Tag Archives: kabita

कविता : इश्वरहीन

~~ज्योति जंगल~ कहिल्यै प्रेम भएन इश्वर र मेरो, भक्तिको नाममा न मैले इश्वरको प्रगीत बोलें सपनाको थप एउटा चगां उडाएं, मनकै भयको कसिंगर डडाएं, भजनको लयमा मनोरञ्जन मिसाएर मेरै खुशी गाएं । र मन्दिरमा सम्पूर्णतः मैले इश्वरलाई विर्सिएं ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आई झिकि देउ न !

~बासु श्रेष्ठ~ आमा ! काँढा मन्मा बिझ्यो आई झिकि देउ न ! दाईले घोच्यो भाईले घोच्यो आई सघाई देउ न ! दाजु कंश भाई रावण छैनन् कोहि मानव स्तनपान तिम्रो गरे तर भए दानव !

Posted in कविता | Tagged | Leave a comment

कविता : न अमेरिकन भए न नेपाली भए

~राकेश कार्की~ कुर्सीको मोह हुनेहरु अध्यक्ष भए बचेका खुचेका सबै उपाध्यक्ष भए पैसा पैसा भन्ने कोषाध्यक्ष भए कुनै न कुनै पदका दक्ष भए न अमेरिकन भए न नेपाली भए एउटा न एउटा संस्था खोली भए

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो दायित्व

~देवी नेपाल~ भन्छन् देश डुब्यो डुबे नि पहरा, पाखा र झर्नाहरू भन्छन् भेष म¥यो मरे नि मनका भाका र आशाहरू ढल्दै छन् इतिहासका धरहरा आदर्श ढल्दै गयो गिर्दो यो गरिमा उठाउनु छ है दायित्व हाम्रै त हो । फोस्रा ढोँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : याद

~जे पि दाहाल~ तिमी कहाँ जाने होला,म कहाँ जाने हो दोवाटोमा भेट भयो,माया केलाई लाउने हो । भन्दछैं भने लाउ माया,भेट हाम्रो हुने छैन दुई क्षितिजमा बसी, अब म’त रुने छैंन ।। तरङ्ग नै हाम्रो मुटु, आवाज नै मिलन मानौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म सगरमाथा

~बासु श्रेष्ठ~ सागरलाई थिचेर अनि सगरलाई चिरेर बसेको छुँ साँधमा नेपाललाई बेरेर उमेर बढ्छ जसै जसै बढ्दो छ वैंश उति नै साहस हुन्छ झन् झन् दरिलो विपत परोस् जति नै चुनौती बनेको छुँ विश्वलाई हाँक दिन्छु सबलाई वायू शीत हिउँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन किन यस्तो ?

~ज्योतिराज अधिकारी~ जसै गरी पनि शान्त नहुने मानव मन जता गए पनि बिक्षीप्त के को जिजिबिसा झन अन्तमा के छ यहाँ मन को शान्ती जहाँ प्रप्ती लाई नियलेर नबुझ्ने दिमगी असोस्थता यहाँ ! एक दुई र तीन पाइला बढ्दा खुशी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कोसिस गरेर त हेरौं

~सुरेन्द्र रजौरा~ जीवनको उकाली ओरालीहरुमा अनि हरेक रड. तरङ्गहरुमा अनावश्यक आपत्ति र विपत्तिहरु आइपर्ने हरेक मोडहरुमा एक्लै तिमी मात्र होइन तिमी जस्तो हजारौ अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दपीडा

~विप्लव ढकाल~ … शब्दको भीरबाट लडिदिन्छु कि शब्दकै अग्निकुण्डमा हाम्फाल्छु ! कि शब्दको तीरले घोचिन्छु कि शब्दकै तुइनमा झुण्डिएर तर्छु दुःखको कर्णाली ! ….. शब्दद्वारा कुटिएर मर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आगोले जन्मोत्सव मनाउँदैन’बाट

~भूपाल राई~ त्यागेर आफ्नो सनातन गद्दी राज्य हाँक्न निस्किएको कुनै मध्ययुगीन राजकुमारजस्तै अचानक निस्किएको छ यात्रामा एउटा त्रिकोण झण्डा थाहा छैन कुन राज्य हाँक्नु छ झण्डालाई ? अथवा टेक्नु छ निरपेक्ष दुबोहरुको पहिचान ! र निस्किएको छ यसरी

Posted in कविता | Tagged | Leave a comment

कविता : भूँचालोपछि धरान

~चन्द्र घिमिरे~ घर–घरलाई सख्खारै मन्त्र फुक्न कंगारुझैँ गुड्कँदै आउँथ्यो सूर्य ऊ रैनछ अब । फकलैण्डमा लडेको कप्तान र थियो छातीमा तक्मा ऊ पनि रैनछ अब ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धमिलो सम्झना

~अनिल थापा~ हरेक बिहान आँखा मिच्दै गणित किताब पल्टाएर मयूरको प्वाँख नाप्दै वर्षौँसम्म बढ्ने अभिलाषा मनमा च्यापेर जिन्दगीको गणितका धेरै अंक मेटिइसक्दा पनि उभिरहेको थिएँ तिमीले दिएको मयूरको प्वाँखसँगै तिम्रो प्रेम कुरेर । बिजुली, पानी, गास, बास, पुर्‍याइदिन्छु भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : डर नमानेर पो के गर्नु र ?

~विमल कोइराला~ जब शान्त स्वरहरू आक्रामणमा पर्छन् जब दूधे बालक पनि घाँटी निमोठ्याइमा पर्छ जब मौन बहुमतमाथि हल्लाखोर अल्पमतले शासन चलाउँछ जब नम्र शरीरहरूमाथि हिंस्रकले डण्डा बर्साउँछ जब व्यस्त सहर पनि जङ्गलमा अनूदित हुन्छ असुरक्षित वातावरणमा कसको पो भर हुन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म सरकारी जागिरे

~नारायण रेग्मी~ अरुले ब्रेकफास्ट गर्नेबेला, म दाल र भात पेटमा घुसारी घाम रापीलो नबन्दै कार्यालय पुग्छु भित्ते बिजुली बाकसमा ल्याप्चे लगाउँछु किनकि ! म लोकतन्त्रको सरकारी जागिरे हुँ। अरुले परमेश्वरको किर्तन गर्नेबेला, म धुलोले सेताम्मे भएका काला जुत्ता कपडाले पुछ्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरले तेरोे नाम काडेर उसको पेट भर्छ

~मनोज बोगटी~ धुर्नु बराइक र ईश्वर घामको छायाँ र स्वर्ग एउटै हो पानीको अनुहार र सपना एउटै हो । हावाको हात र सरकारको भरोसा एउटै हो । आगोले तेरो भन्साघरमा पसेर के भन्छ ? पानीले तेरो खेतमा गएर कुन गीत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किशोरी बादलहरु

~कमल संघर्ष~ केहि झुण्ड किशोरी बादलहरु जिस्किरहेछन बुढो सुर्य सङ्ग । झ्वाट्ट हेर्दा लाग्छ हेर्ने हरुलाइ आज बदलिएको चेहरा उनिहरुको फेरिएको छ पहिरन उनिहरुको निकै फरक छ आकार प्रकार उनिहरुको के सोचेर हो कुन्नि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : काग करायो

~लिलाराज कार्की~ सुकेको रुखमा बसी काग करायो नराम्रो केहि होला भनि मनै डरायो टाढा टाढा धेरै टाढा केहि भयो कि शुन्दर पाखा बस्तीमा पहिरो गयो कि आगो लागी हृदयका भाव बलेकी बाँचौं भन्ने जीवनहरु कहीं ढलेकी

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी गाथा

~तिलक कार्की~ पर पुरूष संग वर बस्ने, भोको पेटमा पोटुका कस्ने छालै छोप्ने गरि पोतो घस्ने चुप लागेर कहिल्यै नबस्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल गिर्नुको कारण

~कल्पना ढुङ्गाना~ ट्राफिक, जाम, हड्ताल छ र जुलुस पनि सुदपयोग छैन यहाँ धेरै छ हानी एउटा भन्छ आ छोड्दे, त्यसैले नै गर्छ आम्दानी आठाना रुपैयाँ छ खर्च प्रदुषण बढ्दैछ यहाँ जनसंख्या छ धेरै

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता

~कबिता शर्मा~ ढाक्रेहरु ओडारतिर पानी उमाल्दैछन् मूढा जोडेर, आगाका लप्का अघिल्तिर सल्बलाएका देखिन्छन् दुईचार आकृतिहरुमात्र१ चौतारीका झयाउंकिरीको जुवारी पनि निख्रेपछि, सुनसानको एकलब्यता बगिरहेछ सुस्केराका सुसेलीहरु चुपचाप बिलाए, हातमा एकमूठी रांको सल्काएर मूलबाटाका बटुवाहरु अघिलाग्दा छिप्पिएको रात त्यही रात चिर्दै गाउं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अजम्बरी गीत

~सन्जिव राई~ कविताको आकाशबाट भुर्र उडेर आयो एउटा जुरेली र गाउन थाल्यो जिन्दगीको हाँगामा बसेर… मान्छेलाई मन पर्ने गीतहरू पहिलो अन्तराको पहिलो पङतिबाट उपमा टिप्यो सौन्दर्यले अन्तरालमा क़मशः उमङगको पाइला टेक्दै शिखर चढिरह्यो प्रेम र शान्तिसँगसँगै गीतकै उज्यालो पाएर अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : भविष्यवाणी

~राजकुमार बगर~ भोलिको कुनै एक दिन मान्छेको देश माछाको देश जस्तै हुनेछ मान्छेको महादेश माछाको महादेश जस्तै हुनेछ र मान्छे माछा जस्तै हुनेछ भोलिको कुनै एक दिन बलिस्ठ माछाहरु माछाकै पसल थाप्नेछन बलिस्ठ माछाहरु माछाकै भोज खानेछन

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी जलिरहँदा ……….!

~विजया ‘स्मृति’~ दृढविश्‍वास, कर्तव्यनिष्ठ- भई शान्तिको मार्ग रोज्दै कर्मभूमिमा खटिएका तिमी अहोरात्र सेवामै सक्रिय थियौं। वैशाख १२ को विपत्तिमा होस् या कैलाली डुवानमा पर्दा ज्यानको वाजी थापेर रक्षक तिमी नै बनेका थियौं। आन्दोलनको हिंसात्मक ताण्डव नृत्यमा देश डुबिरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकीको बलेनीभित्र अटाउँछौ कति ?

~यशोदा पोख्रेल~ झुपडीको मालिक बन्ने रहरमा, छिमेकीको पिछा गर्छौ कति ? छिमेकीको ढुंगा पन्छाउन, आफ्नै झुपडीमा ढुंगा फाल्छौ कति ? ढुङ्गाले थिचिएको झुपडीको, मालिक बनेर गर्छौ के तिमी ? आफ्नो झुपडीको छाना नै धुजा धुजा पारेर ओत लाग्छौ कहाँ तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा नानीहरुलाई

~मीन बहादुर विष्ट~ तिम्रा नानीहरुलाई देशको नाम भन्न सिकाऊ देशको नाम लेख्न सिकाऊ देशको मानचित्र कोर्न सिकाऊ पाखुराहरुबाट रगतका केही थोपाहरु झिक्दै

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म बिरामी छु

~भरतकुमार भट्टराई~ साथी ! ओ साथी ! म बिरामी छु साँच्चै साथी म असाध्यै बिरामी छु भुइँचालाले भर्खरै मेरो भकारी रित्तो बनाइदिएको छ सत्ताको हुचिलले दिउँसै देशको भकारी लुटिदिएको छ ठूलाघरेहरूबाट दिनरात गिद्धका तिखा नङ्ग्राहरू प्रदर्शित छन् मेरो प्यारो धर्तीमा … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मनको आवाज

~सौरभ कारन्जित ~ मुहारले नभए नि ब्यबहारले पिडा खोल्दछ आवाज नभए नि आंसुले दु:ख ब्यथा बोल्दछ । अरुको दु:ख उसैले बुझ्छ, जस्ले भोगेको हुन्छ कसैको बगेको आंसुले कोही कसैलाई पोल्दछ ।। गलत मित्र लाई लाग्दो हो, सधैं नै जांच्न पाए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा जीवन गीत

~दिपा राई पुन~ आफ्नै छात्तिको समुन्द्रमा छालहरू उर्लिएर ठोकिएको छ मनको किनारमा चोटको मिठो तरड्ग फैलिएको छ एक पछि अर्को यी सम्झनाहरू नै समयका डोबहरू हुन् आफ्नो अस्तित्वको एक झिल्का आफ्नोत्वको अमिट अभिलेख

Posted in कविता | Tagged | Leave a comment

कविता : नकाबभित्र ‘तिमी’

~विजया सिम्खडा~ छरपष्ट छन् भत्किएका जीवनहरु बिना जगको भव्य महलको कल्पनामा जान्दिन म, कठै जिउछन कसरी खोक्रिएको अजीर्ण त्यो कल्पनामा ढलिसक्यो अगावै तिम्रो आडम्वर पनि

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : कुर्सी

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ जबसम्म ऊ भुइँमा थियो कुर्सी नराम्रो थियो कुर्सी पाउने बित्तिकै उसलाई

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : माटोको चित्कार

~मिरा प्रसाई शर्मा~ रोईरहेको सहिदको आँशुले पोल्नु पोल्यो लोकतन्त्रका लागि निमोठिएका चित्कारहरुले मात्रीवात्सल्य च्वास्स च्वास्स घोच्यो । विश्वाश दुर्घटित भएर मेरो देशको माटो आशुमा लपेटिएकोछ । शान्तिको सागरमा रगताम्मय सुनामी उर्लिएर बगाई रहेकोछ मेरो देश् निरन्तर् म भित्रको मात्रीत्वको निर्मम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्वीको छायाँ

~राशि पाण्डे~ आकाश रातो हुन लगेको छ आकाशमा आगो लागेको छ यो सूर्योदय वा सूर्यास्तको लाली होइन नवविवाहिताको सिउँदोमा घोप्टाइएको सिँदुर पनि होइन वसन्तपूर्णेको उल्लासपूर्ण

Posted in कविता | Tagged | Leave a comment