Tag Archives: kabita

कविता : आगोको शहर

~सुधिर ख्वबी~ समय किन आगो हुन्छ ? अनि मात्र झुपडी सधैं झुपडीहरु मात्रै जलाउन खोज्छ, र जलाउँछ पनि, सधैं नै क्रुरताको पराकाष्ठा नाघेर आगो किन झन् आगो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम शास्त्र

~गोवर्धन पूजा~ भरिएको हावाको चिसो रेलले मेरो यौवनलाई काउकुत लगाउदै भन्यो- अर्को खालि रेल आउदै छ टिकेट काटेर बस्नु । पातको भित्तोमा आड लगाउदै बसेका जोडी युवा-फूलहरूले शीतको चुम्बन पिएर खुशीको जून देखाउदै भने – आँखाको कठघरामा कहिल्यै काँडाको डाडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमायाका सपना

~रामकृष्ण पौडेल ‘अनायास’~ उज्यालोको पर्खाईमा अध्यारो लाई चिर्दै बसेकि छन् मनमाया थुप्रै सपनाहरु आँखामा बोकेर शहर पसेकि मनमाया रहर कै आँदिले अलपत्र बनाएको उनको सपनाहरु कहिले सित झैँ खस्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई मेरो नेपाल चाहिन्छ

~गौतम दाहाल~ अनेकतामा एकताको फूलबारी गोडमेल गर्दै हुर्काउने ती मालीहरु विषे नगर्चीहरु र भक्ति थापाहरु बगैंचाको संरक्षणमा जुट्ने मेरा पूर्वजहरु सबैलाई सम्झेर यो पराई भूमिबाट माग्दैछु भीख म मलाई मेरो शान्त र विशाल देश चाहिन्छ मलाई मेरो प्यारो नेपाल चाहिन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन नेपाल गरीव

~दीपक कुमार ज्ञवाली~ खोज्न हिड्छन् समुन्द्रमा मोतीका दाना । हाम्रैबाट गयकाहुन् ती अमुल्य खजाना । बग्नदीयौं टुलुटुलु हेरी बुझ्न सकेनौं महत्व । किन्छौं खनखनगनी हाम्ले हाम्लाई चिनेनौं । नाभीमा कस्तुरी राखी खोज्दै हिड्छौ कस्तुरी । नेपाली गरीव भयौं नेपाललाई नचिनी । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी र चाडपर्वहरु

~पुष्कर बराल~ मनभरि गाउँका कुरा सम्झिएर मन उदास छ उराठ छ यो परदेशी जीवनलाई चाडपर्वले बर्सेनि मन धमिल्याएर जान्छ सावनझैं आँखाहरु, मुटुभरी डँढेलो, घाउमाथि घाउ, आगोले खाएको वनझैं विधवाको मनझैं यो कस्तो जीवन औंशीको जुन जस्तै जेरीमा नुन जस्तै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमले बाँचौँ

~टंककुमार चाम्लिङ~ गगनचुम्बी टाकुराबाट गंगाजल छरछर राष्ट्रिय झण्डा चन्द्र र सूर्य शिखरमा फरफर । पर्वत राजा पगरी गुथी विश्वमा राज गर्छन् नेपाल राज्य चम्किला हिमाल झलक्क झल्किन्छन् । चाँदनी छायाँ हिमाली माया राष्ट्रवाद स्वयंमा मुसुक्क हाँसेर फैलाए ज्योति संसारका बीचमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे– उसको जिन्दगीमा

~अकेला यात्री~ मखमल जस्तो मन किन यतिविघ्न चट्टान हुन्छ सम्झन्छु– के यो मेरै छाती हो त ? भित्तामा उभ्याएर आफूलाई हेर्छु अनुहारका आला घाउहरु र देख्दै बीभत्स लाग्ने गहिरा चोटहरु के यो मैले खपेको हुँ त ? अपमानको रोगबाट बलैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : देउ न अलिकति

~‘झरी’ दान राई~ तिमीविना घाइते मुटु शेरी देउ न अलिकति तिम्ले दिने दुखाइ मीठो फेरि देउ न अलिकति मृत्यु देऊ स्वीकार्य छ खुशी हुन्छु मरे पनि नजरको वाण हानी हेरी देउन अलिकति

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रीति रोपूँ म पल्पल

~कलानिधि दाहाल~ न जानी पाइला चाले चल्न सक्तैन जीवनी दुःखको गहिरो गर्त भित्र यो घुम्छ फन्फनी । तातो तनावले पोल्छ पानीभित्र पसे पनि छट्पटीले सधैँ घोच्छ फूलमाथि बसे पनि । कहाँ यो पिल्पिले पीडा कहाँ उदात्त कल्पना कहाँ यी जनका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेमौसम

~भिम बहादुर थापा~ हरियाली काखमा निक्लँदो बैशाखमा पर्छ हिऊँ भने त अवाक्, म के भनूँ ? ** बसन्ती साँझमा धुपको यो माझमा चर्छ हिउँद भने त अलमल्ल, म के गरुँ ? **

Posted in कविता | Tagged | Leave a comment

कविता : यथार्थ

~सौरभ कार्की~ परबाट आयो हावाको एक झोंका त्यहीँबाट उदायो एक टुक्रा घाम अनि म रङ्गिए सातै रङमा सायद सदियौंदेखि म यहाँ उभिनुको अर्थ यही थियो । छि ! हेर त त्यहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक : तिमी र म

~ए.पी. सुमन~ म बेचिएँ तिम्रो प्रेमको नगरमा, जुवाको दाउमा, कवाडीको भाउमा, मेरा रहरहरू बेचिए, चाहनाहरू बेचिए, तिमीलाई माया गर्ने, वाहानाहरू बेचिए, बेचिए मैले तोडेका आदर्शहरू, जो वर्षौ पहिले शहिद भएका थिए, बेचिए तिम्ले छोडेका स्पर्शहरू, जो वर्षौ पहिले कैद भएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका हत्याराहरू

~जीवन क्षेत्री~ सपनाका हत्याराहरू हरपल छुरी उज्याइरहेछन् अँध्यारोको एकछेउ बुनिरहेछन् कपटको धागो अर्को छेउ घुमाइरहेछन् षड्यन्त्रको भीमकाय चर्खा अँध्यारोको एक छत्र साम्राज्य बनाउन कोही बनाउँदैछन् बस्तीसम्म अँध्यारो गल्ली कालोलाई सेतो र सेतोलाई कालो

Posted in कविता | Tagged | Leave a comment

कविता : समता

~रेखा लोहोरुङ राई~ तिमी मात्र एक्लो हैन, निरा आकाशमा हेर त रातभरि जून एक्लै दिनभरि घाम एक्लै सदियौं देखि पृथ्वी पनि त एक्लै नै हो नि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गुर्खाज युद्ध बहादुरी र बेलायती खप्लेटो पेन्सन

~जेकी चाप्चा राई~ हाम्रो कोक्पाहरु, बाउहरु, दाजुहरु तन्नेरी गुर्खाज–लाहुरे हुँदा, बेलायती राजमुकुट र झण्डाहरुको लागि, भोक थामेर परेड खेलेको छ भोकै युद्ध लडेको छ । त्जभ दचबखभकत या तजभ दचबखभ

Posted in कविता | Tagged | Leave a comment

कविता : “अन्तिम कोशेली”गिरिजालाई

~आचार्य प्रभा~ एउटा हस्ती अनी राजनीतिक धरोहरको समापन ……. आखिर पेवा न हो मृत्‍यु कहाँ रोक्न र छेक्न सक्थ्यो र? सम्बेदना र मायाका पर्खालहरुले त्यसैले उ निभेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : निसन्तान आमाको सन्तान हामी

~सरोज पंहाङगो लिम्बू~ अहिले पनि उस्तै लाग्छ, हाँस्दै, रमाउँदै खेलेको– ‘त्यो काख’ लुछा–चुँडी गर्दै तानेका लेम्टा र लुटुपुटु भै– बिछ्याइएका गुन्युका थाङ्नाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : सौम्य क्रोध

~रुमन न्यौपाने ‘अमन्त’~ क्रोध, मैले सालीन र सौम्य क्रोध देखाँए । मेरो उर्जाशील अङ्गहरु चलाएँ बुझनेले बिस्तारै कठोर भने तर, सिक्काहरु उछालेर हरेक पाटोहरुलाई एकएक गरेर नियाले मैले भबिष्य संग दाँजे । मेरो पिरोलीएको छाँयालाई फिजाँए । उसको बाहुपासमा मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी आफूलाई पढ

~वैरागी जेठा~ अपाङ्ग राज्यमा आठमार्च मनाइरहँदा पुन्टिको सत्वहरू गाउँदै सेतीलाई नियाली रहेछु पढ्न नसकेका अक्षरहरूमा युद्धको अनुभव गर्दै मानव सभ्यताको संघार भित्र छिरेको छु यति वेला डोल्पाको डिहीमा बसेर पुन्टी रोकायको बृत्तचित्र कोरिरहेछु क्रान्तिको सत्वहरू छैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आधुनिक देउराली

~वैकुण्ठराज आचार्य~ कति सुस्ताए उकालो चढदा–चढ्दै कति रोकिए ओरालो झर्दा–झर्दै कतिले भारी बिसाए गीत गाउँदै कतिले घर बसाए माया साट्दै तर अब हिंड्दैनन् यहाँ कोही अर्कै गाडी चल्ने बाटो बनेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिँड्‌दा हिँड्‍दै

~मधु माधुर्य~ यो शहरको सबै सडक सिध्‍याइसकेको छु हेर्दा हेर्दै यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु अब यो शहरमा सायद मेरो कुनै काम छैन बुढा-बुढी घाम-जून यहाँ आङ तन्‍काउँदै पालैपालो उठ्छन्‌ र सुत्‍छन्‌ ‘अँधेरो’लाई नै स्‍वतन्‍त्रताको पराकाष्‍ठा भन्‍ने वस्‍तीमा उज्‍यालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आउनुस् कामरेड आउनुस्,मिलिजुली देशको काट्टो खानु पर्छ

~उमेश राई~ आउनुस् कामरेड आउनुस् मिलिजुली देशको काट्टो खानु पर्छ बाहिर राष्ट्रियताको हल्ला चलाउँनु पर्छ भित्र बिखण्डनको आगो जलाउँनु पर्छ। आउनुस् कामरेड आउनुस् मिलिभगतमा देशको काट्टो खानु पर्छ बाँदरको हुल लखेट्नु पर्छ पाकेको आँप झार्नु पर्छ पहिचानी गुन्द्रुकको अचार खाँदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झञ्झ प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. आ ! फिंजारी घनका भाँक्रा, सगर–सागर गाँसी ! उग्ररुपिणी ! प्रलयसदनि ! वर्षकी वेदनाराशि ! नाश् रे शेष शिशिर, भंडारी ! शोध् रे पृथिवी–वासी ! ख. सत्ययुगको निद्रा तेरो ! कलिको प्रबोधन–वेला ! विकल–प्राण–पवन–संगमा अश्रुकी जलधिवेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिम मान्छे र डुलुवा ख्याँक

~नरेश सुनुवार~ आदिम मान्छे र डुलुवा ख्याँक को होला त्यो ? त्यो को होला ? जो सदियौं देखिको डुलुवा ख्याँक जस्तै डुल्दैडुल्दै चिह्याउँदै-चिह्याउँदै लुत्त पस्दछ भित्र सियो बनेर भास्सिदै भास्सिदै भित्र, झन् भित्र जति भेट्टाउँछ कमलो र मलिलो बुताले भ्याएसम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म स्वर्गपुरी सँग दाँज्छु सधै मेरो देश

~ज्ञानशाली घिमिरे~ म स्वर्गपुरी सँग दाँज्छु सधै मेरो देश लेक बेसी फलाई राख्छु, सयपत्री गुरास मेरो, धर्ति हराभरा पारी सधै भरी शुख शान्ति ल्याई छाड्छु तराई गाउ बेसी लेकभरि चराई दिहड्छु कस्तुरी र मृग

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँको जाडो

~भिम बहादुर थापा~ हिउँद यो सारेर सर्दैन चिसो यो टारेर टर्दैन नजाती उही छाउँदो पो छ श्वेत-शैतान यो हिउँको जाडो। ** चिनीसरी बर्षा झर्छ जादू-दृष्य जस्तै लाग्छ बिर्सुं भन्दा झनै गाढा बेचैनीको विशाल यो हिउँको जाडो।

Posted in कविता | Tagged | Leave a comment

छोक : निरन्तरता

~कोइँचबु काःतिच ‘उत्तम’~ आँशुका नदी जिन्दगीले फड्को मार्दा मार्दा एक दिन त भेलले भेटी त गो । न आँशु रहृयो न जिन्दगी न खोला

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढा भएका मनहरू

~कृष्ण पहारी~ हिजो आज त मनहरू बुढा भएछ्न र मन ले गर्न सक्ने कामहरू पनि अव त गर्न छोडेका छन् पीडित मनहरू कैले काही सानो कुरामा पनि कुडिन्छन् मनहरू भित्र भित्र दुख्छन् डाको छोडेर रुन थाल्छन बुडा भएका मनहरू यस्तै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म राष्ट्र सेवक

~आकाश ताम्राकार~ नेपाल आमा रोहि रहेछिन याहा आफ्नो अंस बण्डामा शाशक बर्गहरु लागी रहेका छन जन्ता भाड्ने धन्दामा। एक आमाको छातिलाई ६ भागमा चिरा पार्न खोज्दा चार भाई मात्र मिलेर खाना खोज्छन आमाको यो ममता।। ६०१ भाई जन्माएकी नेपाल आमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक तर्फीप्रेम

~नवराज योन्जन~ “प्रेमले,न मर्न दिन्छ,नत बाँच्न दिन्छ” सम्झे मैले तानाशाह ति हिटलरलाइ र भने प्रिय…. जीवित सास रहुन जेल आस भन्छन् | आफ्नो स्वार्थ पुरागर्दै जित खोज्नेहरुको सहरमा तिम्रो प्रेम संग लडाई खेलेको धेरै भइसक्यो | लड्दा लड्दै न जित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अरबको कथा

~अभागी कान्छा गाउँले~ तलब आएको पहिलो शुक्रबार को बिहानी, करिब ७ बजे मोबाइल बज्यो आँखा चिम्सो पार्दै हेरें- उनैको थ्यो ! ‘उनी’ अर्थात ‘फूलमाया’ एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें ”सुतिराख्या हो ? सुन्नु … Continue reading

Posted in कविता | Tagged | Leave a comment