Tag Archives: kabita

कविता : खिचडी

~दिव्य गिरी~ भोकाएका अनुहारहरू निर्निमेष हेरिरहेछन ओदानमाथिको हाँडी अलिकति परम्परा र संस्कृति अलिकति जाति, भाषा अनि भेष अलिकति क्षेत्रियता र सीमाना पनि भिजाएर सहिदका रगत र आँसुले घोलेर सबथोक यौटै हाँडीमा बसालेर खिचडी अगेनुमा जनताका भाग्यविधाताहरू अहम् र अहँकार रीस, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्तव्यबिहिन जिबनको यात्रा

~योगेन्द्र जोगी ‘संघर्ष’~ कोर्दा कोर्दै सकिने भयो जिन्दगीका पानाहरू हेर्दा हेर्दै सकिने भयो मनका सबै चाहनाहरु मुना मदनकै कथा भयो मिलनका सारा परखाईहरु तडपिरहयो मन बल्झिरयो बिछोडका कथाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा वोध र उन्मुक्ति

~केवल गंगा गुरुङ~ टेकिएका कोमल धर्तीमा जव अप्रत्यासीत चट्याङ्गहरु बेजोडले बर्षीदिन्छ यी अल्हादित मनहरु टुक्रा टुक्रा वनि उछीट्टीन पुग्छ तव जोड्नलाई अस्विकार गर्छन् यी संसारका प्रशिद्ध विचारहरु कतै अलच्छिनाको लान्छाना लगाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : गुन्द्रुकको परिभाषा

~स्यानु पाईजा~ जीवनलाई बुझ्न खोजेको बेला जीवन गुन्द्रुक जस्तै अमिलो छ तिमी यस्लाई के भन्छ्यौ ?? म अमिलोलाई मिठो मानेर खान्छु जीवनलाई मैले हरेक कोणमा दाँज्दा हेराई, बुझाई, सोचाई फरक हुन सक्ला समाय र परिवेशमा अलग ब्याख्या होला कोहि भन्दछन- … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै ! यो बर्तमान

~आचार्य प्रभा~ अक्सर म बर्तमानसँग सोध्ने गर्छु आखिर यो संघर्ष,यो लडाईं केका लागि त ? कहिले मन थाक्छ लखतरानसँग कहिले मस्तिष्क थाक्छ हैरानसँग फेरी पनि आउछन समस्याहरु बिभिन्न रूप अवधारण गरी अनी आश्वासनको मल्हम पोँतिन्छन

Posted in कविता | Tagged | 1 Comment

कविता : दृश्य र म

~टंक सम्वाहाम्फे~ दृश्यहरु म देखिरहेछु र हेरीरहेछु मन्त्रमुग्ध भएर एउटा रमितेले झैं क्षण क्षण बद्लीरहने अनेकौ दृश्यहरु लागिरहेछ दृश्यहरु म जुन देख्छु ती दृश्यहरुले मलाई पनि हेरीरहेछ जसरी म दृश्यलाई हेरीरहन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : पागल मान्छेहरू

~मोतीराज बम~ जब उर्लन्छ वेगले धनवान खहरे तब गतिहीन भएर बग्छ विवेकको नदी जब मडारिँदै तमासा देखाउँछ क्षितिजमा दम्भको कालो बादल तब लुसुक्क किनारा लाग्छ क्षमताको किरण जब हुङ्कार गर्छ आडम्बर हुरी बनेर सर्वत्र तब निहुरिन्छ आफैँ स्वाभिमानको धुपिसल्ला भन्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थुक्क म पत्रकार !

~डिल्लीराम अंमाई~ मेरा शब्द घोरिइरहेछन् भाव गंगा किनारभरि मित्र, म कहाँनेर छु ? म कसैभित्र छु रू वा मभित्र कथित अभिशप्त निर्देशित चाह बसेको छ ? हो, मभित्र केही छ जुन मैले चिमोटी रहन्छु अनि, ऊसले मलाई चिमोटी रहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

छोक : बनेर अन्जान

~गणेश पुर्बछाने मगर~ बनेर अन्जान गरे चोखो माया भएछ म बाट भूल क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली पाए धोका स्वार्थी धमिलो रैछ माया छोडेर गईं सम्झना को फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा मिथकको गडतिरमा

~टंक वनेम~ मिथक हो सावाला खोला कहाँ बग्थ्यो खोलाको पानी धमिलो थियो कि ? नीलो थियो मिथकले सप्रसंङ्ग ब्याख्या गर्दैन तर एउटा कुरा चाहि पक्कै हो सावाला खोला वारि पारि मृत्युमा बिजोर बिजोर र उत्सवमा जोर नाल बन्दुक पड्किन्थ्यो उसो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको व्यथा

~अभागी मिनम घायल असफल~ साचो कुरा भनी दिदा, झुटो सम्झी सबै कान थुन्छन ! मनको पिडा सुनाइ दिदा , काल्पनिक भावना भनी दिन्छन !! मुटुको दुखाइ सुनाइ दिदा , कुनै कविको रचना सम्झी दिन्छन !!! दु:खले भरिएको ब्यथा सुनाइ दिदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उही अभिव्यक्ति, अनिद्राको

~शिरिष लामिछाने~ भेट्न नआएकी निद्रा र घुर्की लाउँदै गरेको भोको पेटको सुरमा म भने, निस्पट्ट अन्धकार अनि एक अचम्मको शून्यताबीच आफ्नो कलम नचाउने प्रयासमा छु कलमले नाचेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म बेचिएको चेली हुँ

~चकेन्द्र राई “कैदी”~ मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन किन कि म बेचिएको चेली हुँ भन्छन बेचिएको चेलीको कुनै रहर हुदैन रे । सप्तरगीं सिंगारमा सजिएर हिड्नु नारी पर्व तिज र भाईटिकाहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको नियम र रिती

~अभागी मिनम घायल असफल~ कागजको डुङगामा राखी जिन्दगी नदिमा बगाइ दिउ जस्तो लाग्छ धर्ती छोडि आकाशमा बादल सँगै उडिजाउ जस्तो लाग्छ तर जिन्दगीको नियम यस्तै रैछ यो पापी दुनियाँमा जिउन वाध्य छ! चितामा राखी आफ्नै जिन्दगी जलाई दिउ जस्तो लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो वर्तमान

~टंक वनेम~ भुण हत्याको भागीदार जूनघाम जुठो पारेको अभियोग कण्डमले खोसेको बीर्य स्वतन्त्रता न्यूमेरस नियन्त्रण गर्न नसकेर आधुनिकताको रङमा रङगिन्दै सडक नाप्छ पाइतला घाम हराए पनि या जून उदाए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : राजमार्ग र गुरुजीहरु

~टेकब कोइराला~ पहिले पहिले राजमार्गहरु अग्घोरै चल्तीमा थिए चक्काहरु गुड्थे रातोदिन यो बिसौनीपछि ऊ बिसौनी फलानो बस्तीपछि ढिस्कानो बस्ती गुरुजीहरुलाई मनग्गे ‘मालुम’ थियो। आजकल राजमार्गहरु अग्घोरै उराठलाग्दा छन् चक्काहरु महिनौसम्म जाम हुन्छन् मंसिरको चार–पाँच गते चक्का गुड्छ फेरि अर्को पालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी

~इस्माएल सुब्बा~ तिमीले त केवल सजाउन चाहेको थियौ एउटा अर्थपूर्ण जिन्दगी, र नै मागेको थियौ, केहि महत्वपूर्ण कुराहरू… एउटा टुक्रन्दै गएको पेन्सल, जसले कोर्न थियो जिन्दगीका उकाली-ओरालीहरू, अग्लो अग्लो आशाका पहाड, र चौडादार भित्ताहरू प्रयासको। लेख्नु थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णाली !

~सुरज दाहाल~ कर्णाली ! उनी चट्टानहरु सग जुध्दै मानसरोवर बाट झर्छिन भिमकाय पहाडलाई छल्दै मुगुमा स्वास फेर्छिन हजारौ जलचरलाई गर्भमा बोकेर कालीकोटेलाई चुम्बन गर्दै रारा ताल सग सहबास गर्छिन डोटीको पसिनाको तालमा अछामको सपनाको छालमा उनी हजारौ वर्ष हराएकि छन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सोध्नु

~इस्माएल सुब्बा~ ढुङ्गालाई सोध, पानीलाई सोध, र सोध हावालाई पनि। अफ्रिकाको ढुङ्गालाई सोध्नु कि त्यसमा र इजिप्टको ढुङ्गामा के छ र फरक? के त्यो दुवै मिलेर बनाउन सक्दैनन् र एउटा सुन्दर घर?? सोध्नु टिस्टा-रङ्गीतलाई

Posted in कविता | Tagged | Leave a comment

छोक : नयन भरि

~गणेश पुर्बछाने मगर~ नयन भरि रोदन आँसु छ गहभरी तिमि आफै भन छोडी जाने निर्मोही

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना र जिन्दगी

~गंगा पौडेल~ सायद सुन्य निर्जन बाताबरणले मेरो मस्तिस्कलाई एकोहोरो बनाई रहेको थियो सुनसान अन्धकार एक कुनामा म

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो लाग्छ

~कुन्साङ तामाङ~ आफ्नो त जेल जस्तो घरवार लाग्छ। जिन्दगी बारे सोच्छु,बडो दिक्दार लाग्छ ।। त्यो जमिन त्यो दरबारको मालिक। सिर्फ एक चिहानको जमिनदार लाग्छ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी

~सन्तोष सागर~ होईन !होईन, त्यो एउटा संयोग होईन,अनि कुनै त्यस्तो स्वार्थ होईन,फूललाई फुल्न सिकाउनु पर्दैन,घामलाई उदाउन पनि सिकाउनु पर्दैन।चिरविर चिरविरगर्दै भुर्र भुर्र उड़्न खोज्ने त्यो सानो चरीले कहिल्यै सिक्नु पर्दैन।किनकी यी सबै प्राकृतिक हुन्।यी सबै एउटा पूर्व कल्पनाहरू हुन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बचाउनुपर्छ

~ललितकुमार न्यौपाने~ पृथ्वी तिम्रो दुख:ले आज्र्याको मुलुकमा आज , ठुलो संकट आएको छ । तिम्रो दुई ढुंगाबीचको तरुलमा आज , सबै खाले प्रहार भएको छ ।। घुस खाने भ्रस्ट ,स्वार्थी , विदेशी दलालहरुले देशलाई रसातल तिर धकेलिरहेछन् । कालाबजारी र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा ! मोबाइलमा इन्टरनेट हालेको छु

~महेश दाहाल~ एक दिन त सोधिन् आमाले दिनैपिच्छे के कोट्याउँछस् हौ त्यो मोबाइलमा ? भनेथेँ मैले- घर बसेरै संसार देख्न थालेको छु मैले पनि दुनियाँ बुझ्न थालेको छु आमा ! मोबाइलमा इन्टरनेट हालेको छु। आमाका रङ्गी-बिरङ्गी सपनाजस्तै सहरहरू आमाकै समयका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सपना अनि चाहाना

~अभागी मिनम घायल असफल~ पँक्षी बनी आकाश चुम्ने रहर थियो तर मेरो रहर खोटो रहेछ रहर-रहरैमा सिमित भईदियो ! सुन्दर फुल बनी सुबाश छर्ने ईच्छा थियो तर मेरो इच्छा अपुरो रहेछ फुलको अस्तिथ्यो भुइमा झरी गयो !!

Posted in कविता | Tagged | Leave a comment

कविता : आफनै धर्ति प्यारो

~तारा पौडेल~ छिद्राबाट चिहाएर हेर्न मैले खोज्या । आफ्नो देश छोडी मैले विदेशलाई रोज्या ।। अर्थहिन संसारमा अस्तित्व नै मेट्या । जात धर्म, भेष भूषा सबै अर्कै भेट्या ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आज मेरो सालिकको अनावरण

~यतिराज अजनबी~ मलाई कुनै उदभास थिएन न थियो कुनै आस नै समय शेक्स्पियर बन्छ भन्ने तर थाहा पाऍ जब म छक्क परें म बाँचिरहेंको थिएँ नाचिरहेंको थिएँ मेरै दुनियाँमा तर मलाई विधीका सांसदहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्काइभको लागी

~निर्जला अधिकारी ~ आमा! आज म कोर्दै छु तिम्रो, मेरो वा हाम्रो चित्र कतै धुमिल कतै तिख्खर रंङहरु र बाङ्गो अनुभवको कुचिले तिम्रो टुटेको सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : तरंगको बम

~गोविन्दप्रसाद आचार्य~ विचारलाई बमले खान्न किन जानेनौं बम भन्दा विचारको तेज मानेनौं बम हारेको इतिहास सम्झौताको पाऊमा विचारविहिन बमको धम्की कवाडीको भाऊमा (१) हारेकाले पेट पाले बमको धाक लाएर माफी मागी सक्याछन् सम्झौतामा झुकेर मागी खाने भाँडो हो बमको धाक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~अभागी मिनम घायल असफल~ जिन्दगीले बाटो भुल्यो मेरो संसार अन्धाकार भैदियो जिन्दगीले गल्ती गर्‍यो सजाय आज मैले भोग्नू पर्‍यो

Posted in कविता | Tagged | Leave a comment

कविता : उदाश

~सागर कार्की~ तिमी छौ र त मायाको आश छ । जसै फूलमा मिठो सुवास छ ॥ म नखरा गर्छु तिमी गालि गर्छौ अनि लाग्छ जिवनमा प्रकाश छ ॥

Posted in कविता | Tagged | Leave a comment