Tag Archives: नेपाली कविता

व्यङ्ग्य कविता : चक्करपथ को चक्कर

~लक्ष्मण नेवटिया~ जनता करायो नेताजी भोट लिने बेला हाम्रो घरको लगाउनु भयो, चक्कर माथि चक्कर चक्कर माथी चक्कर अब फेरि यस्तो के भयो दुष्कर? तपाईंलाई चुनाव जिताएर पठाएदेखी त झन लागिराखेको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जे भयो भै गयो

~डिल्ली पौडेल~ न पाए भेट्ने मैले कुनै बाहाना न थियो मेरो छाडने कुनै चाहाना। खयालमा हुन्छिन ,कसैको उनी आउने छ ,कोहि पर्खाइ उस्कै भनि।

Posted in कविता | Tagged | Leave a comment

कविता : मौसम रोकिँदा गुलाब हाँस्दैन

~राधेश्याम लेकाली~ बस्तीभन्दा पर कतै षड्यन्त्र र जालझेलमा मौसम रोकिएको छ र वर बस्तीमा न सृष्टि । न प्रेम ।। न शान्ति ।।। यसैले, बोधिसत्वमा हिंसा रोपेर

Posted in कविता | Tagged | Leave a comment

कविता : चरा र धर्म

~महेश प्रसाईं~ तिमी मुसलमान म सर्वमान ऊ हिन्दू यो बुद्धिष्ट, त्यो क्रिस्तान अर्को कोही शिख बहाई, एउटा चराले हेर्दा केही देख्दैन यी सबैलाई , उसले आफ्नो दृष्टिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : विषालु साँपले डसेपछि

~डा. बेञ्जु शर्मा~ विषालु साँपले डसेपछि जलनहरु आगोका फिलिङ्गा भएर आकाशबाट वैरिरहे मैले टेक्ने ठाउँसम्म मात्र होइन असीमित सीमाहरुसम्म यत्रतत्र फैलिए सास फेर्दा यी भित्र पसे खलातीको फोक्सोभित्र, आगोहरु फुकिरहे

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमानको टापुमा बन्दी म

~नरेश शाक्य~ वर्तमानको टापुमा एक्लो बन्दी छालहरू मेरो भावना हिर्काइरहन्छन्, चिन्ता–नदी मलाई घेरिरहन्छन्, डुङ्गाहरू छैनन् जसमा चढेर म यो चिन्ता–नदी उम्कन सकूँ, छालहरू घचेट्न सकूँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धविराम

~दिनेश अधिकारी~ युद्धविरामको घोषणापछि भूमिगत तिमी – जङ्गलबाट घर आएकी छ्यौ म- बिदा लिएर ब्यारेकबाट घर फर्केको छु चार बीस उमेर खाएकी आमा नकोरेको आफ्नै कपाल र, वर्षो नमाझेका दाँतजस्तै घर कुरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘ब्वाँसा’ र ‘बाँदर’हरु

~छविलाल कोपिला~ अचेल किन हो खै ! हामी भ्रममा छौं या शब्दकोष यहाँ त हरेक पाइलाहरुमा शब्दहरु झूठ बोल्न थालेछन् । ‘ब्वाँसा’हरु साच्चिकै जंगलतिर हुनुपर्ने ‘ब्वाँसा’हरु गुफाभित्र हुनुपर्ने तर, उनीहरु जंगलतिर छैनन् गुफाभित्र पनि छैनन् ‘ब्वाँसा’हरु त अचेल

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढो क्यालेन्डर

~रुमानी राई~ ए क्यालेन्डर हेर्दाहेर्दै तिमी त बुढो भैसकेछौ तिम्रो ठाउँमा नयाँ क्यालेन्डर झुन्ड्याएँ है भित्तामा, भित्ता सम्झेर मन नदुखाउनु नरुनु विस्थापित भएँ भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो घोषणा बिरुद्द

~रुमानी राई~ जब, मेरो निस्वार्थ प्रेममाथि गिद्दे नजर गाड्यौ र,मेरो स्वाभिमानमाथी नै धावा बोल्यौ तिमीले तब न म वुलन्द प्रतिकारमा उत्रीएँ । अझ,

Posted in कविता | Tagged | Leave a comment

कविता : संवाद

~राजीवलोचन जोशी~ मोती भन्छ सुवर्णलाइ म बडो भन्थिस कुलन् हूँ भनी । चुट्छन् हे सुन पोख्दछन् तँकन धेर्घोट्छन् कसीमा पनी ।। सुन्दर्नारि कुलीनका हृदयमा लड्केर बस्छू म ता । लौ भन् को त ममा बडो कुलिन हो शेखी नगर्धेत ता … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : एक साँझ बसन्तपुरमा

~किरण दहाल~ अस्ताएको सूर्यसँगै उदाउँदै छन्, नयाँ प्रेमिल जोडीहरु मध्यस्तकर्ता बनेका छन् –पानीपुरी –चट्पटे –आईसक्रिमहरु अँध्यारोलाई पन्छाएर बलिरहेछन् ल्याम्पपोष्टहरु ठिङ्ग छन् मन्दिरहरु

Posted in कविता | Tagged | Leave a comment

छोक : म भानुभक्त

~भानुभक्त आचार्य~ पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया। विद्यामा पनि जो

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाइ लाग्छ!!

~राज आशातीत~ मलाइ याद छ! मेरि आमाको मुहारजस्तै कागजमा जिम्वालको पतित आंखै मुन्तिर जन्मिएका घिनलाग्दा जोर कोठी झैं मेरो बाउको गिंडिएको बुढी औंलाको ल्याप्चे! तिमी,

Posted in कविता | Tagged | Leave a comment

कविता : निद्रित भरिया

~लक्ष्मी प्रसाद देवकोटा~ दश धार्नीको बोझा पिठयूँमा, दोब्री ढाड, तीन कोश उकाली माघको हिउँमा, नाङ्गो हाड ! दुई रुपियाँको ज्यान छ जीउमा हाँक्नु पहाड ! पसिना कालो टोपी धरो छ, धूजा पट !

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना सिवाय

~अमर गिरी ~ सायद म मात्र एक विम्ब हुँ जसलाई कविहरू प्रेमले उन्छन् आफ्ना कविताका हरफहरूमा कविता उड्दै–उड्दै आइपुग्छ मसम्म कुनै दूर देशको पन्छीझैँ म सुमसुम्याउँछु उसलाई आत्मीय भावले

Posted in कविता | Tagged | Leave a comment

कविता : वाल्यकाल

~कृष्णभुषण बल~ सम्झनाका रेशमी पर्दाहरु हल्लिरहेछन् अहिले मेरो आँखाको झ्यालमा पर्दाको प्रत्येक सप्कामा एउटा इन्द्रेणी देखापर्दै हराउँछ आँखाको प्रत्येक झप्कोमा एउटा गुलाफ फक्रँदै ओइलाउँछ कति कमला अतीतहरु जहाँका इच्छाहरु पहाडभन्दा अग्ला थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमान, समय र म

~धनकुटे कान्छा~ समयलाई झुन्ड्याउँछु भन्नेहरू आज फेरि फेरिएका छन् बजारका रङ्गीचङ्गी क्यालेन्डरहरूजस्तै र, म, समयले खुद्रा किनेको मान्छे नयाँ क्यालेन्डर झुन्ड्याएर हाटबाट फर्किएको छु समय क्यालेन्डरमा बस्छ भनेर । यतिखेर, शुभचिन्तकहरू शुभकामना बाँडिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल, भूमि र तपाईं

~गोविन्द विकल~ फूलमा चमक छ, फूलमा रूप छ, फूलमा सुगन्ध छ तपाईं भन्नुहुन्छ यस्तो हुनु हुँदैन तर । प्रकृतिको संरचना हो यस्तै हुनुपर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

~जीवन आचार्य~ हामी दुवै एउटै बगैँचामा फक्रन लागेका दुईवटा कोपिला थियौँ लाखौँ झारपातहरूको रोदनबीच तिमीले मेरो फक्रन लागेको कोपिला— चुँड्यौ र फाल्यौ। हुन सक्छ मैले पनि तिम्रो समानान्तरसँग फक्रनुको अर्थ तिम्रो एक्लो प्रभुत्व बगैँचामा चल्नुको विरोध हुन्थ्यो । यसरी म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : तागत

~सुको साइबर~ मैले कोरेको अक्षरको आँखामा तिमी निर्वस्त्र निदाउन सक्छ्यौ मैले उघारेको आँखाको आकाशमा बिनापखेटा रहर पुगुन्जेल उड्न सक्छ्यौ मैले लेखेर बनाएको नलेखेको कागजमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरु

~कृष्ण पोखरेल~ आसुको भेल बगाउदै खसम खाने ले .. हाँस्दै हाँस्दै बिदा गरे को पनि त देखियो पाउ भरी माया को भिख माग्ने ले उल्टै दान दिएर हिंडेको पनि त देखियो संखा मानी मानी देउता छुवाएर खसम खुवाउने ले

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम सम्झना

~कृष्ण कट्टेल~ तिमीले अन्तिम पटक फोनमा भनेको याद छ ल राम्रोसँग बस्नुहोला ठूलो मान्छे बन्नुहोला । त्यो अन्तिम फोनभन्दा चार दिन अगाडीको अन्तिम भेटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हेर !

~शिरीष रानाभाट~ हेरन, ध्यानपूवक हेर फर्केर हेर, दायाँबायाँ हेर कस्तो देख्दै रिंगटा लाग्ने भयावह रगतको आहालमा तैरिएका असङ्ख्य लासहरू हेर । मानवीय सम्बन्ध र बन्धुत्वको नाताभित्र आत्मीयता र सद्भावको बन्धन चूँडालेर सभ्यता र संस्कृतिको जग हल्लाउँदा इतिहास खसेर पुरिएका झोपडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिलमा आखिर खोटरैछ

~दीपक कुमार ज्ञवाली~ जीबनको मझधारमा सदा तिमी भन्ने गथ्र्याे एउटा मुटु चुडिकन अर्काे मुटु जोड्नु छ है लहसियौ पराईसंगै आफ्नोलाई टाढा बनाई आफ्नो मान्छे आफ्नो नभै किन हुन्थ्यो पराई आफ्नै

Posted in कविता | Tagged | Leave a comment

कविता : बोकियो भारी

~दिलिप योन्जन~ बोकियो भारी जिन्दगी भरी, उकाली देउराली सम्झिदा पनि झर्दछ आसु, सुखको चौतारी सबैको देख्छु हासो खुसी, मैरहेछु अभागी बिताउदैछु नि दुखिया जिबन, आसुले पखाली

Posted in कविता | Tagged | Leave a comment

कविता : असमर्थ राजधानी शहर

~तीर्थ श्रेष्ठ~ घण्टाघर छ समय बताउन असमर्थ धरहरा छ वरिपरिको दृश्य हेर्न असमर्थ रानीपोखरी छ आफैं नुहाउन असमर्थ असमर्थताको यो लस्कर लामो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हतार

~टंक सम्वाहाम्फे~ हरेक दिन हाम्फाल्दै कुदिरहेछु म हतार हतार कुन्नी के लाई हो हतार थाहा छैन तर पनि हतार छ एकदमै साह्रै हतार छ एकैछिन थकाई मार्ने मौका छैन कतै पुगि हाल्नु छ कतै पुग्नु छैन र पनि केहि गरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्तिको कल्पना

~अशेष मल्ल~ चराका पखेटा काटिदिनुस र, भन्नुस् जा उड् आकाशमा । र, भन्नुस् तँ स्वतन्त्र छस् बादलसँग बादल भएर उड्न आकाशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सहकारी

~आस्था के.सी.~ आउ गरीव अनि शोषित जनहरुसधैं सधैं पसिना बगाउनेहरु दशनँग्रा खियाएर पनि एकछाक राम्रो संग खान नपाउनेहरु हामी सबै सबैको लागी आवश्यक छ सहकारी । । रोग,भोक र शोकले

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी हुरीका चराहरू

~रामेश्वर राउत ‘मातृदास’~ देश भएका हामी देशबिहीनहरू जागिर खाएइका बेरोजगारहरू नेता बनेका नेतृत्वहीनहरू सास फेर्दाफेर्दैका ज्यूँदा लाशहरू । हामी सबैले दाह्रा किटेर मुड्की उठाएर भनौँ एउटै थलोमा उभिएर हामी सबैले अन्तिम निर्णय गरौँ उप्रान्त, हामी ज्यूँदा लाशहरूबाट यो त्रिकालदर्शी समयले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपूत राष्ट्रको

~ललिता ‘दोषी’~ छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको तिम्रै नामले पनि उठ्छ शिर देशको नेपालीका गहभरि छ तिम्रै तस्बिर आज धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज । नेपालीका धुकधुकीहरूमा तिमी सुस्तरी चल्मलाउँछौँ रवि, शशी तिमी, तिमी किन पो बिलाउँछौँ

Posted in कविता | Tagged | Leave a comment