Tag Archives: kabita

कविता : जनताले के पायो

~लोप्चन लामा~ बाह्र बर्ष गोली बर्सायो कलीला हातहरुमा बम -बन्दुक थमायो गाविसा-चौकी लडायो,टावर-पुल उढायो भएको संरक्षण भत्कानु-भत्कायो युवा शक्ती बिदेश भगायो सिङो देश अन्धकारमा सुतायो

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त त्यसै फर्क्यो

~डा. आनन्द जोशी~ हुन त यसपटक पनि हरियो जीवनका लागि निकै इच्छाहरु जोगाएर वसन्त हेर्न आएको छ हामीकहाँ तर, खेतको माटो अझै बेहोस छ । पानी नपाएर खेतका माटो अझ चिराचिरा परेका छन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले हारेर पनि जित्न जानेको छु

~अनन्त निरौला~ तिमीले निष्फिक्री आऊँदा हुन्छ मैले हारेर पनि जित्न जानेको छु स्वागत छ तिम्रो निर्दयी बेगलाई, म त पैले देखि नै यी लामा हरिया घाँसहरु जस्तो झुकेर लमतन्न परि दि सकेको छु तिम्रो सामु। स्वागत छ तिम्रो कर्कश प्रबाहलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~भिम बहादुर थापा~ भेलको अनगिन्ती झापड खाए नि बर्षाको बहुलठ्ठी भोगे नि मेरो बैखोलोले मेरो मुरली खोलोले कहिल्यै बदलाव सोचेन कहिल्यै बेईमानी गरेन म त तिनकै चिसो पानीले पोषिएको मान्छे शितल छादनमुनि

Posted in कविता | Tagged | Leave a comment

कविता : जनताको अर्थ

~बिस्नु प्रवा सापकोटा~ हजुरबाले गुराँस जस्तो रक्तिम जवानी राणाका महलहरुको गाह्रो चिन्दै बिताए । ओइलिए पछी बैस कसैले सपना देखाइदियो अब राज्यमा तिमी जस्ता जनताले शासन गर्नु पर्छ । जाडोले कठाङ्रिएको बिरुवालाई घामको न्यानो किरणले

Posted in कविता | Tagged | Leave a comment

कविता : दोधारमा धार

~अनिल नेम्बाङ~ बेलाबेला दोधारमा पर्छु फूल माग्दा सोल्टिनीले म दोधारमा परेथेँ- फूलको थुँगा या फूलको बिरुवा? दोधारमै बिरुवा दिएथेँ मानिलिएँ, बिरुवा- नयाँ हो सुरुवात हो जीवन हो विनिर्माण हो+ टपक्क टिपेको फूलको थुँगामा सुन्दरता र अर्थ त देखेँ सँगसँगै निकट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा

~प्रेम प्रसाद पौडेल~ छन्द : शार्दूलवीक्रीडित मेरो देश भनी भन्यौ तर अहो देखिन्न राष्ट्रियता मेची विव्हलमा छ रोदन गरी काली कता हो कता ? मेरो ठाउँ यहाँ, कहाँ अरु बसे – भन्दै लछारो यहाँ व्यर्थैमा झगडा परे दिनदिनै देखी रहेछौं … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : होली

~नवीन प्यासी~ तिमी होली खेल्न सिपालु मान्छे । कति पटक प्रहार गर्यौ ? मेरो निधार निचोरेर मेरै छातीमाथि तिम्रो अस्तित्वको लोला ! कति पटक रङ्ग्यायौ ? मेरो रगत सुकाएर मेरै अनुहार तिम्रो पहिचानको रङ्गले ! कति पटक मेट्यौ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : म र सपनाहरु

~टंक सम्वाहाम्फे~ कुमारी सपनाहरु हुलका हुल विहानीले आँखा नउघार्दै ताजा हावाको स्पर्श लिएर वाधिन खोज्छन् मेरो आलिङ्गनमा र सपनाहरुको न्यानो मायाँ ताप्न नपाउँदै त्यसै त्यसै टाढीएर जान्छन् हरेक दिन थकथक लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु…………..

~दिलिप योन्जन~ मस्त जवानीमा सात समुन्द्रपारी कल्पनामा डुब्दै यातनामा जल्दै सम्झनामा रुँदै एकान्तमा भुल्दै रुन्चे हाँसो हाँसेर मान्छेहरुको भिडमा ज्यानको बाजि लगाएर युद्घको तयारीमा मेसिनगन पड्काएर

Posted in कविता | Tagged | Leave a comment

कविता : बाघ

~विमल निभा~ कालो अँध्यारोमा देखिन्छ उसको शरीरको पहेंलो बुट्टा र फैलँदै–फैलँदै जान्छ पहाड, उपत्यका र तराई (कस्तो चमत्कार हो यो ! बिस्तारै–बिस्तारै एउटा देश परिणत हुन्छ जङ्गलमा घनघोर जङ्गलमा) रगतको स्वाद सम्झेर जब–जब निस्कन्छ ऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीमरुवा

~केदार शर्मा~ विडम्बना भिष्मलाई गोरु बेचेको साइनो नपर्नेहरू समेत पितामह भन्छन्। आफ्नै बाबुको अनैतिक वासनाकालागि जवानी खेरफाल्ने उसको अस्वाभाविक प्रतिज्ञालाई अहिले पनि मानिसहरू आदर्श मान्छन् अहिले पनि, मुखले शिखण्डीलाई हियाइरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : पित्तलको चाबी

~बिमल गुरुङ~ हेरिसकें प्लेयरको छेउ झ्यालतिर टेबुलतिर खै कता परेछ? देखिएन चाबी पित्तलको चाबी । अघिदेखि मेरो प्यारो खैरो कुकुर

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिखित इतिहासका हिरो

~निरज थापा~ मर्चा बेच्थ्यो रे मेरो बोउले। त्यसैले नामै बन्यो मर्चावाला कान्छा। मर्चावाला कान्छा हिट नाम। जब जब मेरो बोउ प्रत्येक गाउँको कुना कुना, चेपचेप जानुहुन्थ्यो रे

Posted in कविता | Tagged | Leave a comment

कविता : योद्धाको संकल्प

~प्रकाश सुनुवार ‘निराकार’~ हामी उभिएको धरातल बलिदानले सिञ्चित भएको छ र त यतिखेर हाम्रो स्वाभिमान गौरबशाली भएर उठेको छ । लरखराउंदै उठ्न खोजिरहेका तानाशाहहरुलाई परास्त गर्न स्वतन्त्रताका पक्षधरहरु थप बलिदानका लागि तयार भएका छन् । सम्पुर्ण न्यायप्रेमिहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : कविहरुको बात

~ध्रुबकुमार सापकोटा~ साहित्यमा शीर्षक जे पनि हुन सक्छ लेखे एकजना भाईले – ” हिउँले आगो पगालेर ” देखे अर्का दाईले – ” जुनको चुम्बन ” देख्छु अब म पनि लेख्छु अब म पनि – ” पत्थरको आँशु ” – ” … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धुरी खाम्बो र म

~दिपेन घिसिङ्~ उहिल्यै ढुङ्गाले चार छेउ बाँधेर मझधारमा खदाको फेटा लाएर एउटा खाम्बो गाडियो। त्यसको खुट्टामुनि अलिकति सुनपाति/ भैरूङपाति अलिकति चामल र एक रूपियाँको सिक्का राखिदियो। खाम्बो उठेको त्यही दिनदेखि त्यो मेरो बाऊको निम्ति बुद्ध भए। आमाको निम्ति बन्बो भए। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साले दुबसु क्षेत्री

~डा. दुबसु क्षेत्री~ दौरा सुरुवाल र कालो कोटभित्र सबै कुरा छोपिन्छ भन्दो हो साले जति छोपे पनि कहीं न कहींबाट आत्मविस्वास चुहिरहेको देखिन्छ कहीं न कहींबाट स्वाभिमान नुहिरहेको देखिन्छ दौरा सुरुवालले छोपेर लासलाई जिउँदो बनाउन के सक्थ्यो बिचरा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कम्प्युटर आन्दोलन

~चिज कुमार श्रेष्ठ~ ए, कम्प्युटर हिजो तँलाई INSTALL गर्ने म आज मै लाई REMOVE गर्न खोज्ने तँ – म झनक्क रिसाएको बेला तँ फनक्क फन्किन्छ चलाएको बेला तँ VIRUS को लाठी र बुट वनि वर्षछस् तँलाई टिलिक्क परेको टेवलमाथि सजाएर … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : यो बैशाख बाट

~डेभिन बाबु~ यो बैशाख बाट – अनुष्ठान हुँदैछ मेरो शुभेच्छुकवाद ! दिक्भ्रम यायावरहरुलाई लिएर आरम्भ गर्दैछु म दिग्विजयको यात्रा ! ! मेरो उर्दी छ, यो चेतयुद्धको समराङ्गणामा प्रत्यक सँग फूलहरुका तरवार होस् प्रत्यक सँग पुष्पाञ्जलिका कवच होस् घामहरु हारेर हरेक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिजो को डायरी बाट

~शिलु अज्ञात~ क्षितिज पारीपट्टी को कथा !!, निरीह जीबन चक्र , एउटा लम्पसार बर्तमान , मरणासन्न आशा ,आकांक्ष्या हरु , मलामी लाशहरू, पाखा पर्बत हरु आशु खसाल्दैनन , अक्ष्यर हरु राजधानी दौडी दैनन , क्यामारा माँ कैद ,दृश्य सर्माउछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : धोखा आफ्नैबाट

~प्रणिका कोयु~ “सुन बरी लै सुन बरी लै” काम चोरियो मेरो कस्तो कस्तो तरिकाले श्रमिक मलाई बनाएर अर्कैको नाम राखेर आज के के गरियो मेरो श्रमको उपहास गरियो

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : साथी

~सोम खनाल~ छन्द : शार्दूलविक्रीडित साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन् धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन् ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन् सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् । साथी हुन्न … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : कठै जुम्ला

~कमल कुमार~ डाँफे लेकमा उड्दथ्यो, फुल्दथ्यो सपनाका गुराँसहरु हावा चल्दा नाच्दथे बेसीँमा धानका बालाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी

~गोविन्दप्रसाद आचार्य~ कसैले नधानेर खुट्टा कमाउँदै, सुस्त चालमा चलिरहेछ राजधानी विकृतिको पोको बोकेर गन्ध सुघाउँदै, हिंडिरहेछ राजधानी भ्रष्टचारको तीर्थ जानेहरू सबैलाई जल, प्रसाद बाँडिरहेछन् महापन्डितहरू अस्पष्ट अर्थमा भ्रष्टाचारका पुराण सुनाइरहेछन् राजधानीको पाचनप्रणाली अति बलियो भएर होला कृति विकृति पचाइरहेछ हुने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए साथि सुन न एता

~ढक बहादुर बस्नेत ‘आकाश’~ साथि तिमि म सित भयेउ टाढा किन ! लुकि लुकि, बांगि बांगि हिड्छेउ हरेकछिन !! साथि भनि मैले सम्झंथे हरेक दिन ! किन येसरि साथि को माया मारि तर्किंछौ दिन दिन !! तिमि त थियेउ अर्कैको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चश्माको स्टाइल पनि निकै फेरियो

~चिज कुमार श्रेष्ठ~ म त यस्तो भएँ सवैभन्दा सस्तो भएँ परदेसिएको पलछिनर्मै जनै पनि फालि दिएँ कतै कन्दनी त यस्तै उस्तै हरि ओम् जप पनि हरायो कतै

Posted in कविता | Tagged | Leave a comment

कविता : सहु, सहु…

~विजयसिंह थापा~ तिमी तुरुन्त भीरबाट हामफालेर मर घर नजिकको गिजेरी रूखमा झुन्डिएर मर तर चिन्ता लिएर नबाँच प्लिज् ।

Posted in कविता | Tagged | Leave a comment

छोक : कसम !

~सुको साइबर~ मान्छे त मान्छे भइहाल्यो’नि ! भो म मान्छेको कुरा गर्दिनँ । मान्छेकै

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रूँण

~गोपालप्रसाद पौडेल~ कुरा नसुन्ने अरुको, कुरा राख्ने आफ्नो । पूरा नहुने विषयमा, खोचे थाप्ने ज्याद्रो ।। विषै सेवन गरेमा, कहाँ पो जिवन छर । विषै वमन गरेमा, कोही कसको रहन्न ।। सत्य भावना आफुमा, सबै यहाँ आफन्त । आफु सत्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर

~सुषमा घिमिरे~ प्रिय, मलाई माफ गर सौभाग्य या भनौं तिम्रो दिर्घायुको मागमा म भगवानको आडमा अनशन बस्न सक्दिन भोक त्याग्न सक्दिन प्रिय, म व्रत बस्न सक्दिन । एउटा कालो रातमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~मणिराज सिंह~ जताततै झिङ्गै झिङ्गा भन्किरहने भित्रभित्रै धमिराले खाएर आत्मग्लानीको ओढ्नेले मुख छोपेर अग्निदहमा जलिरहेको यो शहर कंक्रिटको महलै महलको थुप्रोमा कति समृद्ध कति सुन्दर र कति भव्य देखिन्छ ।

Posted in कविता | Tagged | Leave a comment