Tag Archives: kabita

कविता : यो मेरो संकल्प हो

~इप्सुल मगर~ लालीगुराँसको रंग भन्दा गाढा वनोस् शिर ठडाएको सगरमाथा भन्दा उच्च वनोस् आ – जीवन हाम्रो सम्वन्धमा वषन्त छार्इरहोस् यति मीठो र अटल हाम्रो सम्वन्ध वनोस् ताकी प्रत्येक पल कोईलीले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : संघियता

~उमेश राई ‘अकिञ्चन’~ शासक तिमीलाई घडि मनपर्छ वा समय ? शासक तिमीलाई फूल चाहिन्छ कि माली ? भन तिमीलाई मेरो कविताको कस्तो हरफ मनपर्छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटकभित्रको नाटक

~सूर्यविक्रम याक्खा~ लेखिए कविताहरु , तिम्रै नाऊमा चढाएर , संयोग पछि वियोगको ,नाटकभित्रको नाटक खेलाएर ! म वीर , वुद्व जन्मेको , म शान्तिलाई , सिमाना पारी हस्तक्षेप गरिन्दै छ । मेरो शिर सगरमाथा ,रैरहे पनि , देश भित्र-भित्रै ,लुछाचुडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घाँसको नृत्य

~टंक वनेम~ लहलहाउदो घाँस हल्लि रहेछ कहिले यत्ता कहिले उत्ता जसरि बहन्छ हावाको गति मानौं- निलो आकास प्राकृतिको नाटक हेरिरहेछ किट पतङ्गहरु स्वर मिलाई रहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ, म र अप्रिल फूल

~शिरिष लामिछाने~ झ्यालबाट यसो पर्दा उघारी हेर्दा हिजोदेखीको हिउँ पुरु-पुरु अझै परिरहेको देखेँ ढपक्क हिउँले छोपिएको आफ्नो कालो बाहनमै मैले सेतो अन्नपूर्ण र माछापुच्छ्रे देखेँ। एक साथीको निम्तो आयो “क्रिसमसको भेटघाट छ, घर आइज है” म गएँ र सहभागी भएँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रशासन साक्षि बन्ने बेला आएको छ

~चकेन्द्र राई “कैदी”~ अन्यायमा परेकाहरुको लागी न्याय दिलाउने राष्ट्र कै एक अभिन्न अङ्ग निस्कलंक मानिन्छ प्रशासनहरु । सबै सबै निर्धा जनताको बिश्वास र आस्थाको केन्द्र बिन्दु समाजको आदर्श मान्छे मानिन्छ प्रशासकहरु । तर यो मानवताको पराकाष्ट भन्नै पर्छ जहाँ कार्यलय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अलमलमा

~प्रमोद अमात्य ~ शहरिया भएँ जस्तो कहिले कहिले गाउँले नै रहे जस्तो अलिकति हराए जस्तो अलमलिए जस्तो छ उ किनकि, शहरको भीड र भागदौडमा गाउँ खोज्दछ उ गोठ र गोरु नपाएर यहाँ झोक्राउँछ उ पहरा पखेरु मै फर्क न भन्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलै त

~दिलिप योन्जन~ फुलै त टिप्छ नि मान्छे काडाँ कस्ले टिप्छ र खुसी त लिन्छ नि मान्छे ढुख काहाँ साट्छ र। हुदा खादा पो आफ्नो मान्छे नभए सबै पराई

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्त चन्दन

~टंक वनेम~ जराहरु मक्किएर काण्डहरु नफले पछि त्यहि रुखका पातहरु त्यहि रुखका डाँठहरु त्यहि रुखका काठहरु अर्को शब्दमा- रगत जस्तै रातो देखिने बाशनादार रक्त चन्दन अरनिको राजमार्ग हुँदै खासा पुग्छ अचेल र

Posted in कविता | Tagged | Leave a comment

कविता : खरानी

~प्रतीक चाम्लिङ~ उराठीलो गोधुली अस्ताउनै लागेको घामको मिहीन किरण समुन्द्रको छाल संगै डुब्दै र तैरन्दै मधुरो टल्किरहेछ मबाट फुत्केर निस्केको चुरोटको धुवा पर क्षितिजलाई ओझेलमा पार्दै मेरै आंखाको सामुबाट फुस्स फुस्स आकाशतिर उडिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बस्तीको गित

~राम चाम्लिङ्~ छर्दा छर्दैको बिउ मुट्ठिमै नसकिदै बगाएकै हो हल गोरु बगाएकै हो घुरेन मारुनी नाच्ने आगन चिरा-चिरा परेर भासिएछ जग अनी ढलेकै हो घर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अगेनाको छेउबाट

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ एउटा भेटमा जब हामीले आगो फुक्यौं ताप्यौं र निभायौं, मैले उसलाई संतोषको स्वरमा भने- यो सुख मलाई उद्विकासले दिएको होस्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी मेरी

~अमन महर्जन~ आहा! कति राम्री गुलाब सरी तिमी काँढै काँढा बिच फक्रीदिन्छौ हिलै हिलोंको दल्दलमा पनि तिमी कमल बनी मुस्काँउछौ कालो बादलको संनाहट्मा सुनौलो आशा बोकी फलिदिन्छौ उकुस मुकुस र पिडामा तिमी प्रेरणा लिई उदाँउछौ आहा! तिमी त आशाढको पन्ध्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : भो अब त

~गणेश पुर्बछाने मगर~ भो अब त रुदिन भन्छु रसिन्छ यी नयन हरु उफ सम्झन्न अब त भन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखा चिम्लिदा

~शिरिष लामिछाने~ मेचमा बसिरहेको म र बत्तीमा एकोहोरिएका मेरा आँखा एकछिनलाई झिमिक्क हुँदा नियाल्छन् मेरो अतीतलाई र, प्रोजेक्ट गर्छन् फ्ल्याष्ब्याकहरु मेरो मानसपटलमा एउटा फिलिम हेरेझै

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धलाई तरवार थमाउनेहरु

~दोर्जे तामाङ~ राज्यसत्ताको मतियार कतिसम्म स्वार्थको तलाउमा डुब्ने र’छ भने सङङिनहरुको आड भरोसामा एक छाक जोर्दै गुजारा चलाऊने बर्खे जुकाले चुसेर सिठ्ठो भएकाहरुलाई, आतङ्ककारीको विल्ला भिराउदै गुण्डाराज हतियारधारी सेना जवानलाई तक्माको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रदेशीलाई जन्म-भूमीको सन्देस

~दीपेन गर्बुजा~ स्वदेशमा हुँदा तिमी धेरै दयालु थियौ आफ्नो कर्त्तब्य पुरा गरेर नै छाड्छु भन्दथ्यौ तिम्रा ति अठोटहरु देखेर मेरा यी मनहरु सधै खुशी हुन्थे तिम्रो त्यो लगन्सिलताको कदर सधै गरिरहन्थे तिमीले मेरो हरेक क्षेणहरुको मर्म बुझिदिन्थ्यौ स्वदेशीमा हुनु पर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मातेको सुरमा इतिहासको रचना

~टंक वनेम~ अराजकताको कालो ख्याकले देश तर्शाइ रहेको बेला ए… देशका नेताहरु हो ए… देशका पेशागत बुद्धिजीबीहरु हो ए… लेखक पत्रकारहरु हो अधिकार प्रतिबन्ध भएको बेला मौलिक हक निलम्वन भएको बेला आउ बरु एकैछिन बत्तिस पुत्तलिको भट्टपिसलमा मज्जाले तोङबा तानौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नागरिक सर्बोच्चतामा मेरो मत जाहेर

~डी. वी. पालुङ्वा~ धार्मिक अपनत्व र सहिष्णुता उल्लङघन गरेर मैले आफ्नो धर्म छाड्नै सकिनँ कि यो सत्य हो यो सत्यमा कायर र कांतर, आदर्श र सिद्धान्त प्रतिपादन गर्न मेरो आत्माले मञ्जुर गरेन अझ यो राजनीतिक अवतरणमा यहां लोगो र झण्डा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै देशमा सुकुम्बासी भएको छु

~तीर्थ संगम राई~ पोहोर सालका बसन्तहरू ईलामको चिया बगानभरि छरिएको देख्दा लाग्थ्यो, यसपाली चाँडै फूलहरू फुल्नेछन् आगनका डिलभरि सयपत्री र मखमलीसँगै शरदले पनि खुसियाली मनाउनेछ तर हैन! यो मेरो क्षणिक भ्रम रहेछ, ती फूलका डालीहरू बिछिप्त बनेर मृत्यु शैय्यामा लडिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डर

~शिरिष पराजुली~ डर ! हो डर छ म भित्र सायद तपाइँ भित्र पनि निहित छ मेरो मात्रै एकलौटी सम्पति पो कहाँ हो र ! डरको सिलसिला बालापन देखि अहिले ठिटो हुँदा अनि विस्तारै वृद्दावस्था, बालापनमा ठूलो हुन्न कि भन्ने डर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश ,नेता र सहमति

~स्वामी सुभाष चन्द्र~ छोरा छोरी बुझकी छन् 
बुढा-बुढीले
 जे पकाएर दिए पनि
 सन्तोक मानेर, खान्थे 
हिजो पनि सन्तोक मानेर 
खाएकै हुन्
मिठो लाग्यो? 
उनीहरूले कहिल्यै सोधेनन् ..
 यस्तो लाग्यो,
 यनीहरूले पनि भनेनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो तस्बिर ईन्टरनेटमा देख्दा

~दीपेन गर्बुजा~ तिम्रो तस्बिर ईन्टरनेट मा देख्दा अतित का याद हरु आयो ती पलहरु सम्झिदा १-२ शब्द लेख्न मन लाग्यो ………………. तिमी सँगको पहिलो भेत मा हाम्रो नजर हरु जुदिरहन्थ्यो वैषाख-जेष्ठ को गर्मी मौसम मा

Posted in कविता | Tagged | Leave a comment

कविता : भोका उडुस

~सूर्यविक्रम याक्खा~ चेप्सो टाँसीएका ,फनफनी घुम्दै , गाँऊ,वस्ति-वस्तिहरुमा , ओछयानको चोसा-चोसामा , चाहारिएर ,सुटुकै वसे छ , ति भोका उडुसहरु …, कोही चिच्याउदै कार्पेट र भित्ता-भित्तामा दगुरी रहे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच तिमीले बाँच्नुपर्छ ! तिमी भन्छौ

~ठाकुर बेलवासे~ यात्रामा देखिँदै गरेको उज्यालोले आँखामा पट्टी बाँधेर मलाई डोर्‍याइरहेको हुन्छ । आँखाको लोभ नगर लोभ नगर हात र खुट्टाको अग्निकुण्डमा हाँसोलाई आहुति दिएर तिमी भन्छौ बाँच, तिमीले बाँच्नुपर्छ । मेरा लागि केही बाँकी छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रास

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ ब्रह्मलाई शुन्य बाकसमा राखेर म भुँडी मात्र लिएर बाटोमा हिंड्छु म स्वतन्त्रताको सिमाभित्र छैन म बाहिर छु यहाँ,मान्छेहरु अराजकतालाई नै स्वतन्त्रताको सगरमाथा ठान्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा मध्यरातको कथा

~सन्दिप बडाल~ एउटा मध्यरातको कथा कसलाई सुनाउँ थाहा छैन एउटा आर्तनादको कथा दबेकाछन् मनभित्र पिडा अनि चोटहरू घाउमाथि काटेको छ, आला भा’छन् खोटहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : नगर बधुहरुको आवाज

~दयाकृष्ण रार्इ~ लाटाको देशमा गाँडहा तन्नेरी भएर आयो गणतन्त्र दरबारबाट काँचुली फेरेर संग्रहलय बनेर, डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर फिस्स हाँसि रहेको छ नारायणहिटी ! नयाँ नेपालको नयाँ संबिधान चाहि के भएर आउने हो कुन्नी ? सबै कुरा नाँपे,

Posted in कविता | Tagged | Leave a comment

कविता : छुटेको बागदाता

~दीपा राई पुन~ सपनाहरु उडेर समय स्तब्ध उभिएको बेला सुनसान मलाई तिमीले प्रेम गरेको क्षण मप्रतिको निश्चलता मायालु लाग्या मरो नेप्टे ! दूर देशबाट पनि चिम्सो आँखा अझ चिम्सै पार्दै मायाको मिठो धुन सुनाउँदा हत्केलाले आँसु पुछ्दै मलाई हाँस्दै बाँच्नू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बलिदान उठ्यो

~युद्धप्रसाद मिश्र~ रक्तक्रान्तिको ज्वालामुखिमा आज उठेको यो बलिदान श्री नढलेका युवा युवतीको हृदय हृदयको स्वाभिमान आज उठेको………… सानो एक झिल्कोबाट बढ्दै जान्छौं लाख जवान न्याय बचाउन देश उचाल्छौं गर्दै जान्छौ अर्पण प्राण आज उठेको………..

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी एक जुट हौ

~दीपेन गर्बुजा~ उ हिमालमा बस्छ उस्लाई भोटे भन्छन् म पहाडमा बस्छु मलाई पहाडे भन्छन् उनी तराईमा बस्छिन् उनलाई मदेसेनी भन्छन् उठौ साथी हो उठौ हिमाल,पहाड र तराईका साथीहरु हामी एक जुट हौ

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वयुद्ध अन्तिम विकल्प

~निर्भीक रार्इ~ (धन्य हुने नेता र वैज्ञानिक) विश्वमा दैनिक पाँचलाख भुँडी घटे सातलाख थपिँदा र पृथ्वीचाहिँ एकइन्च पनि नबढ्दा वा बेलुन फुलाए झैँ पृथ्वीलाई फुलाउँन नहुने हुँदा खरबौँ वर्ष पछि भए पनि अन्न, फलफुल उभ्ने सबै खेतबारीमा र पशुपन्छी चर्ने, … Continue reading

Posted in कविता | Tagged | Leave a comment