Tag Archives: kabita

छन्द कविता : चिन्ता

~इलामेली टीकाराम दुलाल~            तोटक छन्द अभिभाज्य कुरा छ बिभाजनमा सुख छैन अरे जनको मनमा किन भाग र अंश लगाउनु खै इतिहास सधैँ छ नि हो जिउदै ।१। किन मास्नु सबै बिरुवा फलको लिन स्वार्थ र … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : टिष्टा र राबी नदीका सपनाहरु

~टंक वनेम~ इतिहासको गर्भ मै टुहुरा भएर दाम्साङ गढी र राबी नदी सुगौली सन्धिले बारेको मेचीको धार चिमोटिन्छ दिनदहाडै कोपारिन्छन् जङ्गे पिलरको नाङ्गो छाती सुस्केरा हालेर हर्रर …. बग्छ रे टिस्टा नदी । असल छिमेकी रोजेर नपाइने भए पछि

Posted in कविता | Tagged | Leave a comment

छोक : हाँसु म के गरि

~गणेश पुर्बछाने मगर~ नयन भरि रोदन आँसु छ गहभरी तिमि आफै भन छोडी जाने निर्मोही

Posted in कविता | Tagged | Leave a comment

कविता : खाडी देश नआउनु है चेलीहरु

~चकेन्द्र राई “कैदी”~ एउटा नेपालीको आशुले अर्को नेपालीको मन रुन्छ भने एउटा नेपालीको दुःखले अर्को नेपालीको मन छुन्छ भने भन्नु पर्छ हामी नेपाली हौं भनेर । हामीमा आत्मीयताको मिठो नाता रहेछ भनेर । हामीलाई तुलसी महत्तो को यथार्यले रुवाएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सेक्युरिटी गार्ड

~जुनु राना मगर~ लौ ! एकोहोरो हेर्दाहेर्दै मनमनै टोलाउँदै घरीघरी झिपिक्क हुँदा-हुँदै माईलाको आँखा थाकेछन् १२ घन्टासम्म उभिँदा खुट्टाहरु पाट्टिएर दौडन खोज्दछन् रे ! तर, खुट्टामा फलामको जागिरे साङ्लोले दौडिने अनुमतिमा भोटे ताल्चा लगाईदिएको छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ हे अतिरन्जित चमकहरु हो ! मेरा आँखाहरुको ज्योति लैजाउ र चम्क तिमीहरु अझ धेरै तिम्रा प्रकाशहरुमा विभेदको कालो जिउ झन छर्लङ्ग भएर देखियो

Posted in कविता | Tagged | Leave a comment

कविता : बिश्वासको बीज छरेर उमार जनजनमा

~बिष्णु नन्द चाम्लिंग~ सुन्दर नेपाल र्सबभौम राज्य इतिहाँसले त भन्छ पहिला त थियो अरे बिशाल नेपाल अंगे्रजले निल्यो रे टिष्टा र काङ्गडा लडेर देखाए अरे बहादुरी खुकुरी कै भरमा बलभद्र कुँवर र उनका सिपाहीँहरुले छुन दिएनन् अरे बाँकी भूभाग परन्तु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कार्टेली

~दीपक कुमार ज्ञवाली~ बोल्नेहरु बोल्दै गर्छन् सधै आफ्ना लागी आफ्नै छापाले छाप्छन् आ आफ्नै बोली सञ्जालै सञ्जालले जेलिएका तिनीहरु । एउटालाई पिडा हुँदा फट्कार्छन् जिव्राहरु । बोल्ने छैनन् रगत नपाई मर्नेहरुका लागि । भोको पेटको हातबाट खोज्छन् तालीहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खलासी

~महेश बराल~ च्याखुरे ज्यान, जसरी च्याखुरिएको छ उसको कर्म । रुखो बोली, जसरी रुखिएको छ उसको हातको पैसा । गाडीको एकोहोरो प्याँ प्याँ धुन, कोलाहलको एकसुरे भुनभुन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम र मित्रता

~रश्मिला कवाङ~ एक्कासी सम्झना लिएर आयौ तिमी उषाको लालि जस्तै उजेली बनेर मौन रहेरै बसेका थियौ मनमा र त त्यसैत्यसै हरायौ स्मृतीपटमा सपनाका लहरमा तैरिँदै तैरिँदै मिठै निन्द्रामा सफलताको शिखर चुम्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो यात्रा अब अन्तरिक्ष तिर

~डी. वी. पालुङ्वा~ गुज्रिएर म्याद सपनाको त्यो मधुमासमा उपेक्षित त्यो मृत्युको ढोका ढकढक्याएर नखोलिएका ती देउलहरुबाट च्यातेर तमसुक जिन्दगीको एउटा वेवारिस लासको उठाएर मुचुल्का पुरा हुन नसकेको फेहरिस्त न्यायधिशको इजलासबाट तारिक लिएर फर्किएको म आखिर आखिर गुन्जायस के हो भनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तीजकी चेली

~गणेश घिमिरे ‘मार्मिक’~ वर्षदिनको तीजमा माइती आएकी चेली कहिले देखु कहिले भेटुको आतुरी बल्ल आज पुरा भएको छ । आमा-छोरीको भलाकुसारी आएँ आमा आएँ फकाएर भएपनि आएँ घुर्क्याएर भए पनि आएँ माइती गाउँको आँगन आमाको मायालु हातले बनाएको दर खाएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नैरस्यता

~इलामेली टीकाराम दुलाल~ शार्दुलबिक्रिडित छन्द के लेखौँ अब खै सुरम्य कविता को काब्य बुझ्दो छर ? ब्यर्थै यो किन खै उठाउनु पिडा मान्दैन यो दिल तर ! एक्लै हुन्छु बिताउदा सफरमा यो जिन्दगीको पला थर्काएर तितो मिठो र लयमा ब्यर्थै दुखाए … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : यथार्थ

~अभागी मिनम घायल असफल~ आकाशको तारा गन्दा~गन्दै बिहानिको मिरमिरे भईसकेछ पिडाको भारी बोक्दा~बोक्दै आधा जुनि बिती सकेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : म एउटा लज्जा लेख्न चाहन्छु

~चकेन्द्र राई “कैदी”~ लगाम लगाएको घोडा जस्तै मेहेमा बाधिएको गोरु जस्तै हरेकको गलामा बाँधिएको छ एउटा कुसंस्कारको साङलो त्यसैले भर्खरकी तिन चार जान तरुणी चेलिहरु लठ्ठकिो साहाराले मात्र हिड्न सक्ने एउटा जिजीविषालाई पछ्याई रहेका छन , आफ्नो पतिदेव संम्झेर…………। आँखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : तड्पिएको मन

~भबिलाल गौतम~ दुखै दुखको जिबन मेरो , सुख भन्ने थाहा छैन ! जल्छ मुटु तड्पिन्छ मन ,

Posted in कविता | Tagged | Leave a comment

कविता : बेचिएकी कविता

~सूर्यविक्रम याक्खा~ एक काँदे झोला ,निलो कलरको घामले पिल्सिएर खैरो-खैरो परेको , झोला भित्रको मेरो कविता , धेरै साल भो हराएको । देखे मैले उनीलाई , शहर भित्र रमाएको , भेटे मैले उनीलाई , अखबरमा छपाएको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली सेक्युरिटी युध्द-भूमिमा

~दीपेन गर्बुजा~ मकै खुईल्याउने हातहरुले म्यागेजिन भित्र एम्मुनिसन भरिरहेका छन् हसिया, हलो अनि कोदाली समात्ने हातहरुले पिकेम, एम-सिक्स्टीन, एम-फोर एके-फोर्टीसेभेन अनि पिस्तोल समातिरहेक छन खेत-वारी अनि वन-पाखा जाने पाइलाहरु

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मुमा

~इलामेली टीकाराम दुलाल~ पञ्चचामर छन्द जदौ जदौ महामहिम् जदौ गरेँ गरेँ यसै झुकेर शष्ठअंगले प्रणाम गर्छु है यसै बिचार उच्च राखने महा महा म ठान्दछु तपाइनै महा गुरू म एक ब्रम्ह मान्दछु ।१। मलाइ सृष्टि गर्नु भो र हेर्न पाइयो धरा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : प्लास्टिके कुकुर, रात र म

~शिरिष लामिछाने~ निशाले व्याप्त जगतको एक कुनामा एउटा शहर छ जहाँ कयन् घरहरुकाबीच मेरो घरको एक कोठाभित्र म छु,अनी बत्तीको मधुरो प्रकाश छ र छ, टेबुल माथि राखिएको एक कुकुर एक निश्प्राण कुकुर, जसको निर्माण प्लास्टिकद्वारा गरिएको छ। शून्य वाट्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोविज्ञानको शक्ति

~निर्भीक रार्इ~ (भगवानको परिचय) भगवानहरु सिर्फप्रतीक हुनाले सबै भगवानको रुप फरकफरक भएको । विश्वास लिए गुइँठाले पनि वरदान दिने वा भगवानको काम गर्ने । विश्वास नलिए स्वम्भुभित्रको सिद्घार्थको मूर्ति वा पशुपतिभित्रको शिवको मूर्तिले पनि आत्मबल वा वरदान नदिने ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिकिर

~टंक वनेम~ मरि सकेकि आमा खाप्पुना मरङ्ना छोरा छोरीको मायाले नसकेको मेलोमा आई रहन्थिन् र भन्थिन् ए नानीहरु हो ! मेरो मृत्यु भएको थाहा हुँदा हुँदै तिमीहरुको मायाले साँच्ची मर्नै सकिन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश रोएको बेला………

~तीर्थ संगम राई~ मेरो देश रोएको बेला……… छचल्किन्छन्…। पोखीन्छन्……। तप्प- तप्प चुहिनै रहेको छ अविरल आँशुका थोपाहरु…। तिमी भने मेरो जीवनको संघारमा मेरो स्वागतको निम्ति हातमा एक अाजुली मुस्कान सहित प्रेम पत्र लिएर उभिरहेकी छौ ॥ तिमीलाई म के भनुँ

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली आमाको मन

~मुक्ता सापकोटा~ सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन् चिन्ताको तापले हरपल जलेको छ दनदन् खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो कहिले म माथि पर्‍यो अराजकताको पासो हरेक चोटिको परिवर्तनले आश पलाउँछ

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रतिष्ठा

~आभास~ जाडोमा ओढ्न नमिल्ने भोकमा खान नमिल्ने आफैँले काँधमा बोकेको

Posted in कविता | Tagged | Leave a comment

कविता : निख्लाम आकाश माथि तिर्खाएको एउटा छाती

~डी. वी. पालुङ्वा~ प्रियतमा के म तिमीबाट एउटा शुन्दर तर श्वेत पङखको उडान भन्दा कोमल असिम आकाशबाट यी धर्तिका क्षितिजहरु माथि पुरै स्वेत एवं रेसादार पर्दा खसालेर एउटा अनौठो स्पृहतामा अनुपम भेटको आशा गर्न सक्छु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : बोध: एक दर्शन

~रामगोपाल आशुतोष~ उज्यालोको आशा देखाएर अँध्यारोतिर धकेलिदिएको म असारपुत्र छायाँको जीवन हुन्न भनेर भर्खर बुझ्दै छु । असफल प्रेमीले झैं बुझ्दै छु छायाँ जीवनको अभिशप्त नियति पिताले झैं बुझ्दै छु भीमकाय जीवन, गरिबी र अभाव शिशिरको ठिही- अभिशप्त तृष्णा

Posted in कविता | Tagged | Leave a comment

कविता : कोही आऊ

~यज्ञेश~ कोही आमा आऊ यहाँ बुद्ध जन्माऊ, कोही पिता आऊ आफ्नो छोरा पि.एन.शाह बनाऊ, कोही गुरु आऊ कैयौंलाई अर्जुन शिक्षा दिलाऊ, कोही भाइ आऊ लक्ष्मणको प्रेम साथ ल्याऊ, कोही छोरी आऊ भृकुटी बनी आऊ, कोही पत्नी आऊ जानकी भइ नाम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुत्तरीत चित्र

~प्रतीक चाम्लिङ~ जिन्दगी – एउटा खाली क्यानभास जहा बांच्नुको अनगिन्ती चित्रहरु केरमट केरमेट भइरहन्छ म क्यानभासमा कूची, रङ्ग र पेन्सिलले आफ्नै जिन्दगी उतार्नु चाहन्छु । तर औलाहरु लरबराउछन् उफ ! कुन विन्दु देखी शुरु गरु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : चेली

~गणेश पुर्बछाने मगर~ लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई कलम र पुस्तक को साथ मा झोलाको भारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भन्नोस् न , पण्डित बा !

~कृष्ण बिश्वकर्मा~ भन्नोस् न, पण्डित बा ! हामी, किन चुम्बकका दुई ध्रुव झैँ भयौं ? मथिङ्गलको ध्रुवीकरण कहिले सम्म हो ? विकर्षणको विकर्षण कहिले सम्म हो ? हजुरले, बिर्ता पाए झैँ गुरुकुलको, सुविधा पाउनु भो संस्कृतमा दिक्षित हुनु भो म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उर्लेको भेलभित्र

~सूर्यविक्रम याक्खा~ वर्षा साउनको झरीमा एक तमासाले पानी परिरहयो । भिजेका शरिरहरु थर्रर-थर्रर काम्दै निलो कालो भएका ओठबाट कि..टि..टि -कि..टि..टि.. जुधेका दांतको आवाज आईरहयो । उर्लेको भेलभित्र चिच्याउदै , मायाले भरिएका निश्चल पोकाहरु ,

Posted in कविता | Tagged | Leave a comment