Tag Archives: kabita

कविता : अलमलिएको प्रदेसी

~पुरुषोत्तम सुवेदी~ चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र । संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।। बढे जस्तो लाग्छ मलाई – नास्तिक को बाहुल्यता । आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।

Posted in कविता | Tagged | Leave a comment

मनोज बोगटीका दश छोटा कविताहरु : ढुङ्गा

~मनोज बोगटी~ ढुङ्गा-१ उसको कठोरता तिम्रै आँखाको दोष। ढुङ्गा कसैको घड़ेरी हो घर हो, मन्दिर हो, शहर हो ढुङ्गा कसरी कठोर हुन सक्छ? ढुङ्गा पनि फुट्छ तिम्रो मन जस्तै विचार जस्तै विश्वास जस्तै।

Posted in कविता | Tagged | Leave a comment

कविता : ए नब युगकी जननी

~अशोक ‘खलानको मान्छे’~ एक बुद तिम्रो आशुको मत्लब मेरो आशुको सहश्र् धारा हुन सक्छ तेसैले बिन्ति रुने काम नगर है तिमोती हरु जिबन मन्थन् मा उपयोग हुन सक्छ सम्हाली देउ है एक बुद तिम्रो….. हजार कोप हरु सहन सक्छु म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~ बदलिन्छ घडी, बदलिईरहन्छ पला तर, साक्षात्कारमा तिनै सञ्चो-बिसन्चोका कुरा कहिले दु:ख र सुखका कुरा कहिले मिलन र विछोडका कुरा कहिले काँढाघारीका कुरा कहिले फूलबारीका कुरा एकैछिन मनलाई शान्त्वना दिने कुरा।

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएका देवताहरू

~छविलाल कोपिला~ निष्पट्ट अँध्यारो रातमा एक हूल मानवाकृतिहरू सीमानाको डिलसंगै खोलाको बहाव जस्तै हिडिरहेछन् । यता, डेहुरारिक–पातामा, बेटका–लाठी, सोनमुठ्–बर्हनी यथावत थियो, गुर्बाबा, सौंरा, खेँखरी–मैयाँ र ढमराज पनि आ–आफ्नै सिंहासनमा विराजमान थिए, र चारैतिर सेनाहरु तैनाथ थिए ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खस्रो गुलाब

~सुरेस खनाल~ बास्ना आफ्नो ठाउँमा छ, कोमलता आफ्नो ठाउँमा छ, सौन्दर्य आफ्नो ठाउँमा छ, र फक्रेर बिहानि बोलाउने कोपिला आफ्नो ठाउँमा छ!

Posted in कविता | Tagged | Leave a comment

कविता : डेथ नोट्स र आशाहरू

~सुवास खनाल~ ए ! क्याप्सनमा ‘डेथ नोट्स’ लेखिएको लुगा लगाउने मान्छे चिन्यौ तिमीले मृत्युलाई ? यो कुन बाटो आउँछ र कतातिर जान्छ ? यसको बास र ठेगाना कुन हो ? यसलाई किन मन पर्दैन सपनाहरूको घर ? वा रहरहरूको हिमाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एकलव्य

~प्रकाश सुनुवार ‘निराकार’~ जबसम्म सक्षमहरु समानताको हक दिलाउन छोडेर समानता स्थापित गर्न छोडेर धर्मको विपरित हुन्छ भन्ने भयले अपराधको दाग लाग्छ भनी गुरुदक्षिणामा आप्mनो बुढिऔंला दान गर्ने एकलब्यहरु पुनः यस दुनियाँमा प्रकट भइरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~दिलिप योन्जन~ छिटै देउ, देशलाई गती गरी देउ, नेपालको प्रगती। कति दिन, बिगार्छौ मती आखिर देशकै हुन्छ बिगती।

Posted in कविता | Tagged | Leave a comment

कविता : फागुन फुल्छ संसारसारा

~लक्ष्मी प्रसाद देवकोटा~ क. फागुन फुल्छ संसार सारा अत्तर छिटी ऐशको । रङ्गमहल यो कसको होला ? परी–रानी बैंशको । ख. रुपको शरम लाल लाल हुन्छ फुस्केको छाती सँभाल्न । चुलबुल गुलाफ–कोपिलाले सकिन सप्को बसाल्न । ग. लुक्ने कोशिश मोहिनीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक दर्जन मृत कविहरु

~विमल निभा~ मेरो साथीका लागि मलाई खरिद गर्नु थियो एउटा बुसर्ट एकातिर बाहुला नभएको बुसर्ट जनआन्दोलनताका महेन्द्रको सालिकनेर पुलिसको गोलीले मेरो साथी ढलेको थियो र उसको एउटा हात काट्नुप¥यो त्यसबेलादेखि मेरो साथीलाई अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अभिमन्यू

~इन्द्रकुमार श्रेष्ठ “सरित”~ कहाँ, कहिले र कोद्वारा चक्रव्युह बिछ्याइएन ? कहिले रणसङ्ग्राममा कहिले सन्धिसम्झौताहरूमा कहिले गालीमा त कहिले मिठो बोलीमा पटकपटक भएको छ षडयन्त्र सहकार्यको अभिनयमा कहाँकहाँमात्रै धोका भएन ? पाइलापाइलामा बिछ्याइएको छ बम

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो काबुल शहर

~लेखनाथ काफ्ले ‘राजन’~ अझै,सम्झिरहन्छु रमादानमा सजिएको त्यो शहर इद-उल-फित्रमा रमाएको छ बर्से मेरो छोरो बाबुजिका तरविह नमाजका रुक्न र दुवाहरु मेरी बेगमले बनाएका सेहरी सुहुरका स्वादहरु हो अझै सम्झिरहन्छु , “बजु बिस्मिल्लाह”का ध्वनिहरु गुन्जिने त्यो शहर

Posted in कविता | Tagged | Leave a comment

कविता : नेतालाई स्यालुट छ

~कुन्दन काफ्ले~ नेता ज्यूका लागि भने हरक्षण अप्रील फूल छ । भाषण उनको सुन्दा खेरी भोकाले भोक भूल छ । लठ्ठ पार्ने बोली उनको सुन्दै भाग्य खुल्छ । हिंसा फैलाउने बोली साँच्चै त्यो अतुल छ । खाँटी हैन ढाँटी हिड्ने, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : कुरो त यसो पो?

~कृष्ण वस्ती~ गाउँमा बाघ मारिएको हल्ला फिंजियो , नाचगान गर्दै मान्छेको भीड धुरियो ,

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमायाले छोरालाई भन्छिन- कमसेकम जुवा त खेल

~अनिल नेम्बाङ~ धन बहादुर नाम जस्तै थिए- तीन तले घर, नब्बे मुरी कुत आउने खेत, धपक्क बलेकी श्रिमती-अरु के कुरा गर्नु। ६२ सालमा- जुवामा च्याखे थाप्दा एक हल गोरु पनि जोडे हौसिएर त्यहि दिन देखि उनले कौडि समाए जुवा खेल्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राण शक्ति/देशभक्ति

~रामेश्वर राउत ‘मातृदास’~ जाग्न सकोस् हृदयमा हरपल परम शक्ति सृष्टि/आकाश अमर हुन्छ प्राण देशभक्ति देश नै हो जीवनको लक्ष्य-मूल बाटो देश नै हो जीवनको प्राणेश्वर माटो

Posted in कविता | Tagged | Leave a comment

कविता : वेश्या ?

~नवराज लम्साल~ ‘कस्ले भन्छ म राम्री छैन कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन भो छोड अनुहार, रुप र शरीरका कुरा अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म सजीवता फालेर एकछिन र बिर्सेर जीवनका सारा बोझहरू डुब चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विभ्रम

~प्रतिमान सिवा~ एकदिन, उसले जिन्दगीलाई नियाल्यो । सुन्दर देख्यो,… राम्रो देख्यो, आकर्शक देख्यो । अनि, उत्तेजित भयो, कामुक भयो, प्राप्तिको आकाङ्क्षा चुलियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाख्रा

~विमल निभा~ बाख्राको थुन दूधले भरिएको छ निहुरिएकी छे माता पृथ्वीतलमा हावा एउटा लयमा बहिरहेछ बाहिर प्रचण्ड गर्मी छ रुखहरु ट्वाल्ल परेर उभिएका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जे पनि जन्ताकै लागि

~राजेन्द्र थापा~ जे पनि जन्ताकै लागि नै गरियाको भनियो जन्ताको सूचीमा चैँ खै कोको परियो नौलो बाली नयाँ धान गफ्फा चुटियो मौसम बित्दा नि हलो अड्काकै देखियो

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध

~पशुपति कर्माचार्य~ बुद्ध एउटा आस्था हो ढल्दैन् एउटा ज्योति पनि हो त्यो निभ्दैन ! ए मुर्ख! बुद्ध स्तुप भित्र कुरान रोएको तिमिले देखेनौ ? बुद्ध मुस्लुम हो

Posted in कविता | Tagged | Leave a comment

कविता : कमिलाको बाटो

~गणेश खड्का~ कहिले मेरो घरमुनिको बाटो तिमी हिँड्यौ हिँड्यौ कहिले फेरि मेरो घरमाथिको बाटो म पनि हिडेकै हुँ बाटो त तिम्रो घरमाथि–मुनिकै कहिले दिएँ घरको पेटी, बलेसी, आँगन र करेसा दिएकै थियौ तिमीले पनि अलिकति घुर्यानको छेउ बाटो चाहिएको थियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चोमोलुङ्गमाको छाती

~निश्चल काउचा~ बुद्ध हराएको मुलुकमा सित युद्ध चलिरहदा प्रोथाहरुमा तुषारापात भैरहनेछ देवढुङ्गा / चोमोलुङ्गमाको छातीमा फक्रेको हिउ फुल ओईलिरहनेछन यो कस्तो चक्रब्युह हो स्वाभिमान तिलाञ्जली दिएर दक्षिणी हावासँग परेड खेल्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : पदचिन्ह

~भीष्म उप्रेती~ बादलका झुप्पाहरूजस्तो सेतो हिउँमा मैले आफ्ना पाइतलाका छापहरू बनाएँ । जान्दाजान्दै पनि कि मायाजस्तो अलिकति न्यानो पाउने बित्तिकै

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्सातमा

~सुदिप पाख्रीङ~ बर्सातमा…. आफ्नो धार छाडी किनारबाट उक्लन्छन र, कुद्छन छानाहरुमाथि बाट गल्लीहरुमा, चौकहरुमा अफ्ठ्यारै नमानी बर्सातमा….

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~झलक आचार्य~ देश कहिल्यै नदुखोस देश दुख्नुको सट्टामा मेरो छाती दुखोस मेरो छातीको उपचार हुनसक्छ देश कहिल्यै नचर्कियोस देश चर्किनुको सट्टामा मेरो घरको भित्ताहरु चर्कियोस मेरी आमाले

Posted in कविता | Tagged | Leave a comment

कविता : म त्यही हुँ तिमीले बिर्सीगएको मानिस

~हेमन यात्री~ धेरैपछि सम्झनाको साँघु तरेर तिमीले मेरो बारे सोध्यो– कसरी ढाटूँ म आफूलाई ? तिमीले बिर्सीहिँडेको मानिस म होइन भनेर । सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले खै ! के सम्झ्यौ कुन्नी दुर देशमा पुगेर ? सुनकोशीमा बगेको सुनको पानी सम्झ्यौ कि

Posted in कविता | Tagged | Leave a comment

कविता : नहारेको मान्छे

~विप्लप प्रतीक~ मैदानमा म एक्लै छु र झयाल थुनेर घरहरूको च्याइरहेछौ तिमीहरू । मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ र मलाई लाग्छ मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यभामालाई सम्बोधन

~साम्ब ढकाल~ प्रस्थान विन्दुबाट तिम्रो नाममा सत्यभामा तिम्रो बिदाइमा तिम्रै नामले अन्तिम सम्बोधन गरिरहेछु । सत्यभामा तिमीलाई यो माटोले रोक्न सकेन यी पाखापखेरा यो बनेली गोरेटो यो जुनेली आँगन

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केपछि

~अकेला यात्री~ एकान्तमा एक्लै……… यो अँध्यारो रातमा उज्ज्यालो खोज्दै छु अबेरतिर चल्ने हावाको स्पर्श मेरो निधारमा आएर ठोक्कियो र एक झरी बर्षात् बगेर गयो स्तब्ध तालहरूमा गएर डुब्न मन लागेको छ । सुदुरबाट आएका कर्याङकुरुङ !

Posted in कविता | Tagged | Leave a comment

कविता : बडा घरको बडै चाला…

~निर्मोही व्यास~ “काला गए गोरा आउँछन्” सुन्दा दिन–राती पर्खी बस्थेँ स्वागतमा लाखबत्ती काती नआउन्जेल को हो, के हो, आएपछि था भो यस्ता गोराभन्दा बरु काला नै पो जाती

Posted in कविता | Tagged | Leave a comment