Tag Archives: kabita

छन्द कविता : ब्याख्या अर्चना

~बिक्रमादित्य~ छन्द : पंञ्चचामर कपाल कल्पना गरे म पातलो घना घना निधार अल्प आकृती र नासिका सुहाउना कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो … सलक्क कण्ठमा हिरा मुखार ओष्ठ अल्प त्यो शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : जमिन

~प्रमोद धिताल~ आकाश नाप्दै उड्ने अन्तरिक्ष यान जमिनको आशीर्वाद लिएरै उड्छ र फर्किन्छ फेरि जमिनतिरै हरेक शिखर आरोहणहरु सुरु हुन्छन् जमिनबाटै

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अन्तिम श्वास

~बिक्रमादित्य~ छन्द : पंञ्चचामर म सोच्छु सम्झदै पिडा र कष्टरुपि सम्झना झझल्किरैछ सम्झना मधूर मिष्ठ प्रीतका चलेछ प्यारको बतास मन्द मन्द मन्मा … नवीन प्यार एक भो पलाइ प्रीत प्यारमा रसीक प्रेममा म भै जलेछ छाति प्यारले जुधेर भावनाहरु बसेछ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सहर र प्रतिबन्धित प्रेम

~रीता खत्री~ यो मृत सहरमा प्रतिबन्धित छन् प्रेम कविता । प्रिय कवि ! मैले जूनलाई लेखे पनि तिमीलाई लेखेको हुन्छ । घामलाई लेखे पनि तिमीलाई लेखेको हुन्छ । तिमी मेरो कविताको प्रतीक तिमी मेरो जीवनविम्ब

Posted in कविता | Tagged | Leave a comment

कविता : भेटिने र छुट्टिनेको कथा

~बिभोर बराल~ केही छुट्टिए केही भेटिए जानेहरू याद बने आउनेहरू प्यार बने अलिकति जित बने अलिकति हार बने सानो यो मुटु भित्र नमेटिने आकार बने थुङ्गा-थुङ्गा आकार पछि

Posted in कविता | Tagged | Leave a comment

कविता : जान्न सीमा पारी

~राकेश कार्की~ बिस्कुन झैं सुक्दैछु घाममा छहारी पाइन मेरो आङमा दौरासुरुवाल ढाकाटोपी गोलीले च्यातिसक्यो कम्मरको खुकुरीले

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र संस्थागत

~गोविन्दप्रसाद आचार्य~ आगो नबल्नेहरूका चुला खै हलि गोठालाहरूका कुरा खै गर्नेहरूका हेर गोजी खाली आएन कैलै गणतन्त्र लाली न हर्ष कहीँ न हरियो बनेको उही पुरानो घमिरा परेको रोगीहरूले उपचार मागे

Posted in कविता | Tagged | Leave a comment

कविता : अठोट

~नारायण योगी~ न कहिल्यै झुक्ने न कहिल्यै रुक्ने म त्यो इन्क्लाब हुँ हर अन्यायको जबाफ हुँ गरिबको पसिनाको हिसाब माग्ने सहिदको सपनाको महल बुन्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र बुद्धत्व

~दीपा राई पुन~ बाटो अनि बाटै बाटो गज्यांगुजुगं किरिगंमिरिंग पाइतलाहरू हिँडिरहन्छन् आहतमा पिल्सिएर रोपिएको मनलाई मुस्कानले छोपेर संवेगका मौन जुलुस बोकेर मनहरू कै ताँती छन् रहस्यमय यी बाटाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आवश्यक काम

~प्रमोद धिताल~ साट्नैपर्ने केहि मौलिक भावना सोच्नैपर्ने केहि महत्वपूर्र्ण विषय चाल्नैपर्ने केहि निर्णायक कदमहरु साँचेको छु कुनै दिनको लागि बस, यतिखेर मलाई गर्नुछ आवश्यक कामहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : घरको सम्झना

~दीपक कुमार ज्ञवाली~ दैलो पोत्दै होलिन् श्रीमती ले सम्झना मेरो गर्दै । सोह्रश्राद्धदेखी नै चहलपहल परदेशी आउने घर । प्रतिक्षामा होलिन् खसमको आऊलान् दशैंमा भनी । कसरी जाँउ म घरमा साहुको ऋणको भारी बोकी । १ सधै सम्झना आउँछ घरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलमायासँग

~अनिल श्रेष्ठ~ आऊ, फुलमाया तिमी र म अब सँगै मिलेर एउटा आँधी जन्माऊँ सधैं तुवाँलो लागिरहेको यो आकाश र तुवाँलोलाई हटाउन

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : रहश्य अपार

~निशा खनाल अर्याल~ छन्द : असारे झ्याउरे परेलीहरु बिछ्याई हेरे मुटुले तानेर चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा जीन्दगि होइन खेलौना कुनै खेलेर मिल्कायो

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बजार

~सङ्गीत श्रोता~ गयो जमाना लेनदेन र ऐंचोपैंचोको गयो जमाना आलोपालो र अर्मपर्मको नयाँ जुग यस्तै छ– यहाँ हिसाबकिताब हुन्छ नाफाघाटाको यहाँ कारोबार हुन्छ सधैं किनबेचको

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनकीरी

~टीकाराम उदासी~ कुनै दिन उनीहरू पनि थिए जूनकीरी र, बल्थे अँध्यारोमा हामीजस्तै हेर्दा हेर्दै निशाचर बने उनीहरू र, हामी बन्यौ जूनकीरी अहिले हामीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : निदाएको लहर

~मनु मन्जिल~ ऊ मेरो चिट्ठी पुग्ने यौटा ठेगाना थियो, हरायो । जीवनका अनेक किनारहरूमा मलाई भेट्न आउने लहर निदायो । सम्बन्धको झ्यालमा उदाउने जून अस्तायो । उसका आँखामात्रै बचाउन सकिएको भए पूmलहरूमा सधैं उज्यालो खस्थ्यो । मरुभूमिमा नहराएको भए एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फैसला

~प्रमोद धिताल~ सल्काउनु छ सपनाको दियो अन्धकार गुफाहरुमा रोप्नु छ सपनाकै बीउ मुर्दाहरुको बस्तीभित्र पैदा गर्नु छ बेचैनी र छटपटी हिंउ झै चिसो जिन्दगीमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वाेत्तम उपहार

~सीता अर्याल~ पाँच दशकपारिका हिउँदहरूमा मेरा मनभित्रको जँघारहरूमा पलाएको एउटा चाहनालाई आफ्ना कलकलाउँदा प्रतिरूपहरूसँग अनुरोधपत्र थमाउन मन लागेको छ । जब तिमीहरू मेरा अन्तरमा प्रबेश गर्यौ हर्ष बिभोरले म छताछुल्ल भएँ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आमा

~बिक्रमादित्य~ छन्द : मन्दाक्रान्ता गर्छौ माया हरपल अनी चूमि ती ओठ प्यारा भुल्छौ पीडा चलपल गरे बालकैले ति तिम्रा हास्छौ हासो मधुर जहिले फुल्छ उ भर्भराई हिड्छौ उस्को पछिपछि तिमी हिड्छ उ लर्खराई … बोल्छौ बोली त त ति तु … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : म राज तन्त्र देशको

~रिजाल किरण~ छन्द : प्रमाणिका छ अन्धकार ब्यापक मडारिदै छ आफत । निखार लौन ईश्वर बनेर केहि तागत ।। झरी बनेर बग्दछन् ब्यथा सहेर चल्दछन् ।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मेरो शहरमा

~दिलिप पौड्याल~ कङ्क्रिट लिङ्गहरूको थुप्रोभित्र निसासिएका अनेकन् रङ्गहरू सपनाका कुम्लाहरू बोकेर हतार हतार भाग्दैछन मानव सभ्यता सूचक सबवेका बङ्करहरू भित्र र चुपचाप छिर्छन् सबबहान जस्तै लाग्ने चिसा फलामका डिब्बाहरू भित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहिएन अग्रगमनको नाममा

~दीपक कुमार ज्ञवाली~ भो म त बस्दिन यो फोहारको डुङ्गुरमा । मलाई चाहिन्छ प्रकृतिको सुरम्य सुभाष । कहाँ गयो मानिसको दिलमा मानवियता । कहाँ गयो नेपालीको त्यो सहृयसद्भाव । १ मानिसले मानिसलाई गर्ने ईश्वरीय सत्कार । मानिस देख्दा ढोका धुन्नुपर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कविज्यू बाटो देखाऊ

~कुबेर काका~ १ ए मेरा प्यारा अन्धभक्त कविज्यूहरु ! किन अन्धकारमा बस्न राजी भई रहेछौ ? किन मौन छौ तिमीहरु ! शब्दमा विद्युतीय शक्ति सञ्चारित प्रवाहित गर ! तिमी भित्र संसार उज्यालो पार्ने क्षमता छ त ! रटाईएका शब्द ओकलेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ लिएर सक्कली मुहार

~दीपक कुमार ज्ञवाली~ अनन्त यात्रा जिवनको जङ्घार पार गर्नु छ कठिन कष्ट हजार खोज्दछु युधिष्ठीर भेटीन्छन् दुर्याेधन भैरहेको छ जगतमा हिंसा बलात्कार को छ र यहाँ एकल कृष्ण भगवान् कसलाई पूकारुँ भन्दै करुणा निदान तयार हुन्छन् कंश रावण बन्नलाई तयार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्माइल छोरी

~भेषराज रिजाल~ आँखामा अलिकति आँसुको गाजल मुहारमा अलिकति उदासीको बादल तर ओठमा हरदम स्माइल मेरी सानी छोरी जस्तै सुन्दर लाग्छे सनी मलाई ! वेष्ट लेकझैँ नीलो आँखा

Posted in कविता | Tagged | Leave a comment

कविता : ह्याप्पी म्यारी एनिर्भसरी डे दिदी

~दिल थापा~ दिदी हामी एउटै आमाको कोखबाट जन्मिए पनि | एउटै आमाको लाम्टा चुसे पनि एउटै आमाको काखमा खेलेर हुर्किए पनि तिमीले जन्मघरबाट विस्थापित हुनुपर्ने रहेछ। युद्धको चपेटामा परेको शरानार्थीजस्तै सानोमा तिमीले भाइ हाम्रो घर ऊ त्यो भन्थ्यौं नि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अचम्म लाग्यो !!

~सिमियोन रोक्का~ आज बिहान उठे सधा झै फेसबुकको वालमा हेरे जडिया बुवाको ब्लाक इन ह्वाईट फोटो राखिछौ “लव यू ड्याड” मुनी लेखिछौ । अचम्म लाग्यो,

Posted in कविता | Tagged | Leave a comment

कविता : वादका नङ्ग्राले चिथोरिएका आकृतिहरू

~कुबेर काका~ १ वादका नङ्ग्राले चिथोरिएका पिलिएर पीप निचोरिएका अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू मक्किएर भाँचिन लागेका निदाल र दलिनहरूबाट जोगिँदै झस्केला र आँखीझ्यालहरूबाट चोकका गल्ली गल्लीमा आत्मरतिमा रमाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : पाउजेब

~विमल निभा~ एक जोडी पाउजेब ससाना सुन्दर पयरमा के तिमी सुनिरहेका छौ पाउजेबको आवाज ? हलुका–हलुका ध्वनि छमछम–छमछम छमछम–छमछम सँगसँगै अस्फुट स्वर

Posted in कविता | Tagged | Leave a comment

कविता : सोझो

~झाँक्री खोले~ हिजोआज निकै मान्छे बाड्डो शैली रुचाउँछन् सोझो वृत्ति नमानेर टेढिँदा दुःख पाउँछन् ।। १ नजानेर सधैं बाड्डी टेढिनाले भयानक सास्तीपीडा खापिरन्छन् फन्दा पर्छन् अनाहक ।।२ सोझो बन्दा कतै एक प्रहार खप्छ जीवन बाड्डे बुज्रुकले पाए टेकेपिच्छे प्रताडन ।।३

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ

~अर्जुन पराजुली~ म किसान हुँ पाल्ने मेरो पेशा हो राँगो पालेँ सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो भैंसी पालेँ सुन्दरी प्रतियोगितामा भाग लिन गयो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पहलवानले काँध फेरेको दिन

~राजकुमार बराल~ हजुरआमा ! यस पाला नि पहलवानले काँध फे¥यो नि कतै गल्यो कि उसको काँध बढ्यो कि उसको सास दुख्यो कि छाती खै कुन्नि के भए छ हजुरआमा ! माथि तपाइको वस्तीमा त

Posted in कविता | Tagged | Leave a comment