Tag Archives: kabita

कविता : पर्दा

~सागर कार्की~ पर्दा नहुदो हो त सायद दुरी नहुदो हो, दुरी नहुदो हो त सायद माया नहुदो हो, अनि माया नै नभए जीन्दगी हुनुको के अर्थ ? पर्दा जीन्दगी हो म पर्दा बाचीरहेको छु । पर्दा मेरो ओठको मुस्कान हो

Posted in कविता | Tagged | Leave a comment

कविता : झूर कविता

~अनिल श्रेष्ठ~ उसले मेरो कवितालाई ‘वाह’ भन्यो ताली बजायो उत्साहले करायो जब मैले पढ्दै गरिरहेँ कविता ऊ कराइरह्यो ‘वाह, ‘वाह’

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रश्नहरूको पहाडमुनि

~निरा शर्मा ~ घरदेशको मेरो मान्छेसँग म बेखबर भएको पनि धेरै दिन भइसकेको थियो । आज फेसबुक च्याट खोलेको केही बेरमै ऊ टुप्लुक्क आयो । उसको आगमन धेरै दिनको झरी पछि लागेको न्यानो घाम जस्तो आभास भयो मलाई । आतुर थिएँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : उत्तेजित लिङ्गको लौरो टेकेर…….

~अराजक अर्चु~ १ अध्यारो खोपीमा योनीको लिलाम बढाबढ गरेर, मन्दिरहरुमा भैरबको उत्तेजित लिङ्ग ढोग्ने योनीधारीहरु ! सडक र मन्चमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाइसंग

~तिर्थ प्रसाइ ‘अभिनव’~ कालो बादलमा चाँदीको सेतो घेरा हुन्छ उफ् त्यै पूरानो उखान बढ्दै जान्छ पदचाप मृत्युको बोध हुन्छ हतार हतार पो हो त जीन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : रुख

~हाङ्ग्युग अज्ञात~ उभ्दा-उभ्दै चौकीदारको जिन्दगी १२-१२ घण्टा यो हाम्रो होङ्कोङ्मा पैतलाबाट जराहरू पलाएर हातबाट पातहरू पलाएर जीउबाट हाँगाहरू पलाएर म त रुख भइसकेछु ! चराहरू खेल्छन् मनको हाँगाहाँगा

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~दीपक कुमार ज्ञवाली~ बिउँझ बिउँझ उठ उठ अब निद्रा पुग्यो । देशलाई आवश्यक छ तिम्रो योगदानको । आली कान्ला तोडीफोडी सम्मो बनाईदियौ । चारै दिशा फर्केकाको चोसो मिलाई दियौ । १ अझै तिमी बााच्नु पर्छ हाम्रो देशको लागि । द्वेशरहीत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेशी हात

~जुगल भूर्तेल~ प्यारो छ हामीलाई नेपालै, किन बत्रु र जापान जनप्रिय छन् नेता हाम्रा, प्रधानमन्त्री छन् विद्वान बनेन सडक चलेन गाडी, तिनलाई के को बात सुख’नि हुन्थ्यो, शान्ति’नि हुन्थ्यो नभए विदेशी हात !

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रप्रेम

~सुवास खनाल~ मलाई जप्नु छैन हरेकक्षण सन्ध्या मन्त्रजस्तो अन्धराष्ट्रवादको नारा वा कन्ठ गर्नु छैन रुढ राष्ट्रिय गानको हरेक शब्द र वर्णहरू के यसपछि म

Posted in कविता | Tagged | Leave a comment

कविता : दशै

~अज्ञात~ दशैँबाट दशैँ हराएको खबर छ छैन अखबारमा ? शरद भुईंमा ओर्लेको छ, स्कूल मावल गइसकेको छ । केही आएन भन्न असजिलो छ तथापि, दशैँ नआएको कुरा कतै छ छैन शहरमा ? उन्नाइस तोपको सलामीले भर्खरै टुँडिखेलको मौन घोडा उन्नाइस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झिनुको कारण

~सुमनराज श्रेष्ठ~ तिमीलाई सम्झिनुको विशेष कारणहरू छैन मसँग । अग्ला–अग्ला हिमालहरू देखेपनि तिमीलाई सम्झिन्छु गहिरा–गहिरा खोंचहरू देखेपनि तिमीलाई सम्झिन्छु जंगलका लहराहरू देखें भने

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छा

~कोइँचबु काःतिच ‘उत्तम’~ चुप-लु होपोको कसम मेसेल-मि, तिमीसँग मैले अमर जीवन मागेको छैन तिमी आस्थाको देवी तिमीसँग मैले न त रोमान्स जीवन नै मागेको हो तिमी मेरो जीवनमा तायामा खियामा भएर बस म खाक-चिलिपा काक-तिसोला किरातीको साम्यो ओलो भएर बाँची … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश अस्ताउदैन

~दिल निसानी मगर~ बरु हीमाल पग्लेर काला-पत्थर हरुको पहाड बनोस अनी नदी सुकेर बागमती को कीनार झै बगर बनोस-कोइला को बश,

Posted in कविता | Tagged | Leave a comment

कविता : हकदाबी !

~छवि अनित्य~ सरकार ! सदियौँदेखि तपाइँले देखाइआएको त्यो भोटोको हकदार मै हुँ त्यो ‘ज्यापू’, जसले हरायो आफ्नै खेतको आलीमा बहुमूल्य रत्नजडित उपहार— त्यो भोटो के फर्काउनुहुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नुपर्ने युद्ध

~श्रीरामसिंह बस्नेत~ जित्नुपर्ने युद्ध त अर्कै थियो यो कस्तो जित आइ लागेछ मान्छेका रुझेका गहहरू पुछ्नुपर्ने हातहरूमा रगत कट्कटिएर काइ लागेछ । जित्नुपर्ने त मान्छेको मन थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो प्रोफेसरको पुरानो चस्मा

~हिमाल घिमिरे~ बूढा प्रोेफेसर पुरानै कक्षा दोहोर्‍याउाछन् विश्वविद्यालयमा अग्रवालको इकोनोमिक्स बोकेर म अर्थशास्त्रको कक्षा पढ्दै छु यतिबेला बृहत् अर्थशास्त्रमा अन्तर्राष्ट्रिय व्यापार कहिल्यै बुझिनँ मैले प्रोफेसर भन्छन्- नेपाल आयात धेरै निर्यात कम गर्छ त्यसैले, शोधनान्तर नकारात्मक छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा गाउँका नानीहरू

~ए.पी. सुमन~ सवेरै झिसमिसेमै दाउराघाँस गरेर, अरुले झैँ क, ख, ग, घ, पढ्ने आश गरेर, आमाले सिलाइदिएकी, जसोतसो मिलाइदिएकी, कुनै १९औँ शताब्दीको झोला भिरेर मुटु भरि उत्साहको खोला भिरेर, भर्खरै स्कुल जान थालेका, मेरा गाउँका नानीहरू मीठो सपना पालेका,

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षेत्री “क्ष”

~भुपाल राई~ वर्णमालाका मैदानमा खेलिरहका हुन्थे मजस्तै कलिला कपुरी ‘क’ आँखे ‘ख’ र, अरु थुप्रै नानी—वर्णहरु लाग्थ्यो, तिनका पनि मेरैजस्ता आमा होलान् बाबा होलान् होलान् साथीसँगीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : नसोध्नू उसलाई

~राजा पुनियानी~ नसोध्नू उसलाई महङ्गो आइसक्रीमको स्वाद। भर्खरै ब्याट-बल-विकेट बोकेर जाने सुकिला केटाकेटी कहाँ पुगे होलान्? फुच्चा प्वाँख पल्हाएको तिम्रो इच्छाको पखेटाले आकाशतिर हेर्छ? साँच्चै भन त, तिमीलाई कहाँ दुख्छ बाबु?

Posted in कविता | Tagged | 1 Comment

कविता : भ्यागुताको बिहे

~विप्लव ढकाल~ हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ ! … सिमसारमा बजिरहेको होला नौमती बाजा ! शिरमा बाबरी फूलको मुकुट लगाएर पाल्कीमा चढिसके होलान् दुलाहा राजा ! जलकुम्भी झारको गुन्द्रीमा बसेर जुहारी खेलिरहेका होलान् आदिवासी चराहरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : चश्मा

~रश्मिला कवाङ ‘रश्मि’~ नीलो आकाशमुनि एउटा नीलो सागर जहाँ उर्लिरहेका छन् जीवनका ज्वारभाटाहरु एउटा विशाल ज्वालामुखी जहाँ विविध सुखदुःख समाहित छन् अनि नीलगिरीमाथि चम्कने एउटा नीलो चाँद अनि त्यही चाँदनी सुन्दर छ साँच्चै तिमीजस्तै सुन्दर लाग्छ नीलो धरातलमा एउटा सेतो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसुरी

~देवेन्द्र नेपाली~ तातो रसिलो ओठ र बाँसुरी हे प्रभु मलाई बाँसुरी बनाऊ र, प्रियतमाको रातो ओठसम्म पु¥याऊ सास फुकेर राग रागिनीको

Posted in कविता | Tagged | Leave a comment

कविता : छातीभित्रको झण्डा

~आर.बी. राई~ मेरो झण्डा खोस्न झण्डासँगै मलाई आत्मसमर्पण गराउन उनीहरू आए धम्काएर गए/ धेरैपल्ट म टसकोमस नहुँदा उनीहरू फेरि आए/ आखिरीपल्ट/ उनीहरू आए गोली-गट्ठा खुकुरी तरवार भिरेर आए/

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि अर्को आइतबार

~चन्द्र घिमिरे~ सुदूरपूर्वको क्यासिनो रात स्थगन गरेर लावारिस सालका पातहरू सल्र्याङ–सल्र्याङ सन्त्रास बजाउँदै आयो अर्को आइतबार । सुर्ताको सुर्ती मल्दै मलेशियामै हात छुटेको रघुवीरको खुइयऽऽऽ तन

Posted in कविता | Tagged | Leave a comment

कविता : गोर्कीले कसैसँग बास मागेको छैन

~सङ्गीत श्रोता~ एउटा समाचार छ नयाँ समाचारः गोर्की नेपाल आएको छ समाचारको पछिपछि अर्को आश्चर्य आएको छ आश्चर्यः किन गोर्कीले कसैसँग बास मागेको छैन ? कोही भन्छन्– घुम्न आएको हो गोर्की नयाँ नेपाल घुम्न देऊ, उसको पनि त छ एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिदको रगतको मोल

~लता खरेल~ आज राति सपनामा माथि माथि उँडेर पुगें एउटा ठूलो सभा भईरहेको स्थानमा पुगें अकस्मात ठूलो सभामा पुग्दा अचम्म र अप्ठेरो महशूष भयो न त मलाई निमन्त्रणा थियो न मेरो तयारी नै थियो साथमा साथिभाइ नभएको म एक्लो फिरन्ते … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टिनी र मायाँको रेखा

~टंक सम्वाहाम्फे~ ओ,सोल्टिनी हामी त मायाँको समानान्तर रेखामा नजिकिंदै रहेछौ किनकी हाम्रा दृष्टिहरु उसरी नै समान भएर फैलिएका रहेछन् मानौ हामी मायाँको एउटै रेखामा छौं यदि यसो नहुनु हो भने हाम्रो अन्तर सम्वन्धको रेखा हाम्रो प्रेमको रेखा हाम्रो बिचारको रेखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झौता

~टिका भाई ~ १. सेतो झन्डा बोकेर आत्मीयहरूको सव बटुल्ने कारुणिक क्षण। तिमी हाँस वा रोऊ असमान सम्झौताको जुठो गाँस निल्न खोज वा उगेल्न खोज

Posted in कविता | Tagged | Leave a comment

कविता : कविको जीवन

~आरती पोख्रेल~ त्यो कविता म सुन्दा सुन्दै भक्कानिएँ स्तब्ध भएँ, विव्हल भई आँशुका ढिक्काहरुसँगै हराएँ र आफैं सँग प्रश्न तेस्र्याएँ के कविहरु यसरी नै मर्छन? मलाई थाहा छै उनी कस्ता थिए? राम्रो ठम्याई छैन उनी सँग मेरो तर, साहित्यको कखरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो प्रयात हो

~भुवन सुब्बा खरेल~ हिजो र अघिहरू धुवाँको मुस्लो सँगै अस्पष्ट चित्र बन्दै निरव शून्यता तिर वरिपरि अब अमूर्त छवि मनहरूमा मात्र हुनु र थियो वीचको अपरिमित अन्तर सियोको टुप्पोबाट फैलिँदै विराट सगरको व्यापकता नाप्दैछ कता हो कता नदेखिने गन्तव्यतिर अजश्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लासको बिस्कुुन

~केशव सिलवाल ~ सजाएर राखिएको छ लहरै लासको बिस्कुुन बिल्कुुल त्यसरी नै जसरी सजाएर राखिन्छन् सोकेसमा ‘टोकन अफ लभ’हरू जसरी सजाएर राखिन्छन् बारमा हार लगाएर रक्सीका बोतलहरू जसरी भाँती पुुर्या‍एर सजाइन्छन् भित्तामा खुुसीका तक्माहरू एकदम ताजा

Posted in कविता | Tagged | Leave a comment

कविता : भैया

~अनन्त वाग्ले~ तपाईं ज्ञान र सूचनाले भरिएपछि कुनामा थुपारेका अखबार लिन आएको म तपाईं फिलिली हुँदा थुप्रिएका बोतल बटुल्न आएको म र पुराना अखबारमा जब देख्छु, काठको बाकसमा मोरिएका तपाईंका भाइभतिज बोतल उठाउँदा उठाउँदै सम्झन्छु ओखती नपाएर घिटघिट गाउँले र … Continue reading

Posted in कविता | Tagged | Leave a comment