Tag Archives: कथा

कथा : भोक

~भुवन ढुङ्गाना~ उनीहरु धेरै बेरसम्म गुन्गुनाइरहे । कोठामा बत्ती निभेको थियो, तर झ्यालबाट आइरहेको जूनको उज्यालोमा उनीहरु एक–अर्काका जीउ र अनुहार राम्रैसँग देख्न सक्थे । वातावरणले लाग्थ्यो, उनीहरुको कुरामा केही नराम्रो परिरहेछ । ‘मलाई भोक लागिरहेछ ।’ एकछिनपछि केटीको रुञ्चे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

जातक कथा : चराहरुको सल्लाह बाँदरहरुलाई

एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएका थिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेका … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

कथा : अमेरिकी स्वास्नी

~डा. एकप्रसाद दुवाडी~ मानवले सुनेको थियो नेपाल जति सुन्दर देश संसारमा कुनै छैन तैपनि नेपाल सुनको कुर्सीमा बसेर सुनको कचौरामा मागिरहेछ। अनि नेपाली जति असल मानिस अरु कहिँ पनि हुँदैनन्। उसो भए दैनिक हजारौ नेपाली किन विदेश भासिन्थे त? उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~महेश पौड्याल~ नयाँ ठिमीपारि, हनुमन्ते बगरको ब्रहमनगर टोलमा विगतको एक दशकमा रैथाने कम र बाहिरबाट आउने मान्छे बढी भेटिन्छन्। चारआना, पाँचआना जग्गा किन्दै घर बनाउँदै गर्नेमा पश्चिम अछामदेखि पूर्व झापासम्मका मानिसहरू छन्। भिन्नाभिन्नै जिल्लाबाट आएका, भिन्नाभिन्नै रहनसहन र चालचलनका मान्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

थारु लोककथा : बेङ्टुर्या रानी

~सङ्कलन : प्रणव आकाश~ एकादेशमा एउटी राजकुमारी थिइन्।  निकै सुन्दरी उनको नाम थियो- बेङ्टुर्या रानी। दरबारमा उनको दाजु र भाउजू मात्र थिए। दाजुले खुब माया गर्थे। उनलाई तर भाउजूले भने देख्यो कि गाली गर्न थाल्थिन्। टुहुरी नन्दलाई खुब सताउँथिन्। यो कुरा दाजुलार्इ … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : भियतकङको खोजी

~राम बिनय~ पहाडी डाँडामुनिको नदीको किनारमा समतल फाँट छ । त्यहाँ एउटा गाउँ छ । गाउँको छेउ र नदीको किनारनिर एउटा सानो झुपडी छ । झुपडीमा दुई दिदीबहिनीको बास छ अर्थात् पसल छ । नदी एकनासले बगिरहेको छ । सुनसान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्यारा सपनाको राजकुमार

~सविना सिन्धु~ बसपार्कबाट चढेको गाडीले ओरालेको थियो, कीर्तिपुरस्थित विश्वविद्यालय अगाडि। मैले स्टुडेन्ट कार्ड देखाएँ र गाडीभाडा तिरेर ओर्लिएँ। झट्ट अनुपमालाई देखेँ। ऊ मभन्दा केही पाइला अगाडि थिई। “ओई अनुपमा…….पर्खी न”, म दगुर्दै गएँ। युनिभर्सिटीको वरिपरी घामको उज्यालो किरण तँछाडमछाड गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कान्छा जा त्यो बुटो काट्

~देबेन्द्र बस्याल~ कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनु हुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पती बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशाफाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभिनय

~जीतबहादुर कटुवाल~ संसारका अनेकन मानिसका भीडमा मधुरा नक्षत्रजस्तै पिलिक्क पिल्पिलाउने राजदेवको पहिचान कलासँग गाँसिएको छ । उनी कलालाई पूजा गर्छन् । अभिनयलाई प्रेम गर्छ । नाटक उसको रुचि क्षेत्र हो । राजदेव उत्साहका साथमा नाटकमा अभिनयका लागि गइरहेका छन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमीलाई धेरै झपार्नु छ

~राजेन्द्र चोथाले~ तिमीलाई धेरै झपार्नु छ । मिले गालामा दुई-चार थप्पड पनि हान्नु छ । तिमीलाई अरूसामु मेरोबारे बोल्नु के खाँचो, मैले त तिम्रो बारेमा कसैसँग कहिल्यै नराम्रो उच्चारण गरिन बरु तिम्रा गल्तीहरू छोप्दै, बदनामीहरूमा नामको पर्दा हाल्दै सधैँ नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना !

~आचार्य निश्चल~ ‘म साँच्चिकै भाग्यमानी छु प्रमोद, तिमी जस्तो यती धेरै ख्याल गर्ने समझदार प्रेमी पाउनु मेरो अहोभाग्य हो ।’ शहिदशुक्र मा.वि.निर पुगेपछि सपनाले मेरो कान मै आएर भनि ‘यसको लागि म भगवानसँग कृतज्ञ छु ।’ नजिकै एउटा मन्दिरमा ढुगांरुपी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभिलाषा

~माया ठकुरी~ आमा नहुँदा त घर नै शून्य भएको छ । घरका केटाकेटी, छरछिमेक सबैले आमा कहिले आउनुहुन्छ ? भनेर सोधिरहन्छन् । हिजो बिहान साढे ८ बजे म अफिसतिर हिँड्न लाग्दा विराटनगरबाट मेरी ८२ वर्षीया आमाले मलाई फोनमा भन्नुभएको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिना

~कालूसिंह रनपहेंली~ रामेेको छोरो जन्मियो। घरमा खुशीको माहौल छायो। पुत्र प्राप्तिको खुशीमा रामेे र उसकी पत्नी सीताको भुइँमा खुट्टै छैन। न्वारानमा गाउँ-घरकालाई बोलाइयो। खोरको खसी ढालियो। सबसित खुशी बाँड़ियो। सबैले रामे र सीतालाई बधाई दिए। कतिले नानीको निम्ति थाङना, ब्ल्याङकेट, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गणेश टिओ

~छविलाल खड्का~ विभूति निजामती कर्मचारी सर्कलको आशा लाग्दो नाम हो । ऊबाट राज्यले धेरै आशा अनि भरोसा गरेको छ । कार्यालयको ईनर्जेटिक मेनपावरमा पर्छ ऊ । सूचना प्रविधिसंग पनि त्यतिकै अभ्यस्त छ । इमान्दार, अनुशासित, लगनशिल कर्मचारीको क्याटागोरीमा दर्ज भएको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक उदाहरण

~नुर पाण्डे~ कोही सन्तानविहिन भएर समाजमा अपहेलित भएर बाँच्नुपर्छ भने म बाध्य भए मेरो पेटमा हुर्किदै गरेको निर्दोष बच्चालाई संसार नदेखाएरै मार्न । म कस्तो परिबन्धमा अल्झिरहेकी छु आफै सँग प्रश्न गर्थे । यदि जन्म दिए भनेपनि उक्त सन्तानलाई मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तलाको स्वाद

~यकिना अगाध~ ‘ला तँलाई सुन्तला !’ माइली लुङगेलीले सुन्तला खान मागेर हैरान पारेको छोराको गालामा एक चड्कन लगाइन् र बरबराईन्– ‘चाखिस् सुन्तलाको स्वाद ?’ छोराको गालामा हानेको तिनको हात भुँइमा बेस्सरी बज्रिदा तिनी बेहोसी तन्द्राबाट ब्युँझिईन् । हिजो बेलुकी छोरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाते

~प्रभा पोखरेल ‘स्वेशा’~ उफ्!! यो बादल नि कस्तो अगति पाराले लागेको हो। न झमझम बर्सन्छ, न घामले दर्शन दिन्छ। कस्तो बिचैमा अड्किएजस्तो मौसम! पानी परेपनि आज मज्जाले भिज्नेथिइ। दर्केर पानी परोस्, उ आँखा चिम्लेर भिजिरहोस्। आँखा, नाक, ओठ, सारा अङ्ग-अङ्ग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डर

~प्रकाश लामिछाने~ ‘फेरी गाउँ डुल्चस यस्तैगरी?’ ‘नाँइ आमा….जान्न….’ ‘फेरी बाँदर लखेट्न जान्चस यस्तैगरी?’ नाँइ आमा…. अब जान्न।…..साँच्ची आमा, अब कतै पनि जान्न हजुरलाई नसोधी……।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिकासो केटी

~पञ्चम अधिकारी~ त्यो दिन पनि सोनियाको हातमा एउटा म्यागजिन थियो र एकाग्र पढीरहेकी थिई । प्रबलले पानाको हाइलाइट झट्ट पढ्यो र सोच्यो- यो केटी जहिले पनि यस्तैयस्तै पढिरहेकी हुन्छे । प्रबलकी नयाँ साथी सत्यकथाकी अम्मली थिई । ती सत्यकथाहरू ज्यादाजसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपरिचित मान्छे

~राजु स्याङ्गतान~ उपत्यका बाहिरबाट काठमाण्डौंमा केहि गर्छु भनेर आउँनेहरुका लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु । गाउँ घरमा लठेप्रोले जिवनसाथी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल-बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तिन हप्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लछ्मी जी को नर्क यात्रा

~बिक्रमादित्य~ लामो मार्लोब्रो चुरोटको धुवाको मुस्लो हावामा पोको पर्दै पानिमा उठेका भुल्काहरुजस्तै गरी डल्लो परी बिलाउदैछन्। यता मोटा मोटा चोर औँला र माझ औँलामा च्यापीएको मार्लोब्रो चुरोट सल्कदै आफ्नो जीन्दगी खत्तम बनाईरहेछ र उता राता ओठमाथि बाक्ला,काला र तीखा जुगाँ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्पेस निडलको सुई ठमेलतिर घुम्दा

~अश्रु सिन्धुलीय~ १.मैले रोजीलाई सियाटलको टावर मुनि एक्लै बसेको भेटेँ। अनायास आँखा जुधेपछि अमेरिकन पारामा हाइ–हेलो भनियो। संयोग कस्तो पर्‍यो भने उसले कफी खाने ठाउँ र हाम्रो एउटै पसलमा एउटै लाइनमा परेको रहेछ। फेरि आँखा जुधे, अबको हाइ दोस्रो भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

जातक कथा : कानो गिद्ध र चराहरु

एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरूमा चराचुरुङ्गीहरू बस्थे । एक दिन कानो गिद्ध त्यहाँ बस्न आयो ।अरू चारहरुले उसलाई बुढो भएकोले स्वागत गर्‍यो । त्यो कानो गिद्धले जब चराहरूलाई देखेर रमाए र सोचे मलाई यिनीहरूले … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

कथा : सौतेनी आमा

~हरि थापा ‘दोलखे’~ आमा बाबुको एक्कासि आएको प्रस्तावले अर्चना झस्किन पुगी । मुटु जोडले काँप्यो । एकछिन मौन रही । केही छिनको मौनतापछि ऊ होसमा आई । उसले अनुरोध गरी ‘आमाबुबा’सँग विन्ति बिसाई । आमा बाबुले पनि छोरीको इच्छालाई मध्यनजर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेशी मित्र

~आन्विका गिरी~ “तिम्री प्रेमिका क्याथीका आँखी भौ कस्ता छन् रे जेम्स” म यसरी शुरू गर्थे उसलाई चिढ्याउन। हिउँदको सिरेटोको आक्रमणले आक्रान्त पारेको रातमा जब म निदाउन सक्दिनथे नि, तब ममा उट्पट्याङ्ग कुराहरू आउँथे। “तिम्रो दाह्रीवाल प्रेमीको भन्दा राम्रो!” उसको जवाफको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुत्ता

~प्रमोद अमात्य~ “सुन न, भरे पार्टी जानुपर्छ, मेरा लुगा निकाल्दिराख न है । जुत्ता पनि खोज्दिइराख है त ।” “एक्लैएक्लै जाने केको पार्टी हो नि ?” श्रीमतीजीले बिर्सिछ । अस्ति मात्र त्यत्रो रामकहानी सुनाएको; अफिसमा मास्टर डिग्री पढ्न जाने क्यानडाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडकको डन

~भरत खत्री~ “रिद्दिसिद्दी यातायात” “सुन्धारा सानोगाउ- सानोगाउ सुन्धारा” म रत्नपार्क देखि बालकुमारी सम्मको यात्राको लागि बसमा बसे। बसमा अरुबेला भन्दा अलि कम यात्री थिए। त्यहीँ पनि बस्ने ठाउँ थिएन खुट्टा राख्ने ठाउँ मात्र थियो। गुरुजी (चालक)को पछि दुइवटा फलमका डन्डी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नुमा

~प्रयास लामा~ सिलगुडीको कोर्ट मोड़ साधारण मान्छेहरूमा कोर्ट को लागी नभएर बस सट्याण्डको रुप मा प्रचलित ठाउँ हो। यहाँ बाट बिशेष भारतकै दुईवटा अन्तर्राष्ट्रीय सिमावती क्षेत्रको निम्ती बस सेवा चल्ने गरेको छ। पुर्वमा बङ्लादेश अनि पच्छिममा नेपाल रहेको सिलीगुडीले भारतलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा

~सदानन्द अभागी~ अगेनाको अगाडि घिउ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान हओस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम र वासनामा ग्रस्त मानिसहरू यतिसम्म लम्पट हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न न त धन, न त … Continue reading

Posted in पौराणिक कथा | Tagged | Leave a comment

कथा : परिबेश

~प्रभा पोखरेल ‘स्वेशा’~ लगातार परेको यो दिक्दारलाग्दो झरिले निथ्रुक्कै भिजायो उफ्! लुगा खोलेर झुन्ड्याउँदै म आफैं भुतभुताँउछु, “कति बर्षिन सकेको हो, बेला न कुबेला बर्षेको छ, बर्षेको छ, यसको के नै जान्छ र!!” म ओछ्यानमा चढेर सिरक भित्रै पसिदिन्छु। इमेल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुवाको फुल

~प्रभा पोखरेल ‘स्वेशा’~ हो, यो चुवाको फुलको बोट पनि मलाइ नै जिस्क्याउन आएजस्तो लाग्छ, काउकुति लगाउन आएजस्तो लाग्छ अनि मलाइ सपनाको, कल्पनाको दुनियामा नचाउन आएजस्तो लाग्छ। तिन तलामाथि म काममा खटेको छु, झ्यालबाट हरपल पलपल यहि चुवाको फुलले सुटुक्क चियाइरहन्छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चामे र गौंथली

~कालूसिंह रनपहेंली~ आँगनमा एउटा मुढा राखेर चामे हुक्का गुडगुडाइरहेछ। साँझ खस्नै लागेको छ। स्वास्नी माइत गएकी छ, कचिङ्गल पारेर। चामेले हेऱ्यो -पारि क्षितिजमा एउटा रेखा कोरिएको छ। छैन र पनि छ भन्ने भ्रम। उसैको झझल्कोजस्तो। घरि – घरि भित्र स्वास्नीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment