Tag Archives: kabita

कविता : अजिंगर र सपना

~अविर खालिङ~ सपना तुहिएर सकिएपछि बाँचेजस्तो गरेर जिन्दगीलाई कुन घड़ी र मुहूर्त्तसम्म थेग्नु ? जिन्दगी भनेर समयले थमाइदिएको यो शोषण झेल्ने श्वास-यंत्रलाई कुन औजारले मरमति गरेर राख्नु ? भग्नांशमा बाँचेको रहल जिन्दगीलाई कुन जिजीविषाको पूलबाट पारि पुरयाउनु?

Posted in कविता | Tagged | Leave a comment

कविता : मूर्ति

~दीपक सिञ्जाली~ एकदिन उसले मूर्ति बनायो सग्लो मूर्तिले उसैलाई औंला ठड्याइरहेको थियो त्यो खबरदारी उसलाई चित्त परेन छिनो लिएर मूर्ति सच्याउन थाल्यो । अग्लो कद काटेर केही होँचो बनायो

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरीएको स्वाद

~सगाेत्री आचार्य~ दाँत छइन्जेल कागती टोक्दा पनि नरसाउने जिब्राहरू आजकाल पानी चपाएर स्वाद लिन्छन् खै के बदलियो कुन्नि ? तिनका राल ग्रन्थिहरूमा ! आँत छइन्जेल,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाका आँशु

~देबेन्द्र बस्याल~ म प्रदेशबाट घर फर्कि आउँदा मेरी आमा उता कुनामा रोइरहेको देखें म अरुहरुलाई वेवास्ता गर्दै आमा बसेको स्थानमा पुगें आमाले ओडेको घुम्टो उघारेर आमाको मुहारमा आँशु देखें आमाको मुहार रक्ताम्मै थियो टाउकामा चोटैचोट थयो

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा जिन्दगीकाे

~अक्कल बहादुर शाह~ जिन्दगीका पानाहरु समेट्दै छु मैले, एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले । कति पाना खालि रहेछन्, कति च्यातिएका, कति पाना बुझ्नै गाह्रो मसि पोतिएका । विगतका जीवन गाथा समेट्दैछु अहिले,

Posted in कविता | Tagged | Leave a comment

कविता : दिदी र जिन्दगी

~देवराज पौडेल~ ए दिदी, बन्द आँखा, तिम्रै मुहार हराएँ, भरी मुटु, खुलाएँ, माग्दै गुहार वरिपरि, दिन् रात्, के छ र बाँकी झैँ थप् माथी थप् सोच्छु अपुग अझै नै!! न थियो, न हुन्छ अब, पाएको कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : आज लाहुरेबासँग भेट भयो

~त्रिभुवनचन्द्र वाग्ले~ धेरै टाढाको यात्रा होइन मलायाको रबडघारीमा दैडिएका दिन खिया लागेको बन्दुकमा घुर्मैलो अनुहार देखिन्छ (अँ छोराले घिऊमा पितृको अनुहार हेर्छ ! ) दिनहरू छायाँ र अनुहारहरू प्रतिविम्ब भएका छन् जूनकिरीहरू राँको सम्झाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : निस्कन्छन् सडकमा

~दीपक कुमार ज्ञवाली~ नेपाली हामी बहादुर भनि गर्दछौ हूँकार । पुर्खाको विरता गाएर मात्र समय फाल्दछौ । अस्मीता देशको लुटीदैछ कहाँ छौं नेपाली । सामाजिक सञ्जाल रङ्गाउँदै देखाउँछौं देशभक्ति । सुशेली हाम्लाई बिरानो बन्दै त्यो कालीनदीको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : टेरोरिज्म

~राजेन्द्र तारकिणी~ ओडारजस्ता भास्सिएका पेटबाट सिउँडी फुल्ने भीरजस्ता ओठबाट स्वप्नले आत्महत्या गरेको रित्ता आँखाका दहबाट या, कंकाल कलाकृतिजस्तो निग्रो बालकको हत्केलाबाट जन्मिन्छ भन्ठानेका छौ टेरोरिज्म ? महाशय, यो शताब्दीको टेरोरिज्म ह्वाइट हाउसको गोरो शुक्राणु

Posted in कविता | Tagged | Leave a comment

कविता : मायालु…!

~सीमा आभास~ मेरो आँगनमा उसले घाम पठायो शीत पठायो खामभित्र चराको सुसेलीसँगै उसले गुनगुनाउने धून पठायो । म मौन बसेपछि छोडेर गयो मलाई उडाउन नसक्ने आँधी भनेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुग्छु भनेर गएको ठाउँ

~वासु शशी~ पुग्छु भनेर गएको ठाउँ पाइलैपिच्छे पर सर्छ ! यताउति घुम्तीहरुमा आकल झुकल कहिलेकाही पुगे जस्तो पनि लाग्छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा यस्तो हत्या

~प्रमोद धिताल~ आक्रमण हुनेछ अदृष्य अदृष्य हुनेछन् हतियार भूमिगत हुनेछन् षडयन्त्रहरु शूक्ष्म किटाणुझैं आक्रमण गर्नेछन् दुश्मनहरुले अदृष्य मोर्चाबाटै देखिनेछैन निशाना लगाएको हुनेछैन कुनै भिडन्त

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मी संस्मरण

~आनन्द पौड्याल~ जन्मेर हुक्र्यौ जाँगर गर्यौ दिन र रातमा । हृदय खोली शब्द र वाक्य कलम हातमा ।। भाव नि असल आइ नै रह्यो चुरोट साथले । मुटु नै छुने सिर्जना दियौ दिमागी हातले ।। लक्ष्मीले सधैँ मनको भाव लेखेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्भावना

~प्रणेश पाखरिन~ अँ म देख्दैछु अहिले तप-तप रगतको आँशु चुहाइरहेको आकाश अनि त्यही रगत भुईँभरी आहाल भइ निलीरहेको भुईँको उरवरता। दश नङ्ग्रा खियाइ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्वदेश घाती

~रिजाल किरण~ छन्द : उपजाति लुछे सिनो झै यस मातृभूमि पिए निचोरी सब मातृभूमि हजार राजा कति धान्नु पर्ने सेवा उनैको गरि बस्नुपर्ने ।। बन्यो अचेतै गणतन्त्र आज

Posted in कविता | Tagged | Leave a comment

कविता : विरोधाभास

~बज्रकुमार राई~ आज निष्पट अँध्यारो छ भोलि उज्यालो आउँछ पक्कै तर, खोइ म के भनु ? कसरी भनु ? भोलिसम्म बाँच्नै नसक्ने यी हर अन्धकारका अभागी यात्रीलाई जीवन संघर्ष हो

Posted in कविता | Tagged | Leave a comment

कविता : म हराउँदै छु

~बिपिन शर्मा~ म ओइलिएको गुलाव हातमा बोकि अस्ताउन लागेको घाम नियाल्दै हुन्छु लाग्छ, अर्थहिन एउटा पर्खाईको अन्त्येस्टी हुन लागेको छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गरीबको केही स्न्यापसट

~प्रवीण राई जुमेली~ कतिले भन्छन् नीयतीले ळेख्यो गरीबलाई कतिले भन्छन् ईश्वरले रच्यो त्यो जीवलाई देख्दा र पड्दा यो शब्द नि तीनै शब्दले निर्मित भए तापनि यसभित्र समाहित अर्थ अनेकौं निहित व्याख्या सयौं

Posted in कविता | Tagged | Leave a comment

कविता : छिन्ताङ्ग

~राजेश राई~ भाडाका शाही जल्लादहरुले मृत्यु आतंकको खेती गरीरहे भाडाका काला मान्छेहरुले सुत्केरी आमाहरुलाई बलत्कार गदै आतकंको संगिनहरु रोपिरहे तर छिन्ताङ्गहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै बाटो

~कृष्ण अधिकारी ‘चिन्तित’~ तिमी आफ्नै बाटो हिँड म आफ्नो बाटो हिँड्छु तिमी पूर्व लाग म पश्चिम लाग्छु पृथ्वी गोल छ भन्छन् एक दिन न एक दिन हाम्रो भेट कसो नहोला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पना

~लक्ष्मी उप्रेती~ कल्पनाको तरङ्गमा जब सुन्दर भाव आउँछन् आँखामा तब ममा अटाउन नसक्ने खुसीका चित्रहरू कोरिन्छन् सपनामा देख्न नसकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : बैँस

~टंक वनेम~ आम्बेपोंजोमा बैँस ढालेर हेँवा खोला बग्दा ओरालै ओरालो शिबालिक पहाडको टाकुरा पारी वानायुज घोडाले पर्बत नाँघे झैं आम्बेपोजोंमाको राजकुमारी संग जून थियो मन भरी घाम थियो आङ्भरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड अशोक सुवेदीकी श्रीमती

~प्रोल्लास सिन्धुलीय~ एक दिन कमरेड अशोक सुवेदीकी श्रीमतीले पतिको मोबाइलबाट फोन गरिन्– ‘बेखा दाइ, छतमा दुईवटा कोठा थप्नुप¥यो खर्चको इस्टिमेट दिनुस् न !’ उताबाट जनआन्दोलनको बेलाको जस्तो चहकिलो स्वर आयो ‘लौ ! कस्लाई गर्नुभा’को ? म पूर्णविराम हुँ, कवि पूर्णविराम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बोलुँ बोलुँ लागेको छ

~नगेन्द्र ईङ्नाम “आठराईली”~ मौसमका उधौली र उभौलीहरूसँगै उकाली र ओराली गरी रहने यो मन तिमीले निर्धक्क भएर सबै सामु सत्य सत्य बोलेको देख्दा मेरा पनि मनका कुरा खोलुँ खोलुँ लाग्छ तिमीले बोलेजस्तै मीठो बोलि मलाई पनि बोलुँ बोलुँ लागेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कोही छ घरज्वाँई बस्ने ?

~बिमल लामिछाने~ हाम्रो दिनहुँ झगडा पर्छ कहिल मुक्का मुक्की हुन्छ कहिले फास्स फुस्स मै टर्छ म डल्लो लोहोरो उचाल्छु बुढी चेप्टो सिलौटो उचाल्छे म तातो रोटी उचाल्छु बुढी रातो तावा उचाल्छे

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सडक नै कारगार भएको छ

~अश्रु सिन्धुलीय~ १. झ्याउँकिरी कराएर रातमा चन्द्रमालाई जिस्क्याइरहेका छन् । आकाश गङ्गामा आजमात्रै रकेट पसेछ मान्छेहरू नाङ्गै खुट्टा आकाशमा दौडिरहेका छन् हिमाल पग्लँदो छ, प्रशान्त महासागर फैलँदो छ सिल मरिरहेकोमा ठुलो कोलाहल छ प्रत्येक दिन, प्रत्येक छिन घरघरबाट मान्छे थुतेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युरोपेली पर्यटकसँग

~अनुज श्रेष्ठ ‘प्रवास’~ महाशय ! यो पेटी भिकारीहरुका लागि हो र , यो सडक धनी र मन्त्रिका गाडीहरु कुद् नका लागि बनाईएको हो मौरी जस्ता यी कर्मशील मान्छेहरु घाम नछिर्ने गल्लीहरु भित्र बस्छन् र भोक नदेखिने वस्तीहरु भित्र हराउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : देउरालीमा फूल साट्ने बैशहरुले पर्खि रहेछ

~आचार्य प्रभा~ परदेशिएर तन टाडिए पनि अाकाशिएर इछ्याहरु बेलगाम भएपनी बाध्यताको कठोर मरुभूमिमा बालुवाको कणहरुसङै मनका त्रिष्णाहरु उडाएर म फगत ,निरश जीवन बांची रहेछु कुनै अर्को भूगोलमा।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : देश बनाऔँ

~शिवप्रसाद गौतम~ नेपाली नेपाली बीचमा नबनौँ हामी विकल मेची-काली हो हाम्रो जन्मभूमि नेपाल । यो देश रहे मात्र हाम्रो रहन्छ शान, गौरव देशकै लागि बाँच्ने नै बन्छन् सच्चा सपुत ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : देशको सिमाना

~सीमा आभास~ मेरो देशको सिमाना हराएपछि सप्तकोशी किनारै किनार सगरमाथा छ छैन थाहा पाउन बैशाखी टेकेर म लगडो नागरिक जादैछु नाम्चेतिर सप्तकोशी ब्यारेजबाट हुत्तिएर जब मेरो देश पारिपट्टिको बगरमा पछारियो तब दन्दनी बल्न थाले तेली र मुसहर बस्तीहरु ब्यारेजमुनिबाटै डुब्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो कविता होइन भन्ने तिमी को ?

~कुबेर काका~ १ यो कविता होइन भन्ने तिमी को ? सम्बृद्ध र सम्पत्रको भान्सामा भान्सेले पकाएको परिकार जस्तै परै मग्मगाउने सग्लै निली सकेको भएपनि बस्तुले उग्राए जस्तै ओकलेर चपाउदा र्‍याल आउने जिब्रो रसाउने र घाँटीमा नअडकिने लपक्क पारेर पकाएको बास्मति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुगुकी प्रियसी

~अक्कल बहादुर शाह~ निर्मल छिन, निश्चल छिन, चञ्चल छिन असाध्यै सुन्दर छिन, मुगुकी प्रियसी ! चौवन्दी चोलोमा सजिएकी छिन, निलो सारीले बेरिएकी छिन यौबनले उन्माक्त छिन, तर साह्रै शालिन छिन, मुगुकी प्रियसी !

Posted in कविता | Tagged | Leave a comment