Tag Archives: nepali literature

गजल : आफ्नो हराइले मार्यो

~राकेश कार्की~ तिम्रो सधैँ जित कस्तो आफ्नो हराइले मार्यो आयो जवानी या उन्को मन पराइले मार्यो व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत छाती भरी बल्झेको उफ् घाउ चराइले मार्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : हाँस्दै बोल्दै दुइ मुटु वीच

~देव गुरुङ~ हाँस्दै बोल्दै दुइ मुटु वीच खोई कहिले देखि , गहिरो माया वसि सकेछ थाहै भएन मलाई । झट्टै हेर्दा वगैचामा फुल मात्रै देखे , काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

Posted in कविता | Tagged | Leave a comment

बैचारिक कथा : जोडिएका ओठहरु एकआपसमा छुट्टीनै मान्दैनन्……….।

~तोषल दाहाल‘अल्पभाषी’~ फाल्गुणको महिना, मध्यान्हको समय,सल्लाका बोटहरु सबै मौन थिए। सतिबयरका पातहरु खङ्गरङ्ग थिए। तल फेदिमा नागवेली बन्दै बगिरहेको पिखुवाँ खोलाले पनि मेरो मन तान्नै सकिरहेको थिएन । एउटा चौतारीको सानो छाहारीमा बसेकी थिएँ । अचानक एउटा नौजवान युवक परैदेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्रिय दुलाहा (मृत्यु)

~विराज बर्मा~ विश्वासको बन्दुकबाट निस्कएका आघात र बज्रघातका गोलीहरुको रुखो आवाज सुन्दै रसातल देखि नै उर्लिएको भेलसँगै उछिटिएका रगतका ताता फाल्साहरु पन्छाउदै मेरो सानु झुपडीको छिंडीबाट तिम्रो आगमन च्याइरहेकी छु म तिम्री एउटी नव दुही तिमीलाई नै पर्खिरहेछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भूपिको लाहुरेसँग सम्झौता

~शक्तिराज नेपाल ‘कपुर’~ लाहुरेदाई तिमी आफना कैयौं दिनहरुमा आफनो गाउँ, जन्मभूमि र आफनो पूर्वपसिनाको सम्झनामा पुनः पुन सदा तिमी आउँथ्यो लाहुरे दाइ आफनो पसिनाको धारा अनि कर्तब्यको निशानामाथि केहि क्षणका लागि भएपनि पूर्ण विराम लगाउदै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वार्थ

~दिपक अभिमन्यू~ बिहानै मर्निङ्गवाकमा हिडेका राम बिक्रमलाई तेजरफतारमा आएको गाडीले ठक्कर दियो। उनी गम्भीर घाइते भए । उनको दुरघटनाको खबर हावासरी फैलियो । सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाभको कामना गर्दै अनेकौं शुभेच्छ्याहरु पोष्ट गरिए भए । उनी खतरामुक्त थिएनन्।उपचारत अस्पतालमा उनलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सम्झनाको तरेलीमा पारिजात दिदि

~शरद प्रधान~ केहि दिन अघि मात्र मेरो झण्डै दुई दशकको पत्रकारिता जीवनमा मैले साक्षात्कार गरी जीवनी लेखेका साहित्यकारहरुको नामावली सोचीरहेको थिएँ । धेरै साहित्यकारहरु त दिवंगत भइसक्नु भएकाले अब को चाँहि बाँचीरहेका होलान् भनेर घोत्लिरहेको थिएँ । रमेस विकल अब … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

मनोन्यास : अपांगता

~हस्त गौतम “मृदुल”~ धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

समालोचना : अन्तर विषय तथा विधा मिश्रणका सन्दर्भमा शर्मिला खड्काको ‘यो उसको कथा हो ’ कथाको अध्ययन

~शेखरकुमार श्रेष्ठ~ १. विषय परिचय वि.सं २०२५ मा समष्टि पत्रिकामा असफल सङ्घर्ष कथा प्रकाशित गराई साहित्यिक जीवन सुरुवात गर्ने शर्मिला खड्का (दाहाल) नेपाली साहित्य विधाका कथा विधाका सशक्त नारी प्रतिभा हुन् । सुरुमा निहारिका उपनामबाट रचना प्रकाशित गर्ने शर्मिलाले सानी … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

छन्द कविता : निर्माणमा लाग्छौँ एकताबद्ध भै अब

~गोविन्दराज विनोदी~ प्रत्येक पल लाग्दैछ धर्ती काँपिरहेसरि कम्पले घरको मेरो जग नापिरहेसरि जब बाह्र गते आयो महाभूकम्प देशमा लाखौं सुसिर्जना पार्यो ध्वस्त एकै निमेषमा भासिए नासिए कैयौं सम्पदा र धरोहर लग्यो खोसेर आफन्त मृत्यु आई भयङ्कर

Posted in छन्द कविता | Tagged | Leave a comment

मनोन्यास : माले

~रुजन न्यौपाने~ खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ । मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु पर्छ उताबाट एता । सबैको पिटाई , दपेटाई … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कवि लिम्वु ‘आँशु’का पाँच ताङ्का

~कवि लिम्वु ‘आँशु’~ मुटु मिचेर दोष दिउँ कस्लाई भाग्य आफनै खोटो भइदिए सि आवरा जिन्दगी भो । भन्दैन चेली राता रात बेचिन्छ मौन छ सबै हाट हजारी खेल किन्नेहरूको भीड ।

Posted in ताङ्का | Tagged , | Leave a comment

कथा : यो एउटा रङ

~किशोर नेपाल~ आँखा सबैभन्दा ठूलो सत्य हो । यो मात्रै एउटा यस्तो शक्तिशाली प्रविधि हो, जसलाई मानिसको शरीरमा अभिन्न रहेको क्यामरा भन्दा केही फरक पर्दैन । यो क्यामराको क्षमता कति मेगा पिक्सेलको हुन्छ ? अहिलेसम्म कुनै शरीर वैज्ञानिकले, कुनै चिकित्सकले, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बालकृष्ण गजुरेलको पाँच तियाली

~बालकृष्ण गजुरेल~ तियाली १ आफ्नैको भर हुन्न झुटले मुटु छुन्न त्यसैले कोहि रुन्न ।। तियाली २ बिश्वास गर घात गरेपनि

Posted in तियाली | Tagged , | Leave a comment

कविता : नदी र चट्टानहरु

~सुनील बाबु श्रेष्ठ~ एकतमासले बगेर भारीका भारी सपनाका नदीहरु भविष्य खोज्दै मिसिन्छन पुगेर निलो महासागरमा । यहिँ सपनाका नदीहरुको विचमा अग्लो कद बनाएर बसेका अग्ला चट्टानहरु नदीबाट सृजित शितल हावा स्पर्श गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल मेरो गाउँ

~चन्द्र सिं गुरुङ्ग~ दिनहुँ हेर्छु घाँटु, सोरंठी र लोक दोहरीको नृत्यमा डम्फू, मादल र सारंगीको मौन धारण र गीति अक्षरहरुको शान्त मलामी माथि सल्लाघारीको डाँडामा बसेर जीर्ण तन र वितृष्ण मन बोकी शव यात्राको दृश्यावलोकन गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मखुण्डो र कविता

~नरेश शाक्य~ मखुण्डाहरू उत्रिसकेका छन् र सबै आफ्ना असली अनुहारहरूमा देखापर्न थालेका छन्,

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : हामी बिद्धान

~मधुश्री~ बिद्बान हामी दर्पण थियौँ बदल्न समाज छर्नुथ्यो ज्ञान हुन्नथ्यो दुःख संकट यो आज निद्रामा डुब्यौँ सपना दिवा देखेरै हरायौँ भुलेर आफ्नो बिद्धता सस्तो हावामा फरायौँ अन्याय-न्याय गलत-सही छुट्यौँन सकेनौँ पुज्यथ्यौँ हामी पुजाको अर्थ बुझ्नेनै भएनौँ

Posted in गीति कविता | Tagged | Leave a comment

लोक गीत : नेपाली जीवन (संरक्षण गीत)

~श्यामसुन्दर श्रेष्ठ~ कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्‍हो छ नेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्‍हो छ, दाजै बाँच्नलाई गार्‍हो छ । १ यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छ कतै जाउँ भने जाने ठाउँ छैन यहीं बस्न गा¥हो … Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : गर तयारी अलमल्ल नपरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ लडाइँ जब छ ब्वाँसा, फ्याउरा, स्यालहरुको के अर्थ परेवाहरु यता वा उता लाग्नुको । मदारी अरु नै कोही छ, प्रभु अर्कै छ उनीहरुको, नचाउँदैछ कोही अरुले नै उनीहरुलाई;

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : मेरो बेहोशीलाई सन्ताप

~इश्वरवल्लभ~ मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे मलाइ छोडी दे मलाई फेंकी दे मलाइ भाँची दे म त सधैं उजाड छु हरियाली मेरो होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~ १. बाढी आएर खेत बगाएपछि खोलो सुकेछ । २. आउनेछु म मङ्गलग्रहमाथि हावा लिएर । ३. समुद्रभित्र गहिराइमा डुब्दा माछा तर्सेछ ।

Posted in हाइकु | Tagged | Leave a comment

संस्मरण : सम्झनामा एक आत्मीय अग्रज

~नगेन्द्र शर्मा~ म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यक्तित्त्व समीक्षा : नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज

~रवि प्राञ्जल~ २०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब  एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर आवाज मिश्रित सुरिलो स्वरसँगै म त्यस कोठाको निकट … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

लिमरिक : नाठो

~सोफिया शर्मा रेग्मी~ गाइरहेथे माइकमा केटाका जन्ती नाच्ने केटीहरुको पनि थिएन गन्ती । बेगाने शादी मैं अब्दुल्ला दिवाना

Posted in लिमरिक | Tagged , | Leave a comment

गोधूलि दिनेशको ऋषिकेश बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ चिसो बिहानी, विष्णुसहस्र नाम — वानप्रस्थमा ।१। छड्के घाम, झिलिमिली तारा झैँ — हरियो गङ्गा ।२।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बुज्रुक कृर्तिकारहरु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ लङ्गडो सोखमा बहिरा नेताहरु बुरुक बुरुक उफ्रदै एम्बुस बिछ्याउँन गोला, डाइनामाइट, बन्दुक पड्काउँछन् मेसिनगन भुट्छन, बम, बारुद विस्फोट हुन्छन व्यानेट घोप्छन, ग्रिनेट हान्छन,

Posted in कविता | Tagged | Leave a comment

नैतिक कथा : प्रेम

~सङ्कलन : अज्ञात~ युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर ! प्रेम के हो र ?’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ । त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कविता : थुइक्क ! जाली लोग्ने मान्छेहरु !

~मिजास तेम्बे~ तेरो आमा भएर त, तैँले जीवन पाइस् । आमाको ममता र बात्साल्य कुल्चीएर हुर्कीस् । जवान भइस् /प्रियसी छानीस् /पत्नी अपनाइस् तेरो जीवनले गती पायो । अझ भन्छस्- यस्ता आइमाई /उस्ता आइमाई/नाथे आइमाईहरु, थुइक्क ! पापी लोग्ने मान्छेहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको रंग-३

~दीपा राई~ अँधेरिएको समुन्द्रको अम्ली समातेर बिहानीलाई पर्खेको छु लाग्दै छ- आदिम समयले काटीँ खुट्टामा ठोकेर म किनारमा उभिएको छु उभिएको छ समय समुन्द्रको हावाले बोकी ल्याएको नुनिलो

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कानको रातमा

~सदानन्द अभागी~ छ पल्लवित सुन्दरता मुस्कानको रातमा जून थिए ढकमक्क हामी दुबै मातमा रस लाग्दो शरीरको श्वेत वर्ण छाती अति सुन्दर माछापुच्छूे बन्दी बने हातमा

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : दर्शन

~डा. विदुर चालिसे~ ‘जन्म, मृत्यु, कर्ता, कर्म र क्रिया नियमित हुन् कि अाकस्मिकता’ भनेर तर्क गर्नु अचेल फेसनजस्तै भइसकेकाे थियाे पराजित मनहरूसँग । नियमित हुन भन्नेका तथ्य र अाकस्मिक हुन् भन्नेका तर्कका बीचमा खास भेद नै दर्शनकाे मूल मर्ममा ठाेकिएकाे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment