Tag Archives: kabita

कविता : रक्त क्यानभासको सम्मुखमा

~साम्ब ढकाल~ पृष्ठभूमिमा अहम्को छाती बोकेका धवल हिमाल लहरै छन् छेउछाउमै जीवनलाई गति बुझाउने झरना छङ्छङ खसिरहेछ केही तल घमण्ड तेजोबध भएका अग्ला/होचा शृङ्खलाबद्ध/ शृङ्खलाहीन पहाडहरू छन् तलतल फराकिला मन जत्तिकै समथर भूमि लम्पसार छन्,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : जस्तै रमाए पनि

~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित मेरो आँगन, बाग, कौसी घरको आयो कि माली यतै भन्दै हेर्छ सदा त भीर, छहरा, छागाँ सुसेली अझै केरा,बाँस झुले अति कहरिलो बाला–बुढयौली भयो हुकार्यो जब मल्कियो त उसको यात्रा कतै बाङ्गियो । १ अम्बा फल्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : स्वाभिमान

~धुस्वां सायमि~ मेरो कातर भैसकेको विवशतामा करुणालाई जोडेर तिमीले मेरो आवाज माग्यौ, मैले बुझेर पनि मेरा सम्पूर्ण स्वरहरू तिमीमा समर्पित गरिदिएँ, फेरि

Posted in कविता | Tagged | Leave a comment

कविता : हाकिम साहेब भन्दा त पियन दाई नै राम्रो

~विष्णु सुवेदी~ हाकिम साहेब भन्दा त पियन दाई राम्रो कम्तिमा पियन दाईले बसौं हजुर त भन्छन् । गजधुम्म आकाश झैं हाकिम साहेब सुन्निएको बिरामी जस्तो चुपचाप चुपचाप मनमा कुरा खेलाएर आफ्नै धुनमा मस्त रहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ हामी मुस्कान साटासाट गरौं

~नरेश शाक्य~ आऊ, हामी मुस्कान साटासाट गरौं मुस्कुराऔं हाँसौं नाचौं , गाऔं जिन्दगी झंकृत साज भई उठोस् तिम्रो हृदय कमलिनी फुलोस् मेरो पनि । दुइ पलमै बितिजाने हाम्रो जिन्दगी होइन बिहानी उदाएर साँझ अस्ताउने

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा संग

~विजय ध्वज थापा~ आमा तिम्रो माया लाग्छ तिमी राम्री भइदियौ हिमाल ,पहाड,तराइ मधेश तिम्रा गहना भइदिए लाली गुँरास सुनगाभामा तिमी सुगन्धित भइदियौ असंख्य झर्ना, हिम नदीले तिमी सुसज्जित भइदियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्त तर्सन्छ “आन्दोलन”

~डा. मधु माधुर्य~ देश नाराजुलुसभित्र हराई रहेको थियो जीतबहादुर देश खोज्न गयो देश देखाउन गोली उस्को छातीभित्रै छिर्यो “देश त छातीभित्रै पो रहेछ” ऊ बेहोस भयो । देश “प्रजातन्त्र” भित्र हराइरहेको थियो हर्षबहादुर देश खोज्न गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ एउटा कविता लेखौं

~कमला सरुप~ तिमी म र हाम्रा हातहरुसँग यो वस्ति गाउँ र शहरहरुसँग म त आमालाई विदाइ गर्न सक्दिन ववाको विदाईमा तिमीलाई पत्र कोर्न पनि सक्दिन भैगो, धेरै आँशु बगि सकेका छन् आऊ रेखै रेखा कोरेर यो मेरो देशको सीमाना भरि

Posted in कविता | Tagged | Leave a comment

कविता : आस गरौं तर भर न परौं

~गोबिन्दसिंह रावत~ तेह् वर्षे बहुदलको राज र रजाई अनि त्यसमा नेताहरुको दूई नम्बरी कमाई थाङ्नेले पनि करोड देख्न पायो जनतालाई चुसेर पञ्चे झै बहुदल पनि मोटायो हिजोका ती सर्वहाराका सहारा बहुदलले भोटको ब्यापारी बनायो जनतालाई सुखको सपना देखाएर तातो गोलीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : व्यार्थैको रै’छ लेखनी

~डा.मेघराज ढकाल~ छन्द: अनुष्टुप् मर्दैन भोकले मान्छे नारा भए अघाउँछ चहिन्न सीपको खेती भाषणले फलाउँछ । बारी र खेतका पाटा बिना मान्छे हराभरा बन्न सक्ने भए साँच्चै के खाँचो नर वा चरा ? १ समृद्ध देश बन्ने छ खेदिएमा युवाहरू … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : विद्रोह

~बिभोर बराल~ कुहिरोमा रुमल्लिएको त्यो चीसो पलको मीठो सम्झना अझै ताजा छ मनमा आकासबाट चमचम गर्दै वर्षिरहेका थिए हिउँका डल्लाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : के थाहा भोली

~सुजित सिग्‍देल~ शान्तिका प्यसमा सुकेका कण्ठ्हरु हो नरसंहारका दृश्यले थाकेका आँखाहरु हो एकै छिन पेट भरि भरि शान्ति पिउ एकै छिन आँखाहरुलाई बिश्राम देउ के थाहा भोली कस्तो बनेर आउँछ ।

Posted in कविता | Tagged | Leave a comment

लोकतान्त्रिक कविता : होशियार नेताहरु

~देव गुरुङ~ खै लोकतन्त्र आयो, तर देश र जनताको मुहार फेरीएन टोल,चोक,वाटो र केहि थोत्रो बोर्डहरुको नामै त फेरीयो वाँकी जस्ताको तस्तै,उहि नेता,उहि वुद्घ,ि उहि चाल र उहि र च्यातिए जनताका सारा सपनाहरु, मेटाए शहीदका रगतहरु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एकदिन नारद कान्तिपुर पुगि गया

~ऋतुराज~ एकदिन नारद कान्तिपुर पुगि गया दर्शन म गर्छु भनी राजा त्याहीं थिया पर्‍या चरणमा राजन कि जय होस् भनी । नारद् विन्ती गर्‍या जसै निकट गै विँणा विर्साईकन गाथ्मा मंगल छैन कि किन हजूर वेचैन देख्नु तन । नारद्का … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : काठमाण्डौ

~स्नेह सायमी~ काठमाण्डौ नदेख्दै ऊ जब काठमाण्डौ सुन्छ काठमाण्डौ सपना देख्छ काठमाण्डौ कल्पिन्छ ऊ आफै काठमाण्डौ नैं काठमाण्डौ हुन्छ र काठमाण्डौ हेर्ने अवसर खोज्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झझल्को

~रेणु राई~ मृत्यु, यो शब्द किन लाग्छ मलाई अति घृणा जीवनको प्यासी छु, मेटाउने कहिले तृ्ष्णा घाईते बघिनी झैं म गर्लम्म ढलेकी छु उठेर हिड्ने चेष्टा म गरिरहेकी छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी छोरी ! आऊ एउटा पुस्तक पढौँ

~निर्मलमणि अधिकारी~ (१) सुप्रिया ! आऊ आज एउटा पुस्तक पढौँ — त्यही पुस्तक, जुन भुलेको थिएँ मैले उहिल्यै पढूँला भन्दाभन्दै — आऊ हामी आज पढौँ तिमी र म मिली — उही पुस्तक । (२) छोरी !

Posted in कविता | Tagged | Leave a comment

कविता : सखा ! जून र घाम पनि हौ तिमी

~डा. वानीरा गिरि~ भन्नेहरू त कतिसम्म भन्छन्‌ भने- तिम्रो हृदयको नदेखिने पानामा सम्भवत: एउटा प्रणयी-अक्षर कोरिएको थियो रे ! कुन हौ त्यो अक्षर ? के हो त्यो अक्षर ? को हो त्यो अक्षर ? तिमी स्वयम्‌को खोज त होइन त्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर-स्तुति

~लेखनाथ पौड्याल~ जय जगदीश्वर ! जय अविनाशी जय जय भगवन । करुणाराशि । शक्ति छ प्रभुको अपरम्पार घुम्दछ जसमा सब संसार ॥१॥ जलचर, थलचर, ग्रहगण, तारा सूर्य लगायत सुर, मुनि सारा । केवल प्रभुको करुणा पाई गर्छन् निज-निज कर्म रमाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले सिकाएको क्रान्ति

~खगेन्द्र विष्ट~ बन्दुकका नाल तेर्साएर आफ्ना अभिष्टताहरु खोज्दै पहाडका कुनाकाप्चा र तराइका गाउँमा अधिकारका नाममा निर्दोषका सम्पतीमाथिको पहिलो हमला

Posted in कविता | Tagged | Leave a comment

कविता : भो मलाई चाहिंदैन घुम्ने कुर्सी

~शोभित नेपाल~ कसैले दान दिएको बाहिरकाहरूले मान दिएको ‘असल छिमेकी’ ले पिठ्युँमा धाप मारेर सम्मान दिएको दुई ठाउँमा हारेकाले लाजमर्दो उठान पाएको दुई ठाउँमा जितेकाले दुःखलाग्दो बैठान खाएको भो चाहिंदैन मलाई घुम्ने कुर्सी !!

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश अँध्यारो नै छ

~जिबीहाङ राई~ गुन्द्रिबाट पलङमा सरेपछि त निन्द्रापनि राम्रै लाग्दो रहेछ क्यारे !! डसनामाथि शिरक ओढेपछि त सपनापनि राम्रै देखिन्छ क्यारे !!! बार्दलि उक्लेपछि कुन्नी आकाशमात्र देखिन्छ क्यारे !!!! कौशिमा चढेपछि त भुइतलाको चिसो थाहा हुँदैनकी कसो ??

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो हो यो मेरो

~गणेश पुर्बछाने मगर~ कस्तो हो यो मेरो जीवन को बेदनारु जहा एकै थोपा पनी सुखको आशु छैन कस्तो हो यो मेरो जीवन को सुरुवात जून यो मस्तिस्क मा कुनै लक्छ्य नै छैन । कस्तो हो यो मेरो जीवनको इच्छा

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्म दिनको शुभकामना छोरा

~रेखा पन्त~ खुशी त्यो दिन पनि थिएँ उत्तिकै जब निस्कन्थे खादै नखाएको खाना शरीर तातो अनुहार रातो भएर दुर्गन्ध मिश्रित बाँकी हुन्थ्यो त केवल रित्तो आमाशय !! रित्तो आमाशयमा भरिभराउ गर्भाशय आपसमा ठोक्किदा निस्कने मधुर धुनमा महसुस गरेकी हुँ कयौंपटक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो पवित्रता?

~तिर्थराज जोशी~ सुन् गोठाले सुन्। अनि भन्! म अब कसरी तेरि रहिन? कसरी? पवित्रता के हो तैँ भनिदे मलाई? यदि कुमारीत्व पवित्रता हो भने

Posted in कविता | Tagged | Leave a comment

कविता : झल्को

~आनन्द पौड्याल~ धेरै समृद्धिबाट प्रभावित हुँदै जाँदा, अरुको उन्नतीदेखि नतमस्तक हुँदै, मातृभूमिको पूर्व झल्को दिन्छु मैले, उच्च समृद्धि हेर्न आतुर हुँदैछु आज म, ज्ञान बुद्धि र सीप विकास निम्ति, निरन्तर अघि वढ्ने प्रण गर्दै,

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको अदालतमा बयान

~राजेन्द्र तारकिणी~ गरिखानु जत्रो ठूलो अपराध शिरछेदन गर्नु होइन ! ईश्वर, म अपराधी थिएँ ! मरन्च्याँसे आइमाईको पेट च्यातेर जबरजस्ती लोकमा छिर्नु पहिलो अपराध थियो चुहिने छानामुनि भोकले आन्द्ररा खोतलेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : भिजिट नेपाल

~दिल थापा~ ऋतुहरुले प्रकृतिको रङ्गहरू प्रयोग गरेर मेरो देशको हिमालहरुमा तराईका फाँटहरुमा अनि हिमाल र तराईको न्यानो मायाँ पाएको पहाडहरुमा मनको आँखालाई खुसी बनाउने द्श्यहरु कुँदि रहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था र विश्वास डग्मगाएको छ

~दीपक कुमार ज्ञवाली~ श्रावण महिनाको कृष्ण पक्षको रातमा जुनकीरीको पिल पील उज्यालोमा जीवनको गन्तब्यमा हिडीरहेका बटुवाहरु भालेको डाँकसँगै सूर्याेदयको प्रतिक्षामा सहज जीवनलाई तिलाञ्जली दिएर देश र समाज बदल्ने अठोटले

Posted in कविता | Tagged | Leave a comment

कविता : समवेदना मरेको बेला

~कृष्ण प्रसाई~ अभ्यस्त भैसकेका छन् अखबारका पानाहरू- सहज बनाउन दिनहुँ रगतका खबरहरूलाई, कति सस्तो भएको छ मृत्यु ! कति बोधो भएको छ समवेदना ! ! आफू हराउँदा आफै खोज्न सक्दैन । आफ्नो अन्तेष्टिमा आफैं रुन पाउँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई उत्पन्न गराउने संयोगहरूप्रति

~डा. कविताराम श्रेष्ठ~ योजनाहीन मान्छेको जुनी पाएको छु । न मेरो पूर्वयोजना थियो यसमा । न मातापिताकै माया । न कसैको चाह न भगवनकै वरदान । काकतालीले म यहाँ उत्पन्न भएँ । तथापि म भन्दिनँ कि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी छोरी, मेरा कथा र चित्रहरू

~गणेश ईजम~ मेरी छोरी तिमी ठूली भइसक्यौ अब आमालाई सघाउ चुला जलाउने अभ्यास गर पानी तताउने कोसिस गर स्कूलको होमवर्क आफै सिध्याउने गर आफ्नो कपाल आफै सम्याउ मेरी छोरी तिमी ठूली भइसक्यौ, मैले तिमीलाई धेरै पटक एस्सै भनेको थिए,

Posted in कविता | Tagged | Leave a comment