Tag Archives: kabita

कविता : अब के हुन्छ यो देशमा ?

~प्रमोद धिताल~ हरेक दिन लेखकहरु/कविहरु पत्रकार/प्राध्यापक चिया गफ होस् या पार्टी आकस्मिक भलाकुसारी होस् या सञ्चो–बिसन्चोको समय हरेक समयमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आफ्नै बजार भाउ

~सिमियोन रोक्का~ सबैको मूल्य हुन्छ रे, हजार अर्थ राख्ने मेरा यी शब्दहरूमा मेरो आफ्नै बजार मूल्य कति होला ? बुझ्न मन छ । ५ रूपेमा नबिक्ने सागको त्यान्द्रो बोकी, बजार-बजार गल्ली-गल्ली हिँड्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : नलगाएको मायाको पिडा

~लक्ष्मी बिष्ट~ पैतालाको धुलो सरी, उडिरह्यो आधा जीवन भरि सोच्नै सकिन, चोखो माया कुन रहेछ भनी दुखाइरह्यो, काडाँसरी, धोचीरह्यो तनभरि–नगाँसिएको माया, यस्तै रहेछ जीवनभरि कहिले–काहीँ हुरी बनी, डुलिरहन्छ वरिपरि

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी सक्छौ भने भन!

~भरत खत्री~ वास्तविकता सँग म डराउँछु, हराउँछु लम्पसार पर्छु किनकि वास्तविकता सधैँ तितो, टर्रो अमिलो हुने गर्छ भएका कुरा लेखिदिन, लेखिएका कुरा देखिँदैन किन? किनकि असत्यले सत्यलाई जिती सक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको गणित

~राजकुमार बराल~ तिम्रो उदासिनता पागलपन हो काली ! बैराग्य, निरसता एक्लोपना, द्घिविधा सब प्रपञ्च प्रत्येक दिन भित्ताहरूमा बहुरुपमा देखिने तिमी फगत एक नाटककी पात्र हौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्थले काँईलो

~गगन बिरही~ भ्वाङ्ग्भ्वाङ्ग्ती प्वाल परेको पानी चुहिने छानो धमीराले मक्किएको ढल्न लागेको घर मकैको ढिडो,मुलाको तिहुन, खुर्सानी र एक बटुका कोदोको भ्याबर जाँडले दुई फुटे सुकुलमा लडाएकोछ कर्थले काँईलोलाई !

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~गोपालप्रसाद रिमाल~ नेपाली तिमी यहाँ किन आयौ? गो-रखाली हौ, गो-रक्षाको भार लिई बढ्दैबढ्दै आयौ? नेपाली… तिम्रै गुफा कन्दराहरुमा देखेथ्यो जगले पहिलो सपना,

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्ददाह

~सञ्जय वान्तवा~ कविताको मूल चोकमा वैरागी काईँलाको ‘वसीयत’ जस्तै एक जोर चश्मा अनि मफ्लर जस्तै आँखाहरू उभिरहन्छन् फर्केर मपट्टि। गलाभित्र चिसा गीतहरू छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशको गीत

~पुरुषोत्तम ढुङ्गेल~ सालनाल सहित को घाम जब समुद्र मा डुबुल्की मारेर चोखिन्छ जब ढलपल् ढलपल् गर्दै सुस्त सुस्त बामे सर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी…

~बसन्त चौधरी~ नारी, तिम्रो कथा हो कस्तो ? फूल-पातमा शीत बनेर व्यथा अल्झे जस्तो तिमी एउटी, शाश्वत आमा हौ, मानव-जीवनभित्र तिमी शक्ति, तिमी विद्या, तिमी हौ जननी पवित्र तिमीलाई नै बन्धनमा राख्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : लिपुलेक कालापानी जिन्दावाद

~लिला बल्लभ नेपाल~ नेपाल आमा जिन्दावाद नेपाल आमा जिन्दावाद लिपुलेक कालापानी जिन्दावाद हराए ओलीजी प्रचण्ड हराए कालापानी लिपुलेकमा खुट्टा कमाए मोदीले नेपाल भूमी क्वाप्प टोक्दा नेपाल र नेपालीलाइ लाजमर्दो बनाए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश र आईमाई

~यकिना अगाध~ आमा भन्नुहुन्थ्यो आईमाई आकाश हुन् बाबु ! आकाशलाई कहिल्यै थुक्नु हुन्न आफ्नै मुखमा छिटिन्छ । आकाश सबैभन्दा स्वच्छ, निर्मल र सुन्दर हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुस्मरण

~अलका मल्ल~ मेरो मायालुले पनि सायद मलाई सम्झि रहेको होला मैले झै धरधरी एकान्तमा आँसु बगाई रहेको होला बालापनको चञ्चलतामा उसलाई केहि भन्न सकिन

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय अब नभेटौं

~भुवन कार्की~ प्रिय ! माया सबथोक हो भन्यौ अगाध स्नेहले सुसुप्त हुन्थ्यौ मैले लुकाइराख्न खोज्दा माया कसैले हर्दैन भन्थ्यौ मैले नजरमात्रै मिलाउँदा तिमी जीवन मिलाउँ भन्थ्यौ हामी रुझ्थ्यौं झरी बिना पनि लाग्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि ‘इच्छुक’

~प्रमोद धिताल~ आँधि हुरीसँग खेल्दा खेल्दै हिम तुषारो र शीतहरु झेल्दै टाकुरामा फुलेको रातो गुराँस जति श्रद्धाञ्जली चढाएपनि कहिल्यै नसकिने आस्थाको एउटा नित्य प्रकाश ! श्वास प्रश्वासहरुले आजादी गीत गाइरहे

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बैँश

~बिक्रमादित्य~ छन्द : वसन्ततिलका क्या त्यो मुहारभरी वैँशहरु उठेका हेर्दीछ यूवक अली रसीरा परेका कालो कपाल अनि ओठ नशालु हेरुँ त्यो वैश सुन्दर अहा उनको म हेरुँ॥१॥ … झुल्के अनेक मनमा रसिला विचार मात्येछ यो मन यसै कसरी उ तीर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मायाको पीडा

~आशांक उपाध्याय~ माया छ भनेर नढाट मलाई मैले त तिमीलाई चिनेकै छैन सित्तैमा जोवन नाफल खेर मलाई त तिम्रो चाहनै छैन आंशुको मूल्य अरुलाई सोध

Posted in कविता | Tagged | Leave a comment

कविता : बैनी

~त्रिभुवनचन्द्र वाग्ले~ –––तिहार सन्दर्भ––– बैनीलाई फौजीकी चिठ्ठी फौजीकी बैनी ! तिमी खेल्ने आँगनबीच तिहारको झिलिमिलीमा मलाई नखोज म खेल्ने छाउनीमा तिमीलाई पाउन्न हारजीतमा पर्व मनाउन यहाँ बन्दुकको कुन्दालाई तिहारको ठड्यौरो बनाउनु पर्छ ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्वदेशमा

~रिजाल किरण~ छन्द : अनुष्टुप कैले हावा हुरी कैले ,चलेकै छ स्वदेशमा साना ठूला कुराले नै,गाजेकै छ स्वदेशमा । कुर्लेकाछन् सधै ठालु ,ताउ दिदै विकासको पिएकैछौ अझै पीडा , ठाउँ दिदै निकासको।। कुरो मात्र सधैं ठूला ,प्रगतिमा छ शून्यता कुर्सी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : परिवर्तन नहुने माया

~अमृता बुढाथोकी~ पतझड जस्तै दुनियाँले तिरस्कार गरेको तिमीलाई सजीव बनाउन सके भने माया दिएर जीउन सिकाए भने म दुनियाँलाई चुनौति दिएर भन्छु म सही छु । चारैतिरबाट आक्रान्त तिम्रो जीवन क्षदविच्छेद तिम्रो पाइलामा हरपल मलम लगाउन सके भने म गर्भ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाय सुन्दरी

~दीपक कुमार ज्ञवाली~ चपल चञ्चल मृदुल नयन उघारी । शरिरका अबयवहरु सुक्ष्म निहारी गौरबर्ण पुष्टवदन छौ अप्सरासरी बर्णन कति गरुँ हाय सुन्दरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली युवा आजको दिनमा

~चन्द्र मेघि गुरुङ्ग~ बिचरा उ मलाई उ देख्दा टीठ लाग्छ उसले सबै गर्‍यो जे नगर्नु पर्ने हो सबै गर्‍यो अध्ययन गर्‍यो अनुसन्धान गर्‍यो तालिम गर्‍यो भ्रमण गर्‍यो समाज बुझ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमा पनि काडाँ हुन्छ

~नविन ध्यार~ खोलाको साघुरो एक गल्छी भित्र उनेर सपना माछा झै बन्छी भित्र एक दिन बित्ला,दुई दिन बिताउला अझै कतिन्जेल सिरानी भिजाउला । फर्केर आउ बैगुनी तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहत

~सुदर्शन थिङ्ग~ मनमा तिम्रा लागि यति छन् माया तरकेर किन हिड्न खोज्दै छौ माया आफ्नो मान्दै साटदै छु तिमीमा जीवन बिताउन चाहन्छु यो अन्त्यसम्ममा जीवन समाजले गरोस हाम्रो सम्बन्धकै तिरस्कार बसौला सुखस्दुख गरि बनाई सफल उपकार

Posted in कविता | Tagged | Leave a comment

छोक : चोट

~जीवन थिङ~ बल्लभ दाई! तपाईंभन्दा म धेरै अभागी छु तिम्रो छात्तीमा आमाले आत्महत्या गरेको देश छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तथास्तु

~गोपालबहादुर नेपाली~ ब्रह्मपुत्रको छेउमा बसी म टाढासम्म हेर्छु नाउहरू जाँदैछन् – आउँदैछन् नदीका छालहरू – अनुभव गर्दछु कहाँसम्म पुग्दछन् गुवाहाटीदेखि बंगोप सागरसम्म अझै कहाँसम्म?

Posted in कविता | Tagged | Leave a comment

कविता : पूरानो झ्याल

~गगन बिरही~ टाढा धेरै टाढासम्म झ्याल बन्द भएको धेरै भयो सुदूर क्षितिजको अथाह लिपोट् सुन्दर कलालारिताको भित्तामा टांगिएको अदभुत फ्रेम तिमीनै थियौ पूर्व पश्चिमको दोहोरो घाममा सन्दुक भएर निस्केको धुँवा थियौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~गोपालप्रसाद रिमाल~ हिजोसम्म रोईरोई बाँचिरहेका थिए। आज तिनै हाँसीहाँसी मर्न तयार छन्। हिजोसम्म जसको बोलीमा केही थिएन, मनको प्रतिध्वनिसम्म थिएन, मानिसले बोलेजस्तै थिएन,

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र वेदना

~रुपिन्द्र प्रभावी ‘कटु’~ बेला कुबेला दुखिरहने टाउको देखेर पटकपटक दुखिरहन्छ यो टाउको आज फेरि दुखेको छ– बिरानो ठाउँमा । यस पल तिम्रो कोमल हात ढाडसको उच्च संवेदना सुसेल्दै निधारतिर सल्बलाएको झझल्कोले झन्दुखाएको छ टाउको जब कि ती हातहरु अचूक औषधी हुन्मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्मृती प्रेमीकाको

~बिक्रमादित्य~ छन्द : शिखरीणी बनेकी यो मेरो मन र दिलकी सुन्दर परी परीको झै हाँसो मुसुमुसु भए घायल सरी परीजस्ती गोरी बसिछ मनमा नै जुनिभरी उसैको मायामा लुटुपुटु भयो यो दिलजली॥१॥ सुरीलो बोली त्यो सरलशरमी लाज उ भरी

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : भ्रमको राज्यसत्ता

~रुपिन्द्र प्रभावी ‘कटु’~ उत्पीडनको अन्त्यहीन शृङ्खलाबाट आक्रान्त देश उत्पीडितहरुको मौनताबाट विशृङ्खलित क्रन्दन हो, त्यही देशमा मौलाइरहेछ पीडकहरुको साम्राज्य हो, मेरो देशमा फस्टाइरहेछ अन्धो राज्यसत्ताको बहिरो शासन । राष्ट्रिय स्वाभिमानको प्रश्न

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको साँझ

~प्रमोद धिताल~ आजको साँझ एउटा अनौठो साँझ जसमा एउटा शुभ साइतको घोषणा गरिएको छ भोलिको विहानदेखि थालनी हुनेछ नयाँ यात्राको छेपाराले खाएको छ

Posted in कविता | Tagged | Leave a comment