Tag Archives: kabita

कविता : मान्छे खोजीको नियात्रा

~शिव प्रकाश~ मान्छे – मान्छे देखिने मान्छेको यो संसारमा मान्छे नै नभेटेपछि मान्छे खोजीको यात्रामा हिडेको छु मान्छे खोजीको मेरो यात्रामा मान्छे खोज्दै जाँदा अचानक केही घडीयाल गोहीहरु भेटिए रक्ताम्य दहमा आहल खेलेर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रति

~गोपालप्रसाद रिमाल~ ओ युवती, ओ रूपवती, तिमीसित मेरो घामपानीजस्तो मिलन भयो, तिमीलाई सम्झना होला- हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ त्यो बादलमा इन्द्रधनु पर्‍यो, झरी लाग्यो, हुरी आयो, अनि हामी अकासजस्तै सङ्ला पनि भयौँ, तिम्रो गहिराइमा, तिम्रो गम्भीरतामा, ओ सुन्दरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षाको कविता

~गगन बिरही~ आज मुटुमा कविता भएर बर्सिएका छन उन्मुक्तिका पानीका थोपा थोपा पातलो पारदर्सी बैजयन्तीसंग खसेको बदनमा रिमझिम रिमझिम सिमसिम सिमसिम यो एक वर्षाको कविता ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अधुरो सम्बन्ध

~बिनोद दाहाल~ म “मन”का कुरा गर्थे उनि त्यो “महल” हेरन कत्ती राम्रो छ है भन्दै देखाउथिन !! म “आशा”का कुरा गर्थे उनी बजारमा नयाँ फ्लेभर को “आइस्क्रीम”खाएको सुनाउथिन !! म जुनका कुरा गर्थे उनी “सुन”को भाउ घटेको बताउथिन !! Hi … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सधै यस्तै गर्नुहुन्थ्यो

~इश्वर देवकोटा~ कक्षा भित्र पसेपछि गर्जन ठुलै गर्नु हुन्थ्यो । सधै जसो सबजनाको सातो पुत्लो हर्नुहुन्थ्यो । हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो । गोफ्ले आँखा लामो जुँगा छड्के टोपि लाउनुहुन्थ्यो अंग्रेजीको पाठ भित्र मुनामदन गाउनु हुन्थ्यो हाम्रा गुरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दार्जीलिङ अनप्लग्ड

~प्रवीण राई जुमेली~ राजनीति र कलाहरुबाट तिम्रो जीवनलाई खासै काम लाग्ने केही जीस्ट झिक्न नसकेको मैले समयदेखि समयसम्मै रबिन्सन क्रुसोको डायस्पोरिक दुख देखिरहेछु इतिहासको बर्बरता भिरेर सम्विधानको टापुमा माटो सोधिँदाको बेइज्जतहरु बोकी एउटा रातो बिगुलको स्वर उपहार दिन चाहन्छौ तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साइँली दिदी

~दीपा राई पुन~ ए साइँली दिदी किन पो दुख मान्छौ हौ ! तिमीले डबकामा जाँड बेचेर आफैलाई बेचेनौ आत्मालाई साक्षी राखेर आज रहरैले थुम्सेको भारी बोकेर उकाली ओराली गरिरहेछौ छोराछोरीको भविष्य भन्दै

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : सुन मेरा पीर व्यथा

~श्रीपुरुष ढकाल~ सुन्न सक्छौ भने मात्रै सोध मेरो जीवन कथा सहन सक्छौ भने मात्रै सुन मेरा पीर व्यथा । धेरै चोटि जिन्दगी यो टनटनी दुःखेको छ आफ्नाले नै जलाउँदा

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : निर्दोश यि आँखाहरू

~दिलिप पौड्याल~ संसारको पल्लो कुनामा बसेर लाटोकोसेरो झैँ रातभर जाग्दै गर्दा फेसबुकको भित्तामा टाँसियका अनगिन्ती चित्रहरूको भिडमा मेरै देश खोजिरहन्छन् हरपल हरपल यी निर्दोष आँखाहरू झोक्रायको अनुहारबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरु हराईरहेका छन्

~दाजु गुरुङ~ मान्छेहरु मान्छेले मान्छे वगाउने भेलहरुमा मान्छृको मानव सागरमा हराइ रहेका छन्। जिन्दगीका दौडहरु जीवनका वक्र-रेखकीय यात्राहरु रुमलिरहेछ मान्छे हराउने सागरहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ

~वासु शशी~ पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ यद्यपि यो हो कि पर्खाल राम्रो पनि बन्न सक्छ, त्यसमा लहरहरू लाग्छन्, यद्यपि यो हो कि पर्खालभित्र जे–जति पर्छ त्यो आफ्नो हुन्छ, सुरक्षित रहन्छ, पर्खाल सायद नभई हुन्न

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमा रुँदै भन्छिन्

~ज्ञानेन्द्र गदाल~ आमा हुँ तिम्रा तिमी छोरा छोरी आपतको बेला म सम्झाऊँ कसरी । जो छौ तिमी सब सन्तान मेरै देख्छौ कि देख्दैनौ बिहान सबेरै चिन्ता यही छ दिन रात मलाई सोच्दैनौ किन आफ्नै भलाई ?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जनताको लागी

~अर्जुन पराजुली~ मैले हत्केलामा राखेर खैनी माँडेको– जनताको लागि चुनावमा रक्सी र पैसा बाँडेको– जनताको लागि । सालोलाई सल्लाहकार बनाएको– जनताको लागि पीच गरीनसक्दै सडक फेरि खनाएको– जनताको लागि ००० मैले छोरो अमेरिका पढ्न पठाएको– जनताको लागि

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नाटक

~विक्रम सुब्बा~ राजा र कलाकार दुवै नाटक खेल्छन् राजाले जिन्दगीभर भद्रताको भूमिका खेल्नु पर्छ कलाकारले – कहिले असल ‘राजा’को कहिले ‘हत्यारो’ जंगबहादुरको…

Posted in कविता | Tagged | Leave a comment

कविता : संकटमा प्रेम

~मनोज बोगटी~ कानमा आएर जोडजोडले प्रेमको कुरा गर्नुको के अर्थ हुन्छ? कुनै सुन्दर औंलाले बारम्बार आाखा घोच्छ र फैलाउाछ कााडेतारको अङ्गालो घाउमा गाड्छ कााडाको रुख ओठलाई सेता मिलेका दाातहरुले बेस्सरी टोक्छ कोमल अङ्गहरुमा राख्छ धारिलो छुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिबद्धता

~कौशिला रिसाल~ आमाले कोक्रो हल्लाउँदै बुनेका सन्तानको भविष्य बाबुको हलोको सियोले थामेको तिनको चाहना मानौँ , कुनै वैङ्कको एटीएम कार्डजस्तै हो सरकार श्रमको विज्ञापन गरिरहेछ चुरोटको धुवाँ उडाएजस्तै !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बँचाइको एक दिन

~अगमसिँह गिरी~ मलाईबाँच्न यहाँ— एउटैदिन भए पुग्छ । धेरै वर्ष फुलेको अल्छी आयु निष्क्रियताले निलेको निश्चल/सुषुप्त/अकर्मण्य चाहिएन बूढा दिनहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : जब पाठक जागिउठ्छ

~प्रवीण राई जुमेली~ पाठक लेखकको हितैषी थियो लेखनको मेलोबाट जब थाकेर घर पुग्थ्थ्यो लेखक शब्दकै उपहार लगिदिन्थ्यो उसले पाठकलाई उ रमाइउठ्थ्यो शब्द समाएर

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : डढेको संस्कार

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शार्दुलविक्रीडित झिल्काले घर नै डढेर यसरी आगो र हावाहुरी ईष्र्याले रिसमा जलेर त्यसरी चल्दैन माया लुटी अर्काको घर भाँड भन्छ जसले के नीति धर्मै रहे के ठान्छौ कति बाँच्छु लाग्छ मनमा यो श्वास निस्की गए … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एकादेशका राजा

~भुपाल गुरागाइ~ मध्यरातमा भूत मडारिरहेको बेला एकादेशका राजा मेरो सपनी मा आए श्रीपेच उतारे गहना झिके गोजीका कागज हेरे र नम्र हुँदै मनमनै भने म त अब किनार जानू छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~दिलिप पौड्याल~ ऊ कैयौँ पल्ट फिनिक्स झैँ आफ्नै विगतबाट बौरियो ऐठनले घॉटि थिच्दा खुट्टा तन्काएर ब्युँझ्यो मूर्ख सिंहले झैँ आफ्नै छाया नचिन्दा आफैलाई कैयौपल्ट हत्या गर्‍यो पुन आफ्नै अस्तुबाट टाउको उठायो र शिखन्डि झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : काम दाइ

~डा. विदुर चालिसे~ जब मलाई वरिपरि परम्पराले घेरेथ्याे हातहरू उठाउँदै चाउरिन्थेँ ज्यासलमा घनसँग जीवनकाे कुरा गर्थेँ बाँच्नलाई ! भाेक अनि तिर्खा बारे अचानाेहरू थिए उनीहरू मैसँग उल्टाे प्रश्न गर्थे बराबर उस जीवन पाे जीवन याे पनि जीवन !

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमानाको धार र पाइतालाहरू…

~केदार गुरुङ~ समयको— हातदेखि चिप्लिएर लडिरहेछन् केही वस्तुहरू ठाउँ खोज्नलाई कि टुक्रिनलाई कोही सही अर्थ लाइरहेछन् कि ? परिवर्तन भइरहेछ—

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी गधाहरु भारी बोकिरहेछौं

~जगत नवोदित~ समयको प्रत्येक पलसंग विश्वासको हाम्रो वलियो धरहरा मक्किदैछ निर्धो वस्तिमा सन्त्रासको आगो सल्किदैछ कसरी शान्त भएर बस्न सक्नु हामी जव एकताको सगरमाथा नै भत्किदैछ गएका वर्षरु हामीले

Posted in कविता | Tagged | Leave a comment

कविता : रिस

~मोहन कोइराला~ रिस आफैं एक आगो हो जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ रिस एकमात्रै यस्तो आगो हो तर शान्त गर्न सकिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन हुन्छ समय

~सविना सिन्धु~ लेख्यौ कि ….! कुन कागजमा लेख्यौ मेरा गीतहरु ती त भिजे पानीमा निथ्रुक्क तप्प—तप्प जमिनमा झरेका थोपासंगै । कि…. कुन पातमा लेख्यौ प्रेमपत्र

Posted in कविता | Tagged | Leave a comment

कविता : रातको गङ्गा

~रश्मिशेखर~ जुनकीरीहरू बत्ती निभाएर जङ्गल पसे रात झनै अँध्यारो भयो आँखाहरू धेरैबेर छटपटाए र कानेखुसी गर्दै रातको गङ्गामा फाल हाने

Posted in कविता | Tagged | Leave a comment

कविता : भीम दत्त चाहिएका छन्…..

~केपी अनमोल~ “कि त जोत हलो, कि त छोड थलो” भन्नु भाथ्यो नि, हो….त्यो, अहँ,….अझै मानेका छैनन् । बरु हाम्रै छातीमा, दनदनी हलो जोतिरहेछन् , यिनले ।। यी त, सुन्दै नसुन्ने, निर्जीब मूर्ती हुन । थाहा छ ? जनताले, नुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन – मिठो धुन…

~बसन्त चौधरी~ स्वप्नहरू – बादल बनेर बर्सिँदै छन् रातका अँध्याराहरू सूर्योदय आभा बनेर टल्किँदै छन् जीवन, मिठो धुन गुनगुनाउँदै छ केही नयाँपन, भित्र भित्रै पलाउँदै छ यस्तोमा यो मन किन नरमाओस् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सहर

~जीवनाथ धमला~ अलिकति दुखेको निष्कलङ्क सत्य टल्किरहेछ सहरको एक छेउबाट देखिएको अग्लो हिमालमा अलिकति नियास्रो बाध्यता घुमिरहेछ घण्टाघरका सुईहरूसँगै सडकहरूमा एउटा एकान्त झुल्कन्छ साँझका बत्तीहरूसँगै पशुपतिनाथको यस प्राचीन सहरहरूमा बादलहरूको कुनाबाट एउटा दिव्य सन्दर्भ चियाइरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ प्रिय दियो बालौं

~बिपिन शर्मा~ रात ढल्दैछ प्रिय! आउ दियौ बालौं एउटा दियो तिमी बाल अर्को म बालौंला र यहि सृजित उज्यालोमा दुबै मिली बालौं सबै मिली बालौं, सयौं दियो बालौं आउ, हजारौं दियो बालौं

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्योलग्रस्त भयो नेपाल

~प्रविण घिमिरे~ शान्ति क्षेत्र थियो नेपाल भएछ आज ज्यादै अशान्त हत्या हिंसा वढ्दो छ दिनहु भएकै छ भिडन्त । नारीको सिउँदो पुछिने क्रममा नावालक टुहुरा भएका छन्

Posted in कविता | Tagged | Leave a comment