Tag Archives: nepali literature

कविता : सुरलोकवासी जननी

!सुरेन्द्र चौहान~ कलम लिइकन हातमा, के लेख्न म सक्थेँ र! सम्झना सुरलोकवासी जननीको, के छेक्न म सक्थेँ र!! समाई पाउ मुसार्दा यसै, पोस मलाई मिल्दथ्यो कि! पिठ्युँमै हुर्काइन उनले, थलमा कीटले पो चिल्द्थ्यो कि!!

Posted in कविता | Tagged | Leave a comment

गजल : केही फरक गर्नु नि

~खगेन्द्र गिरी ‘कोपिला’~ मसँग व्यवहार त केही फरक गर्नु नि मलाई गर्ने प्यार त केही फरक गर्नु नि उनै घुर्की नखरा, उनै कटाक्ष मात्रै छन् ममाथी अत्याचार त केही फरक गर्नु नि

Posted in गजल | Tagged | Leave a comment

कविता : डाक्साव् मलाई मर्न दिनुस् !

~मनोज शाही~ डाक्साव् मलाई मर्न दिनुस् ३ वटा अस्पताल रेफर भएर आज यहाँ आई पुगें मलाई जसरी नी बचाउँछु भन्नु भो होइन ! डाक्साव् मलाई मर्न दिनुस् म त अहिले बचे पनि पछि परिवारसँग मर्न पर्ला भैगो, डाक्साव् मलाई मर्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खोल

~खेमराज पोखरेल~ म सम्झिरहेको छु, उनी मेरी गर्ल फ्रेण्ड थिइन् त्यो ताका । त्यो दिनको सम्झना आइरहेछ । हामी दुवै यस्तै गधा पच्चीसे हुँदा हौं । हामी दुवै नगरकोटको  होटल सनराइजमा थियौं । त्यो दिन म उनीसँग बेस्सरी पग्लेको थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मासग्रेभ

~राजव~ हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हत्केला नै खोस्नेहरु छन्

~नविन ध्यार~ औंला दिदा हत्केला नै खोस्नेहरु छन् फूलै दिए पनि काँडा रोज्नेहरु छन् दयै गरी आफैले सवैथोक सुम्पिदा पनि भिखारी नै भयो भनि सोंच्नेहरु छन्

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : जता हेर्छु मैले बबन्डर

~रिजाल किरण~ बहर : मुतकारिब मुसम्मन सालिम जता हेर्छु मैले बबन्डर बबन्डर कतै शान्ति छैन पिएकोछु हन्डर । बनेको छ प्यासा यहाँ आफ्नो आफै खोजी दाउ हान्ने लुकेकोछ खन्जर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बिस्मात

~दीपक कुमार ज्ञवाली~ समयको माग भन्दै मौन बसे । के देख्नुपर्‍यो जीवन बिछोडको । उठ समाऊ लहरा जीवन डोर्‍याउन । उगाऊ पानी आफ्नै जीवन बचाऊन । शेचनगर अःन्तकरण जाग्नेछ स्मृतिहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्यापूर्ति

~गोपीनाथ लोहनी~ मुहार् कमलको झलक पलकमा मलाई दियौ अपूर्व रसदानले मन हरेर मेरो लियौ । तसर्थ अब प्रेमले यति सकार बिन्ती पनी नवीन घरको बहार् गर तिमी नवीना बनी ।।१।। वसन्त ऋतुको छटा रमणिलाइ दिल्दार् हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोव्यथाको उत्तर

~चक्रपाणि चालिसे~ सारा मनोरथ कथा हुन गै बिचारा दारासुतादिहरूले गर्ने पुकारा ।। आराम शून्य मनले त्यजी अस्रुधारा हाये राम! रुन्छु कसरी म छुटाउँ भारा।।१।। विद्वच्छिरोमणि रसिला प्रिय मित्रसाथ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनसार

~बाबुराम आचार्य~ हुक्का चिलमको शरणै लिनाले। अल्छी गरी हर्दम सूतनाले।। भन्दैन कोही उसलाइ मानिस। गर्नू पर्छ इलम भनेर जानेस्।।१।। चेत्याँ बल्ल भुल्याँ र धन्जनमहाँ सारा उमेर् नाश् भयो।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : ब्रिटिश आर्मी नम्बर पाएको त्यो दिन…

~भीम राई~ तिनताका म फुसको छानो भित्र हुर्कंदै गरेको सानो बबुरो जस्तै थिएं । मलाई सुस्तरी उमेरले डोरयाएर भर्खर अठार वर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै छन् । अति विपन्न परिवारमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : त्यो घुम्तीपछि

~मिङ लिवाङ~ बाघपुल नाघेर सेवकेश्वरी काली मन्दिरमा गाडी पुग्दा मनभित्र कतै कटक्क बिझायो। सडकमा जाम लागेर गाडीको ताँत लागेको छ। आज आइतवार……दर्शनको निम्ति सिलगडीबाट आएका श्रद्धालुहरुको गाडी र घुइँचोले सडक जाम भएकोरहेछ। “सिलगडीकाहरुले यो ठाउँ पनि बिस्तार-बिस्तार आफ्नो बनाईछाड्यो… मन्दिरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सर्कस वर्णन

~शम्भुप्रसाद ढुङ्गेल~ देखेर सर्कस पनी बुझी इन्द्रजाल । मानीस मूर्ख हुन गै राछन् हवाल ।। बुद्धि पुर्‍याउन सकेन जसै विचारी । भन्छन् छ शक्त्ति शिवको भनि दोष टारी ।।१।। हा दैव! हामीहरूमा किन ये विचार । हे दैव!! हामीहरूलाई तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र गृहस्थी

~प्रमोद धिताल~ गृहस्थी र आमाको साइनो धेरै यूग पूरानो हो आामाले गृहस्थी चलाउनुहुन्छ या गृहस्थीले आमालाई चलाउँछ ? यसको जवाफ छैन वहाँसँग हरेक विहान पूर्वक्षितिजमा पहेलो सूर्य नउघ्रदै आमाले आगो सल्काउनुहुन्छ या आगोले आमालाई सल्काउँछ ? यसको हिसाब पनि छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहना

~गोविन्दराज विनोदी~ स्वप्न रोजै नयाँ देख्न चाहन्छु म स्वप्नमै जिन्दगी लेख्न चाहन्छु म सत्य खोज्दा सधैँ चुक्छ यो जिन्दगी सत्यले घोचिँदा दुख्छ यो जिन्दगी सत्यका मार्गमा ठेस नै ठेस छन् सत्यभन्दा यिनै स्वप्न नै बेस छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आह्वान

~द्वारिका क्षेत्री~ असहाय छैन न त निर्धो नै छ नारी तन र मनले कोमल तर आत्मविश्वासले दह्रो छ नारी। जन्म अामाको कोखबाट लिन्छ तर जीवन जिउने र धर्यको प्रशिक्षण स्वयं प्रकृति अामाले दिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्गय : छिप्पेको प्रेमकथा

~कृष्ण शर्मा सुमु~ अब हेर्नू न, प्रेम कथा त हजुरले ईतिहास देखि वा भगवानको पालामा पनि अवस्य सुनु भयो, कथामा पक्का पनि। फेरि आजकलको झरी च्याउ जस्तो प्रेम कथा पनि नाला,मैदान,खोलातिर,पुल पुलिया,गार्डन् ,आदिमा देख्नु भयो वा कुनै फिल्ममा अवस्य हेर्नू … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मूल परेको छोरो

~जय कार्की ~ समर्पणः आफ्नो जन्मभूमिको निम्ति शहीद बनेका गोर्खे पुुर्खाहरुप्रति श्रद्धान्जलि स्वरुप समपर्ण । १० वटा शुभकामना मन्तव्य र पुस्तकको कथाबारेमा चर्चागर्दै शुरु भएको यस पुस्तकमा जम्मा १० वटा कथाहरु संग्रहित छन । भीष्म प्रतिज्ञाबाट प्रारम्भगरी अन्तिममा साईनो कथामार्फत बिट … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : चिसो घाम बिरूद्ध !

~शरद पौडेल~ होईन नि लिखेई आमा, कोल्ले सिध्याम्नि र गरीप्मारालाई ? कोल्ले सोत्तर पार्नु र देश लुट्नेलाई ? बलत्कारी नि उसै छन् भष्टाचारी नि उसै छन् बरू ति त,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नाता

~मोहन अधिकारी~ “दुख दिन्न बाटुली दुख दिन्न ! मैले भनिहालें नि ! तिम्रा यी दुई छोराले मलाई कहिल्यै झडकेलो बाबु भनेर सोच्ने नै छैनन्।

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सुन्दर पहाडको आक्रोस

~भक्ति शीला~ मेरो यो सुन्दर कोमल छात्ती भरि अनेकौ बिद्रोहको पाईतालाले कुल्चेर आज मलाई दुषित बनाएकोछ मेरो छात्तीभरि चियाको कलिला मुनाहरु,लाली गुराँस,चाँप चमेली

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~असीम सागर~ भान्सा घरको आलमारीमा सजाई राखिएको छ धोई पखाली केही गिलास र कटोराहरू प्रत्येक गिलास र कटोराभित्र प्रतिबन्ध अँध्यारोलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी स्वास्नीमान्छेको अन्तरवार्ता

~पारिजात~ ज्यू, काम गरेकोमात्र थाहा छ दुःख पाएको मात्र थाहा छ फाटेको चोलो र जडाउरी गुनिउँ लगाएकोमात्र थाहा छ जोबन सोध्नु भएको ? त्यो त हजुर आएको गएकै थाहा छैन । खै, जान्ने सुन्नेले भनेको मेरो जोबन त जिम्मुवालको ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गङ्गा नीलो बग्छु

~वैरागी काइँला~ यात्री – उ भि न्छु । कुदेर बुद्विसम्म भित्र-बाहिर कति पुगिनँ-छु-ले नित्य शिलाखण्ड उभिन्छ

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : बैरागी काइँलाका कृतित्व, व्यक्तित्व : सामान्य परिचय

~अप्सरा लावती लिम्बू~ ब्रम्हाण्डका सृष्टीहरू नासवान छन्,जीववनस्पती सम्पुर्ण । तर मानवजीवन एक यस्तो अलौकिक बरदान हो, जो भौतीक शरीरको त्याग र बिलय पछि पनि आफ्नो काम प्रतिको साधना, तपश्याका कारण सदियौ बर्ष जीविन्त रहन सक्दछ ।तिनै निष्ठाहरूको कारणपुष्तौ पुष्तासम्म अमरत्व … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

किराँती दन्त्यकथा : लाप्चा पुरोहित

~सङ्कलक: इमानसिंह चेम्जोङ~ भगवानकाे काम सृष्टिमा मात्रै सीमित हुन सकेन । उनलाई सृष्टि गर्नुका साथै आफ्नो सृष्टिको सुरक्षाका लागि अरुअरु काम काम गर्ने गरुरत पनि पर्यो । यसका सम्बन्धमा रुचिकर कथा पाइन्छ । सुरुमा आकाश, पृथ्वी, समुद्र, सूर्य, चन्द्रमा, तारा, … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : आगो र पानी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ सृष्टिको प्रारम्भिक कालमा सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङले पृथ्वीका सम्पूर्ण प्राणीहरूका भलाइका लागि आगो र पानीको सृष्टि गरे । एक दिन आगो र पानीका बातचितमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो । आगोले पानीलाई … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : धाननाचको उत्पत्ति

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ प्राचीनकालमा लिम्बू किरातीहरू जङ्गलमा फलफूल तथा कन्दमूल खोजेर पशुपन्छीको सिकार गरेर आफ्नो जीविका चलाउने गर्दथे । खेतीपाती गर्न नजानेको हुनाले उनीहरूलाई अन्नका बारेमा केही पनि थाहा थिएन । सधैँ जङ्गलमा फलफूल तथा कन्दमूल खोज्न जानुपर्ने र सिकार … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : मेरो देश डिजिटल भयो अब

~बि.कुलुङ रंगबुले राई~ भ्रष्टाचारी, काला धन राख्ने व्यापारी घुसखोरी,ट्याक्स चोरी गर्नेहरूलाई बुलेटट्रेनमा खाँदेर कालापानी पठाईदैँछ त्यसैले मेरो देश डिजिटल भयो अब माग्नेको हातमा मोवाईल थाँङनेको झोलामा ट्यापलेट

Posted in कविता | Tagged | Leave a comment

केशबलोचन शर्माका पच्चिस हाइकु/सेन्र्यु

~केशबलोचन शर्मा~ ‘आमा’ १. ब्रम्हाण्ड पो हौं के भनेर पुकारौं आमा – जननी । २. दया कि खानी परिवार कि दासी मायालु आमा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

कथा : परदेशी वर

~धर्म सापकोटा राजु~ खासमा विनोदमा जम्माजम्मी दुईटा कुराहरू मात्र मैले खोजेजस्ता भेटाएकी थिएँ । तर यिनै दुईटा कुराहरू नै मैले उसलाई मन पराउनका लागि पर्याप्त भए । पहिलो कुरा ऊ र उसका सम्पूर्ण परिवार विदेशमा बस्थे, दोस्रो उनीहरू, हामीहरू र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment