Tag Archives: nepali literature

कविता : भ्यालेन्टाइन डे

~हरिहर आचार्य~ खान छैन करोडौं नेपालीहरुलाई, खाउन के? फोस्रा आडम्वरीहरु मनाउँछन् भ्यालेन्टाइन डे । मलाई त थाहा छैन के के हो खोई कुन्नी भ्यालेन्टाइन डे मनाए के हुनी के नहुनी

Posted in कविता | Tagged | Leave a comment

कथा : मैले कथाको बिट मारेँ

~कैलाशमणी खरेल~ जेठ महिनाको चर्को घाममा ऊ कतै जाँदै थियो । मध्यान्हको समय भएकोले प्रचण्ड गर्मी थियो। निर्जन र उजाड मरुभूमि भन्दा केही देखिँदैन टाढा टाढा सम्म । कतै-कतै बेआकार भएर लमतन्न तेर्सिएका चट्टान देखिन्थे । तातो हावा चलि रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : किन यसरी टोलाएको के भो हजुरलाई

~किरण खरेल~ किन यसरी टोलाएको के भो हजुरलाई कुन पापीले लगायो टुना हजुरलाई किन यसरी पहिले त धेरै हाँस्थ्यौ अहिले मुस्काउनै छोड्यौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : इच्छामृत्यु

~जयराम तिमल्सिना~ सरकार म मर्न चाहन्छु मलाई इच्छामृत्युको अधिकार देउ । पहिले खुँडा खुकुरी बोकी हिड्थे धनुकाँड चलाउँथे आफ्नो सुरक्षा आफै गर्थे

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : धर्म,दर्शन र संस्कृति

~ज्ञामुराम न्यौपाने~ धर्म देवीदेवताहरूलाई विश्व ब्रह्मान्डको निर्माता, सञ्चालक ठान्नु र देवीदेवताका सांसारिक प्रतिनिधि पन्डित, पुरोहितहरूलाई ढोग, दान, भेटी चढाएर खुशी बनाएपछि यो जीवन सुरक्षित हुन्छ भन्ठान्नु धर्म हो । तर हामी मानव विकासको सुरूवाती प्राग–ऐतिहासिक कालखन्डलाई बुझ्यौँ भने त्यस समय … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : क्रान्तिवीर !

~शरद पाैडेल~ निष्ठा बाेकि हिंडेकालाइ बाँधहरूले कहाँ थुन्छ ? अघि बढ्छ दृढताले कुना पसि किन रून्छ ? हत्केलामा अाँधि उस्काे, अाँखाभित्र तुफान हुन्छ भरभराऊँदाे तेजमा बल्छ पाईलाले शिखर छुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : पात डालीमाथि

~लक्ष्मण वियोगी~ मनकाे फूल उडिगयाे पात डालीमाथि भरकाे घर बनाएकाे रैछु जालीमाथि बतासले सुसेल्दा झन झनै दुख्छ मुटु

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा कलम

~हिरारत्न श्रीशा~ अधिकार प्रयोग गर्दै भोका नांगा मजदुर निमुखाहरुको अन्जुलीमा सान्तवनाले भर्दै एउटा आसा बनेर निसंकोच, नरोकी सबैको भाषा बनेर यथार्थको चित्रण गर्दै निरन्तर लेख्दथ्यो एउटा कलम

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनभर गरौंला स्वस्ती

~दीपक कुमार ज्ञवाली~ आज साह्रै रोेयो यो मेरो दिल आफ्नो देशमा आफै हराउँदाको क्षेण किन भयो यस्तो हाल ठानेको थिएँ तिमीलाई देशप्रेमी मान्छे के भयो आज तिमी हुन सकेनौं देशकै जितेर पनि भएकाछौ तिमी हारेजस्तै भन्न सक्दिन तिम्रो र मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अस्वीकृत उपन्यास : महाभिनिष्क्रमणका अस्वीकृत पाइला

महाभिनिष्क्रमणका अस्वीकृत पाइला (अस्वीकृत उपन्यास) लेखक – डा. कविताराम श्रेष्ठ @ साहित्य सङ्ग्रह डट कम

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

भलाकुसारी : समाजका हरेक क्षेत्रमा हाँसो व्याप्‍त छ – चट्याङमास्टर

आफ्नो वास्तविक नामले भन्दा बढि चट्याङ् मास्टरको नामले सर्वत्र सुपरिचित कृष्णमुरारी गौतम पञ्चायतकालको विषम परिस्थितिमा “वज्रपाणी”  छद्म नाम वाट लेख्दा परिचित भइ अप्ठेरोमा परेकोले सोहि नामलाई अनुवाद गरि चट्याङमास्टर मा परिणत गर्दै लेखनलाई निरन्तरता दिएको बताउनुहुन्छ । विक्रमसम्वत २०१० फागुन १४ … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : तिम्रो निषेध घोषणा

~कृष्ण जोशी~ चाहे फूल काँडाको झ्याङमा अग्ला पर्खालहरूभित्र अर्थात् हिमालको टाकुरामा सर्वाङ्ग फक्रिएको एउटा फूल हौ जसलाई देखेपछि टिपुँटिपुँ लाग्छ स्पर्शहीन थिए जबसम्म आफूभन्दा होँचा बनाएनन् हिमालहरूलाई शिखर टेकेर मान्छेहरूले

Posted in कविता | Tagged | Leave a comment

कथा : बन्द आवरण

~सुमित्रा न्यौपाने~ ‘तिमीहरूले डेकुरेसनमा ध्यान दिनु, अतिथिहरूको ख्याल गर्नु, तिमीहरूले खानाका परिकारमा ध्यान दिनु, फलफुल लगायत अन्य चिजमा ध्यान दिनु’ फरक फरक समूहलाई निर्देशन थियो । धेरै समूहको विभाजन गरेर कामको बाँडफाँड गरेका थिए मेनेजरले । कुनै पनि कुरामा कमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आमा पनि चाहिने यहाँ

~हिरारत्न श्रीशा~ श्रीमती, दिदीबहिनी आमा पनि चाहिने यहाँ छोरी जन्माउँदा किन तिरस्कार पाइने यहाँ एक्काइसौं शताब्दीमा छोरी हेर्ने नजर उस्तै

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : देवकोटा दृष्टिको विश्वशक्ति

~रमेश गोर्खाली~ विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : म सुन्दर फूल हुँ

~क्रान्ति पराजुली~ फूल म सुन्दर फूल हुँ म फुल्दा मात्र सुवास छर्न सक्छु त्यसैले त फुलिरहन चाहान्छु मुस्कुराउँदै तर आमा किन गिद्दे नजर लगाउँछन् राक्षसहरु जुन झैँ छु भन्छन् तर किन दिदैनन् चम्किरहन म ठ्याक्कै परी जस्तै छु रे उसले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टिलपिलिएका आँखाहरू…

~बसन्त चौधरी~ मायालु स्पर्शले तिमीलाई लेखेको पहिलो प्रेम पत्र मैले अझै बिर्सेको छैन तिम्रो उत्कन्ठित मधुर मुस्कान मैले अझै बिर्सेको छैन असङ्ख्य भावनामा बगेर, मैले कोरेका कविताका ती पंक्तिहरु मैले अझै बिर्सेको छैन बाँह फैलाई तिमीलाई अङ्कमाल गर्न खोजेको

Posted in कविता | Tagged | Leave a comment

कथा : हतारिएको समय

~लक्ष्मण श्रेष्ठ~ समयलाई हतार भएको छ। घडीको सुई विस्तारै घुमिरहेछ। मलाई सकेसम्म छिटो पुग्नु छ। आजको दिन म छुटें भने आफैलाई आफैले माफ गर्न सक्दिनँ। पूर्वी क्षितिजमा फैलिएका रक्तिम किरणहरूले नयाँ युगको सन्देश बोकेजस्तो लाग्छ। बिहानी चिसो हावाले कानमा साउती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झरीको स्मृति

~प्रवीण राई जुमेली~ आमाका दुइवटा फरियाहरु थिए नयाँ उनी बजार जाँदा लाउँथिन् र पुरानो चाहिँ घरधन्दा गर्दा हिउँदको धुलोले ती फरियाहरुलाई च्याङ्लिनमा उति सहयोग गर्न नसके पनि बर्खाको झरीले दिन्हौं त्यसलाई रुझाइरहन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : नदुःखेनि हुन्थ्यो

~श्रीपुरुष ढकाल~ यसरी तिम्रो याद नआएनि हुन्थ्यो निको भाको घाउ फेरि नदुःखेनि हुन्थ्यो धेरैचोटि एकान्तमा फूलसँग दाँजेकोथेँ बादलभित्र जून लुक्दा तिम्रो केश पन्छाकोथेँ

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : त्यही हो मेरो देश

~हीरारत्न श्रीशा~ जहाँ चेली लुटिन्छन् त्यही हो मेरो देश जहाँ दलित कुटिन्छन् त्यही हो मेरो देश गरिबले खान पाउन्न शासकको महल हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कथा : सलिम

~नयनराज पाण्डे~ मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम । सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु एकलैनी बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिउँथ्यो । पालिस गथ्र्यो । मोची भन्थे सबै उसलाई । असलम नाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म देश चपाइरहेको छु

~रीता खत्री~ ए मान्छेहरू सुन- मलाई दुःखको खडेरी परेको छ सुखभोगले म मात्तिएको छु अघाउञ्जेल घाँस खाएर उघ्राइरहेको गाईझैँ म शून्यशून्य बाँचिरहेको छु । आफू बाँच्नुबाहेक मसँग अरू कुनै चाहना छैन दायाँबायाँ, अगाडि-पछाडि हेर्ने कुनै फुर्सद छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : म हेरिरहेछु जराहरू

~मोहन दुवाल~ माटोलाई मनमा भिजाउँदै तलतल र्सर्दै जाने स्वभावले जराहरू कसैले नदेख्ने गरी आफूलाई मिलाउँदै गर्छन्- माटो सँगसँगै उनीभित्रका मनहरू । पानीका बुँदहरूको सहारा खोज्दै पानीसँगै घुलमिल गर्ने यिनको बानीले जराहरू पानीलाई आफू नदेखाउने गरी

Posted in कविता | Tagged | Leave a comment

कथा : साझा मन : सहजीवन

~मनु ब्राजाकी~ आँखा जतातिर थिए, दृष्टि त्यता थिएन । आँखाले देखेको दृष्टिद्वारा, भनूँ अन्तर्दृष्टिद्वारा नै आफ्नो समग्रता प्रस्टिन्छ । कल्पनाशक्ति र अन्तर्दृष्टिद्वारा नै अदृश्यलाई व्यक्तिले देख्ने गर्छ । अन्यथा आँखासामु जे छ, त्यो यथार्थ हुन सक्छ, सत्य हुँदैन । अहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कृष्ण प्रभुहरू

~कृष्ण जोशी~ अन्धाहरू सिङ्गै हात्ती खोज्छन् नाक, कान, पुच्छर, सुँड खुट्टा छामेर बोल्नेहरू, भन्नेहरू देशको रूपान्तरण खोज्छन् रिसोर्ट पाँचतारे होटलका झ्याल, ढोका, खम्बा बार, डाइनिङ टेवलका ग्लासहरू समाएर छुन्छन् धामी झाँक्रीको हातपाउ टुनामुना मधेश पहाडको आलो घाउ छाम्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : खुलेको एउटा नयाँ परिचय-पत्र

~केदार गुरुङ~ एकचोटि मरेर दाह-संस्कारपछि पनि कोही बौह्रिएर फर्किआउँछ भने त्यो अवश्य भूत मात्र हुनसक्छ। जसरी कसैले एकपल्ट चोरेर

Posted in कविता | Tagged | Leave a comment

कथा : चुन्कीको अन्तिम दशैँ

~लक्ष्मण वियोगी~ विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई। चुन्कीका बदामी ओँठ खुले– दशैँ माने आइलो मलिक्वा? चुन्कीले मालिक भनेर बोलाइ। ऊ अँधेरो भयो। खासमा विनय चुन्कीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नमस्ते

~रामकुमार श्रेष्ठ~ आदर गरिन लायक नै नभएकोलाई आदर कसरी गरौं बिस्वास गरिन लायक नै नभएकोलाई बिस्वास पनि कसरी गरौं तर पनि समय सापेक्ष नमस्ते गर्दैछु नेताज्यू मन लागे स्वीकार मन नलागे नस्वीकार तर मलाई थाह छ – नस्वीकारेर पनि त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेशको दशैं

~रश्मिला कवाङ ‘रश्मि’~ शरद ऋतुको आगमनसंगै चिसो सिरेटो बहदै मनै कठांग्रिने बिहानी चारैतिर बेजोद हावाहुरी हरेक हरिया रुखहरुका पातहरु हलाउदै अनि भूईभरि पहेला पातहरुले बाटो सिङ्गरिदै लाग्छ, यो समय रंगीन बहारको हो नीलो आकाशभरि चंगाहरु उड्दै होलान गाउँमा नवरात्री र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : आमा

~श्रीपुरुष ढकाल~ ए मेरी आमा कता छौ तिमी कहाँ छौ भनन आमाको जस्तो पवित्र माया कहाँ पाउछुँ भनन पाउँदिन भने फर्केर आउ पर्खेर बस्छु म आउदिनौ भने जहाँ छौ तिमी त्यही नै आउँछु म

Posted in गीति कविता | Tagged | Leave a comment

कथा : दशैं

~मोहनहरि पौडेल~ अरू वर्षहरूमा झै यस वर्ष पनि दशैं आयो । किन हो कुन्नि यस वर्ष भने अलि अवेर गरेर ढिलो आयो ।शायद उसलाई आउकी नआउ दुई मन भएको पनि हुनसक्छ ? नयाँ नाना लगाउने ,चिचि, पापा खाने रमाउने वच्चाहरूले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment