्दगी सायद यस्तै होला……… त्यसैले त तिमी रमाएनौ जीवनसँग

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : साहित्य समय र जीवनको ढुकढुकी हो – ज्ञानुवाकर पौडेल

“साहित्य समय र जीवनको ढुकढुकी हो र यसले आफ्नो जीवन आफ्नै शैली, आफ्नै ढंग र आफ्नै शर्तमा बाँच्न सिकाउँछ।” यसरि साहित्यलाई बुझ्ने साहित्यकार हुनुहुन्छ गजल शिरोमणि ज्ञानुवाकर पौडेल। बि.सं. २००५ बैशाख ५गते गौशाला, काठमांडौमा जन्मनुभएका वाकर आफ्नो समकालीन माझ मात्र … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : ऐना र म

~शरद पोख्रेल~ म साह्रै बिरामी परेँ कुनै दिन मनुस्मृतिमा एउटा अनौठो डरलाग्दो चित्र गढ्यो। त्यही चित्रले घाइते बनिरहेँ म। असुरक्षित- भूकम्पले आधा खाएको बूढो घरजस्तो उराठ- सुनामी पसेको बगैचाजस्तो

Posted in कविता | Tagged | Leave a comment