Tag Archives: kabita

छन्द कविता : फालौँ बिष त्यो

~डा. हेमनाथ घिमिरे~ कालो मेघ मडारियो गगनमा धर्ती मलीनी भईन् । सारा अन्ध भयो यहाँ जगतकी ज्योती कहाँ ती गईन् ।। चारैतर्फ बगे नदी रगतका, बस्ती जले दन्दनी । आयो के कलि यो अहो यति छिटै दाह्रा किटी फन्फनी ।। … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मलाई भन्न मन लाग्छ…….

~ऋषि पाण्डेय~ मलाई भन्न मन लाग्छ, देश बनाउँछु भन्नेहरुलाई नयाँ नेपाल बनाउन पुरानो नेपाल भत्काउनेहरुलाई । मलाई भन्न मन लाग्छ, कानुन बनाउने महामहिमहरुलाई कानुन पालना गराउने महासयहरुलाई टेबुल मुनिबाट रकम असुली कालोलाई सेतो बनाउनेहरुलाई ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति तिमि फर्की आऊ

~गणेश पुर्बछाने मगर~ शान्ति तिमि फर्की आऊ हेर तिम्रै प्रतिक्ष्यामा यहा रुदैछिन तिमरै नेपाल आमा शान्ति तिमि फर्की आऊ हेर तिम्रै यादमा यहा निरास छन् लाली गुरास सारा

Posted in कविता | Tagged | Leave a comment

कविता : अब केहि होला कि

~बिमल महत~ प्रचण्डलाई पत्र लेखे त , तुरुन्त जवाफ दिनु हुनथ्यो होला । बामदेवलाई भने के भयो, झट्ट कारबाहि हुन्थियो होला । गिरिजालाई त के सोध्नु, बूढाको ऊठ्नै आटो चोला । माकुने को त महासचिब फुत्केर , छात्तिमा कति हान्दो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निद हराएको एक्लो रात

~सागर कार्की~ निद हराएको एक्लो रात तिमीलाई एकान्तमा सम्झन्छु, र बिर्सेर सारा उदाशपन तिम्रो अनुमति बिना नै म तिमीलाई सम्झिरहन्छु । तिमी आउछौ, मेरो छेउमा बस्छौ अनि मसँग धेरै कुरा गर्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बस्ती

~जय सिंह महरा~ सुर्याेदयसँगै एउटा आशाको किरण उदाउनुपर्ने, मनका ओठमा मुस्कान खितखिताउनु पर्ने फक्रिदै गरेका काेपीला फुल्न पाउनु पर्ने दैव यस्ताे ठाँउमा छु

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्छ दनदन

~बलराम तिमिल्सिना~ यो बेला नबले आगो कहिले बल्छ दनदन ? नबोले अहिले मान्छे कहिले बोल्छ लौ भन ? आगो बल्नु त राम्रै हो त्यसले के पोल्छ मूख्य हो मान्छे बोल्नु त कामै हो उस्ले के बोल्छ मूख्य हो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~संजु रायमाझी~ म मरेको लाश सरि याँहा मेरा देश मर्दा म बाँची रहे म बाँची रहे म हांसी रहे मेरो देश याँहा मरि रह्यो !

Posted in कविता | Tagged | Leave a comment

कविता : बिभत्स दिवास्वप्न

~आचार्य प्रभा~ उफ ! कस्तो बिभत्स सपना देखेँ सपना कहाली लाग्दो थियो यस्तो थियो त्यो सपना म सगरमाथाको शिरमा उभिएर “आमा” “आमा”…….. चिच्याइ रहेकी थिएँ अनायस हावाको झोँक्का आएर मलाई चिसो स्पर्ष दियो, अनी मलाई कानमा शब्दहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतनाको उद्भव

~युद्धप्रसाद मिश्र~ आकांक्षा लिई निम्न वर्गहरूको आत्मा दुखेको धुने आर्थिक संकटका अगाध दुखले पाउ अगाडि हुने स्वाभिमान बचाउने प्रण उठी राखी ठूलो हौसला झल्केको छ विकासशील मनमा उतिर्ण’ बन्ने कला चुत्था कांतर राक्षसि दमनका पाई ठूलो यातना ढाल्ने दुर्ग लिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्पत्ती

~दीपक कुमार ज्ञवाली~ रहेछ केवल राग द्वेश ईष्र्या । आफ्नैबाट भईदोरहेछ पिडीत । मापन हुादोरहेछ जायजेथाको । बनाऊाने सम्पतिले उाचो निंचो । १ बनेन घरबास ओत लाग्नलाई । सम्पन्नताले छोएन मलाई । सम्मmन्छु एकोहोरो अतित । हिजो र आज भएन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बौद्दीक क्रान्ति गरौं

~बाबुराम पन्थी ‘गुल्मेली’~ युद्दको क्रान्ति लाई नजिकै बाट देखेको छु क्रान्तिमा हजारौ मानव बलीचढेको सुनेको छु बलि चढेको मात्र होईन चढाएको बुझेको छु हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु बैश मै युवतीको सिन्दुर पुछिएको देखेको छु अबोध बच्चाहरू टुहुरा … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : विडम्बना

~केदार श्रेष्ठ “गगन”~ तिम्रो पनि मेरो पनि चाहाना हुँदाहुँदै बोल्ने रहर, हाँस्ने रहर, सँगसँगै बाँच्ने रहर दुई मुटु एउटै बनाउने रहर तर, सामाजिक वन्धनको नाम उड्कदै हामीले मनको कुरा एकअर्कालाई भन्न सकेनौं ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले के अपराध गरें ?

~श्यामकुमार बुढा~ जति जे गरेनी कहिल्यै नसोझीने कुकुरको पुच्छर जस्तो बाङ्गो हाम्रो कमाण्डरको बटारिएको अभिमान भोगेकै हुँ, सवैलाइ भनिदिँदा के भुलगरें मैले ? कसैले भनेको नमान्ने मुर्खपाखण्डी जस्तो कठोर हाम्रो शिर्षासित नेताको जबर्जस्ती सहेकै हुँ, सवैलाइ भनिदिँदा के विराएँ मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्तमान सरकार सँग ….

~अनुज श्रेष्ठ ‘प्रवास’~ क्या ! तगडा भाषाण गर्छौ तिमी – नेताहरु लाग्छ यि हाम्रा हातहरु तिम्रै भाषाणको तालिका लागि मात्रै हुन् , सधैं जोशमा बोल्छौ तिमीहरु यसैले व्यबहारमा केही

Posted in कविता | Tagged | Leave a comment

कविता : ईन्द्र जीलाई सम्झदा

~बिजयकुमार श्रेष्ठ~ सबैको आँखाको नानी थिए कसैलाई बिजाउनु भएन सत्य र न्यायको बारेमा कहिले पनि गलत बाटो रोज्नु भएन । डर र कायरतालाई कहिले पनि साथमा लिनु भएन आफना बत्तित्व कलाको प्रदर्शन गर्न कहि कतै झुक्नु भएन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनै त खायौ नी

~दिलिप योन्जन~ मनमा बसि मनै त खायौ नी हाँसी हाँसी रुई रने पार्यौ नी आफ्नै छायाले ख्याल ठट्टा गरेर छाड्यौ मायाले। आधी खोला उर्लिन्दा मनमा हुन्थ्यो सन्चो बिना बादल मनै भत्कि गईरन्छ पहिरो

Posted in कविता | Tagged | Leave a comment

कविता : काफल चरी

~लोक राज भट्ट~ बर्तमानको मझेरीमा उभिदै इतिहासका आलापहरु दर्साएका भोका पेटहरुले डेउडाको सुसेलिमा उकालो छिचोल्दा काफल चरी तिमी त उड्दै उच्च लेक पुकिसक्यौ फेरी पोहरका सम्झनाहरु बादलमा बर्खा बोकेर चिहाइरहेछन

Posted in कविता | Tagged | Leave a comment

कविता : साथी

~सागर कार्की~ चेत लुटिदा मेरो धिरता डगमगाउदा अनन्त एक्लीएर म आफैबाट केलाईरहदा रोदनले हृदय म चाहान्छु तिमी जिस्काउन आऊ मलाई । म रिसाउदिन, न कुनै प्रतिकार गर्नेछु तिमी चलाऊ, अल्झाऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : अनी लाग्छ की म एक्लो छु

~अन्जीत थापा मगर~ अचानक म एकान्तमा हराउछु त्यसै – त्यसै अन्धकारमा रमाउछु अनी लाग्छ की म एक्लो छु परीचीत ब्यक्तीकै माझमा रहेर पनी सबै देखी टाडा भएछु अनी लाग्छ की म एक्लो छु मनले मनैलाइ सोध्छ कीन म एक्लो छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल

~नेत्रबहादुर कुँवर ‘अशोक’~ फूटबल खेलेर तर्साइएको मेरो जिन्दगीको रङ्गशालालाई अचेल विदु्रप बनाइएको छ खेलाडीका बुटका गोटीहरूद्वारा । आइया ! निकालेर ऐजन शब्दहरू निस्प्राण बन्दै छु ठोकिएको छ किला ठ्वाकठ्वाक

Posted in कविता | Tagged | Leave a comment

कविता : दिन्नौ मर्न क्रान्तिका सपनाहरु

~हस्तबहादुर के.सी.~ दिन्नौ मर्न हामी क्रान्तिका सपनाहरु क्रान्ति हाम्रो आस्था हो क्रान्ति हाम्रो विश्वास हो क्रान्ति हाम्रो लक्ष्य हो क्रान्ति हाम्रो जीवन हो त्यसैले हामी मर्न दिन्नौ क्रान्तिका सपनाहरु जनता मुक्ति चाहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : दामले किनिएकाहरु

~उमेश राई~ दामले किनिएकाहरु भुकम्पले चर्केका छातीहरु देख्दैनन् अभाव र महँगीले दाम्रीएका पेटहरु देख्दैनन् भ्रष्ट र कालाबजारीको राज चलेको नि देख्दैन् दामले किनिएकाहरु.. टनकपुर कस्ले बेच्यो ? त्यो बुझ्ने कोसिस् गर्दैनन कर्णाली के हुँदैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाहरूको नाममा

~जीवन क्षेत्री~ युवती विधवाको बाँझो सिउँदो कमिला हिँडेको खहरेको बगर कोराले बेरिएको विधवाको शरीर नभत्केको घरको भग्नावशेष पुस्तौंदेखिका अपराधीहरू धर्मका तथाकथित ठेकेदारहरू तिम्रो अपराधशास्त्रको कुरुप न्यायालयमा नैतिकताका विभत्स दृष्यहरू ती निमुखा आमाहरू, जो तिमीलाई जन्म दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मकथा

~भिम बहादुर थापा~ कन्दरा संझेर विगतलाई जोख्दिन, सहारा खोजेर शिखर म चढ्दीन, सयपत्री छटाको म एक थुँगा फूल। ** जवानीले मदहोश

Posted in कविता | Tagged | Leave a comment

कविता : अपिल

~कोइँचबु काःतिच ‘उत्तम’~ एकताका मलाई पनि मन लाग्थ्यो सहकार्य र समावेशी ओकल्न यदाकदा मलाई पनि मन लाग्थ्यो सहभागिता र समता डुक्रन कुनै समय मलाई पनि मन लाग्थ्यो पारदर्शी र एकताको खोक्रो नारा फलाक्न ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छापामार योद्धाको डायरी

~तीर्थ संगम राई~ स्काफफोल्डिङको पच्चिसौं तल्लामा झुण्डिएर जीवनको युद्ध लडिरह“दा प्रिय कमरेड ! म मृत्युसँग हारिसकेको छु । हारेको छु— आफन्तहरुका निर्दोष अनुहार छोराछोरीहरुका रहरलाग्दो सपना र, हारेको छु— आफ्नै जीवनसंगिनीको आशालाग्दो घाम झैं मुस्कान र जूनझै रहर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्यतामा

~उषा गिरी~ आजकाल किन दोबाटोमा अत्रिप्त प्यास र गुम्सेको भावनाले मानबता बिछ्याइ रहेकाछौ, पूर्णबिरामलाई बिर्सिएर अन्तरिक्षको सपना मात्र सुन्यतामा? बर्तमानको सिढीलाई जीवनको मात लागेकोछ आजको यान्त्रिक मनुष्य

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई पर्खेको होला

~पुरुशोतम सुबेदी~ पाखा बारीको ऐसेलु र मौवाको टपरीले मलाई पर्खेको होला अर्ध कांचो हाडे काफलगेडी अझै पनि म तर्फै फर्केको होला जनक दाईको बारीको पाकेको आलुबखडाले मेरै बाटो कुरेको होला पारी बनको कालनिउरी टिप्दा हराएको बाख्री अझै फेला परेन

Posted in कविता | Tagged | Leave a comment

कविता : भोर्लेटार

~शक्तिशाली घिमिरे~ अन्नपूर्ण माछापुच्छ्रे शिरमा सजाउँने छातीभरी ढकमक्क गुराँस फुलाउने । पाउँ पखालिरहने गंगाजीको पवित्र जलहरु प्रणब गुन्जाई रहने ती तीथस्थल ।। स्मृतिपटलको गाढा प्रतिच्छाया मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दोषी नजर

~यमूना घिमिरे~ बेहोषी भै जल्दोरहेछ दिल यहा थिएन खरानी भएछ अन्जान मै जुधेर वनेको मायालु थाहै थिएन पर्राई भएछ

Posted in कविता | Tagged | Leave a comment

कविता : ए बुनिया ! कहा छे रे मोर लाठी ?

~गोचा थारू~ युद्ध, जो शुरू भई नै सक्यो अब घुंगी टिपेर के बस्नु ! मछली पक्रेर के रहनु ! बुनिया ! कहा छे मोर लाठी ? युद्ध हो, म नफर्किन पनि सक्छु तर रोक्नसक्ने छैन अब तिम्रो आँधीजस्तो मायाले मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment