Tag Archives: kabita

कविता : गाउँले जन्माएको शहर

~शुष्मा रुपाबुङ~ उ भन्दै थियो गाउँमा बस्ने मान्छेहरु असभ्य हुन्छन रे केही जान्दैनन रे मैले भने, गाउँ त्यो हो जहाँ शान्तिले सास लिन सकिन्छ अनि त्यहा बस्ने मान्छेहरु .. जस्को निश्चल मुस्कान ले पीडा भुलाउछ एउटा को दुखमा बिनाशुल्क सयौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध मलाई माफ गर

~डिल्लीराम अंमाई~ तिम्रो जन्मभूमिमा धेरै पटक उडाएँ परेवाहरु एकहातमा जोली परेवा थियो अर्को हातमा सेतो फूल शायद गोदावरी थियो कि तर तिम्रै युगमा रोपिएको पानीबाट उम्रिएको यदु बंशीको तरवार अनि पानीबाटै नारिएको शाक्य र कोलिय रक्तपात प्रभु रोक्न सकिनँ बुद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कंकाल

~स्लिम जिवन~ म आफ्नै अस्तित्व खोज्दै जाने क्रममा एक खण्डहर बिच जंगलको एक खाडलमा मैँले मेरै अस्थिपञ्जर देखे। मस्त लमतन्न सुतीरहेको आफनै कंकाल देखे। मैँले आँफैले आँफैलाई प्रश्न गरे। आखिर त्यो युद्ध थियो कसका लागि?

Posted in कविता | Tagged | Leave a comment

कविता : म कवि हुँ नि प्रिय !

~ध्रुबकुमार सापकोटा~ आकाशलाई तिम्रो पछेउरी भनेँ बादललाई तिम्रो केश भनेँ झरीलाई तिम्रा आँशु भनेँ तिमीले किन बुझिनौ म कवि हुँ नि प्रिय !

Posted in कविता | Tagged | Leave a comment

कविता : म मान्दिन कुनै धर्म

~प्रकाश सुनुवार ‘निराकार’~ प्रकृति अनुरुप धर्म स्थापित हुनसक्छ धर्मले प्रकृति वदल्ने होइन । एकाग्रता ग्रहण गर्नको बदला लक्ष्य निर्धारण गर्नको बदला परिवर्तनलाई पहिल्याउनको बदला कुनै धर्मको आडमा कसैले आफुलाई ठुलो मान्छे वनाउंछ भने मान्छे–मान्छे विच भेदभाव गर्छ भने

Posted in कविता | Tagged | Leave a comment

कविता : यौवनको हिरासतबाट

~नवीन प्यासी~ यौवनको हिरासतबाट मध्यराति हावाले सुस्तरी अङ्गालो हालेपछि लामो-लामो स्वास तानिरहेकी सल्लाछेउमा बास बसेकी चखेवीलाई जीवन कस्तो लाग्दो हो! समयले दगुरिरहन नछाडेपछि वैशको सगरमाथा चढेकी फूलको छातीमाथि हिमपहिरो ल्याउन खोज्ने भमराहरुलाई जवानीको अत्तर कस्तो लाग्दो हो!

Posted in कविता | Tagged | Leave a comment

कविता : जात

~लेखनाथ छेत्री~ सोधिदिनु पुच्छर हराएर भर्खरै मान्छेजस्ता भएका मेरा सप्पैभन्दा पुराना पुर्वजलाई- कि कसले घोल्यो उसको रगतमा यो श्राप? जसले मसम्म आएर -मलाई बाटोतल्तिर धकेल्छ, -पानीमूनि श्वास फेर्न अह्राउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पराग हत्याराहरु

~छविलाल कोपिला~ देश जलिरहेछ तिमी भने, प्रणय स्थलमा बसेर प्रकृतिले दिएका सृष्टिका लाखौं पराग हत्या गर्दै कलिला फूल दिएर अनि फूल लिएर प्रणय साटिरहेछौ अनि भन,

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्दीको मान्छे

~प्रकाश रम्घाली~ काँडे तारको बारलाई फुत्त नाघेर जब निस्कन्छ यो फौजी केटो त्यसपछि- टक्क रोकिन्छ दौडीरहेको बादल नुन खाएको कुखुराझै झोक्राउन थाल्छ घाम बन्दुकको छर्रा लागेको चराझै छटपटाउछ जून र, तितर/बितर हुन्छन आकाशमा गट्टा खेल्दै गरेका ताराहरु प्रेम गर्न डराउछे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मबाट कविता लेखिदैन

~निश्चल काउचा~ मबाट कविता लेखिदैन देश दुखे पछि कविताबाट म लेखिदो रहेछु गणतन्त्रको कलिलो आगनमा उभिएर हेरिरहेछु मेरो देश बुद्धका आँखामा श्यामश्वेत धरहराको टुप्पोमा कठै सगरमाथाको हिउ फुल झरिसकेछ देखेथे लार्भाबाट रंगिन पुतली बनेको

Posted in कविता | Tagged | Leave a comment

कविता : झोपडीहरू

~दिपेन घिसिङ्~ फाटेका सपनाको छाता ओढेर कुख्रे निन्द्रा सुत्न गाउँमा पसेका झोपडीहरू संसार फट् फट् फट्किँदा पनि भ्रमको आगो तापेर झुक्रिएर बस्न वाध्य छन्। इच्छाहरू बाँसको खाम्बोमा सुर्काउनै सकेका छैन झोपडीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम : जिवनकाे यात्रामा

~मसान उपासक~ पहिलोपटक तिमिले याे मुटुमा सुम्सुम्याएर नभनि गएपछि दुखेकाे हाे देब्रेछातिकाे कुनाकाप्चामा दाेस्राे पटक तिमिले छाेडेर गएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्ख म आउँदै छु

~मानुसी अज्ञात~ पर्ख मेरा साथी सङी म आउँदैछु बालपन लोहोरी मा मस्त नीदाउदैछु | आजको म सानी नानी भोली ठुलि हुन्छु सन्कल्प छ मेरो ठुलो सगरमाथा छुन्छु | नेपालकी छोरी हुँ म नेपाललाई पढ्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : हातेमालो गरौ

~के आर शर्मा~ नौ नौ महिना आमाको कोखमा बसी एक शिशुको रुपमा पूर्ण बिकसित भइ प्रसबका अन्तरबेदनाहरु दिदै आमाको पेटमा स्वतन्त्रता खोज्दै च्या चु को आवाज संगै धर्तिमा ओर्लिएकी म नेपाल पुत्री मातृभूमीमा भर्खरै पैदा भयकी मणी दाहालकी मात्रै नभई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थपक्क

~कणाद महर्षि~ ऊ यसै थपक्क बस्यो भीड बढी रहेछ, आवाज उर्लंदो छ मान्छेको सोच फरकफरक छ आˆनै समूह-स्वार्थको नगिच छ यस्तै भन्नेहरूको कुराहरू पनि सुनिरहेको थिए कोलाहल सुनेको थिएा बाटोमा कााडाहरू छरपस्ट छन्- भन्ने पनि सुनेको थिएा अगाडि उज्यालो छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सराङकोटको माछापुच्छ्रे र मेरो पर्यटक मित्र

~अरुणा बैद्य~ घाम तापेर भर्खरै भित्र पसिन् माछापुच्छ्रे आजभोलिको कडा घामले सौन्दर्य बिगार्छ भनेर कपाल दुखाउंछ भनेर उनी हिमालसुन्दरी धेरैवेर वाहिर वस्नु पनि हुँदैन । तर मेरो पर्यटक मित्र टाढाटाढाको देशवाट एकाविहानै तिमी उकालै उकालो आएको जानेर, उनले सुन्दरीहरुले जस्तै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको अन्त्येष्टि

~विप्लव प्रतीक~ कविता मेरो हातबाट गुम्दैछ, मेरा विचार र भावसँग छुट्टिएर मेरो कविता समयको अँगालोमा मस्तसँग बाँधिएर गइरहेको छ— र, म चूपचाप, निरीह, टोलाएर यो तमाशा हेरिरहेछु । दुनियाँमा भएका असमानता, शोषण, बन्धन र अत्याचार

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मदिन

~हेमन यात्री~ मैले बाँचिदिएको छु र सम्झनेलाई एउटा बहाना भएको छ आजको दिन । आमाको कोखमा छँदा म कहाँ–कहाँ पुगें हुँला ? लेकबेंसी/हाटबजार ? पँधेरो/करेसाबारी वा गौचरन ? त्योभन्दा टाढा पुगेको भए

Posted in कविता | Tagged | Leave a comment

कविता : विचारको रङ

~असिम सागर~ पहिले पहिले स्कुलमा कालो पाटी हुन्थ्यो जसमा सेता अक्षरले लेखेर गुरुबाहरू कखरा सिकाउनुहुन्थ्यो त्यसेले हाम्रा बाबुबाजेका विचार पनि ती अक्षर जस्तै सेता थिए सफा थिए। अचेल स्कुलमा सेतो पाटी हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्वी / अपृथ्वी

~मनप्रसाद सुब्बा~ उनीहरूले एक दिन मलाई विशेष अतिथि हो कि विशेष ग्राहक बनाएर यौटा यस्तो ठाउँमा पुर्‍याए जहाँ ‘देवीदेवताहरू’ र उनीहरूका प्रतिनिधि यक्षहरू मात्र थिए अनि ती प्रत्येकसित मेरो परिचय गराइयो l उनीहरू ‘हल्लो’ भन्दै मसित हात मिलाइरहेका थिए l … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी मृत्युको कहतारोमा

~उषा शेरचन~ शून्य’ शून्य’ अति शून्य ।’ भयानक पिंजडाभित्र बन्द मोटरहरू गुडिरहेछन् – शून्य यात्रीहरू ओसार्दै – शून्य छातीहरू ओसार्दै भक्काना छुट्छन् मौनताबीच – बन्द ज्वालामुखीहरू अभिशाप बन्दछन् शून्यताबीच – जीवन र मृत्युहरू जीवनहरू गिल्ला गर्दै छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्या र जीवन

~मणि भट्टराई~ समस्याहरुले मलाई आफ्नो बनाउँदै लागेका छन् अनेक बहानामा तिनले पुरानो जमानाकी बधुलाई जस्तो ब्यबहार गर्न खोजेका छन् राति तीन बजे उठाएर तीनले जिन्दगीको जाँतो घुमाउन भनेका छन् | समस्याहरूले मलाई भारी माथि भारी थपिदिएका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल नफुलेपछि

~नवीन प्यासी~ तिमी निष्ठुरी बनेपछि समय पनि निष्ठुर बनेको छ अचेल । भन त लालीगुराँस ! यसपालीको चैतमा किन नफुलेको तिमी ? तिमी नफुलेपछि पुतलीले जुनी फेर्न छोडेको छ डालीले सुकेनासको सिकार हुनु परेको छ र भमराले च्यात्नु परेको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेला, बाटो अनि हामी

~लेखनाथ छेत्री~ वास्तवमा हामीले हिँडिरहेको यो बाटो, यो बेलादेखि साँझसम्मको दुरत्वभन्दा धेरै छोटो छ । यो बाटो अन्ततिर हामीलाई छेकेर बसेको हुनेछ एउटा कोलाहल, जसले घिसारेर अलग भीडतिर लानेछ हामीलाई, अलग गल्लीको वासिन्दा हुनेछौं त्यसपछि हामी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँगन गुमाउनेहरूलाई

~त्रिभुवनचन्द्र वाग्ले~ आँखामा धुलो पर्नसक्छ भो बन्द गरे पनि हुने सडकमा ब्याडमिन्टन खेल सडक हो कसले भन्छ दुर्घटना हुँदैन दुर्घटना हो कसले भन्छ यो विनाश होइन आँखामा धुलो पर्नसक्छ म्याराथन गन्तब्य रोकिए पनि सडकमा खेल्ने ए नानीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : अब सगर जोतिन्छ !

~पूर्ण ओली~ कत्ति छेकिनू त्यो सगरबाट हुटिट्याऊँका झिना खुट्टाहरुको ओतमा फगत थुतुनो बालुवाभित्र धसेर ! ओ, मेरी जोरी ! आँशु, अल्छ्याइँ, अन्धभक्तिलाई रछ्यानमा मिल्काएर जर्‍याकजुरुक्क उठ, च्याप कोदाली चपक्क

Posted in कविता | Tagged | Leave a comment

कविता : पिपल बोटको चटपटे

~अंकुर अधिकारी~ मेरो छहारीको सित्तल सित्तैमा ग्रहण गर्दै हज्जारौ जिब्राहरुलाई उन्माद को दिशा तर्फ धकेल्ने, नुन तेल भुजाको सुनौलो टुक्राहरुका साथ समाजका रसिला पिंढीहरुलाई स्वादको ईमान्दारीतामा समेट्ने पिपल बोटको चटपटे ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो बितोस् जीवन

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित गोर्खाकी जननी हिमालतिरकी पूर्वीय गङ्गा तिमी। टिस्टाखाङ् हिमशैलदेखि बहँदै बङ्गाल पुग्ने तिमी।। तिम्रो यो जलमा शहीदजनको गर्नेछु है तर्पण। टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।। तिम्रो यो जलको विशाल दहमा चुर्लुम्म डुब्कन्छु म। तिम्रो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~प्रभा भट्टराई~ यो धरा धामको यात्रा, यात्री भैकन आइयो यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो उकाली जिन्दगीका यी सजिलै पार लयियो हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो । डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस कतै तीता कतै मीठा मिसिए बिष-अमृत

Posted in कविता | Tagged | Leave a comment

कविता : भत्किएको पंखा: भत्किएको सौन्दर्य

~बिमल गुरुङ~ असंख्य मान्छेका असंख्य कुर्सीहरुमा म पनि बांच्दै लंगडो एउटा पँखा करैकरमा नृत्य प्रदर्सन गरिरहेछ भत्किएको सौन्दर्यमा विहुल बाँधेर धरहराबाट हामफाल्न आँटेकी कुनै शोकाकुलग्रस्त कुनै स्वस्नीमान्छे झैं आँखामा ‘बैकाल’ सजाएर

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आमाको उत्तर छोरालाई

~भुवनहरि सिग्देल~ छन्द : रुपामाली (१) चिट्ठी पाएँ प्यारो छोराको मेरो उर्जा दासी गोराको आशा बोकी दास्ती तुर्दै छु आँखा तानी बाटो कुर्दै छु (२) गैरीबारी बाँझै टारी छन् दायाँबायाँ सिस्नो घारी छन् कल्ले खन्ने छोरा १ यो माटो उम्य्रो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : रातो बाकस

~इन्द्रेणी शर्मा ‘जलद’~ नेपालीको जीवनको रङ्ग देख्छु रातो पिडा र कष्टले भरिएकोले पहेलो खोज्दै जान्छु रहश्य यथार्थहरु सार्है मुस्किल हुन्छ समाधान गर्न म कथा सुरु गर्दैछु लाहुरेको प्रसङ्ग हुनेहार युवाहरुको विदेश पलायन सत्ताभोगिको चरम विलाशी आवाज

Posted in कविता | Tagged | Leave a comment