Tag Archives: kabita

छन्द कविता : मनको त्यो स्वतन्त्रता

~प्रविण अर्याल~ छन्द : पञ्चचामर हैन हैन हुदै हुन्न, भन्छ मन स्वतन्त्र झै । अविच्छिन्न महाकाश, मित्रबद्ध भर्इ उसै ।। तर हुन्छ कुनै अर्को, भनेको त्यो हुदैन झन् । हुन्छ हुन्न भनी केही, लछार्दैन स्वतन्त्र मन ।। सकेको जति कोशिस्ले … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : महाकाव्य लेख… !

~गीता त्रिपाठी~ महाकाव्य लेख कवि, मेरो दुःख टिपी दुनियाँले बुझेन खै यो आँसुको लिपी ! झेल्दैछु म महाभारत, शकुनिका पासा, बुझे पनि नबुझे झै कपटका भाषा !

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध

~नन्दलाल आचार्य~ १) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मनमनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटकपटक भूकम्प ल्याइस् सडक तताइस्, न्रि्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुनाकन्दराबाट र्समर्थन भेटिस्

Posted in कविता | Tagged | Leave a comment

कविता : अनागरिक आवाज

~शशि लिम्बू~ ढालेर बूढो रूख आफैंलाई होमिदिएँ मैले दावानलमा र, लगाएर निधारमा आफ्नै आँसुको विभूति गरेँ— श्रद्धापूर्वक प्रणाम धरती उधारेर उँभो निस्किरहेको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~ठाकुर बेलवासे~ आज पनि छैन मेरो घरको धुरीमा घामको स्पर्श मेरो घरको आँगनमा एउटा आदिम दुःख अग्लिरहेछ अझ्ै पनि देखिएको छैन मेरो घरको धुरीमाथिको आकाश म गर्व गर्छु, म घमण्डले उन्मत्त छु मैले बाँचेको जीवन, तिमीले मात्र होइन सम्भवतः कसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दैनिकी

~सरिता तिवारी~ सबेरै उठेर उघार्नु छ घरका ढोका बढार्नु छ कसिंगर र धुलो पुछ्नु छ भुईं चमक्क चम्किएको भुईं हेर्दै मुस्कुराउनु छ गृहिणी मुस्कान सजाउनु छ बैठक मिलाउनु छ शयनकक्ष र ओलम्पिकको स्वर्णपदक जित्ने दौडजस्तो दौडनु छ भान्साको अविदित भूगोलमाथि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : श्री नन्दीलाई

~विनोदविक्रम केसी~ ए साँढे ! निकाल तेरो पशुपतिनाथलाई बाहिर म त्यसलाई देखाउन चाहन्छु मेरो सेप्रो पेट जहाँ कोरेको छु मैले त्यसले कल्याण गरिरहेको देशको मानचित्र निकाल बाहिर ! भित्र के गरिरहन्छ तेरो पशुपतिनाथ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आंगनमा दसैं पर्व

~पुरुषोत्तम सुवेदी~ हेंलपुर हुनै थाल्यो गैरी खेतको मनशुली धान हाम्रो । मैन खांवो नेरा फेरा मदुस मुनी राखेका जमरा कती राम्रो ।। पोहोर साल झैं अहिले पनि हजुर बा को हातको टिका लाउने हो । पाखा बारीको लिंगे पिङ् मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहयात्री

~रजनी ढकाल~ आकाशमा टाँगिएको क्षितिजसँग उषामा उदाएको उज्यालोसँग वनसँगै हाँसिरहेको हरियालीसँग र घामसँगै फैलिएका किरणहरूसँग कसरी माग्न मिल्छ मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : हतारका यी मान्छे

~योगेश ढकाल~ यी मान्छे, भेटिंदा पनि हतारमा छन् छुट्टिंदा पनि हतारमा छन् भोजमा पनि हतारमा हुन्छन् मेलामा पनि हतारमा हुन्छन् सातु पनि छैन साथ पनि छैन। न पाइलाहरूको बाटो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~सुनील पुरी~ कुनै युग यो देशमा धर्मग्रन्थकै श्लोकहरू मार्गदर्शक थिए, महावाणी थिए चेतना र सभ्यताको स्रोत तिनै सीमित धर्मग्रन्थ थिए यो विज्ञान युगमा ज्ञान र चेतनाको स्रोत बढिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : माग

~अनमोलमणि~ गोलीले छिनेको मेरो खुट्टो फिर्ता देऊ छर्राले चुँडाएको मेरो दाहिने हात फिर्ता देऊ फिर्ता देऊ मलाई कैयन् दिनसम्म झ्ण्डा ओढेर सुतेको मेरो फराकिलो छाती जहाँ टाउको अड्याएर रोएकी थिई मेरी मायालु भिजाएकी थिई मेरो छातीको फाँट,

Posted in कविता | Tagged | Leave a comment

कविता : मीठो उच्छ्वास भर्दै

~आचार्य प्रभा~ मीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप म्रीगत्रीष्णा बोकेर पुगेँ म पनि तिमी नजिक ………….. बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ………..

Posted in कविता | Tagged | Leave a comment

कविता : कलाकार चन्द्रको सपना

~श्रवण मुकारुङ~ पृथ्वीनारायण शाहको सैनिक भएर युद्ध लडेका जाबर शेख र उसको सन्तान– रियाद शेखको अग्लो तर पुरानो घर र त्यसको भुईंतलाको आधा अँध्यारो छिँडीमा प्रथम किराती राजा यलम्बरको एक थोपा खुन कलाकार चन्द्र रानाहँछा जग्गा दलालको नयाँ गाडीको नम्बरप्लेट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : दशैं

~बद्री पौडेल~ सोचेथें प्रत्येक दशैंमा नेपाल जाउँला बुढा बाआमाको हातबाट टीका लाउँला हरियोपत्ताको लोभी मनले जाने आँट गरेन बाबुआमा मरेर गए पत्तो हातमा परेन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : सालपते फट्याङ्ग्रोलाई

~लक्ष्मी प्रसाद देवकोटा~ क. चिल्लो ताजा हरियो सुन्दर सालको नकली पात ! दुरुस्त रेखा, धर्सा, शिरा छन् ! विशालताका साल विपिनको तरु शाखाको ए सुन्दर पतङ्ग ! अभिनवजात ! ख. रुपकी माउ, इच्छाशक्ति, जादूगर्नी खासा !

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्द फूल

~भिम बहादुर थापा~ नचिने नि आज चिनेर तिमीलाई नबुझे नि आज बुझे झैं तिमीलाई स्वागतको यो एक शब्द फूल। ** बिर्सिए नि आज संझेर तिमीलाई ओइलिए नि आज सजल तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रापितकाल

~विप्लव प्रतीक~ तुइनले काटिएको डुंडो हात लिएर राजमार्ग पारि नदीले बारेको गाउँबाट नियाल्दै बसेकी छ एउटी किशोरी पर्यटक घुमाउन हिंडेको चम्किलो बसलाई। परिवारले काढेको ऋण तिर्न अब पर्दैन जानु अरूको खोपीमा घरकै सुरक्षा घेराभित्र, कुलीन कहलाइनेहरूको बाहुपाशमा किचीमिची हुन पाउँछन्

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बडा दशैं

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित आयो हेर बडा दशैं, दश दिशा उल्लास बन्दै गयो । हिन्दू मात्र महाँ अपार खुशिको उत्सव् तयारी भयो ।। राजारंक समान हर्ष विधिले श्री देव माता महाँ । सन्तोष् मंगलका निमित्त झगडा छोडेर पुजा महाँ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : दाऊ दाऊ दाऊ

~कोइँचबु काःतिच ‘उत्तम’~ दाऊ दाऊ दाऊ कलो कलो कलो च्व् च्व् च्व्…! तर्सिएका आस्थाका पर्खालहरू लगलग कामेर आँत्तिदाखेरी बारम्बार सातो डाकेर खुवाउँदाको हैरानी, का˜तीच पोइँबो सानेलाई । दाऊ दाऊ दाऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : भन वृन्दा त्यसपछि के भयो !

~साम्ब ढकाल~ भन वृन्दा त्यसपछि के भयो ? पहेँलपुर तोरीबारीमा हावा बयेली खेलिराखेका छन् कि छैनन् तिमीलाई मैले पठाउने चिठीका अक्षरजस्ता चराहरू ..माथि आकाशमा लामबद्ध उड्छन् कि उड्दैनन् बाले रुन छाडे कि छाडेनन् भन वृन्दा त्यसपछि के भयो ? भाउजू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घनश्यामलाई चिठी

~नेत्रबहादुर कुँवर ‘अशोक’~ घनश्याम ! गाउँ रित्तिएको छ मालीले बोट बिरुवा अन्तै सारेपछि बगैँचा रित्तए सरि खाली खाली छ शून्य शून्य छ तिमी जन्मिएको गाउँ तिमीले भन्ने गरेको तिम्रो प्यारो जन्मभूमि । नयाँ समाचार भन्नु पर्छ तिम्रा लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : गल्ती भन या भूल गरें

~पुष्पा खनाल~ गल्ती भन या भूल गरें जे गरें मैले माया गरें तिमीलाई केवल तिमीलाई दुई मुटु एउटै बनाउने पराईलाई आफ्नो भनाउने सृष्टिको वर हो माया ईश्वरको घर हो माया

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यासी छ यो मन

~गणेश पुर्बछाने मगर~ उदायो घाम चढेछ बादल गोधुली साझमा फर्केर आउलाकी?? जुझ्यो आखामा आँखा

Posted in कविता | Tagged | Leave a comment

कविता : छोड अब कलम बोक्न

~संजु रायमाझी~ छोड कलम बोक तलबार देसै नभए केको घरबार ! आफ्नो गर आफै रखबार तोड अब पराइको छेकबार !!

Posted in कविता | Tagged | Leave a comment

छोक : कवि

~विमला तुम्खेवा~ शहरबाट चुपचाप हरायो हरायो सँगै उसको इतिहास। त्यस दिनदेखि मैले गीत सुन्न छाडिदिएँ गाउन थालें आफ्नै गीत।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिजुली निभेको रात

~बसन्त गौतम~ अस्तित्वहीनझैं लाग्छ- डराएर लुकेजस्तो कसैको कर्कश आदेशमा लत्रिएर झुकेजस्तो चारै सूरमा लहर लागेर विपत्ति र पिडाले ढुकेजस्तो अन्धकारको भारले थिचिएर पाईलाहरु रुकेजस्तो, यो बिजुली निभेको रात

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी भरीलाई

~यमूना घिमिरे~ कता कता आजमलाई नरमाइलो लागेछ समातेर राख्न खोज्छु तरङ्गनै आउछ धर्तीवारी, धर्तीपारी अन्धकारले छायो प्रकाश भन्ने प्रतिबिम्व बोलाउदै गयो अतित लाई लिन खोज्छु बर्तमाननै आउछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~श्रवण मुकारुङ~ छोरी! जब तिमीले जानैपर्ने भयो स्कूल तिम्रो हात समाउन आयो ऊ पुर्‍यायो उसले स्कूलको ढोकासम्म र आफ्नो काँधबाट झिकेर दियो तिमीलाई झोला र टिफिन। फर्किने बेला फेरि पुग्यो ऊ त्यही ढोकामा

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~अशोक राई~ शताब्दी अघि तन्त्रको विरुद्धमा ज्यान फालेकै हो तिम्रो बन्दुक मैले मेरो काँधमा राखेकै हो तन्त्र गयो तन्त्र नै आयो सबै तन्त्रमा आखिर तिमी नै त रहेछौ म चाहिं तिम्रो ऐनमा उर्दीहरुमा सडकमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र ऊ

~रामविक्रम थापा~ औंला ठड्याएर चिच्याउँदै माइकमा तिमी हिजो भन्थ्यौ ः “यदि ऊ आयो भने- यहाँ, आकाश खस्नेछ यहाँ, धरती फाट्ने छ सगरमाथा ढल्ने छ समुद्र दनदनती बल्नेछ नदी टक्क अडिनेछ”

Posted in कविता | Tagged | Leave a comment

छोक : स्वाद

~राजव~ कविताको स्वादमा म चपाइदिन्छु सब गद्यहरू म निल्छु कविताको स्वादमा कटुवाणीहरू, झुठहरू

Posted in कविता | Tagged | Leave a comment