Tag Archives: kabita

छोक : विभक्ति

~डा. राजेन्द्र भण्डारी~ म छु तिमी छौ बीचमा ‘लाई’ भइदिएको भए मलाई तिमी हुनेथियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो माझी

~बिष्णु सुवेदी ‘दोलखे’~ पुरानो टालोमा एक मुट्ठी सातु पोको पारेर एकाबिहानै लाग्छ ओरालो नदी किनार ! नाङ्लो जत्रो मन लिएर र्झछ तल-तल र्फकंदा चाल्नो हुन्छ उसको मन छिया-छिया खुइय्य र्फकन्छ ऊ निरस र्फकन्छ ऊ ! सेतै फुलेको कपाल चाउरी परेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अँ साँची

~आयाम फुयाल~ अँ साँची, अब कर्णाली नबग्ने अरे, मर्स्याङ्दी नसुसाउने अरे, भोटेकोसी सन्यास लिने अरे, अनि त्रिशुली सुख्ने अरे! अँ साँची, अब सगरमाथा शिर निहुराउँछ अरे, कन्चनजंघा पग्लिदिन्छ अरे, मकालु र मनास्लु एकादेशका भइदिने अरे, अनि साइपल र जुगल भासिदिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होटलमा

~नरेन्द्रकुमार नगरकोटी~ घरिघरि ऐना हेर्छु र कानमाथिबाट मिलाउँछु छरिएका कपाल मिलाउँछु आफ्नै कमाइले अस्ति भर्खरै फुटपाथमा किनेको सर्टको कलर मनमा खेलिरहने कुराहरू भने कहिल्यै मिलेर आएनन् जतिचोटि बल्छ ग्याँसको चुल्हो

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्कँदैछु आमा अब म

~राजेन्द्र कुमार थापा~ संविधान-सभाको नतिजा हेरेँ, महिलाको अत्यधिक सहभागिता देखेँ, नयाँ नेपालको नयाँपन ठान्दै भनेँ- ‘दिदी-बहिनीहरु, तिम्रा आँट तथा हौसलालाई सलाम !’ संविधान-सभाको नतिजा हेरेँ, जनताको सर्वोपरि सत्य रुप देखेँ, नयाँ नेपालको आधार खण्ड मान्दै भनेँ- ‘स्वदेशी वन्धुहरु, तिम्रा प्रकट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बरु धावा नै बोल न प्रिय !

~नीर खड्का~ बरु धावा नै बोल न प्रिय ! के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ? म हारेर लम्पसारिएको होइन, पराजिताको पराधीन मानसभित्र लम्पसार पर्नुको नियति भोगेको पनि होइन, त्यो त समय हो, जसको चक्रपथमा नियतिले यो पल्ट फड्का खाएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घर्ष गर यहीं

~ठाकुर मान लामा~ ए बाबु ! अब तिमीले कतै जानु पर्दैन रे । तिम्रो सपना फुल्नलाई, अन्तै कतै भूमि खोज्नु पर्दैन रे । ए बाबु ! अब तिमी आफ्नो शीप, यही माटोमा छर्न सक्छौ रे ! परिश्रमको एक एक पसिना, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालका प्रथम राष्ट्रपतिहरु

~मोती चाम्लिङ~ लिगलिग कोटको दौडजस्तै लाखौंबाट छानिएका धावकहरु उछिन-पाछिन धकेलेर खुट्टा खुट्टामा छिर्के हालेर तँछाड-मछाडको स्पर्धामा हतास दौडिरहेका

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नो संस्कार

~रामकृष्ण वान्तवा~ प्राणीमध्ये बुद्धि-विवेक भएको मानिस बुद्धि भएर गर्दैन पुण्य किन मानिस ? धेरै छ यहाँ गर्ने गरी कुनै साध्य छैन केही गरी जाऊँ, जन्मेर मर्नु मात्र हैन प्राणी जन्मेर मर्नु त संसारको रीतै हो अमर नाम राखी जानु अति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर हिंड्ने बाटो

~सन्जिव राई~ उर्लिरहेका थिए एक हूल आवाजका हिंस्रक लहरहरू आक्रोशको समूद्रमा … किंकर्तब्यबिमूढभई टोलाएर हेरिरहेका थिए चालकहरू,पसलेहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौँ शताब्दीको छिनो-मार्तोलले!

~राजा पुनियानी ~ संसारकै पहिलो मान्छे यही माटोबाट संसारभरि छरिएको हो। तात्तातो बुलेटले चिसिरहने छिया-छिया छात्ती छ उसको। रगत जति बाटै-बाटो झरिसकेपछि कठ्याङ्ग्रिएको नसा छ उसको। बुद्धको अक्षरको बीऊ यतै कतै खसेको हो जो अहिले युद्ध बिसाएको गुरिल्लाको बन्दुकको नालछेउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मरेको छैन

~अनिल किराती~ पहाड झरेको छ ममाथि घर भत्किएको छ ढुङ्गा माटोले पुरिएको छु म छुट्टिन लागेका छन् शरीरबाट – हात, खुट्टा र टाउको घोचिएको छ काठका चोइटाले कोखा, तिघ्रा र कम्मर नङको फेद, गीजा र कुर्कुच्चाबाट बगेको छ रगत

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~साँझ किराती~ ऊ साह्रै खराब छ यसो पनि के भनिहाल्नु ! यो दुनियाँमा झुठो बोल्ने ऊ एक्लो मान्छे हुँदै होइन सायद सत्य बोल्नु उकालो चढ्नु जस्तै हो क्यारे ! बरू झुट नै सही ओरालै झरिरहन्छ, मान्छे । साह्रै घाती छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रन्थ सूचि

~विमल कोइराला~ अनुसन्धानको सिलसिलामा पाठ्य-सामग्रीको सूचि तयार गर्ने विद्यार्थी आफूभित्र हराएर बडो चिन्तित मुद्रामा लेख्दै हुन्छ, उसले तयार पारेको सूचिभित्र सम्पूर्ण विषयहरु आ-आफ्ना उपसंहारसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कोशी

~लक्ष्मी गौडेल~ तराईका बिशाल फाँटहरुमा पौरखीका पाखुरा साहसीका आँटहरुमा तिमी बिना बन्देज बग्थ्यौ भने मेरो कोशी तिमी पहेलापुर धान फलाउँथ्यौ लटरम्म तोरी फलाउँथ्यौ तिमी नहर बनेर गर्हाहरुमा तिमी अदृश्य शक्ति बनेर टाँगिएका सराहरुमा मेरो कोशी

Posted in कविता | Tagged | Leave a comment

कविता : एक संकल्प

~सागर तामाङ ~ _फुटेका सपनाका टुक्राहरु बटुलेर … मलाई बनाउँनु छ एउटा तारा र सजाउनु छ त्यो मनको निलो आकाशमा । _झरेका आँशुका थोपाहरु अञ्जुलीमा थमाएर मलाई बनाउँनु छ त्यो हृदयको मझेरिमा एउटा तलाउ र फुलाउनु छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी याङ्सिला र घर

~रिना बम्जन ‘तामाङ’~ प्रकृतिले लुटेको… बैशाख बाह्रसँगै बस्तीहरूमा ठूलो मानव नरसंहार लाशहरूको लस्कर सपनाहरूको निमेषमै कन्त बिजोक । हूरीले खच्याखुच्युक बनाएको, मुसलधारे बर्षाले

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना

~आशिष दनाई~ यो ‘कंकृट’हरुको जंगलमा, पिल्लरहरु जस्तै उभिएका छन् मान्छे, ‘कंकृट’लनैे बनेको चार पर्खालभित्र एउटा सोफा छ, एउटा ‘लो-बेड’ छ, र छन् एक थान कुर्षी-टेबलहरु !

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : दंगा-2

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ यसपटक दंगाफसाद निकै ठूलो थियो निकै परेको थियो रगतको वर्षा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : मृत्युबोध

~माधव मूल~ मेरो मृत्युपश्चात् बीचमै म भट्किरहेछु कतिञ्जेल यो अवस्थामा म भइरहनेछु थाहा भएन विचरा म मेरो आफ्ना घरपरिवार शेषपछिको ममाथि मृतात्माको पूर्णतामा लागिरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रैकरी देखि रैथाने सम्म

~मनु लोहोरुङ राई~ बन्डलै बन्डल मायाको ठेली भित्र कतै एक पन्ना पहाडे कागजमा बाँसको कप्टेरोले लेखिएको ‘म’ऐलानी जग्गाको भरपाई हुँदो हुँ ! एक पुरानू खेस्रा, मेटिन लागेका रैकरी अक्षरहरुको अस्तित्व……’म’ An ancient ego. अब ! विस्तारै आधुनिक डिजिटल खबटाभित्र प्रवेश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वेदना हीनता

~लालकाजी श्रेष्ठ “कमल”~ हरेक विहान झिसमिसेमा त्रासदीको तुवाँलो वीच थरथर काप्दै मैले खवर कागत पल्टाउँछु र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू म वेदना हीनताको समवेदनाका प्रायोजित शब्दहरूवीच

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ काठमाण्डू !

~तीर्थ श्रेष्ठ~ आफ्नै चेतनाका किरणहरूको स्पर्शबाट म ब्यूँझेको छु र, तिमीलाई भन्दै छु ओ काठमाण्डू ! सिँगान खकार थुक र मलमूत्रले आल्हादित छौ तिमी । कसले काटिदियो तिम्रो हात ?

Posted in कविता | Tagged | Leave a comment

कविता : जाग युवा

~अनुराधा पाण्डेय~ हत्या हिंसा आतंकले दन्किएको आगो । शान्तिको महल बल्यो चाहियो शीतल हाँगो ।। अन्धकारमा देश डुब्यो खोजौँ अब ज्योति । धेरै नष्ट गरिसक्यौ रोकौँ अब क्षति ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष

~उर्मिला थपलिया~ ऊ पुरुष तिमी पुरुष तपाईं पुरुष हजुर पुरुष मात्र सम्बोधन फरक ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रप्रसाद

~पूर्ण इन्फादा~ पोतेको छु- पसिनाले यो माटोको कण-कण भिजाएको छु- लछप्पै रगतले अहोरात्र खटेर बचाएको छु- मृत्युको मुखबाट सिकाएको छु- जीवन बाँच्ने कला जीवनको लय बिग्रेका मान्छेलाई मजस्तै दीनहीन बेसहारालाई । सिंगो जिन्दगी सहर्ष दिएँ गाउँलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : छायाँ

~राजेश क्षेत्री~ म धकेल्न खोज्छु यसलाई, पर सारिदेऊ न भन्दै म लत्याउन खोज्छु यसलाई, कहिले देख्नु नपरोस् भन्दै झन् टाँस्सिन्छे, हात तान्दै डोर्‍याउँछे मलाई झन् नदेख्ने गरी कहिले घचेड्छे मलाई । जर्फरिएर बिउँझन्छु, मलाई एक टकले हेरी बस्छे उठेर झ्याल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : चमत्कार

~विचन्द्र प्रधान~ सलाममा जुन रफ्तार छ त्यो नमस्कारमा पनि छैन तिम्रो र मेरो मिलनमा-

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कलमलाई मेरो आज्ञा

~ज्याकब खालिङ~ आज , एकापट्टी सुनको थालमा चाँदीको चामल जस्तो टुक्राहरु राखेर अनि अर्कोपट्टी पात गांसेर बनाएको टपरामा एक सरो दाल-भात राखेर म मेरो कलमलाई आज्ञा गर्दैछु –

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : साँझको चमक

~यि थाइ—गुग~ अनु : केशव सिग्देल ओहो, त्यहाँ पानी उम्लिरहेछ; बादल आफैँ जलिरहेछ एउटा वृत्ताकार ग्लोब आगोको भकुण्डोझैँ दन्किरहेछ यो अहिले अस्ताउँदो क्षितिजमा झुण्डिरहेछ रातो रगतले लत्पतिएको अग्निको महान चक्र अहिले डुबिरहेको छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : कविता ! नाङ्गै पदार्पण मात्र गरी हेर ! !

~डा कविताराम श्रेष्ठ~ भाषाको तरङ्गसँगै अभिव्यक्त भयौ । मेरो मानसभित्र तिम्रो जन्म भएको छ । कविता तिम्रो नाम भयो । मानसपुत्री ! नाङ्गै तिमी जन्मेकी छौ । कुनैपनि आस्थाहरुले म तिमीलाई बेर्दै छैन । नाङ्गै तिमीले स्वाभाविक बाँच्न पर्नेछ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाटो कामीको सपना

~शिव पी नेपाल~ त्यो प्रमिथसको आगोको फिलिङगो, हिजो बिहान् लाटो कामीको आरनमा खलातीको बिंडमा लागेको बाहुबल देखेर सगरमाथाको फेदिमा उत्रिएको एक डफ्फा खैरा पर्यटकझै उत्साहले डुक्रेर चिसिएका नांगा भिमफेदीहरु

Posted in कविता | Tagged | Leave a comment