Tag Archives: kabita

कविता : तिमी को हौ?

~दिनेश अधिकारी~ उज्यालोमा फूलहरु फुल्छन् चरा चिरबिराउँछन् सुकाउँछन् किसानहरु खेतमा धानका निहिनहरु र, भत्केका पुलपुलेसाहरु बनाउँछन् गृहिणीहरु- कुनाकाप्चाका कसिङ्गर बढार्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ट्रक ड्राइभर

~दिनेश अधिकारी~ स्टाफ होटल खोलेर बाटोमा भात बेच्ने ठूली, साहिली वा कान्छीलाई जत्ति पनि समय दिन भ्याएको छैन आफ्नी स्वास्नीलाई यो सत्य हो ! बाटैमा नुहाएको छु, बाटैमा खाएको छु आजको बास कहाँ पर्छ भन्नेसम्मको

Posted in कविता | Tagged | Leave a comment

कविता : जुम्ला

~दिनेश अधिकारी~ पहाडैपहाडको बीचमा अर्घौतो आकारको बिनानिकासको पोखरी भएर बसेको छ जुम्ला। दौराको बाहुला र फेरले बिरामी सिँगान पुछ्दापुछ्दै नाकभरि कटकटिएर आफ्नै सासमा गनाएको छ जुम्ला।

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतनाको पीडा

~दिनेश अधिकारी~ १. ए नवजात शिशु ! तिम्रो नाममा मलाई एउटा शोकगीत गाउन मन लागेको छ २. भातका सिताहरु बटुल्नुबाहेक जिन्दगीमा- अर्थोक केही गर्न नसकेपछि घाइते भएको छ आफैँबाट आफ्नो मन र, मस्तिष्कभरि- चेतनाको पीडा

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँमाथि एउटा कविता

~दिनेश अधिकारी~ सेताम्य कपाल फुलेकी बूढीका थोता दाँतहरु झैँ टक्रक्क- यता एउटा टक्रक्क- उता एउटा र यदाकदा अङ्गुरका झुप्पाहरुकै भाँतिमा धेरै पराले र थोरै ढुङ्गे छानाको टोपी लगाएर एकै ठाउँमा गुजमुजिएका केही घरहरु छन् घरभित्र- अन्धविश्वासलाई विश्वास मानेर उग्राइरहेका केही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खुशी

~दिनेश अधिकारी~ बल्लतल्ल नौ महिनापछि बाकसमा बन्द भएर अरबबाट उसको लास आइपुगेको छ र, लास आइपुगेको कुराले उत्सवजस्तो उसकी स्वास्नी र छोराछोरीसँगै आफन्तहरुका बीचमा खुशीयाली छाएको छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~दिनेश अधिकारी~ अर्को विकल्प छैन र, आफू बसिरहेको ठाउँमा कसैले हस्तक्षेप जमायो भने मान्छेले कि त माटोमै मिल्न राजी हुनुपर्छ कि त उसकै टाउकोमा आफ्नो खुट्टा राख्नुपर्छ इतिहासको नाममा यही एउटा ज्ञान सर्वत्र छाएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बनावटी प्रिया

~कल्पना किरण~ जति आउछ, त्यति मात्रै बोल प्रिय, नत्र हरेक शब्दहरुका अर्थ म केलाउने छु, प्रत्येक गलत शब्दमा तिम्रो अबमुल्यन हुनेछ तर बास्तबिकता, तिम्रो बेबकुफिमा नै मेरो प्रेम अड्केको छ ! मुहारमा लेपन धेरै नलगाउ प्रिय मेरो नजर केवल फुस्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मतभेद

~विमल निभा~ केही वस्तुहरुसँग मेरो गम्भीर मतभेद छ माथि आकाशमा अल्छी मानि–मानिकन हिँडिरहेको चन्द्रमासँग मेरो कुरा मिल्दैन म रातसँग सहमत छैनँ बगरेको चुपी,

Posted in कविता | Tagged | Leave a comment

कविता : चढ्नु छ एउटा अजङ्गको पहाड

~ढक बहादुर बस्नेत ‘आकाश’~ विस्तारै विस्तारै अ“ध्यारो अत्याचारबाट उज्यालो न्यायतिर वामे र्सर्दै गरेको शरणार्थी समयलाई विषाक्त विचारको कोर्रर्ाा हिर्काउ“दै बेइमान परिवेशको धुमिल छाया“मा किशोर उज्यालोको हत्या गर्नेहरुसंग म विजयको बा“सुरी बजाउन सक्तिन

Posted in कविता | Tagged | Leave a comment

कविता : उन्माद

~गोविन्दप्रसाद आचार्य~ मनभित्र केको, केको उन्माद उर्लिएको छ बिना कारण उन्मादको मन उम्लिएको छ बेतालका बाँसुरीको धुनलाई मिठो भन्नुपर्ने पटमुर्खले घाँटीमा सुर्के गाँठो कस्दा स्वागत गर्नुपर्ने उन्मादको शासनमा सत्य फाँसीमा झुन्डिन्छ उन्मादका शासनमा शासक विदेशको प्रवक्ता बन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : औंसी, घाम र प्रशान्त

~भोला सिवाकोटी ‘पुरानाघरे’~ चुक पोखिए झैं अध्यारोमा चुनौतिका बाटाहरुमा सम्भावनाहरु ओछ्याएर पाइलाहरुसगै साधना र अभ्यासहरु उचालेर अगाडि आखा सामुन्ने औसीका शीतयुक्त कालारात्रिहरुमा झलझलाकार पूर्णीमा देखेरै साझपख उभिन्छन् पहाडसगै प्रतिभाहरु उदाउछन् सूर्य बनेर औसीलाई मध्य औसीमा उभिन्छन् सूर्य बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : बेसोमत झन्डाहरू

~कल्पना चिलुवाल~ यो राष्ट्र प्राङ्गारिक मलखाद हो जहाँ सप्रिएका छन् ठुलाठुला झन्डाहरू यिनै झन्डाहरू अझै सप्रन अवैधानिक सन्धि-सम्झौताको बाटो गरी आयात गर्दैछन् रासायनिक मलका विषाक्त बोराहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपालकी छोरी

~शुभ श्री~ अनन्त यात्रामा आज तिमीसँग हातेमालो गर्न धर्तिमा आएकी छु मुठ्ठी अझै खोलेकी छैन जनताका सत्रुलाई प्रहार गर्न हटेकी होइन म पछाडि तिमीलाई समेत्न आएकी नेपाल आमालाई नहेप म फेरि घुम्दै उन्कै रक्षा गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : लास

~धुस्वां सायमि~ मेरो एउटा ‘म’ छ यहांको स्थितिमा सदा आफूलाई मरेको पाउंछ तर सधैका लागि कहिल्यै यो मर्दैन र, यो बांचेर उठ्छ/जिउंछ मेरो एउटा ‘म’ छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना भित्र को एक चित्रण

~दिवाकर सिग्देल~ यो ऐना ! आहो यो त म हो ! लौन, ऐना भित्र म भेटिए ! यो बिशाल आकासमा, मेरो शरिर , हात खुट्टा, टाउको इत्यादी आकारमा ब्याप्त रहेछ | यो अविछिन्न दौडिरहेको आकृति | हस्यांग फस्यांग स्वास ,

Posted in कविता | Tagged | Leave a comment

कविता : आखिर, समुद्रलाई पनि आँसु चाहिँदो रहेछ

~अरुणा बैद्य~ कुनै समयमा समुद्रले भनेको थियो मलाई आंसु चाहिदैन, र बन्द गरेर कथाका थिमहरु बाकसभित्र ऊ घाम ताप्न वसेको थियो, आफ्नो कथा अव कसैलाई भन्दिनँ भनेर । तर समुद्र हो आफै ऊ पनि भिज्छ, एक्लै भिज्छ बिझेर भिज्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँकी भाउजूसित

~स्वप्निल स्मृति~ सुँगुरपाठा व्यापारी दाजुको काँध न हो देउराली ढोगें र घोडा चढें … औंशीहाटमा टाढैबाट चोर औंलाले हजूर चिनाइदिने गल्ती गरें जो ! त्यही दिन हारें दाजुसँग । यो चट्याङहरुको देशमा मैले माया लाउन जानिनँ

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष

~सीमा आभास~ तपाईंले लेखेको किताब तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ मै हुँ यो सभ्यताको धरोहर तपाईंको सभ्य शैली मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ । तपाईंको निन्द्रा र सपना ध्यान, जप, तप मै हुँ म नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी पर्दा सम्झिन्छु……

~गणेश खड्का~ अचेल झरी पर्दा- थुप्रै-थुप्रै पुराना झरीहरु सम्झिन्छु म जुन झरीहरुले मलाई झरीसँग प्रेम गर्न सिकाए, झरी पर्दा सम्झिन्छु मेरो बालापन अभिभावकको आँखा छली-छली झरीमा रुझी खेलेको र, चिसोले हनहनी ज्वरो आउँदासमेत झरी परेको आँगनमा उफ्रेको झरीमा रुझ्दा ज्वरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धको देशमा युद्ध

~दिलिप योन्जन~ बहुदलको घोषणा नव दुलही झै ओल्लो सडक तल्लो चोक वारीको बस्ति र पारीको छितिज तिर मिर..तिर मिर… मान्छेको आकृति शहिदको सालिकहरुले एक तमास हेरी रहे.. हेरी रहे…

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको अभिव्यक्ति

~रुमन न्यौपाने ‘अमन्त’~ झिँगटि घरको दलान छेउ उम्रेको एक थान प्रेम माथि मैले कबिता लेख्नै पर्छ । कुम्खा भित्र लुकेको माया हार्दिकता ताप्न निस्कदाँ हो, त्यति खेरै हो मैले उनलाई प्रेम गरेको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय सखा !

~कृष्णसेन “इच्छुक”~ ए, मेरो प्रिय सखा ! जीवनसङ्ग्रामको यस दौरानमा एकै यात्राका सहयात्री हामी अहिले हाम्रो साथ तिमी नरहे पनि मुक्तिका लागि विश्वभर लडिरहेका योद्धाहरूको वीरतापूर्ण कथाहरूमा एउटा कथा तिम्रो पनि थपिनेछ न्यायका लागि संसारभर लडिरहेका जनताको गौरवशाली कथाहरूमा एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म आउने छु

~चन्द्रबहादुर घर्तीमगर~ लाग्छ अचम्म मलाई तिमीले जब यो भुल्दछौ म पनि त यही जन्मेको हुँ तिमी जहाँ जन्मेका छौं यो धर्तीलाई माया गर्दछु जहाँ बाँझा चरहरु छन् तिमी भन्छौ म भागिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमी

~चन्द्रिका तामाङ~ हिमालभन्दा अटल लाग्छ आफ्नै मातभूमि प्राणभन्दा प्यारो लाग्छ आफ्नै मातृभूमि एउटै छानामुनि मिली बस्छौँ सबै नेपाली बन्दैन नयाँ नेपाल नमिली मधेसी पहाडी हिमाली बसन्त ऋतुको आगमनले छाएको छ हरियाली एक नेपाल हेर्न पाउँदा मनै छ खुसीयाली

Posted in कविता | Tagged | Leave a comment

कविता : जुका

~योगेन्द्र काउछा~ रगत चुसाहा असल सिकारी सिजन चिन्दछ सिजनमा जीवनको आहरा खोज्दै कहिले तल झर्छ कहिले उकालो चढ्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : उसको विजययात्रा

~जीवन शाही~ दुर्योधनको अभिमान शकुनि षडयन्त्रको जालमा उसको अस्तित्वलाई सुली चढाउन स्वतन्त्रता र समानताका ढ्वाङ फुक्नेहरू न्यायका गफ हाँक्दै एकाएक सलवलाइरहेका छन् कुटिल षड्यन्त्रका माहिर शकुनिहरू पासा ढालिरहेका छन् महाभारतमा द्रौपदीको वस्त्रहरण गरेझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : राराको छेउमा उभिएर

~विमल पोखरेल~ स्वच्छ पानीका छालहरू दौडिरहेका छन् हजारौं वर्षदेखि म छालहरूको छेउमा उभिएको छु अथाह पानीको सागरमा माछाहरू पौडिरहेका छन् ती तालका गहनाहरू हुन् ढल्की ढल्की नाचिरहेका छन् आँखा जुधाउँदा लुक्न खोज्छन् लजाए जसरी

Posted in कविता | Tagged | Leave a comment

कविता : इन्द्रेणी:प्रतिजिन्दगी

~अनिल नेम्बाङ~ टेकेर बक्षमा दुई पहाडको फक्रक्क फुलेको उ त्यो इन्द्रेणी देख्छु जहाँ प्रतिजिन्दगी वृतांशमा जिन्दगी। छुट्याँउछु रङँहरु केस्रा केस्रा झट्ट हेर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनामा लोड्सेडिङ

~दीपकजङ्ग हमाल~ अचेल हर रात सपनाहरु खण्डित हुन्छन् परिवर्तनको क्रान्तिमा उर्लेको भेल एक घुट्को पानीको लाइनमा देख्छु प्रतिनिधि चुन्ने मतदाताको लस्कर केही लिटर पेट्रोलको याचनामा देख्छु जन प्रतिनिधिहरु बाटै अपहरित भएको देख्छु म या मेरा सपनाहरु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।। भात खाँदामा कालो मास घिउ हालेको दाल कालो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ऊ मान्छे

~उज्ज्वल जी.सी.~ तीक्ष्ण बुद्धि मस्तिष्कभित्र सँगालेको दाबी गर्छ ऊ नगरोस् पनि किन उसले आफ्नो अस्तित्व अडाउने बलियो धरातल भेटेको छ अतः आफैलाई बहुविद् सम्झने उसको आडम्बर निरन्तर स्थायी छ

Posted in कविता | Tagged | Leave a comment