Tag Archives: kabita

कविता : मृत ईश्वरको नाममा

~ईन्द्र नारथुङ्गे~ जब मन्दिरबाट, जीवन गाइरहेका चराहरुको लय पछ्याउँदै क्रमबद्ध बज्न थाल्छ घण्टाको टङ् टङ् र, म चेतनालाई छोपेर ढुकढुकीले रामनाम जपिरहन्छु । जब चर्चको आँखी झ्यालहरुबाट फुत्त-फुत्त निस्किएर झन्कार संगीतको फैलिएर हावाको तरङ्गमा पातहरुलाई नचाउन थाल्छ र, म एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लखरी मन

~चन्द्र ज्योति~ लखरी मन, कहिले हाँस्छ, कहिले रुन्छ, यसको कुनै ठेगान छैन, कति बेला के गर्ने हो ! कहिले चङ्गा जस्तै उड्छ । कहिले धागो झैं चुड्छ, छिनमै विस्मात, छिनमै निरस कुनै टुङ्गो छैन यसको ।।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : चिठी

~भ्लादीमिर भिसोत्स्की~ अनु. ज्ञान बहादुर छेत्री मैले थर्पुमा पहिलो वर्ष खप्न सकिन । त्यसैले उनीहरुले अरु एक कि दुइ वर्ष थपिदिए (उनीहरुसँग तर्क नगर) सक्छौ भने, मेरा प्रिय साथी हो, मलाई चिठी लेख । स्वाधीनहरुको त्यो धरामा अहिले के हुँदैछ … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : प्रलयमा ज्यूँदो प्रेम

~गण्डकीपुत्र~ आज अचानक हरायो बादलको जङ्गल र प्रकट भयो विहानको तेज लिएर आँगनमा फूलहरुको जुलुश सुस्केराका सबै महाकाव्यमा आगो सल्काएर केवल कविताको मात्र बजायो नविन सारङ्गी र म जीवनको अप्ठ्यारो डिल पन्छाएर सुटुक्क आँए तिम्रो ममताको सँघारमा र रमायो हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँदको लामो रात

~रमेश सायन~ निदाउन सकिनँ ! जिन्दगीका स–साना गणितमा फसेँ ! किन घरधनीले दुई दिन अघि नै भाडा माग्यो प्रेमिका किन बहाना बनाएर भेट्न आइन किराना पसलेले किन उधारो पत्याएन किन हिँड्यो माइक्रो बस रु. एक फिर्ता नगरी ? कोल्टो फेरें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘पिस्कर’ अझै अनिँदो छ

~रामनाथ खनाल~ आज फेरि यो छातीमा पिस्कर चसक्क दुखेर आउँछ पिस्कर त्यो भूमि जुन इली र बीरबहादुर थामीहरुको रगतले चुर्लुम्म भिजेथ्यो महादेवस्थान किनारमा माघेसंक्रान्तिको मध्यरात निहत्था नागरिकमाथि पञ्चायतले गरेथ्यो कत्लेआम अकारणै भएथ्यो बन्दुक वर्षा अनायसै जुन लुकेथ्यो बादलभित्रै चराहरु गुँड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तै बसाई सरे हुन्छ

~बाबु लामा~ म त ट्याक्टर जस्तै हिलोमा फसेको मान्छे सुन्दर शहर तीर नखोजे हुन्छ ! सधै भगवनको नाम जप्ने गर्छु खै कुन भगवानले सुन्छ ? भो मायाँ लगाउछु नभन मलाई आस् देखाई

Posted in कविता | Tagged | Leave a comment

कविता : डा.केसीको पक्षमा

~विजयदेव भट्टराई~ माफियाको द्रव्य पचाउन दलाली पाचक खाई सुतेको छ सरकार अब डा.केसी चिन्दैन तर पेटभित्रै औजार हालेर सिलाएर मरेकी श्रीमतीका श्रीमानहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको नक्सा

~जितेन्द्र तुलाधर~ दिन प्रतिदिन साघुरिँदै गएको छ मेरो भूगोल अतिक्रमणको घेरा भित्र घेरिएर आज खुम्चिदैँछ मेरो राष्ट्र गिद्धका गिद्धे नजरहरू बीच

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्ति

~कला अनुरागी~ आफ्नै हृदयको मसीले आफ्नो हक लेख्न संविधानसभामा पुगेपछि गर्वले कोटको खल्तीमाथि खिलेको सभासद्को फुली झर्ने गरी जब सोठ्यायो सत्ताको लौरोले छिनमै रिसले फुल्दै छिनमै निराशाले खुम्चदै डेरा फर्केको सभासद् नातिलाई हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए र, भने–

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमि

~जे पि दाहाल~ तिमीले गर्दा नै मैले बाँच्न सिके अनि हिड्न सिकायौ,बोल्न सिकायौं अप्ठारोमा पर्दा गुहार माग्न सिकायौं संसार गोलो छ भनेर बुझन सिकायौं । तोतेबोलीमा गाउन सिकयौं, गाउँदा गाउदै लेख्न सिके, पढन सिके सिक्दा सिक्दै आफ्नो बारेमा कविता लेख्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सुन्दर प्रकृति : भव्य संस्कृति

~देवी नेपाल~ टोपी उच्च हिमालको छ शिरमा छाती पहाडी शिखा मोती फल्छ तराइमा दिनदिनै म्ुस्कान छर्छन् गरा योगीझैँ छ उपत्यका हृदयमा बोकेर सद्भावना यो नेपाल विचित्र चित्रसरिको शोभा छ संसारमा । चौँरी हाँस्छ हिमालमा चरणको हेर्दै खुला केचना गैँडा छर्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मान्छे

~डा. गोबिन्दसिंह रावत~ अरुको सहयोग पाउन्जेल निहुरिने सक्षम भएपछि पन्छिने अनि आफ्नो विचारको बाणले सहयोगीलाई नै प्रहार गर्ने स्वार्थको पर्यायवाची हो मान्छे आफ्नो विचारको आरती गर्दै अरुको बद्ख्वाइँ गरी हिँड्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखक यात्रा

~बासु श्रेष्ठ~ सेतो खाली पानामा शब्दहरुको मरुभूमिमा वैचारिक शक्ति लिएर कलमको सहारा लिएर लेखक यात्रा थाल्दछ । सुःख दुःख आँसु हाँसो मिलन विछोड 

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अनुत्तरित प्रश्नहरू

~देवी नेपाल~ छन्द : अनुष्टुप् छन्द हे समाज ! म अज्ञानी जान्ने इच्छा मभित्र छ मलाई सबले भन्छन् तँ अबुझ र लट्ठक म अबुझ भएँ मेरो अँध्यारो दृष्टि खोलिदे म केही प्रश्न राख्दै छु मलाई तँ जवाफ दे । बोक्सी हुन् … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

अनूदित कविता : किन सबै भयो अर्कै?

~भ्लादीमिर भिसोत्स्की~ अनु. कृष्णप्रकाश श्रेष्ठ. किन सबै भयो अर्कै ? सधैं यस्तै हुँदा अनि, त्यही अहाकाश हो जो छ नीलो नै अहिले पनि । बनजंगल त्यो नै हो, हावा औ जल नै त्यही, तर फर्केर आएन संग्रामबाट नै उही ।। … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : प्रसव पीडा श्रृजनाको

~आचार्य प्रभा~ धेरै समयपछि आज म भिन्दै प्रसव पीडाले छटपटिएँ म चकित भएँ आश्चर्यमा डुबेँ हँ म गर्भवति त थिईनँ किन अनि कसरी मलाई प्रसव पीडाको आभास भयो?

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दा भित्रको नायक

~जगत नवोदित~ जिन्दगीको बिहान कहिले खर्कमा गोठालो गर्दै बित्यो कहिले नूनतेलको भारी बोक्दै सकियो समय पूmलको जवानीमा सयपत्री भएर फुल्यो बाबरी भएर मग्मगायो तर कठै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~निता केसी~ मेरो एकांकीपनको आभास थियो उनीलाई मेरो रिक्ततामा म संगै रुन्थिन् उनी सहलाउथिन् कोमल भावले मेरो कलेजी फेरी संगै टोलाउथ्यौ हामी मेरो सिंगार बिहिन अनुहारको ‘पीडा’ म भन्दा पनि बढी देख्थे उनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो खुसी तिम्रै

~रामकुमार परियार~ तिम्रो खुसी , मेरो खुसी , मेरो खुसी तिम्रै निश्चल,अमर,अजर प्रिती,चोखो-चोखो हाम्रै दिल भित्र तिमी छ्यौ , मुटु पनि तिम्रै डाह गर्छन दुनियाँ ले ,देखि प्रिती हाम्रै

Posted in कविता | Tagged | Leave a comment

कविता : बुबा

~नवराज पराजुली~ बुबा नदीले बालुवा बुनेर बनाएको गुन्द्रीमा बसेर मैले पानी बनेर बगेको समय नियालिरहँदा जब नदीले अनौठो गरी स्वाँऽऽऽ गरेको सुन्छु तब त्यो नदीको बगिरहेको पानीमाथि म तपाईंको मधुरो छायाँ देख्छु । र, देख्छु भेटेजति सबैथोक बगाउँदै आएको नदीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदारी अक्षरहरु

~रबिन्द्र अर्याल~ रछ्यानामा मिल्काएका कानुनी काला अक्षर हुबहु नक्कल बाजीमा निक्लीएका शब्दहरु मेरा हितकर छैनन् तिम्रो हितमा छैन हाम्रो पक्षमा छैन हली मजदुर श्रमजीवीको साथमा छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय लाग्यो खुला आकास

~रमा भट्टराई~ उसका शब्दहरुले अश्लीलताको पराकाष्ठा नाघ्दै थिए ऊ लगातार बोलिरहेको थियो म चुपचाप सुन्दै थिए खप्दै थिए शब्दबाणहरु मैले सहनुको बाँध, कसो कसो भत्किन लाग्दै थियो थाम्दै थिए, रोक्दै थिए आफूलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द गर

~मीरा आचार्य~ अो सरकार ! हाम्रा मरिरहेका लास भन्दा तिम्रो लाचार ज्यूदो शरीर सिनो बनेको छ तिम्रो कुहेको शरीरसँग तिम्रो मृत मनसँग जीवन माग्नु हाम्रो गल्ति हो ! तिमी ज्यूदो ठान्नु हाम्रो भ्रम हो भो छोड…!!

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी मनभित्र बाँच्छौं

~भीम उदास~ (विदेशमा बस्ने नेपालीहरुका लागि) मान्छे आफ्नो मनभित्र बाँच्छ मान्छे आफ्नो विश्वासमा बाँच्छ मान्छे आफ्नो मुटुभित्र बाँच्छ र बाँच्दैन मान्छे इतिहासले बाँधेको सीमाहरुभित्र । सीमाहरु स्लेटमा कोरिएका रेखाहरुजस्तै ती रेखाहरु जो बदलिन सक्छन् ती रेखाहरु जो मेटिन सक्छन् तल, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे आमा

~दीपेन्द्र शाह~ देखाई देउ हे आमा काम काम हामी गर्दछौं घरका रित्ता भकारी-डाला पौरखले भर्दछौं । जाने हो कता, देखाउ बाटो ह्र्दय खोलेर उघार्र्छौं हामी ज्योतिको दैलो यो जुगै फेरेर । घुम्दछौं प्रत्येक गाउंका कुना

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन आफैंमा एउटा सिंगो काव्य रहेछ.

~मधु माधुर्य~ गृष्मको धपधपी गर्मीलो दिन होस् वा हिंउंंंदको कठयांग्रिने चीसो रात अनुभूतिको सागर श्रृंखलाहरु तर्दै जांंदा लागिरहेछ हमेशा कविताको मात पाखा कन्दरामा प्रतिध्वनित सुसेली वा झरनाको मनमोहक झंंकार

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्व थाङ्नाको

~सर्गमञ्जरी~ ए दिदी, भन त खै तिम्रो थाङ्ना भित्रको आत्माको अस्तित्व खै तिम्रो प्रसव पीडा घुलेको मातृत्व खै तिमीले जन्माएका सन्तान-सन्तान बीचको भातृत्व तिमी उसिनेको भातसरी छरपष्ट छरिएको वर्तमान च्यापेर जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा पावामा ग्राम घटाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका मान्छेहरु

~नन्दलाल आचार्य~ रमाउने इच्छाले प्रेरित मस्तिष्कहरु सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरु अर्काको मन बुझ्न खोज्ने मनहरु थाहै नपाई नाङ्गिएझै ंशिशीरका वृक्षहरुजस्तो नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरु । कस्तो विडम्बना के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरुले ? के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरुले ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सावन अनि उनी

~निराजन प्रभात~ जीन्दगीका इन्द्रेणी रंग घोलेर जब तिमी मुस्कान फुलाउनेछौ त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु दु …….र देश सम्म मेरो पिछा गर्नेछ हर्षविभोर हुनेछन् आनन्दले खुल्नेछनयी पर……………देशी मन हो मेहन्दीको रंग भन्दा गाढा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिंगो धर्ती

~मनोज गजुरेल~ धर्ती हाम्रो घर, आकास हाम्रो छाना छानामुनी बरोबरी हामी सबै जना रुवाण्डाका हुत्तु तुत्सी मेरा दाजुभाई श्रीलंकामा जनता मर्दा चित्त दुख्छ मलाई अप्रिmकाका काला हुन् कि अमृकाका गोरा

Posted in कविता | Tagged | Leave a comment

कविता : घरदेश र मन

~दीपा राई पुन~ आमा ! दुख र कष्ट थियो तिमीसित निको नहुने घाउ पनि थियो आज प्रकृतिले मुटुमा चोट रोप्यो तिमी अझ मजबुत बनेर नयाँ सृष्टि गरिदेउ भनेर ! यो बिपत घडीमा तिमी दुख्नु हुदैन आमा कदाचित थाक्नु हुँदैन

Posted in कविता | Tagged | Leave a comment