Tag Archives: kabita

कविता : अकविता

~अनिल नेम्बाङ~ अठार कोरीको लैनो भैँसीलाई हैजाले उडाए देखी परदेश बतासिएको छु आधा रातमा कुकुर भुके मेरो बाटो नहेर्नु आमा भैँसीले पनि बेच्दो रहेछ हामीलाई त बुढि औँलाको मसी आलै छ, साहुको तमसुक च्यातिए पछि आउँला। उल्कै भो’ गाँठे!

Posted in कविता | Tagged | Leave a comment

कविता : संघीयताको बिऊ

~राहुल पुन~ संघीयता विदेशी बिऊ विखन्डनको विष विनासको प्रतिक शोषणको अमृत पेरिसडाँडामा रोपियो

Posted in कविता | Tagged | Leave a comment

कविता : खै मेरो घर ?

~दीपक जडित~ आज पनि एउटा दिन गलेर गयो बिहानको उमंग दिन छिप्पिन नपाउंदै शिथिल भएको मैले आफ्नै आँखाले देखें बेलुकी सम्ममा थाकेर लत्र्याकलुत्रुक म आफ्नै मनको आँगनमा निस्किएं मनकै आँगनको डिलमा थचक्क बसें पछाडी फर्केर हम्केरा हाल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : म अस्तित्व हराएको मान्छे…

~प्रेम पुन~ म गोठमा जन्मेर गाँउमा हुर्केको मान्छे दु:खको पहाड बोकेर हिंडेको मान्छे लगाउनलाई मसंग चप्पल थिएन लाहुरेको छोराहरुको जुत्ता हेरेर मक्ख पर्थे पैतला फुटेर जमिन भासिए जस्तो हुन्थ्यो तैपनि कपडाको भकुन्दो कुँदाएको हुन्थे म कक्षामा जहिले पनि अगाडि हुन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रपति कसलाई ?

~हरिकृष्ण न्यौपाने ‘घायल’~ सबै दलमा लुछा-चुडी, राष्ट्रपति कसलाई? सबै मिलि छान्नु पर्छ, योग्य ब्यक्ति जसलाई! पद अनि कुर्सि खोज्दै, हाना-थाप किन? दलहरूकै हाना-थापले, बित्यो धेरै दिन!! काँग्रेसलाई गिरिजा रे, अर्कै एमालेलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरु

~भोजराज न्यौपाने~ फूलहरू हरेक दिन भमरासँग तर्सिन्छन् र, उनीहरूसँगै समर्पित हुन्छन् । फूलहरू हरेक क्षण हावाहुरीदेखि डराउँछन् र, उनीहरूकै तालमा नाच्छन् । फूलहरू मान्छेदेखि डराउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमान

~गीता पन्थ~ आफैंसँग झ्स्किएका यक्ष प्रश्नहरू बेअर्थमा रिसाएका दुर्वाशा समयहरू विनासित्ती निहुँ खोज्छन् अचेल समय श्रापित अहिल्याका स्वप्नदोषहरू। भग्न मन क्षेत्रबाट उत्खनित रहरहरू असंरक्षित सपनाका असुरक्षित भ्रूणहरू

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ज्योति मगरको तिघ्रा

~विनोदविक्रम केसी~ तिमी फस्यौ ज्योति मगर! फस्यौ नानी! यो करनीघाती बजारको चिल्लो–चम्किलो चक्रव्यूहमा अभिमन्युले अन्तिम सास लिनुअघि तिम्रो तिघ्रामाथि म रचिरहेछु यो पाखण्डी शोकगीत एउटा मलाई असाध्यै मन पर्छ अबोध बालिकाको जस्तो तिम्रो निश्छल हाँसो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अट्टेरी ‘टाप’

~टिका भाई ~ विज्ञापनका ‘होर्डिंग’-हरूमा उज्यालिएका रङ्गीन अक्षरहरू मात्र हो यो- ‘सरकार नामको अदभुत जादु’ जादु हातको सफाई त हो जादु भ्रमको खेल त हो। हाम्रो चेतना समुद्र हो, नदी हो, गहिरो तलाव हो, भ्यागुताहरूको कर्कसता पाल्ने ‘एक्वेरियम’ होइन। सुन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छेकिएका हिमश्रृंखलाहरु..

~डा.मधु माधुर्य~ १ बुढानीलकण्ठमा विष्णुलाई नागमाथि विराजमान देख्छु नागलाई महादेवको गलामा बेरिएको देख्छु कतै क्लेओपाट्राको चुल्ठोमा पनि देख्छु… जब-जब विशिष्ट सम्मानहरुको यो इतिहासबाट प्रेरित हुन्छु म वात्सल्य ममताको दूध र्सपहरुलाई आफ्नै हातले पिलाउँछु म तिनै सर्पहरुले फणा उठाउँदा – सगरमाथा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल एक दिन फर्कन्छु ..!

~सुरेस खनाल~ नेपाल एकदिन फर्कन्छु, अमेरिकामा रमाउन सकिन्न! संकल्प धेरै पटक मनमा आए। तर, पढाइ त पुरा होस! कलेज – डेरा, डेरा – कलेज पढाई पनि सकियो। यतिका बर्ष बिताईयो, खालि हात के जानु! नेपाल एकदिन फर्कन्छु, अमेरिकामा रमाउन सकिन्न!

Posted in कविता | Tagged | Leave a comment

कविता : फुटपाथ

~केशव शिलवाल~ सुपारीझैँ टुक्रा पारेर जीवनलाई बेचिरहेछन् नाङ्लेपसलेहरू यही फुटपाथमा गाइनेहरू गाइरहेछन् शताब्दीको अन्तिम गीत यही फुटपाथमा यही फुटपाथमा उभिएर कुरिरहेछौँ हामी अझै पनि भाडाको लोकतान्त्रिक गाडी

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘पेन’ हङकङमा…

~होमनाथ सुवेदी~ १ एच्के नेपालको यात्रा हङकङ भरी गरें अनेसास समाएर शाखामा चोप्छु ‘पेन’ हे ! २ देश सुब्बा, उपन्यस्त सल्लाह-कार छन् भने महासचिव शाखाका सम्वाहाम्फे बने भने ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गौंथली

~विप्लप प्रतीक~ अष्टमानको पसलमा फेरि आए गौँथलीहरू― जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि र ऊ बस्ने चकटीमाथिको दलिनमा बनाउन शुरु गरे गुँड। हरेक वर्ष यसरी नै आउँछन् असनका पसलहरूमा र, रत्तिभर नडराइकन शुरु गर्छन् बनाउन गुँड।

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दकोष र शब्दहरु

~टंक सम्वाहाम्फे~ शब्दहरु शब्दकोषको पर्खाल नाघेर बाहिरीएकाछन् जुन शब्दहरु युगौ देखि शब्दकोषमा कैदी थिए तीनै शब्दहरु आज स्वतन्त्र भएकाछन् त्यसैले यी शब्दहरु यत्रतत्र,र्सवत्र

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीङ्खला कविता

~राजा पुनियानी~ हर्कबहादुर १ आफ्नो जागित्रे रहर नथामे पनि आफ्नो हरामी संसार नथामे पनि आफ्नो गाथको भाग नथामे पनि आफ्नो मान्छेको अपेक्षा नथामे पनि आफ्नो साथीको माया नथामे पनि आफ्नो दुश्मनको इख नथामे पनि हर्कबहादुरको थाप्लोले अहिलेसम्म थामेरै आयो कल्पनाभन्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुङ्मा

~हेमन यात्री~ कहाँबाट आएर बस्छ यो पुरातात्विक हावा ? दुङ्माको काखमा र गाउँछ– दुङ्माली जिब्रोको संगीतमा यहाँका आदिवासी अवशेषहरु ‘लागभग बाहसाय वार्षअघि’ पौवाखेसाङ* थुमको युद्धमा खेदिएका चोखाङ* परिवार

Posted in कविता | Tagged | Leave a comment

कविता : मजवुन र मजवुनहरू

~त्रिभुवनचन्द्र वाग्ले~ मैले पिएको जाँडले साँझ चुलोमा कफर्यू लाग्नसक्छ छोराको स्कुलको पोशाकले आज घरमा हड्ताल गर्नसक्छ श्रीमतीको भग्नावशेष हृदय कविताको पारिश्रमिकले जीर्णोद्धार गर्ने गरेको छु विदेशी बन्दुकमा बारुद भर्दाभर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मञ्जूर छ

~अनन्त निरौला~ दिनेले पूर्ण सम्भावना नदिएको हैन जस्तो लाग्दैन मलाई सम्भावना अटुट शान्तिको म मा छैन भन्ने लाग्दैन मलाई दिनेले कन्जुस्याईं गरेको पटक्कै लागेको छैन मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दी र चन्द्रागिरि

~कृष्ण सेन ‘इच्छुक’~ विजयको अन्तिम दिनसम्म सबै रहौंला नरहांैला पछि हामी र, सायद यो खुसीको हर्षित क्षण हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ । र, म पनि रहिनँ भने यस काव्यको अन्तिम अध्याय पनि लेखिँदा लेखिँदै भोलि अपूर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमि

~टेकबहादुर सुनुवार~ शक्ति कहाँ हुन्छ? दस्तावेज नै खारिज गरे पछि! ईन्डिया कहाँ लुक्छ? चीनले आपूर्ति पदार्थ भरे पछि! बुद्धिमान कहाँ हुन्छन? कसलाई दिनु बुद्धि खै मरे पछि! डराग बन्दैन को यहाँ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मृगतृष्णा

~भानु सुनुवार~ समयको कुनै विन्दुमा उष्णताले छोपिएको सपनाको महलभित्र सुन्दर भविश्य खोज्न जिवन संघर्षका पटाङ्गिहरुमा रहरका बिस्कुन सुकाउँदै बाँचिरहेको म एउटा यायावर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा दियो हुँ म

~दीप हाँडिगाउँले~ सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म मन्दीरमा बालेको तिमीले एक धुप हुँ म नेपथ्यमा सुनेको तिमीले एक धुन् हुँ म

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~सोम खनाल~ मैले भने आकासबाट जुन टिपी ल्याइदिन्छु तिम्ले भन्यौ मन छुने एउटा गीत् गाइदिन्छु मैले भने रगतले तिम्रै नाम लेखिदिउकी तिम्ले भन्यौ नयनमा पर्ने घाम छेकिदिउकी । मैले भने तिम्रो नीम्ति मर्न पनि तयार हुन्छु तिम्ले भन्यौ बचाउन जे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : विवशता

~वासुदेव पाण्डेय~ छन्द : शार्दूलविक्रीडित मान्छे मङ्गलमा पुगेर जलको सम्भाव्यता खोज्दछ हाम्रोमा अझ जातभात चुलिँदो यो तथ्यले घोच्दछ । पैले दास,सती प्रथा पनि थिए यो बुद्धको देशमा उस्तै मानिस जातले दलित छन् अद्यापि यो देशमा ।। ज्यामी भै जसले ठुला … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : फुलेको जवानी !

~प्रभा भट्टराई~ अहा ! जिन्दगीमा सुनौला पला ती सधैँ हुर्कंदा, स्वादिला शृङ्खला ती छँदा कोपिला, फक्रँदाका कहानी छुटे, शेष भो लौ, फुलेको जवानी ! अनेकौँ कडा ग्रीष्मका तप्त राप सही, शुष्क हेमन्तको दृष्टिपात शरद्को उज्यालो, बसन्ती बिहानी

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : कसरी म बाँचु ?

~रन्जु ‘मार्ग’~ मझेरीमा बस्छिन उनी पिई गहको आसुँ आउने जानेलाई भन्छिन ,कसरी म बाँचु ? सखारैमा गाग्री च्यापी ढुङगेधारो झर्छिन छाँया केही देखिन भने टोलाएर हेर्छिन

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : ट्युब स्टेशनमा एक साँझ  

~रवि प्राञ्जल~ एउटा अधुनातन गाइने विरहको धूनमा आफ्ना निपूण चलायमान औंला हरुले छेड्दैछ गितारका तारहरु यो खुल्ला आकाश विहीन भूमिगत स्थलमा यो के हुदैछ मलाइ ? उड्दैछु म आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : म जुद्धे चिडियाखानाको बूढो काकातुवा बाँचिरहेछु

~डा. दुबसु क्षेत्री~ मान्छेलाई सबैभन्दा प्यारो सायद उसको स्वतन्त्रता हो स्वतन्त्रता नहुनु भनेको निश्चास हो, उनीहरूलाई मैले भनेको थिएँ मलाई तिमीहरू जुहारत दिन्छौ र मेरो अस्तित्व माग्छौ भने म मान्दिन मलाई तिमीहरू सम्पत्तिहरू दिन्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : दीप

~अनुकूल प्रकाश~ म मा पाप छैन ,म निस्पाप, जलिरहेछु,बलिरहेछु ! म मा कलंक छैन, म निस्कलंक, जलिरहेछु,बलिरहेछु ! म मा स्वार्थ छैन,म निस्वार्थ, जलिरहेछु,बलिरहेछु ! म मा डाहा छैन, इर्श्या छैन, न घामसित ,न जुनसित न घामको प्रचण्ड कीरणसित, न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मलामी

~शोभा आधिकारि~ छन्द : झ्याउरे के देखनु पर्‍यो आज यो मैले ,सुनसान ठौँउमा देख्दिन कोही दाजु र भाइ ,यो हाम्रो गाउँमा घरको स्थिती सुधार्न भनी ,मुग्लान पसेका नारीले पनि आफ्नो काम् गर्न ,कम्मर कसेका देशको स्थिती जर्जर हुँदा ,रोज्गारी खोज्नलाई … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : ए कर्णाली

~अनु~ म आफु दख्खिन बगेकै बेला, कर्णाली, तिमी पनि दख्खीन बगेको सुन्दा, बिलखमन्द भएको छु, तिमीले मलाई भनेका थियौ, पसिना चुहाये, यहाँ धान फल्छ, पाखुरा बजारे, यहाँ सुन फल्छ, तर के भयो आज यस्तो? तिम्रो त रहर थियो,

Posted in कविता | Tagged | Leave a comment