Tag Archives: kabita

कविता : एउटा कलम

~हिरारत्न श्रीशा~ अधिकार प्रयोग गर्दै भोका नांगा मजदुर निमुखाहरुको अन्जुलीमा सान्तवनाले भर्दै एउटा आसा बनेर निसंकोच, नरोकी सबैको भाषा बनेर यथार्थको चित्रण गर्दै निरन्तर लेख्दथ्यो एउटा कलम

Posted in कविता | Tagged | Leave a comment

कविता : समानान्तर उज्यालो

~गीता त्रिपाठी~ नडराऊ रातपरे पनि बिहानको आशा रित्तिएको छैन तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा मेरै अनुहारमा ठोक्किएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी कौली

~दिल थापा~ प्रिया तिमीलाई कस्तो भयो होला ? फल्नाको छोरा l फल्नाको बाऊ l फल्लानीको खसम । परदेशमा मर्‍यो रे भनेको सुनेको पल ।

Posted in कविता | Tagged | 1 Comment

कविता : औजार

~निर्भीकजंग रायमाझी~ हरेक दिनको परिश्रमले थाकेर सुुतेका औजारहरू पनि आज जुुर्मुुराएर उठ्दैछन् चलाएपछि औजार चुुप बस्न जानेको हुुन्न यसले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली आमाको फिराद

~ऋतिक यादव~ मैले मेरो सन्ततिलाई अजङ्गको इतिहास दिएँ अतितको हजारौं अनुसन्धान दिएँ विरताको सच्चा मीथक हुने वरदान दिएँ तर, आज मेरो माटोमा भ्रष्टाचारको बाली पलाउँछ न्यायको अवसानसँगै बलात्कारी गदगदाँउछ मेरो सन्ततिलाई खाडीको पैतालिस डिग्री सुहाउँछ अन्तिम बेला हन्डरको परिपक्वता सुनाउँदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनभर गरौंला स्वस्ती

~दीपक कुमार ज्ञवाली~ आज साह्रै रोेयो यो मेरो दिल आफ्नो देशमा आफै हराउँदाको क्षेण किन भयो यस्तो हाल ठानेको थिएँ तिमीलाई देशप्रेमी मान्छे के भयो आज तिमी हुन सकेनौं देशकै जितेर पनि भएकाछौ तिमी हारेजस्तै भन्न सक्दिन तिम्रो र मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्ला नगर

~जनक कार्की~ इस्स्स्स्स्स चुप!! सरकार सुतिरहेको छ हल्ला नगर्नुस कृपया। तपाईलाई भोक लागेको हो? तपाईलाई अन्याय भएको हो?? तपाईलाई चित्त नबुझेको हो??? किन चिच्चाइरहेको? किन निर्वस्त्र भएको?

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो माउते र हात्ती

~कमल कुमार~ अजङ्गको हात्तीको गर्धनमा टाँसिएर दिनभरि घुमिरहन्छ र घुमाइरहन्छ एउटा लुरे ज्यानको बुढो माउते चहार्छ जङ्गल

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~राजेन्द्र शलभ~ आमालाई अँगालो हालेर म्वाई खान्छौ मलाई हेरेर मुस्कुराउँछौ मात्र म तिम्रो अँगालोमा किन आउन सकिन छोरी ? तिमी बिरामी हुँदा रातभरि छातीमा टँसेर सुताएकै हुँ

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यसपछि तिमीले पनि भुल्नेछौ

~अनमोलमणि~ मात्रै केही दिन हो त्यसपछि त तिमीले पनि भुल्नेछौ मलाई ! जब अस्ताउनेछ घाम भुल्नेछन् सबैले अघिल्लो दिन जसरी भुल्छन् यात्रीहरु आफ्नो छाया र पैतालाको डोब, पक्कै बिर्सनेछन् सबैले मेरो उपस्थिति

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~चन्द्र गुरुङ~ अधबौसे युवकले मौकामा सदुपयोग गर्नलाई पर्समा चेपिराखेको छ ब्रान्डेड सुरक्षा कन्डमको ठूलो होर्डिङ बोर्डमा लेखिएको छ— निस्फिक्रीको ग्यारेन्टी यस्तो, सस्तो र सुलभ साधन होइन देश ! दिमागमा नाफाघाटाको ग्राफ कोर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : धूलो

~नव सापकोटा~ धूलो! हो, धूलो!! अर्काको पाइतालाले कुल्चिने; पसिने र धसिने धूलो ! सधैँ अरूको लात र घात सहने यो धूलो— देख्नमा कति क्षुद्र ! अस्तित्वविहीन !! तर यी हर्दम कुल्चिहिँड्ने/थिचिइरहने मस्तिष्कहीन पाइतालालाई के थाहा—

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्यार्थीहरू कविता लेख्छन्

~एकादेशको गगनराज~ विद्यार्थीहरू मख्ख पर्छन्, दङ्ग पर्छन् खुशी हुन्छन् किनकि, उनीहरू कनिकुथी कविता लेख्छन् विद्यार्थीहरू कविता लेख्नलाई टाउको कन्याउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : के तिमी मसँग बिहे गर्छौ?

~अस्मिता अधिकारी~ बिहानै म उठ्नु पहिल्यै पुजा-पाठ गरेर तिमी रुममा चिया लिएर आउनु अफिस जान ढिलो हुन्छ छिटो उठ्नुस् भन्दै तिम्रा चिसा हातले मेरा गाला सुमसुमाउनु निदाएकै नाटक गरेर

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : जहाँ बग्छ टिस्टा रंगीत

~सानु लामा~ जहाँ बग्छ टिस्टा रंगीत। जहाँ कञ्चनजंघा असीम- यही हो हाम्रो धानको देश तपोवन हो प्यारो सिक्किम। फुल्छन् यहाँ आँगनैमा,

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : तिम्रा हिजहरूका वर्तमान

~भूपेन्द्र अधिकारी~ तिम्रा सुनौला हिजहरू तिम्रा मात्रै भएर बाँचेका वर्तमानहरू आज हुन सकेनन् तिमी आफैले आफ्नै पैतालाले कुल्चिएर तिम्रो वर्तमानको निर्मम हत्या गऱ्यौ तिम्रा सबै आजहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : लोरिमालाई चिठ्ठी

~सबिना सिन्धु~ प्रेमी शहरको न्यानो आलिङ्गनमा नि थ्रुक्क भिजाएर आफुलाई यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ । खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको । मेरी लोरिमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँघरको अँध्यारो

~मञ्जुल~ मानिसहरूभन्दा पचास खण्ड कहालिएर रुन्छ घरको अँध्यारो घरको सुनसान घरको चकमन्नता यस्तो एउटा गाउँ जहाँ बूढी आमा त हुनुहुन्छ तर छैनन् उहाँका युवा सन्तानहरू

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अब फस्नु हुन्न

~तिर्थराज अधिकारी~ छन्द : उपजाति पुराण सैँयौँ जति नै लगाऊँ प्रदीप लाखौँ जति नै जलाऊँ यी हात जोरौँ जति प्रार्थनामा बन्ला सुधो वानर यै थलामा ?१।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : उद्घोष महासमरको

~सञ्जाल शर्मा~ गरिबका स्याले झुप्रा चिसो चुलो बल्दैन रे गुन्द्रक र सिस्नो विना कुनै छाक टर्दैन रे निमुखाका गाथा सुन्दा तिम्रो मन पोल्दैन रे । महल र चिल्ला कार

Posted in कविता | Tagged | Leave a comment

कविता : खै यहाँको सरकार ?

~रूपा पुन~ आज किन किन ? जिन्दगी दुःखी रहेको छ भित्रभित्रै पोलिरहेको छ छटपटाइरहेको छ पीडा र बेदनाले यो मन रोइरहेको छ कसरी आफ्नै जन्मदाताले

Posted in कविता | Tagged | Leave a comment

छोक : झण्डा

~यकिना अगाध~ आइमाईको चीरहरण गरेर तिम्रो राष्ट्रिय झण्डा उच्चो भएर फरफराउछ भने हे मन्त्री !

Posted in कविता | Tagged | Leave a comment

कविता : औसत मान्छे

~दिनेश अधिकारी~ सजिलोका लागि उसलाई रामबहादुर भने हुन्छ यद्यपि रामबहादुर रामबहादुर मात्र नभएर धेरैको छद्म नाम हुन सक्छ। हरेक बिहान निदाइरहेका छोराछोरीको निर्दोष अनुहार हेरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : माफ गर्नोस् श्रीमान !

~राजेन्द्र शलभ~ खोल फेरेर पुरानै समय बााचिँरहेको यो समयलाई म, कसरी मेरो समय भनौँ ? मिनि – स्कर्टबाट साडी लाउँदैमा प्रेमिका श्रीमती बन्न सक्तिनँ । हामीले चाहेको त

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो

~रीता खत्री~ शिशिरको कारागारमा बन्दी छ वसन्त अवरुद्ध छन् विश्वासका नदीहरू । जीवनको समरमा स्वाभिमानको युद्ध लडेर अँध्यारो रातको कालो सीमा भत्काउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नमय पलाहरू

~जीवनाथ धमला~ प्रहर पलाहरू रङ लाउँदै उर्ध्वगामी थिए आकाशमा पलाहरू यात्रारत, बोक्दै थिए भारहीन सपनाहरूलाई, निराकार अघिल्ला प्रहरहरूमा डुबेका गीतहरू क्रमशः डोलिँदै भाखाहरूमा क्षितिजतिर उज्यालो डाक्दै थिए ब्यूँझिएका आँखाहरू विश्रामहरूमा आकाश चढ्न खोज्दै थिए नानीहरू, गौँथलीसँग खेल्दै गरेको सपना देखेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नसकिने असन्तोषको लडाई

~इश्वर देवकोटा~ हे आफु तर्सनेहरु किन अरु तर्साउछौ यी निर्दोष जनमा किन बम बर्षाउछौ | रगतको पोखरीमा तिम्रा भाइ बहिनि, अबोध आमा र बाबा छट्पटीए के गर्ने |

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो निषेध घोषणा

~कृष्ण जोशी~ चाहे फूल काँडाको झ्याङमा अग्ला पर्खालहरूभित्र अर्थात् हिमालको टाकुरामा सर्वाङ्ग फक्रिएको एउटा फूल हौ जसलाई देखेपछि टिपुँटिपुँ लाग्छ स्पर्शहीन थिए जबसम्म आफूभन्दा होँचा बनाएनन् हिमालहरूलाई शिखर टेकेर मान्छेहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु मलामी

~जय प्रकाश ‘विवश’~ म मृत बाँचेको छु आफ्नै संसारको मृत्युमा मलामी हुने तयारीमा छु . हो म मरेको छु आफ्नैको घातले आफ़्नैको बातले साच्चै म मरेको छु आफ्ना सपनाको मलामी , म आफै हुनु, मेरो बाध्यता भएको छु झुटो संसारको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रुनाइबाट आमा आएपछि

~बिमल गुरुङ~ निस्कृय भित्ताहरु ब्याख्यान सुन्न आमा अगाडि आए भित्ताको कलेजो, मृगौला र मुटुहरुमा शब्दका बम्फकहरु हानीन् भित्ताका काँधहरु समाएरा हल्लाइन् जोड जोडले मासु काट्ने अचानोमा राखेर भित्ताका निन्द्राहरु चोक्टै-चोक्टा पारिन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दुष्ट समय

~रेशम बि.सी.~ आऊ कविता तिमी र म साटासाट गरौँ । देउरालीको बतासले उडाएको तिम्रो र मेरो कथा अधुरो मेरो जिन्दगी तिम्रो अधुरो जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : म भित्रको म

~बिनु के.सी.~ शताब्दियौँदेखि उपेक्षित र अपहेलित म त्यही संस्कार र संस्कृतिमा जन्मी, हुर्किएकी म म भित्र निःश्वास छटपटी, आँशु, पीडा छ र, पनि मेरो जीवन छ म भित्र दबिएको आवाज छ र, त्यो पर्खालभित्र कैद छ

Posted in कविता | Tagged | Leave a comment