कविता : पच्चीस वर्षो सँघारमा

~बुद्धिसागर~Buddhisagar

आज त्रि्रो अहम्को छाती कुल्चेर
म फिर्ता गरिरहेछु त्रि्रो नागरिकता
देश !
तिमी मलाई फिर्ता देऊ-
मेरा बितेका चौबीस वर्षरू !
बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो दाग

~बुद्धिसागर~Buddhisagar

म एउटा गरिब तारा
झर“े –
धर्तीको कुनै प्राचीन खो“चमा

‘ऊ … तारा खस्यो’
आ“खा चिम्लिएर
प्रेमको दर्ीघायुका लागि
उभिए होलान् मायालुहरू
लेउ जमेको पोखरीको किनारमा बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : बेकुफ

~नयनराज पाण्डे~Nayan Raj Pandey

साह्रै असल मान्छे ऊ । नाम बुद्धिराज थर थानी, स्वाभावले साह्रै ज्ञानी । साह्रै फरासिलो र साह्रै स्वाभिमानी । एकपटक कलेज पढ्दा उसले देशभक्तिले ओतप्रोत कविता लेखेको थियोः

मेरो देश ज्ञानेन्द्रले रजाइँ गर्ने नारायणहिटी होइन, मेरो देश पारसले सित्तैँमा पाएको अपुताली होइन ।

उसको यो कविता त्यतिबेला कलेजमा सुपरहिट भएको थियो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साँझमा वसन्तपुर

~बुद्धिसागर~Buddhisagar

दिनभरि घाममा पग्लिएकामन्दिर र मूर्तिहरूफेरि जमिरहेछन्र
दिनभरि घाममा जमेकाआइमाई र लोग्ने मान्छेफेरि पग्लिरहेछन् ।
प्रत्येक साँझ वसन्तपुरचटपटे/ममः/आइसक्रिमभएर बेचिन्छ,

प्रत्येक साँझ वसन्तपुरमा यौटी केटी
मनी ब्यागसँगै सपना हो कि यौवन ?
लुटाएर घर फर्किन्छे ।
दिनभरि जुलुस र सभाले छोडेको
केही होहल्ला र केही कुण्ठाग्रस्त सपनाहरू,
मन्दिरको गुम्बजबाट हाम्फालिरहेको जन्डिसग्रस्त पहेँलो घाम, कविता

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्छ ढाँटेर एउटा बाउ

~दुतेन्द्र चाम्लिङ~Dutendra Chamling

सानो छँदा
हिउँदमा पारि—कोशी पारि बाट
आउँथे अक्कासमा माला जस्तो भएर
‘क-याङकुरुङ क-याङकुरुूङ’ गर्दै क-याङकुरुङहरु
अनि जान्थे माथि उर्लेनी डाँडा हुँदै
उँभो लेक—ट्याम्के तिर
हाम्रो आमा भन्नु हुन्थ्यो—
“केटाकेटी हो, काँक्रा रोप्ने बेला भएछ”
अनि खोज्नु हुन्थ्यो—रोप्नु बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरू माझ तिमीलाई

~बुद्धिसागर चपाईं~Buddhisagar

मान्छेहरूमाझ तिमीलाई
जाऊँ त कसरी जाऊँ
हिँडेर कहिल्यै नसकिने बाटाहरू छन्
उक्लेर कहिल्यै नसकिने पहाडहरू छन्
यी दुवै हत्केलाभन्दा धेरै चाक्लो आकाश छ
कहिले बन्ला त्यो झोलुङ्गे पुल बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी हजुरलाई

~बुद्धिसागर चपाईं~Buddhisagar

मैले हजुरलाई हरियो सुगाको प्वाँखसँगै
पठाइदिएको थिएँ
दैलेखी चिसोचिसो बतास
जो मर्ुछा परेको छ ठोक्किएर
नरिवलको अग्लो रुखजस्तो
बिजुलीको खम्बामा बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : सुस्केरा

~गोपालप्रसाद पौडेल~

खुइय खुइय सुस्केरा
बाँचेका मनमा मैला
बाँचेका अर्ध अंगमा
साँचेका खैलाबैला । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु ।

~राजिव घिमिरे~Rajeev Ghimirey 'Somewhereondearth'

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर” आमाले चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला मा किन किन म निर्णय गर्न एकदम कमजोर भएरहेको थिंए ।

“खान्दानि छन् रे, आंगन पनि ठुलो छ“ आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिए । तर कुनै विबाद नगरि म चुप् लागेर कुरा सुनि रहे ।

“एक्लि छोरी, काठमाण्डौंमा दाजु भाई संग बसेर पढेकि, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चियो भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बबिताहरु, महरु, सत्यहरु !

~राजिव घिमिरे~Rajeev Ghimirey 'Somewhereondearth'

कालो ज्याकेट लगाएकि रहेछ । मैले तल पनि नजर दौडाएं । कटराईजको खैरो पाईन्ट रहेछ । म तिर नहेरि, माईक्रोबाट बाहिर हेरि रहेकि थिई । शायद म चढ्नु अगाडि उसले मलाई देखि सकेको हुनु पर्दछ । उ हाम्रो एक अर्काको आँखा जुधाईलाई छल्ने प्रयासमा थिई । उसले मलाई देखिसकेको कुरा मलाई थाहा छ भनेर पनि उलाई थाहा हुन पर्दछ । तर पनि उ मलाई छलि रहेकि थिई । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तरुनो पागल

~राजिव घिमिरे~Rajeev Ghimirey 'Somewhereondearth'

“तिमी घटनाले पागल बनायो भन्छौ, भाग्यले पेल्यो भन्छौ । तर पागल हुन कहाँ सजिलो हुन्छ र ? यहाँ चार पीरमा तपेर कोही पागल हुँदैन । पागलपन को ढोंग गर्छन । फोस्रो दु:खलाई म पागलपन मान्दिन। मान्न पनि हुदैन । पागलनपन नशा हो । नशा हो पागलपन, नशा! यो प्राप्ती हो, निर्वाण हो । यहाँ बिषय हुँदैन, परिवेश हुँदैन। छन्द पनि हुँदैन न केहि कथा हुन्छ । पागलपनि अनियन्त्रित हुन्छ, फुक्का हुन्छ । यो बग्दछ, उड्छ, लड्छ, जे पनि हुन्छ । यस्सै हुन्छ भन्ने लख काट्न मिल्दैन । यहाँ विचारको गोठालो हुँदैन । यहाँ वादि र परिवादि हुँदैनन् । यहाँ त तरंङ्ग र शान्तीको अलौकिक सम्भोग हुन्छ । यो शुद्ध हुन्छ । सबै जीवित प्राणी पागल हुन्। खालि हामी पागलपनलाई कैदि बनाई दिन्छौं । यसलाई बाँधी दिन्छौ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो आकाश

~राजिव घिमिरे~Rajeev Ghimirey 'Somewhereondearth'

म धरातलमा छु, एक्लो र आफै संग । म हांसि दिन्छु । किन? हुन त रोएको पनि छु । दुबै छन् मसँग । म दुबै संग छु ।
लोग्ने मान्छेको बिश्वास सांच्चै पातलो हुन्छ । छिसिक्क केहि हुनु हुदैन । केरकार शुरु । म हजार कोशिस गरौ, अपवाद हुन कहिले सकिन । मेरो कमजोरि पनि हुन सक्छ वा प्रकृति । मैले ध्यान नदिएको पनि होईन । बिचारलाई रोकेको पनि हो । अझ भनौ बिचार रोक्ने प्रयास पनि गरेको हो । तर पनि कहिले कांहि कमजोर भईन्छ । यो मेरो आफै संगको बहाना पनि हुन्छ । तर अहिले यो सत्य बाट सबै भन्दा पिडित म नै छु । त्यसैले बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म शान्त नेपालको खोजीमा छु

~कमला प्रसाई~

आशाहरु बेचेर हारेको गगनसित
ईच्छाहरु मारेर चुँडिएका आँखाहरुसित
कहिले रातभर यात्रामा कुदिरहेकी हुन्छु त
कहिले दिनभर यात्रामै कुदिरहेकी हुन्छु,
भावनाको लहर न हो
कहिले मेरो यात्राले हिमालचुली नाघेको हुन्छ त
कहिले गङ्गाको किनारलाई छोएको हुन्छ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो अमेरिका गयो

~रमेश गौतम “पाल्पाली”~Ramesh Gautam Palpali

मेरो छोरो अमेरिका गयो
जन्मे, बढे, खेलेको माइती घर छाडेर
पराइ घर जान लागेकी नव विवाहिता दुलही जस्तै
तरक्क आँसु चुहाउँदै
मेरो छोरो अमेरिका गयो
आधुनिक दास बन्नका लागि ।

जाने वेलामा
छोरो रोयो- देशको माटो सम्झेर
आमा रोइन् – मुटुको टुक्रा पर भयो भनेर
मेरो मन रोयो -देशको स्थिति सम्झेर
तैपनि मैले उसलाई ‘नजा बाबु’ भन्न सकिन Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : आऊ नयाँ बर्ष

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

पुरानो सबै छोपेर आऊ नयाँ बर्ष
आँशु र पीडा रोकेर आऊ नयाँ बर्ष
उमंगसंगै यहाँ मानवता भएको मुटु Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : देवताका बाद

~चट्याङ मास्टर~Chatyang Master

बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए
निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए
जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि
साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : छुकी

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

म उनको कोठामा गैइरहन्थें । हाम्रो कोठाहरु बीच मात्र एउटा लबीको दुरी थियो ।विगत २ वर्ष देखि म त्यस घरमा बस्दै आएको थिएं जहाँ उनि आफ्नो २ सन्तान र एक बहिनीसंग बस्दै आएकी थिइन् ।चिम्सा चिम्सा आँखा,बाटुलो अनुहार अनि सुलुत्त परेको नाक।
सबै उनलाई ‘छुकी’ दिदी भनेर बोलाउँथे। एक्दमै मन् पर्ने नाम थियो मेरो लाग्यो ‘छुकी’।उनको वास्तविक नाम चाँहि छोईङ् रहेछ ।घरमा माया गरेर सबैले छुकी भनेर बोलाउने गर्दा रहेछन् । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घर गएपछि

~राजव~Rajab (USLT95641's conflicted copy 2014-09-22)

अरूलाई विश्वास छैन
तर ऊ आफैँलाई विश्वास छ
ऊ बाँच्छ
अस्पतालको सघन शैयामा बाँच्छु भन्ने
विश्वास नछोडेर
ऊ अर्धबेहोस छ
र कुरिरहेछ अस्पतालबाट घर हिँड्ने समय बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रह टिप्ने सपना

~राजव~Rajab (USLT95641's conflicted copy 2014-09-22)

एक्काइसौँ शताब्दीको
पहिलो दशकको मेरो युवक
आक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछ
सम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेर
सडकको क्रुद्ध नागरिक बनेको मेरो युवा
खाते बालकझैँ बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरापूर्ण एक यथार्थ

~राजव~Rajab (USLT95641's conflicted copy 2014-09-22)

आजका सब खराब
इतिहासमा राम्रो देखिने छन्
यो खतराको प्रारम्भ
आज भएको छ
हामी सब निरुपाय
टोलाउँदै बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध म

~राजव~Rajab (USLT95641's conflicted copy 2014-09-22)

फलाम र
त्यसका ठाँडाहरूमात्र
आतुर छन्
युद्धमा कुद्न
इस्पात र
त्यसका वाहनहरूमात्र
आतुर छन्
युद्धमा उडान भर्न बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : उ पनि अर्को ब्रायन

~राजव~Rajab (USLT95641's conflicted copy 2014-09-22)

बिहान उठेपछि
बाहनको दौडादौडी
र तीतो कफीको स्वादबाहेक
अर्को मीठो कुरो
र नवजात सूर्यको गति हेर्न पाइन्न
थुप्रै सुन्दरता मारेर
बनेको यो चरम–नगरमा बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्लै हल्लाको देश

~भूपि शेरचन~

यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिरो जाने पहाड मुन्तिर

~भूपि शेरचन~

अनिश्चित भविष्यको आशङ्कामय पीडा
खप्न नसकी
‘थेलोडोमाइड’ खाएकी गर्भिणी रात
जन्माउँछिन् लँगडा, लुला, कुच्चिएका बिहानहरु
जब बिउँझन्छु म
छिप्पिन आँटेको जाँडको घैंटोजस्तो
उत्तेजित टाउको उचालेर बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्दैछ हामीमा हामी बाँचेको युग

~भूपि शेरचन~

आफ्नो आनन्दलाई चिन्तामुक्त गर्छन्
गर्भाशयको ढोकामा
आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई
निषेध गर्ने पालेहरु उभ्याएर
यो युग जसमा
भाग्यवश बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यान्ह दिन र चिसो निद्रा

~भूपि शेरचन~

अखबारको ‘वान्टेड कालम’ –मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु— बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड ल्याम्प

~भूपि शेरचन~

भोरको उज्यालोमा उसलाई निभाएर
सधै–सधै म घरबाट निस्कन्छु
र दिन–दिनभरि
सूर्यसरि बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : गोपालप्रसाद रिमालले बोलिरहेको खसकुरा

~गोपालप्रसाद रिमाल~

हाम्रो छाती कत्रो? हिमालजत्रो
हाम्रो बारीको नाउँ के? नेपाल
हाम्रो गाउँको नाउँ के? नयाँ नेपाल
त्यसको सेरोफेरो कति? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि
हाम्रो देशको नाउँ के? खसमीर, खुशी, खसियाशैल। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भेट

~गोपालप्रसाद रिमाल~  Gopal Prasad Rimal

पूर्नेको जूनलाई किन पर्खेको ?
भेट्ने उनैलाई हो क्यारे,
तिमी उनैलाई उनकै प्रकाशमा देख,
तिमी उनलाई आजै यो औंँसीको रातमा भेट ।
आउने त्यो वसन्तलाई किन कुरेको ? बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को ?

~गोपालप्रसाद रिमाल~  Gopal Prasad Rimal

यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ,
त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ !
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?
यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
यो धरमर नै प्रिय छ; Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दन्त्यकथा

~गोपालप्रसाद रिमाल~  Gopal Prasad Rimal

दन्त्यकथाकी राजकुमारी र एक गरीब
कसरी तिनका ठूला लाम्चिला आँखाहरु
एक जोडी ताराझैं माथिबाट तल झरे
र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ?
फेरि कसरी हिलोको कमलमा परेका बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : सान्त्वना

~गोपालप्रसाद रिमालGopal Prasad Rimal

तिमी नरोऊ, बस केही बेर पर्ख मात्र
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा आइपुग्नेछ,
तिम्रै अङालोमा अटाउन आइपुगनेछ,
उसको त्यो धप्प बलेको अनुहार
भरे तिम्रै मधुरो दियालोमा देखिने हुनेछ,
तिमी नरेऊ, बस केही बेर पर्ख मात्र । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment