~भैरबनाथ रिमाल “कदम”~
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो
आफू खोज्छु बिर्सिदिन गहराइबाट
बिपनामा बिर्से पनि सपनीमा आउँछ याद
मुटु मेरो जलाइदिने उनको बानी कस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो Continue reading
~भैरबनाथ रिमाल “कदम”~
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो
आफू खोज्छु बिर्सिदिन गहराइबाट
बिपनामा बिर्से पनि सपनीमा आउँछ याद
मुटु मेरो जलाइदिने उनको बानी कस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो Continue reading
~भैरबनाथ रिमाल “कदम”~
मुटुको हरेक नशामा तातो साहस उमाली
प्रण गर्छौ सदा देशको निम्ति एक भै नेपाली
एक भै नेपाली
माटो र ढुंगा, बाहु र बलले सम्हाली राख्दछौं
गौरव गाथा वीरको नाता झन् उच्च राख्दछौं
हिमगिरी छर्छन् सदैब सुन्दर शान्तिको सुवास Continue reading
~भैरबनाथ रिमाल “कदम”~
तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको
तिमीप्रति चाहना जुन मेरो सधैं चोखो
मेरो दिल नै उपहार तिमीलाई दिइसकें
बासी इच्छा नठानिदेऊ मैले चाहिसकें
मेरो व्यथा कथा बन्छ लहरा भै गीतको
ओइलिएको शीतलाई नि चाह हुन्छ शीतको Continue reading
मेचीदेखि महाकालीसम्म छरिएर रहेका ६० ओशो ध्यान केन्द्रहरूले ११ डिसेम्बरका दिन ७५ औं ओशो जन्मोत्सव मनाए । ओशोले शरीर छाड्नुपूर्व एउटा प्रसिद्ध वाक्य उद्गार गरेर छोड्नुभएको थियो – ‘नेवर बोर्न, नेवर डाइड, ओन्ली भिजिटेड दिस प्लानेट अर्थ फ्रम ११ डिसेम्बर १९३१ टु १९ जनवरी १९९० ।’ झट्ट हेर्दा यो वाक्य धेरैका लागि साधारण तर अबोध्य लागे पनि यसमा पूर्वीय अध्यात्म दर्शनको सार संगृहित बाँकी पढ्नुहोस्
~मिलन बगाले~
“के के न गरुला सोचेर पत्रकारिता थालेको थिए समोसा खाएरै जुनी बित्नेभो । रिपोर्टिङको क्रममा मैले दिनको ७ वटासम्म समोसा खाएको छु । समोसा खादै ‘भन्नुभयो’ ‘थप्नुभयो’ ‘जोड दिनुभयो’ ‘उल्लेख गर्नुभयो’ ‘जिकीर गर्नुभयो’ ‘प्रकाश पार्नुभयो’ ‘आग्रह गर्नुभयो’ ‘चेतावनी दिनुभयॊ’ जस्ता दुई पैसे कुरा कापीमा टिपेर मेरो उर्जाशील समय बर्बाद गएको छ । “
हातमा छ ‘जम्मुतबी एक्सप्रेस’को स्लिपर क्लासको टिकट । जम्मु–बदला–व्यास हु‘दै जालन्धर आईपुगेको रेलमा चढें घचेटाघचेटबीच । बाक्सा, सुटकेस केही छैन । त्यही रुकस्याक हो । सिट मुनिको साङ्गलामा बॉधेर चाबी लगाए‘ र फितलो आकासे रंगको सिटमा बसें । छेउको सिटमा बसेको छ मंगोलियन अनुहारको होचो गॉठीको मान्छे, जसको निधारमा छ एकबित्ता लामो खत । अर्को सिट खाली छ । अब जालन्धरदेखि फगवाडा–चण्डीगढ–अम्बाला–पानीपत हु‘दै दिल्लीसम्मको यात्राको लागि त्यही निधारखते मंगोलियन हुनेछ मेरो साथी । चण्डीगढ स्टेशनमा पॉच मिनेटका लागि रेल रोकिन्छ यात्रु चढाउन । बाँकी पढ्नुहोस्
नेपालमा अवस्थित अनेक प्रसिद्ध बुद्धक्षेत्रमध्ये जनकपुर एक प्रख्यात क्षेत्र हो ।
कुनै समय यो मिथिला संस्कृतिको केन्द्र र मिथिला राज्यको राजधानी पनि थियो । रामायण कालमा स्वयम भगवान राम धनुष यज्ञमा आएका थिए । फलतः चार राजकुमारीको विवाह दशरथका चार छोराहरूसँग भएको थियो । सीरध्वज जनक राजा भएको त्यसकाल खण्डमा जनकपुरको प्रसिद्धिले शिखर छोएको थियो । त्यहाँ याज्ञवल्क्य, विश्वमित्र, वाल्मीकि, अष्टावक्र, लोमश इत्यादि ऋषिका आश्रमको उल्लेख भेटिन्छ । भनिन्छ, त्यस समय मिथिलामा राजनर्तकी र बाँकी पढ्नुहोस्
~हरिकुमार श्रेष्ठ~
पहिला पहिला मैले पनि
देखेको र भोगेकै हूं
गाउं गाउंबीच
मेलापात, चाडपर्व, जात्रामा आक्रमण
लर्डाईको मोर्चामा आक्रमण
चाहे अमेरिकाबाट
इराक वा अफगानिस्तानमा नै किन नहोस्
चाहे हरेक देशभित्रका जनताबीच नै किन नहोस्
जताततै आक्रमण नै आक्रमण ।
बाँकी पढ्नुहोस्
मेरा शब्दहरु हराएका छन्
म हराएका शब्दहरु
खोजिरहेछु ।
थाहा छैन मेरा शब्दहरु
कसरी हराए
थाहा छैन मेरा शब्दहरु
कहाँ हराए बाँकी पढ्नुहोस्
~राम प्रसाद दाहाल~
रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरु सुनसान र निस्प्राण हुनु पर्ने समय अझ नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा पारेको रण्डी कोठी जस्तो निस्तेज र चिसो थियो । सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो भयावहता र चिसो पनमा अझै मात्रा थपिदिएको थियो । टोलका भुस्याहा कुकुर छिडी, कोप्चो अन्तर कन्तरमा लुक्न पुगिसके पनि कहीं कहीं बाट अल्छि पाराको भुक्क भुक्क भने सुनिंदै थियो । हावा, थिएन, त्यसैले तापको चिसोपन त कम नै थियो तापनि वातावरणको गर्हँगोपन भने सडकमा ओछ्याइए जस्तो लाग्दथ्यो । बाँकी पढ्नुहोस्
~Nilan Kumar Thechwami~
I saw, people are crying in the valley
Coz of scarcity of drinking water
I’m amazing! I’m amazing with national wealthy
I amazing on wealthy of water
I seriously ask to the hills of valley
He is trying to doctrine to me
I gone slowly near with him Continue reading
देशमा अनुमानभन्दा धेरै अनुपातमा जनसङ्ख्या बढेको तथ्याङ्क राष्ट्रिय योजना आयोगले निकालेपछि सरकारले जनता नियोजन गर्ने नीति पारित गर्यो । जसमध्ये आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने अर्थात् ढिलो विवाह गर्ने र एक दम्पतीले एक सन्तति मात्र जन्माउन पाउने कानुनै बनायो । त्यसपछि युवाहरू आत्मनिर्भर हुन कोही खाडीक्ष्ाेत्रतिर लागे । सम्पर्क भएकाहरू गि्रनकार्डको अभियानमा जुट्न थाले । बाँकी पढ्नुहोस्
~कृष्ण प्रसाई~
सिगरेटको अन्तिम सर्को तानेर निखि्रसकेको ठुटोलाई छेउकै खाली भुइँमा फ्याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउँदै लामो सास तानेर काकाले भने “मेरो पुरानो प्रतिज्ञालाई पुनःर्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ ।”
यति भनिसकेपछि तत्कालै उनले आफ्नो पुरानो इष्टकोट उल्टाए र सहजरूपले आफ्नो शरीरमा लगाए । यो घटना २०६० वैशाख १२ गतेको हो ।
रत्नबहादुर कार्की अर्थात् रत्नकाकालाई मैले आजभन्दा पैँतीस वर्षअघि पश्चिम बङ्गालमा अवस्थित शिलगडी सहरको प्रधाननगर भन्ने ठाउँमा पहिलोपटक देखेको थिएँ । त्यतिखेर उनले आफ्नो इष्टकोट उल्टो लगाएको देखेर मैले मेरा आफ्नै काकासँग यसबारे जिज्ञासा राखेको थिएँ । मेरा काकाले सहजरूपमा उनका बारेमा भनेको मलाई सम्झना छ । २०१७ सालअघि रत्नदाइ प्रजातन्त्रका प्रबल हिमायती थिए र पार्टीगत व्यवस्थाको सक्रिय सदस्य रहेर काङ्ग्रेस राजनीतिमा होमिएथे । सत्र सालको राजनीतिक काण्डको विरोध गरेबापत उनलाई पक्राउ पुर्जी आउँदैछ भन्ने थाहा पाएपछि एकाएक बाँकी पढ्नुहोस्
~तिर्थ राज लुईटेल~
आउ आज मिलेर केहि कुरा खास गरौं ।
दुबै जना एकअर्काको हृदयमा बास गरौं ।
भाबनाका नदिहरु विचमै सुकाउनु भन्दा,
साथ दिने वाचा गरि अघि बढ्रने साहस गरौं । बाँकी पढ्नुहोस्
~टीकाराम वाग्ले~
सुनौलीबाट बिहानै रिक्सामा बसेर भैरहवातिर लागेँ । रिक्सा तान्ने पहाडिया नै थियो । बीस रुपियाँ भन्यो, मैले “हुन्छ” भनेँ । तर भा.रु. लिने हो कि ने.रु – निधो भएन । सोधिहालौं भने – यसलाई थाहा रहेनछ भनेर ने.रु. को सट्टा भा.रु. नै लिने हो कि – मैले केही भनिन । सिमानामा यस्तै हुन्छ । “अन्य दिनहरूमा भाडा दस रुपियाँ नै हुन्छ तर आज अन्य सवारीसाधन नचल्ने भएकाले भाडा बढेको” भन्दै रिक्सावालाले आफ्नो सफाइ दिँदै थियो । मतिर फर्किएर ङच्िच हाँस्दा हृवास्स घरपालाको गन्ध मेरो नाकमा पस्यो । सुन्न त सुनेकै थिएँ, यहाँ खानेहरूले एकाबिहानै हुलिसकेका हुन्छन् रे । किन नहोस् एउटा सेक्सन अफिसर वा प्रोफेसरको तलबभन्दा बढी कमाउँछन् यी सिमानाका रिक्सावालाहरूले । तन्काएको छ भन्ने थाहा पाएपछि मैले पनि बाँकी पढ्नुहोस्
~मधु माधुर्य~
फर्क्यो आकाशतिर
पूर्व पापका लागि माफ माग्यो
धर्म-शास्त्र पल्टायोः ‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’
पढ्यो ‘बुझ्यो’ र हिड्यो……
म तिमीलाई प्रेम गर्न चाहन्छु माफ गर ! बाँकी पढ्नुहोस्
महोदय,
हजूर ठूलो त त्यसै हुनुहुन्छ,
त्यसमाथि असल भइदिए कति राम्रो हुन्थ्यो !
महोदय,
हजूर शक्तिशाली त त्यसै हुनुहुन्छ,
त्यसमाथि विवेकशाली भइदिए कति राम्रो हुन्थ्यो ! बाँकी पढ्नुहोस्
~मोहन सांबा~
सरगम छातीमा हात राखी खांदै कसम म भन्छू
प्यासी नदी बनेर सरगम प पर्खीरहेको छू
कुखुरि कां को आवाज सगै
प्रभातको गूलाफी किरण सगैं बाँकी पढ्नुहोस्
~भाग्य लिम्बु ‘भगी’~
फर्कि कतै आइन भने मेरो बाटो नकुर्नू
आउन खोज्दै मरे भने मलाइ सम्झी नरुन
आंखा रसाइ आयो भने आकाश हेरि रोइदिनू
मनको वह ओर्लिआए यहि धर्तिमा पोखिदिन बाँकी पढ्नुहोस्
~चहल सयपत्री~
यो हातले त्यो सिउंदो भर्न पाए मजा हुन्थ्यो
त्यै केशमा झुन्डिएर मर्न पाए मजा हुन्थ्यो ।
खोला पारि पुगेपछि छुटिनु त छदै छ नि ,
खोला तर्दा हात समाइ तर्न पाए मजा हुन्थ्यो ।
के भरोसा भबिश्यको हजूर कता म कता – बाँकी पढ्नुहोस्
~निलन कुमार थेच्वमि~
बनेको छ आतंकमय जन्मभूमि मेरो ।
बगेको छ रगत, आमाको छातीमा मेरो ।।
राजनितीबाट जन्मि, भ्रस्टाचारमा खेल्ने
सुध्रंदै नसुध्रने, ति नेपालको छोरो ।।२
मेहनत पसिनाले तिनको पेट भरिन्न् ।
महिनाको तलबले बैङ्कमा खाता जोडिन्न् ।। Continue reading
~निलन कुमार थेच्वमि~
लुमुसे च्वंक त्वयाःच्वंगु
निभाःया जःयातः पनां
चकंगु सर्गतय् ब्वयाःच्वंगु
सुपायँ दथुइ वइतः खना ।।
सचिका तयाः सपथुनाः तः थें
गनः गनं छेँनय् चम्पकु स्वाँ छुनाःतःथें
वइगु छेँनय् स्वाँया आकृति खनेदु ।
अजुचायाः छकः क्वथिक स्वया बाँकी पढ्नुहोस्
~देवदास~
तिमी एकजना भाग्दा
अढाइकरोडको भलो हुन्छ भने
भाग
तिमी भाग
जहाँबाट भाग्छौ भाग
जसरी भाग्छौ भाग
जुनबेला भाग्छौ भाग
पूर्वबाट भाग
पश्चिमबाट भाग
उत्तरबाट भाग बाँकी पढ्नुहोस्
~कमलप्रसाद अर्याल~
सृष्टि स्वरूप हौ आमा जननी ममता धनी
गर्छु पुकार हे माता तिम्रै रक्षा रहोस् भनी ।
बढे हुर्के पनि कैल्यै तिम्रै सामीप्यता मुनि
बसेर सकिन मैले सेवा गर्न कुनै पनि ।
बाँकी पढ्नुहोस्
देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि सह सम्पादक एवँ उनलाई मन पर्ने नामुद लेखिकाको उपस्थितीले झनै उत्साहित थिईन् उनि । निक्कै समय देखि नै कलम चलाउँदै आएपनि उपयुक्त अवसर नपाउनाले गुमनाम रहेकि देवकीलाई कार्यक्रममा निमन्त्रणा त थिएन तर पनि श्रोता बनेर तोकिएकै बाँकी पढ्नुहोस्
~सुन्दर जोशी~
आरती र याङ्की दुबै डेन्भर युनिभर्सिटको बिधार्थी हुन् र वेष्ट डेनभरको एउटा एपार्टमेन्टको रुममेट पनि ।अग्रेजी वर्णमालाको “ए” र “वाइ” मा जति अक्षरको अन्तर छ त्यो भन्दा बढी अन्तर छ उनीहरुको स्वभावमा । जीवन जीउने शैलीको विविधताको बावजुद पनि एकदमै घनिष्ट छन उनिहरु । यस्तो लाग्छ जीवनमा सम्झौताको अर्थ दुबैले राम्ररी बुझेका छन ।
आफ्नो अध्ययनको लागी लाग्ने सम्पुर्ण खर्चको भारबाट बाँकी पढ्नुहोस्
“मैले जीवनमा चन्द्रमा र ताराहरूको कामना गरेको थिएँ, तर औंसीको कालो रातबाहेक मैले केही पनि पाइनँ ।”
मेरो जीवनमा आज यो गीतको भावहरू मिल्न पुगेका छन् । वास्तवमा मैले पनि मेरो जीवन चन्द्रमा तथा ताराहरूका ज्योत्सना तथा उज्यालाहरूले जगमगाओस् भन्ने चाहना राखेको थिएँ, तर सबैका सबै चाहनाहरू कहाँ पुरा हँदा रहेछन् र मेरो जीवन पनि औंसीको रात नै त भएन तर पनि मैले चाहेको त्यो उज्यालोले मेरो जीवन प्रज्वल्लित हुनचाहिँ सकेन ।
हो तिमी एउटा ज्योतिपुञ्ज नै त थियौ । आकासमा चम्किने बिजुली जस्ति, झिलिक्क चम्किँदा आँखा तिर्मिराइदिँदै आफ्नो समीप भएको आभास दिने, तर निमेषभर मै आँखा खोलिहेर्दा टाढा कता हो कता आफ्नो पहुँच भन्दा निकै पर पुगिदिने । बाँकी पढ्नुहोस्
~सुमन मञ्जरी~
बिहान,दिउँसो र साझँको चक्रमा साधारण बितिरहेका दिनहरुमा फरक एउटा दिन यस्तो आईदियो कि केटीले जुन जुन आफ्नो स्वभावलाई स्वाभिमान ठानेकी थीई उसको लोग्ने बनेको केटाले त्यसलाई घमण्डको नाम दियो। बस्, समस्या त्यही दिन अनी त्यहीँबाट सुरु भयो। समस्याको बीऊ रोपिन मात्र गाह्रो हो रोपिए पछी त्यो रछानको मूला झैँ हालक्क हल्केर आउँछ । केटा र केटीको बीचमा पनि त्यहीँ भयो । एउटा निहुँको बीउ उम्रिएको ठाउँमा दिनदिन मौका मिल्दा अरु ससाना बीउ नउम्रने ग्यारेन्टी पनि त बाँकी पढ्नुहोस्
आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्ष जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु । अस्तिको पल्ट तिमीहरूको सामान बोक्ने भएर उता एयरपोर्टमा लगेज भारी भएर उल्टै दण्ड पर्यो । यसपालि कसैको पनि कुनै सामानचै नलाने । साथीभाइको चिठीपत्र भने लगिदिन्छु कि कसो ! रामचन्द्र घर जाने उत्साहमा बोल्दै थियो । रामचन्द्र जसलाई यहाँ साहेबले आर.सी. भनेर बोलाउछ, त्यसैले ऊ सबैको आर.सी. हो । त्यसै गरी आर.बी.चाहि रामबहादुर हो । साहेबले लामो नाउ बोलाउने झन्झट नगरी सबैको नाउ छोट्टयाइदिन्छ । उनीहरू तीन जना नेपालीबाहेक दुईजना भारतीय केटीहरू र चार जना बङ्गलादेशी केटाहरू पनि यहाँ छन् । भारतीय केटीहरू बाँकी पढ्नुहोस्
मेरो छिमेकमा एक जोडी बस्छन्, उमेर त्यस्तै बीस बाइसको हुँदो हो दुवैको। एकछिन छुट्दैनन्, सधैं यसरी नै बसेको देख्छु। सायद अब यसरी नै बस्छन् सधैं। मेरो मनले भन्छ, मनले मान्छ बसून् पनि। त्यसो त यिनीहरूका दिनहरू आरिसलाग्दा नै छन् मेरा लागि। मेरो एक्लोपनले गर्दा होला।
म हातमा कफीको कप लिएर बरन्डामा उभिएको छु। यी दिक्कलाग्दा चिसा दिनहरूमा म मनभित्रको एक्लोपनबाट छुटकारा पाउन चाहिरहेको छु, अल्मलिरहेको छु। मनभित्रको एक्लोपनलाई कफीको वाफसँगै बफ्याउन चाहन्छु म। उड्न चाहन्छु म यो कफीको वाफसँगै वाफजस्तै बनेर।
मूर्त र अमूर्त मनका भावनाहरूमा पोतिन चाहन्छु म मनकै क्यानभासमा र रंगिन चाहन्छु ओठमा रंगीन मुस्कानको चित्र कोरिएर तर मान्दैन समय निष्ठुर छ यो। खेल्छ आफूखुसी र निमोठ्छ मेरो मन मनलाग्दी र जिस्क्याउँछ खुच्चिङ गर्दै पर भागेर। बाँकी पढ्नुहोस्