Tag Archives: kabita

कविता : हनुमान

~नवराज पराजुली~ भारतीय दुतावासको गेटको छेउमा राति नौ बजे एउटा नौ बर्षको बालक आफुसंग बाँकी रहेको ठुलो चन्द्रसूर्य झन्डा ओढेर निदाउन खोज्दैथियो झण्डाको सूर्यबाट न्यानो पाएर होला बोरा निदाएजस्तै निदायो त्यो बालक

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू केही त बोल

~गोविन्द गिरी प्रेरणा~ फूलहरू, बगैँचामा फुलेर मात्र पुग्दैन सुगन्ध छरेर मात्र पुग्दैन मौनताले अभिषेक गरेर एकान्तमा साथ दिएर मात्र पुग्दैन अब चुपचाप बसेर पुग्दैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म इच्छाहरूलाई मारिरहेछु।

~केदार गुरुङ~ म आफ्नै सुख र शान्तिका निम्ति सबै अनावश्यक इच्छाहरूलाई मेरो मनबाट सकी–नसकी अनिच्छाहरूको अप्ठेरो भीरबाट लडाएर औलको मोथको जराजस्तै… बेस्सरी टकटक्याउँदै र धूलो झार्दै— अग्ला र ठूला–ठूला ढुङ्गामाथि थुपारेर…

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्जोग

~बिपना ढुङ्गाना~ विदेशबाट घर फर्कियो छोरा, सपनाका माला उनेर फर्किएको बर्षदिन नभई मर्दियो छोरो,पासो बुनेर। “बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुडामाथि” आखिर सत्य भैदियो त्यो भनाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उसको मृत्यु

~डा. संगीता स्वेच्छा~ ऊ हाँसेको देख्दा लाग्थ्यो जीवन यसैको नाम हो तर, त्यो हाँसो मात्र एक पीडा ढाक्ने आवरण अनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : केवल

~कौशिला रिसाल~ युगको प्रविधि , समयको तातोले खुइलिएको मन शीतल गर्ने बाहना मेरो हातमा छ अहिले, सामसुङ्ग सेभेन एक्स । बानी परेकै हो, दायाँ हातको चोर औँला थिच्छ कि प्याडको गणित अङ्क ९८४१……

Posted in कविता | Tagged | Leave a comment

कविता : म मान्छेलाई पढ्ने गर्छु

~प्रदीपरत्न शाक्य~ हो, म अक्षर झैँ मान्छेलाई पढ्ने गर्छु । कहिले चोकमा त कहिले गल्लीमा बसेर पढ्ने गर्छु । कहिले सडक भएर त कहिले ढुङ्गा भएर चिन्ने गर्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पौरख

~पुरुषोत्तम अधिकारी~ रोजेर कर्मवीर अप्ठ्याराहरु गुजार्दै छ दैनिकी कष्टकर, अभिलाषा के बोकेन र उसले अभिनयमा भयो तम्तयार गन्तव्य निकट होस् वा दूर छोडेन शरीर र मन रगट्न, आसमानका नक्षत्र गन्दै हुन्थ्यो गन्दै हिमखण्डका शीर

Posted in कविता | Tagged | Leave a comment

कविता : बिम्ब प्रतिबिम्ब

~रबिन पुरि~ बाहिरी रुप हेर्दा सबै , चाला पनि एकै ! हात , मुख , टाउको र शरीर सबै उस्तै उस्तै !! आँखाको नानी देखी , माया गर्ने बानी ! रिसाउने , हसाउने अनी खेलाउने तिम्रो बानी !! हिंडाउने र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के हुन्छ

~आविष्कार कला~ खै मलाई थाहा छैन ढुङ्गा रूज्छ कि ढुङ्गा भिज्छ । मलाई थाहा छैन जनता आफै जाग्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : डाँडाबाट

~बिमल गुरुङ~ सलाईको कांटी बलिरहेको छ मध्यरातको डाँडामा आँखाहरु चन्द्रमामा अल्झन रमाउँछन् आँखाहरु धरहरामा चढेर रमिता हेरिरहेछन् पहिरो गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै दुख्छ देश यहाँ पनि

~राजेन्द्र शलभ~ कसैले सोध्नु अघि म आफ़ैँ भन्छु, दिक्क लागेर नै बिदेशिएको हो म खानै नपाएर होइन तिमीले गरिखान नदिएर देश छोडेको हुँ मैले । कसलाई मन हुन्छ र पराई देश्मा पसिना बगाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडोको रात

~अविनाश श्रेष्ठ~ निद्रा पकेटमा हात घुसारेर पर उभिएको छ चुपचाप ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कुराका कुरा

~मोहन बन्जाडे~ मन्दिरको जग भित्रभित्रै भत्काएर बाहिर बाहिर गरेका गजुरका कुरा देउता छोडी आफ्नै पूजा गराउन खोज्ने पूराना हजूरका कुरा हुन्छ हजूर हस् हजूर भन्नेलाई थापना गरेर योग्यताको कदर गरेको गुड्डी हाक्ने कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिवीर !

~शरद पाैडेल~ निष्ठा बाेकि हिंडेकालाइ बाँधहरूले कहाँ थुन्छ ? अघि बढ्छ दृढताले कुना पसि किन रून्छ ? हत्केलामा अाँधि उस्काे, अाँखाभित्र तुफान हुन्छ भरभराऊँदाे तेजमा बल्छ पाईलाले शिखर छुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको रोदन

~मनु वि.क.~ मेरो देशले नपाउने असल कुरा छिनछिनमा देश रोयो असल नीति नपाएर रोयो कुशल नेता नपाएर रोयो एउटा सिद्धान्त पचाएर रोयो अर्को सिद्धान्त बिकाएर रोयो जङ्गल जलेर रोयो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन गीत

~कुन्ता शर्मा~ अस्तित्व स्थापित गर्न आफ्ना–आफ्ना हतारिएका असङ्ख्य असङ्ख्य शुक्रकिटहरू जब झ्वाम्म हाम फाल्छन् आमाको शरीरमा ती सबैलाई उछिनेर ती सबैका विजित योद्धा बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : फेवा ताल

~भिमदर्शन रोका~ पर्खिरहनू त्यो वनको किनारमा मैरै प्रतीक्षा, मेरै विचारमा फिँजाई थकिँदो आँचल आफ्नो त्यो वनको छायाँको भारमा । बादलको सेतो डुङ्गा तर्छ यहाँ—

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध

~बिमल गुरुङ~ शास्त्रीय बुद्ध, बेकार, बेकार, बेकार, बेकार ! मलाई लाग्दैन गेरुबस्त्रले मान्छेलाई बाँधेको फलाम काट्न ह्याक्सको काम गर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिलाई समर्पण

~गोविन्दप्रसाद आचार्य~ कोटी कोटी सलाम छ आऊ, प्रेमले चुम्बन देऊ न्यानो अभिवादन छ यी बस्तीलाई उज्यालो देऊ स्वीकार गर, साँच्चै हृदय बोलिरहेछ क्रान्ति जीवनको आशा

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~गिरीप्रसाद बुढा~ जनताका खुशी लुट्नलाई मन काला हुनेहरूले झोलामा बम लुकाएर डुल्दै गर्दा सङ्घीयताको जपना गर्नेहरूले विखण्डनको तरबार उठाएर नेपाली छाती चिर्दै गर्दा मलमपट्टी बोकेर नेपाली पीडा मेट्न हिडेकाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : डुब्न नदिऔं देश

~हेमबहादुर गन्धर्व~ देश आज प्रत्येक घण्टा घण्टामा प्रत्येक मिनेट मिनेटमा र, प्रत्येक सेकेन्ड सेकेन्डमा डुबिरहेको छ भनिन्छ देश डुब्न समुन्द्र्र फर्केर आउनुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ओम् श्री गणेशाय नमः

~राकेश कार्की~ सीमाना हराएको मेरो देश तीनतिर खुल्ला छैन बन्धन त्यसैले सन्तुलन हराएको छ तानी रहेछ तीनतिर हुंदाहुंदा बुद्धिजिवी नेताहरु प्नि उतै तानिन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : फगत म टुक्रिएं, निचोरिएं…

~ऋचा तिवारी शिवाकोटी~ ‘मैले वर्षात् महिनामा तिम्रा यौवनमा निथ्रुक्क भई लाएको चोखो माया आज किन चैतको खडेरी र बतासले उडायो ? हामी बीच एउटै हृदय भनी अनेक बाचा, कसम गरी यो हृदयको सिहांसनमा सजाएको

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै भन्दा टाढा दौडें

~बिभोर बराल~ दौडें, दौडें धेरै दौडें सबैभन्दा छिटो दौडें अरुलाई उछिन्ने होडमा आँफैलाई छाडी दौडें आफै भन्दा टाढा दौडें न घाउ लागेको पत्तो भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो वादल छायो

~ध्रुव थापा~ हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो सधै हिडने गोरेटोमा कालो वादल छायो, साथी संगी इष्ट मित्र सवै टाडा भए आफैले लाएको घाउ झनै गाडा भए, जाति धर्म वर्णभेदले सबै टाडा भए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ घाउ नै लेख्नू

~पुर्णविराम~ बाढी र खडेरीको कुरा लेख्नू त्यहाँबाट सावधानीपूर्वक मलाई स्वतन्त्र भएपछि प्राप्त हुने मेरो साँझ खेर नजाने गरेर । लेख्नू धमिलो देखिए धमिलो लेख्नू

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो कविता

~केदार श्रेष्ठ~ नीला, निर्मल आकाशको काखमा उज्यालो आँखा लिएर शीतल हावालाई अगालो हाल्दै आकाशैसङ्ग पाखुरी मिलाउँदै निर्धक्क कावा खाइरहेका पंक्षी देख्दा आँखाले

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : युनाइटेड फ्रुट कम्पनी

~पाब्लो नेरूदा~ अनुवाद: बिनोदबिक्रम केसी बिगुल बज्यो जब धर्तीमा सारा बन्दोबस्त मिलाइसकिएको थियो ईश्वरले कोकाकोला, एनाकोन्डा फोर्ड मोटर्स र अन्य कम्पनीलाई बाँडिदिए यो पृथ्वी । युनाइटेड फ्रुट कम्पनीले आफ्ना लागि सुरक्षित गर्‍यो

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : सम्बन्धहीन सम्बन्ध

~रजिन पनेरु~ असमान सम्बन्धमा म तिमीलाई मुटु बन्धक राखेर प्रेम गर्न सक्दिन ओ ! मेरी सपनाकी राजकुमारी ! मलाई माफ गर म तिम्रो राजकुमार दिक्पाल होइन जो सहजै स्फटिकका खम्बा काटेर भँमराको हत्या–तिमीलाई आफ्नो बनाउन सकूँ ?

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्रलय-पथ

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर यिनैका चालले गर्दा बनाए डरको घर ! तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन् आगोझैँ मन भै तातो फूललाई समाउँछन् ।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : अफसोच् यहाँ त….

~गिरबहादुर महतारा क्षत्री~ वीर योद्धाहरूको जीवनदानपश्चात् क्षितिजबाट हट्न आँटेको कालो बादलको घुम्टो फेरि पनि आकाशमा जस्ताको त्यस्तै मडारिरहेछ रविका किरण धपक्क छोपी

Posted in कविता | Tagged | Leave a comment