Tag Archives: कथा

कथा : कोरोना त्रासद

~जीतबहादुर कटुवाल~ आज लक डाउन भएको तेह्रौ दिन । घरमै क्वारेन्टाइन सरहको बसाइ छ । बिहान र बेलुका समान्य घरायसी काम गरेर समय बित्दैछ । दिउँसो र राती टिभी र रेडियोमा समाचार हे¥यो ,सुन्यो । अनलाइन समाचार पढ्यो ,पुस्तक पढ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मिय साथिको अनुत्तरित प्रश्न

~आदर्श प्रधान~ कहाँबाट शुरु गरु अनि सम्बोधन नै के गरु अह मलाई थाहा छैन उसको बारेमा भन्नको लागी सायद यहाँ कोरीएका शब्दले मेरो मनको शब्दसग भिडन्त गर्न सक्दैन भनौ हार खानु पर्छ वा यस्ता शव्दहरुमा मात्र सिमीत छैन । त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रशिदा

~दिलिप पौड्याल~ रसिदा। जस्तो नाम उस्तै रुप। हल्का काली काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै। न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार। कर्लि कपालमा हल्का रातो कलर लगाएकी। इस्टायलिस। हाँस्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्लड रिपोर्ट

~डिल्लीराम दुलाल~ सूर्यबहादुर कार्की खास नाम। आफ्नो ठाउँमा धेरै इज्जत कमाएका। सबैले उनलाई सूर्यबाबु भन्ने गर्छन्। सरकारको परियोजनाभित्र आफ्नो जग्गा जमीन धेरै क्षति भएपछि करोड़ौं रुपियाँ क्षतिपूर्ति थापेर शहर पसेका। सुर्यबाबुले शहरमा सुन्दर घर बनाएर बसेका छन्। अग्लो घर। घरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति

~नारायण ढकाल~ १ यसअघि मैले ‘बिहे नै नगरीकन म विधवा भएँ’ भन्दै हिड्ने कुमारी युवतीलाई देखेको थिइनँ । कुनै कथा या उपन्यासमा मानसिक आघातले ग्रस्त मनोरोगीबारे लेखिएका एकाध आख्यानहरुबाहेक त्यस्तो जिउँदो चरित्रसित्र मेरो साक्षात्कार भएको थिएन । तर, यहाँ म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती लोककथा : साङगिते र राङगीते

~सङ्कलन : धनहांग सुब्बा~ उहिले नै थाबाःमा (तमुर) नदीको थूममा दुइ जना दाजुभाइ बस्स्थे । दाजुको नाम साङगीते थियो भने भाइको राङगीते । दाजु गीत गाउनमा पोख्त थिए भने भाइ नाच्नमा । त्यस बेला थाबाःमा थूम जंगलले ढाकिएको थियो । … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : हनीमून

~रमेश दियाली~ बोली सुन्न बितिक्कै मेरो आँखा रसायो। उनि कामीरहेकी थिईन। डरले ओठ थर्रथयाईरको थियो। केहि भन्न खोजे झै। मेरो निन्द्रा छुट्यो। अहं! पटक्कै निदाउन सकिन। उनी मेरो नजिक आईन र अंगालो हालेर ग्वा..ग्वा… रोईन। उनको आसु मेरो छातीमा लतपत्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरोनाले खोसेको बेहुली बन्ने सपना

~जीतबहादुर कटुवाल~ वसन्तको रमझम क्रमशः प्रकृतिको अधरबाट फुस्किँदै छताछुल्ल हुन खोज्दैछ । वृक्षहरुमा पलाएका नवपालुवाले वातावरणलाई सुरम्य बनाएको देखिन्छ । सिरसिर हावाले वृक्ष पल्लव यताउता गरिरहेका छन् । म आफ्नै घरको छतमा बसेर वरिपरि पर्यवेक्षण गरिरहेकी छु । दिनको बैँस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसम

~दिपक अभिमन्यू~ अफिसबाट घर फर्किदै गर्दा टाढैबाट आफ्नो घरतिर हेर्दै कौतुहलताको दृष्टी लगाउँदै नियाल्दै लालबाबु घरतिरको बाटोमा पाईला अघि बढाईरहेको थियो। आज घरमा कुनै चालचुल छ कि छैन, या त घर नै रित्तो छ यस्तै यस्तै अनुमान लगाउँदै घरतिर कदम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोसँग च्याट गरेको ?

~सोम डेमनडौरा~ “कुन केटीसँग च्याट गरेको ?” उसको श्रीमतीले सोध्यो । उ एकछिन् घोरियो । बुढीले उसलाई शंका गर्छ कि जस्तो लाग्यो । केहि बेरपछि उसले अलिक संकोचपूर्ण जवाफ दियो । “होलीको शुभकामना पठाएको थियो । रिप्लाई गरेको । उनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्थायी सम्झौता

~शर्मिला खड्का दाहाल~ दिनभरिको व्यस्ततापछि प्रकृतिले दिएको फुर्सदिलो समयको भरमग्दुर सदुपयोग गर्दैछन् सिर्जन र सिर्जना बिछ्यौनामा । साँच्चिकै भगवानले जुराइदिएका छन् उनीहरू लोग्नेस्वास्नीको एउटै नाम । सिर्जन मायालु भावले बोलाउँछ पत्नी सिर्जनालाई – यता आऊ न ! “हजुरलाई खालि यस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेनेजर र म

~लक्ष्मी शर्मा~ एउटी आइमाइ मान्छेले जथाभावी नबुझी बोलिदिंदा, त्यै बोलेकै भरमा पत्र पत्रिकाले प्रचार प्रसार गरिदिंदा कुमारीमै गर्भ फालेको आरोपले प्रताडित भएकी मलाई उसले सहजै स्वीकार गर्‍यो । ऊ मेरो बैंकको मेनेजर थियो, म उसको स्टाफ कर्मचारी थिएँ । मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकादेशको कथा : बूढा बाबु र बिनायक राम

~कञ्चन पुडासैनी~ उसका बाबुको विवाह केटीका बाबुहरूले उनको दुब्लै बान्कीको मुख र सानो घर हेर्दै फर्कंदै गर्ने गरेका हुनाले छब्बीस वर्षको उमेर पुगेपछि एउटा दुःखी परिवारकी एघार वर्षी छोरीसित बल्ल भएको थियो । पहिले उनको जरज्यथा थोरै देखेर केटी दिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सफलता

~पद्म देवकोटा~ वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्‍ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग भन्दा मान्छेसँग बढी बित्थ्यो । तर उसलाई यस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बज्यै

~एमपी केयरलेस~ भोमिट गरिरहेकी थिएँ, मेरो पेट दबाउँदै रश्मीले भनी ‘त्यस्ती बज्यैकी यस्ती नातिनी । दुई पेगमै भोमिट गर्छे !’ भोमिट बन्द भइसकेपछि मुख धोएर ऐनामा हेरेँ, आफ्नो अनुहार बज्यैको जस्तै लाग्यो । अनि लाग्यो बज्यैले हाम्रो हिस्साको पनि सप्पै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आधुनिकता

~दीपक कुमार ज्ञवाली~ हो मनिषा , तिमी भन्दा म अलि पछि नै छु । यसो भनिरहँदा मलाई कत्ति पनि हिनताबोध छैन । किनकि म समयको बहावसंगै बगिरहेको छु । तिमी र म मा यत्ति फरक छ कि मनिषा तिमी अलि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडिएको माया

~सृजना श्रेष्ठ~ काठमाण्डौबाट करीब १५ १६ कि मी पर धार्मिक स्थल र प्रकृतिले सजिएको प्रसिरु स्थान साँखुको ठूलो फाट रहेको छ । साथै त्यहाँको स्थानिय वासिन्दाको आरुनै रहनसहन र रितिरिवाज पनि देख्न सकिन्छ । पुराना तथा आधुनिक घरहरुले सजिएको साथै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: प्रमिस डेमा उनीसँगको संवाद

~खडानन्द तिमलसिना~ २०२० जनवरी ११ प्रमिस डेको दिन थियो , बेलुका साँझको कुरा हो म मेरो प्रिय मान्छेसँग सामाजिक सञ्जालमा अभ्यस्त थिए हरेक साँझमा मिठा मिठा प्रेमिल कुराहरू भई रहन्थे हामी बिचमा, मलाई लाग्थ्यो यो पनि माया प्रेम नै हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नसोचेको शहर

~अस्मिता दाहाल~ मनत केबल मननै रहेछ । हासो, खुशी सब त्यागेर दुखलाइ समायोजन गर्न चाहादैन मन खुशिलाइ साथी बनाउने मनले पिडासँग घुलमिल हुन चाहादैन यदि दुबैलाइ चाह राख्थ्यो भने त्यो मान्छे साच्चै मान्छे हुन्थ्यो होला मान्छेको नामले परिचित खोल मात्र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लोककथा : सुनकेशरी मैयाँ

~सङ्कलन : तुलसी दिवस~ एकादेशमा एकजना राजा थिए। तिनका तीन भाइ छोरा र एउटी छोरी थिइन्। छोरीको सबै कपाल सुनका थिए। त्यसैले उनलाई सुनकेशरी भन्दथे। उनका कति केशहरु छन्, तिनका हिसाब गरिएको थियो। एकदिन खोलामा नुहाउँदा उनको एउटा केश हरायो। … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

कथा : कलियुगका जोगी

~डा. एकप्रसाद दुवाडी~ केही वर्ष पहिले गगन गैरे उर्फ कमल लुम्बिनी विकास समितिका अध्यक्षका हैसियतले न्युयोर्क गएर संयुक्त्त राष्टसंघका तत्कालिन महासचिवसंग भेटेर नेपालको तर्फबाट अन्तराष्ट्रीय सयोग जुटाउन जोडदार लबिङ गर्न सफल भएका छन् । महासचिव बान कि मुनसंगको भेटमा उनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्मिताको अस्मिता

~सिमियोन रोक्का~ अनुत्तरित हजार प्रश्नहरु हुन्छन, जस्को बर्तमानमा कुनै जवाफ हुँदैन । अपवादमा कसैको बिगत राम्रो होला तर अक्सर नराम्रा बिगतले बर्तमानमा अप्ठ्यारा प्रश्नहरु खडा गराइ राख्छन । जस्को उत्तर कहिले पाउनै सकिन्न त कहिले उत्तर, असाधारण र अनुपेक्षित हुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ट्वान्टीवान

~स्नेह सायमि~ हिजो हरिले अचानक चुन्नेभैरव मार्ग अर्थात् चुन्नेपाखामा देख्यो ट्वान्टीवान । यहाँ बस्न आएको ७ बर्षपछि अचानक ट्वान्टीवानलाई देख्नासाथ हरिका बाल्यकालका घटनाहरू फिल्म झैँ आँखा अगाडि घुम्न थाले । हरिभन्दा केही महिनाले मात्र जेठो थियो ट्वान्टीवान । उनीहरू सडकमा, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : श्वेत उपत्यका

~अनुपम रोशी~ तपार्इंलाई थाहा छ, यहाँ मानिसहरू कसरी मर्छन् ? यो रुख, त्यो पहरा, तल बगिरहेको नदी वा यी छाप्राहरू, त्यो गाउँ, त्यो सहर, यी ठूल्ठूला भवनहरू सबैमा मानिसले आफ्नो शरीर सजिलै सुिम्पन्छन् । कोही झुन्डिन्छन् । कोही फाल हाल्छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नी

~मधु श्री~ “….बिक्रम तिम्रो अफिस छुटेपछि अन्त जानु त छैन नि ?” “छैन” “उसोभए मलाई लिन आउ है । आज बैठकमा अलि ढिलो हुन सक्नेछ । धेरै एजेन्डसहरुको छिनोफानो गर्नु छ ।” “सक्दिन म । सधैँ के को मिटिङ नि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन उपवन

~पद्मावती सिंह~ आकाशभरि रक्तिम लालिमा छरेर सूर्य डुब्ने तरखरमा थियो । दिनलाई धकेलेर साँझ धर्तीमा ओर्लिसकेको थियो । हेर्दाहेर्दै चन्द्रमा पूर्ण यौवनावस्थामा उदाइन् । मैले यौवनावस्थाकी चन्दालाई झलक्क सम्झेँ । जीवनका कति कुराहरू भन्न चाहेर पनि भन्न सकिरहेका हुँदैनन् तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौभाग्यवती

~विक्रम सुब्बा~ फुटानी चोकमा एकजना बाहुन परेत आइपुगे । उनले भेट्न खोजेको मानिसले ‘ल ल गुरलाई एक कप दूध’ अडर गरे । वाहुन बाजेलाई त्यहआव चिया खाइरहेको एकजना समाज शास्त्रको विद्यार्थीले सोध्न थाल्यो – – ‘बाजे, यो युवतीहरूलाई सौभाग्यवती भव’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कैदी नं चार सय एक्काईस

~जीतबहादुर कटुवाल~ जिल्ला कारागारको अघिल्तिरको पान पसलमा बजरङगीलाई भेटेँ । जाडोको मौसम भएकोले बाक्लो स्विटर लगाएर कानमा गलबन्दी बेरेको थियो । उसको पहिरनका कारण हत्तपत्ति चिनिन । उसैले बोलाएपछि म झसङ्ग भएँ । मलाई देखेर ऊ फिस्स हाँस्यो । मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातभरि हुरी चल्यो

~इन्द्रबहादुर राई~ छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ । घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा कालेको बाबु र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुख्याचाको प्रेम

~भूवन तामाङ~ सरोजले निकैबेर आँखा बिछ्यायो सुमतीको दर्शन पाउन । सुमती घरको अगाडिभन्दा पछाडि धेरै निस्कने गर्छे । घर अगाडि त ट्याक्टर धुलो उडाउँदै कर्कस आवाजमा दौडन्छ । त्यसैले ऊ घरपछाडिको एकान्त मन पराउँछे । घरपछाडि भाँडावर्तन माभ्mन, लुगाफाटो धुन, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकाशमा फाइट

~ब्रजेश~ सन् १९८० को दशक  । पाटनका साँगुरा गल्लीहरू  । आकाशे नीलो रङको कमिज र गाढा नीलो रङको पाइन्ट लगाएका पाँच जना स्कुले विद्यार्थीहरूले एउटा गल्लीबाट अर्को गल्ली चहारिरहेका थिए । उनीहरूको काँधमा स्कुलको झोला थियो । उनीहरूले आआफ्नो रुमाल मुखमा मास्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बदलिएको मन

~राजकुमार श्रेष्ठ~ पढ्ने स्कुल एउटै भए पनि चनमती र मनमतिको घर अलग अलग गाउँमा थियो । सानै देखि उनीहरु एउटै स्कुल अनि एउटै क्लासमा पढ्ने गर्दथे । झट्ट हेर्दा चन्चले र चतुर स्वभावको देखिने हुनाले उनको नाम बाजेले सानै देखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment