Tag Archives: kabita

छोक : आस्था

~यज्ञेश~ आस्था हृदयका कुनाकाप्चामा खोज, खोताल मसीका मन्त्र, बोलीका प्रवचनमा होइन, त्यहाँ सायद,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा प्रतिको आभार

~गिरीप्रसाद बुढा~ अनौठो यो ब्रहमाण्ड अनन्त छ नि भनिन्छ यसको शुरु कहाँ हो कुन विन्दुमा सकिन्छ ! ।१। रहस्य मात्रै होइन यो संसार बोधगम्य छ यो धर्ति भित्र मान्छेको अस्तित्व सुन्दर रम्य छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्त यात्राको शुरुवात

~मनु लोहोरुङ राई~ म दैव हुँ ! मूर्खहरुको भिडसंग डराउँछु, र लोचन उघारेर हतार हतार उक्लिन्छु हाँस्दै हाँस्दै म, आफ्नै घरको तलामाथि- किनकि मैले देख्नु छ | यो पृथ्वीको धरातल मैले नाप्नु छ, आकाशको आयतन- साँझ बिहान जीवन खेल्ने आँगन,

Posted in कविता | Tagged | Leave a comment

कविता : चे ग्वेभारा

~उमेश राई “अकिञ्चन”~ मेरो घरको बाटो भएर हिँड्छ देश चे ग्वेभारा अंकित टोप लगाएर युवा जोशमा कस्सिएका मुठीहरु उचालेर क्रान्तिको रातो बाटो घाम डढेको सगरतिर दौडिन खोज्छ देश । चैतको मौसममा आउने आँधी

Posted in कविता | Tagged | Leave a comment

कविता : सुर्खेत छोड्दा

~अमर शाह~ यहीँ रहनेछ उत्तरको अग्लो डाँडो र, यतै छुट्नेछ सूर्योदय र सूर्यास्तमा रंग बदल्ने आकाश भेटिने छैनन् अब बाटोघाटो र बजारमा परिचित, अर्धपरिचित धेरै मुस्कानहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानीलाई खबर

~अभागी थेगुवा~ काठमाडौँ आखिर काठमाडौँ नै रहेछ । उससँग एकपल्ट भेट्ने रहर दोहोरो चिनजान गर्ने इच्छा मसँग नभएको कहाँ हो र ? तर, गुनासाका बिस्कुन लगाउन चार भन्ज्याङ काट्न सकिएन उसले पक्कै चिन्दैन होला

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पना

~निमेष नेवाः~ फुर्सदको समय न यता, न उता वैरागी पहर बिस्तारै चिहाउँछ । मुसुक्क हाँस्छ नवयुवतीको हाँसोझैँ एउटा छुट्टै तरंग फैलाई न साथमा कोही हुनुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्योधन सत्संगमा भिजेका छन्

~कृष्ण प्रसाईं~ देशमा विभीषणहरू जिउँदै छन् । देशमा एकलव्यहरू पनि छन् । जे जति अर्जुनहरू छन् ती अब कुनै हालतमा, कृष्णको बेकारी बहकाउमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्बी ! ए पृथ्बी !

~ज्योति जंगल~ पृथ्बी ! यसरी मात्र हल्लिनू झरुन् मुनामा अल्झिएका शीतका थोपा उक्लियोस बतासको ताप उँभोतिर चलोस चिसो छोएर बतास । तर होस् यसरी मान्छेकै सार्वभौम शक्ति हल्लाएर पटकपटक विध्वंशको अवतार ननाँच्नू,

Posted in कविता | Tagged | Leave a comment

छोक : कुकुर हो रिङरोड

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ दिनभर रातभर एकनास … घुमिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्धन …….

~जुनिता सुब्बा~ हामीले डोरीहरू बनायौं आफुलाई बाँध्नलाई । हामीले सिमाना कोर्यों आफुलाई साँध भित्र राख्नलाई । हामीले भब्य महल बनायौं आपनो लागि मात्र भनेर एउटा बगैंचा बनायौं । आफु मात्र अट्ने ढोका बनायौं । जीव ,पशु ,पंक्षी ,पुतलीहरु नआवोस् भनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देशबाट आएको सन्देश

~बासु श्रेष्ठ~ आज स्वदेशबाट चिठ्ठि आयो रातो रक्तमा लिप्त आँसु र रोदनले भरिपूर्ण वेदनाका चिच्याहट अनि विवशताले भरिएको मेरो मन कटक्क खायो । किनभने मेची कालीमा गङ्गा होईन 

Posted in कविता | Tagged | Leave a comment

कविता : घाम उही हो

~डा तारानाथ शर्मा~ तिहारको यो सुन्दर पर्व विना टीका नै बित्न गयो गाईपूजा कसरी गर्नु? स्मृति मात्र अब शेष भयो लक्ष्मी सम्झेँ मैनवत्तीले सिँगार्न खोजेँ डेरामा भैलो खेल्ने द्यौसी खेल्ने आउँदैनन् अब मेरामा

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय उठ्यो

~युद्धप्रसाद मिश्र~ न्याय ढलेको ठाडो पार्न उभियो बबण्डर चर्को पतनशील अनुहार प्रष्ट भो प्रतिगामीका धर्को आजादीका सही दिशातिर

Posted in कविता | Tagged | Leave a comment

छोक : छोराछोरीहरु

~तीर्थराज अधिकारी~ मेरा छोराछोरीहरु टोलमै गुमनाम गल्लीभित्रको÷जस्तामुनिको घामपानी नछेकिने झ्यालढोकाबिनाको

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमा माया सम्मान

~ठाकुर मान लामा~ मनमा माया, सम्मान जागृत गराउने हो भने दरिला हाथमा पौरखी हात जुटाउने हो भने निश्चय नै धरातल यो स्वर्ग बन्ने छ जसरी माटोले पानीको स्पर्श पाउँदा बाला धानका लहराउँने गर्दछ । थुप्रिएर रहेका मैला मनका फ्याँकिदिने हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वेदना . . . . .

~गोदावरी कुमारी पाण्डेय~ यातायात् सुविधा हैन, विज्ञानको जाल । छानी-छानी के लैनोहै, कठै! पापी काल ।। सब्का दाइ फर्की आए, तिहार आयो भणी। मेरा आँखा आँशु दैव, तैले निको माणी ।।

Posted in कविता | Tagged | Leave a comment

हास्य कविता : स्वभाव !!!

~दयामोहन आचार्य~ आखिर प्रिपेड पनि फोनै त हो नि “त्यसको टिलो” पोष्टपेड लिएर ठूलो सस्तो कपडा के आखा लाउँथ्यो “त्यस्को खालो” महंगो भिरेर ठूलो लोकल पनि त आखिर रक्सी नै त होनी “त्यस्को झोल” रेड लेभल पियर ठूलो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म ज्वाला पिउँदैछु

~भाष्करराज राजकर्णिकार~ निलेर आगो म ज्वाला पिउँदैछु आफैभित्र म कुन युद्ध लड्दैछु जितेरै पनि कुन भूमि टेकु म ? आफै हारेर कुन जीत रोजु म ? कति गर्व जति छ यो स्वदेशको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नः सुखानीको

~देवी नेपाल~ खै ! सिङ्गो ‘राम’को गाथा ? खै ! ज्यूँदो ‘कृष्ण’को कथा ? खै ! सिद्धान्त युगौँ बाँच्ने ? खै ! ज्योति ‘नेत्र’मा यता ? आस्थाले वीरता बढ्छ खै ! ‘वीरेन’ विचारमा ? खै ! ‘नारायण’को त्याग ? आस्था … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अदृष्टि,अवाद अनि अकविता

~बिबश बिप्र~ अदृष्टि,अवाद अनि अकविता दृष्टिहरु आँखाका लागि । आँखा अदृष्टिका खातिर । सभ्यताको कठघरामा अर्धनग्न मेरो घाट आफ्नैँ छातीको उतारचढाव देख्न चाहन्छ । आँखाहरु अदृष्टिका खातिर ….. ऐन्दृक एरिनाभित्र मुक्कावाज कहलिएको क्षण ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दीयोकॊ ईतिश्रीः

~बासु श्रेष्ठ~ तेल हालुाजेल बल्ने यो बत्ती प्रकाश त दिन्छ आफ्नै मुनी अन्धकार छरेर त्यस अन्धकारमा मनपरी तन्त्र चलाउँछ जगलाई प्रकाश छरेको ज्याला लिँदै आफ्नै मुनीको अन्धकारमा आफ्नो बर्चस्व बचाउन नाना भाँतीका खेल रच्छ ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नाइटो सन्काउने !

~चट्याङ मास्टर~ गज्जब फेसन आयो यो, टाउको टन्काउने ! आँखा छोपी चश्माले, नाइटो सन्काउने !! प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेको ! चोली छोटो हो कि यिनको भित्री तन्केको !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो जोकास्टा आमाको समर्थनमा

~हाङयुग अज्ञात~ महावाणी ओ मेरो जोकास्टा आमा अब म तिमीसित बिहे गर्छु, र टाइरासीयस बूढोको छाला काढेर एकजोर जुत्ता सिलाउँछु ! -श्री ५ हाङयुग अज्ञात ओ ! मेरो जोकास्टा आमा जसरी नपुंशक समयको विरूद्घमा कुनै बेला भर्जिन मेरीले येशु ख्रिष्ट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्रै ठूले प्रधानमन्तरी भो !

~गोबिन्दबाबु तिवारी~ हौ झुम्से ! के के न गर्छु भन्थे तोरीलाहुरेहरू खूबै पो गरेछन् त हौ ! अचाक्ली नै गरेछन् छाती पिटी पिटी रुनुपर्ने बखत्मा पनि मरी मरी हाँसेछन् आफ्नो भन्नु त्यै एउटा लँगौटी त्यो पनि सूनको किस्तीमा हालेर बिचरो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सपना देख्ने बानी गरौं

~केशव भट्टराई~ सपना देख्नु पर्छ यस्तो मलाई लागेको छ, मैले, तिमीले अनि हामी सबैले सपना देख्नैपर्छ सपनाविना विपना कसरी सुखद हुन सक्छ र ? कल्पनाविना यथार्थ कसरी श्रृजना हुन सक्छ र ? सपना देख्नमा पनि किन कंजुस्याई ? आखिर सपना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराध बोध

~टंक वनेम~ मान्छेभित्र पलाउने संवेदना पहाड जस्तै ठिङ्ग उभ्न थालेपछि वर्तमानको बिरुद्धमा कविताले नङ्ग्रा तिखार्न थाल्छ, तरवार उध्याउन थाल्छ, बन्दुक पड्काउन थाल्छ, कविताको अनुहार कविता जस्तो नभएर द्वैध चरित्रको नक्कली अनुहारले सिँगारिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सुखको पर्याय

~शिव प्रकाश~ मात्तिएका यौवनहरु पात्तिएका जीवनहरु आधुनिकताभित्र यौनका नवीन सँस्करण घाम-जूनको पर्वाह छैन वसन्तको उन्मादलाई जिस्क्याउँदै छताछुल्ल पोखिन्छन् सभ्यताको आडम्बर ओढेको सभ्य शहरभित्र समय आधुनिकतको

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडकी रानी

~महेश रेग्मी~ तिमी हिँडेपछि तिमीसँगै म हिँड्ने बाटो पनि हिँडेछ । अब मसँग हिँड्ने बाटाहरु छैनन् अब मसँग हेर्ने आँखाहरु छैनन् । छोरी हिँड्ने गरेको बाटोमा एउटा छाया हिँडिरहेको छ तिमी हिँड्ने गरेको बाटोमा लासैलास हिँडिरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रष्टाचारी दुबो

~आयाम फुयाल~ बेजोडले गड्गडाउँछ खोलो गर्जेर बग्छ हजारौँ टरबाइन घुमाउने शक्ति भिरी आउँछ तर… टरबाइन झोलामा बोकिन्छन् र शक्ति गएर गाउँमा पोखिन्छन्! एक साता पछी, ताल बनेको गाउँमाथी हेलिकप्टर भट्भटाउँछ सजीव लासले गिज्याउँछ निर्जीव लासले पनि गिज्याउँछ र तीन पाउण्ड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : साँढेहरु

~तीर्थराज अधिकारी~ यी मान्छेका नामधारीहरु जहिले पनि आफूलाई साँढ नै ठानिरहन्छन् यिनले जन्मदैमा थप उपहारमा दुइटा खुट्टा

Posted in कविता | Tagged | Leave a comment

कविता : रात ढलेको थिएन

~गोपीकृष्ण प्रसाई~ यो रात औंसीको रात आकाशमा टह टह ताराहरु चम्किरहेछन जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला बगिरहेछ कतै जीवन रुपी खोला थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर निन्द्रा बल्झाउनुको पीडाले वार्तालाप चलिरहेछ रात संग आज रात पनि बोल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment