Category Archives: हास्य – व्यङ्ग्य

हास्य – व्यङ्ग्य / Satire – Humor – Comedy

व्यङ्ग्य कविता : हजूरैहजूर

~निर्मोही व्यास~ आँखा खोल्दा पनि हजूर, चिम्लिराख्ता पनि हजूर ! जैले पनि जता पनि झलझली हजूरैहजूर ! सपनीमा सँगै हजूर, बिपनीमा सधैं हजूर ! सम्झनाको देउरालीमा रातोदिन हजूरैहजूर ! अचम्मै पो हुँदो रैछ पिरतीको टुना हजूर !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

~विनोदविक्रम केसी~ फुक्काफाल हिँडिरहेछन् चोरहरू खुलेआम घुमिरहेछन् हत्याराहरू पुलिसचौकीकै छायामुन्तिर निष्फिक्री चुरोट फुकिरहेछन् लुटेराहरू निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरू हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरू अलमस्त घूस खाइरहेछन् कर्मचारीहरू र, यता तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सुटुक्क विभागको गुप्त विज्ञप्ति

~भैरव अर्याल~ राष्ट्र परराष्ट्रमा खाली भएका, हाम्रा दाउपेचले खालि गरिने र निगाहले बढाइनेसमेत निम्नातिनिम्नदेखि लिएर उच्चातिउच्च ओहोदाका पद, प्रमोशन, सरूवा, बढुवा इत्यादिका निम्ति जो जे गर्नुपर्छ एकदम सुटुक्का– सुटुक्की गर्नुपर्ने हाम्रो समान उदारवादी सिद्धान्त छँदाछँदै हाम्रा केही उत्ताउला खालका साथीहरूले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : डिभी पुराण !

~सन्तोष चिमरिया~ श्री गणेशाय नम: शास्त्रमा देबहरुका पनि देब श्री महादेवका अनेकौं रुप , लिला र महिमाको बर्णन छ । शास्त्री नै नभए पनि यस्ता परमदेबको महिमागान गाउन मलाई सोमबार नै आउनु पर्छ भन्ने छैन । आज शनिबार गाए नि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मेरो सांसद मित्र

~विमल निभा~ मेरो सांसद मित्रलाई अचेल के भयो ? ऊ दुवै आँखा चिम्लेर मुस्कुरायो अहिले पनि यो देशमा केही हुनसक्छ ताराहरु झरेर आकाश रिक्त भयो उज्यालो हरायो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अंकल प्रचण्ड, माईन्ड नगर्नु ल !

~सन्तोष चिमरिया~ अंकल प्रचण्ड ! म पहिला खाडी तिर बस्थे । छुट्टीमा आउँदा घरजम गरियो । सत्ता र स्वास्नी कस्लाई छोड्न मन लाग्छ र अंकल । तर नछोडी हुन्न । तपाईंका भागमा ९ महिना परेको भन्ने सुन्छु । बिहे पछी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : विद्यार्थी शरणम् गच्छामि !

~धनराज गिरी~ “सर, सुर्ती छ ?” जम्काभेटमै प्राध्यापक आदर्शनारायण शर्मासित उनको परमप्रिय शिष्य रणसङ्ग्राम आफ्नो मागपत्र प्रस्तुत गर्दछ । प्रहरीले फेलापरेको अभियुक्तझैँ बन्दछन् प्रोफेसर शर्मा । हडबडमा गडबड होला भन्दै अत्यन्त संयमित हुँदै मसिनो स्वरमा बोल्दछन्– “बाबुलाई कुन ब्राण्ड चल्छ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य कथा : हजूरबाउको भूत

~मुन पौडेल~ उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि सोह्र वर्षे जोश फेरि फर्केर आएको हो कि जस्तो भइरहेको थियो । रङ्गीचङ्गी चिजहरूमा बढी आँखा जान खोज्न थालेको थियो भने छेउछाउका … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : साले त्रिभुवन

~त्रिभुवनचन्द्र वाग्ले~ साले त्रिभुवन खुच्चिङखाइस् चौथो अङ्ग भएको धाक खोक्थिस् देखेको लेख्ने र लेखेको बोल्ने गर्व बोल्थिस् हाल के छ ? बेहाल छ, हाल ! खुच्चिङखाइस् बेलैमा तलाई भनेकै हो– “भन्सार जाऊ संसार कमाऊ”

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लुङ्गी डान्स

~महेश थापा~ न पेट्रोलको गन्ध सुँघ्नु पर्‍या छ न त बेमौसमी पटाकाले कान पिरोलेको छ। ढुक्क भई माइक्रो, टेम्पोमा सवार हुन पाइया छ। यस्तो हाइसन्चोका बीच संविधानसभामा नयाँ घमासान शुरू भएको छ। लामो उहापोह पछि संविधानसभा निर्वाचन सम्पन्न भयो। डेढ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाइनमय शहर

~रामजी बलामी~ यो लाइन भन्ने कुरा कस्तो भने बस्दा पनि नहुने नबस्दा त झनै नहुने । लाइन नबस्दा ढिलो हुने आफ्नो अनुशासनले पनि नदिने, बसँु भने पेटमा मुसा डोडे पनि सहेरै बस्नु पर्ने, एउटा सानो साइन गराउन पनि वाइन खाएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : चप्पल

~विमल निभा~ धेरै दिनपश्चात् मलाई स्मरण भयो बाबुराम भट्टराईको कुन्नि, कहाँ छन् कहिले उनी र यहाँ म आफ्नो चुँडिएको चप्पलको फित्ता सिलाउन खोजिरहेछु यस बखत यही चप्पल धारण गरेर खुट्टामा पुग्नु छ मलाई कार्यक्षेत्र

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

हास्य कविता : भावि अतित

~प्रविण अर्याल~ हे मेरी प्रेमिका नजाँउ मलार्इ छाडी अरूका अतित संझेर रूनु पर्नेछ प्रेमीका म र तिमी, जीवन साथसाथ साठ्ठी विताउने रहर थियो, तिम्रा दुर्इ दातको विच चुरोट राखी

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : फलानो

~एकु घिमिरे~ सर्वाधिक विक्री हुने अन्तराष्ट्रिय दैनिक ‘फलानो ‘ मा आज ब्यनर न्यूजको शीर्षक छ ‘फलानो कविताका फलानो कवि फलानो अन्तराष्ट्रिय कविता प्रतियोगितामा प्रथम , देसको नाम राख्न सफल।’ शीर्षक लगत्तै कविता पनि राखिएको छ- फलानो फलानो बाद -जिन्दाबाद फलानो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गीत : सिङ्गडामा आलु हुन्छ म:म: भित्र मासु

~निश्चल श्रेष्ठ~ सिङ्गडामा आलु हुन्छ म:म: भित्र मासु छोरी चै लाटी रैछ चलाख रैछ सासू (रेलिमाई)X3 कपाल भित्र चायाँ हुन्छ मान्छे पछी छायाँ ब्युटी केटी देखे पछी लाग्छ उस्कै माया (रेलिमाई)X3

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : ज्योति मगरको तिघ्रा

~विनोदविक्रम केसी~ तिमी फस्यौ ज्योति मगर! फस्यौ नानी! यो करनीघाती बजारको चिल्लो–चम्किलो चक्रव्यूहमा अभिमन्युले अन्तिम सास लिनुअघि तिम्रो तिघ्रामाथि म रचिरहेछु यो पाखण्डी शोकगीत एउटा मलाई असाध्यै मन पर्छ अबोध बालिकाको जस्तो तिम्रो निश्छल हाँसो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : साँचो कुरा

~भैरव अर्याल~ साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ति र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको पहिलो दीक्षा र सानो वर्णमालादेखि लिएर महापुराण मालासम्मका ग्रन्थको पहिलो शिक्षा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।। भात खाँदामा कालो मास घिउ हालेको दाल कालो … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यङ्ग्यलाप

~राम लोहनी~ अर्घाखाँचीमा यसरी स्कुलका नानीहरुलाई भारतीय स्तुति गान गाउन लगाइयो तर उपप्रधानमन्त्री भने मुख दर्शक भएर बसेको खबर सार्वजनिक भएको छ । सोहि घटनामा आधारित यो पत्रकार र उपप्रधानमन्त्रीबीचको व्यंग्यलाप  पत्रकार — हैन तपाईँ उपस्थित कार्यक्रममा भारतको यशोगान गाउनुभयो रे … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : ओथारो

~तितेपाती~ नवीन यूग जन्माउन गरेका धेरै यत्न विफल रहे । त्यसैले हार नमानि आकाशका जुन तारा साक्षि राखेर झलमल्ल घामको उज्यालोमा आफ्नै मनसड्ड भरपुर सहवास गरेर उसले अक्षरहरूको गर्भाधान गरेछ यसपल्ट त । अनि कष्टपुर्वक कोरलेको शब्दरूपि अन्डाको

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गीत : सुन ए हजुर

~पूर्ण ओली~ सुन ए हजुर मेरी ‘जिएफ्एन्’ भनाउँदी लास्टै रैछे झुर ! अस्ति मात्रै ‘फेसबुक्फ्रेन् एड’ भई त्यसपछि त छिनछिनमै भेट भई ‘हेलो’ भनेँ ‘हाइ’ सम्म भन्दिन ‘सियु’ भन्दा ‘बाइ’ सम्म भन्दिन सुन ए हजुर मेरी जिएफ्एन् भनाउँदी लास्टै रैछे … Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पूरक स्वस्थानी

~भैरव अर्याल~ कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी दौडाउँछ, त्यसलाई कुमार भनिन्छ भनी तिमीले जो भन्यौ त्यो मनासिवै हो । तर कुमारको यो अर्थ त्यस बेला मात्र लाग्ने छ, जब … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आलुपाँडे–पुराण

~डा बमबहादुर थापा ‘जिताली’~ आचार आलु, विचार आलु, सदाचार आलु विवेक आलु, गतिमति आलु, सहमति आलु । जता पनि शान्ति आलु, सुरक्षा नि आलु नीति आलु, नियम आलु, दण्ड पनि आलु । पानी आलु, विजुली र पेट्रोल पनि आलु ग्याँस … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : महान् काका

~कैलाशकुमार सिवाकोटी~ हेर्दाहेर्दै काका ज्येष्ठ नागरिकको कित्तामा छिरिसकेका छन्। उनका ६३ वटा वसन्त अतीत भइसकेका छन्। जतिखेर उनी धर्तीमा उम्रिए, साथमा अस्थिरतारूपी जुम्ल्याहा सन्तान पनि ल्याएका थिए। उनको उत्पत्तिको समयमा वरिपरि गरिबी, पीडा, अभाव ढकमक्क फुलेको थियो। फोहोरमा झिँगा लुटुपुटु … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : डिएनए रिपोर्ट

~वासुदेव गुरागाईं~ रविमान बसको कन्डक्टर बनेको धेरै साल भइसकेको थियो । तथापि उसले आजसम्म यस्तो घटना व्यहोरेको थिएन । ऊ एकनाससँग दायाँबायाँ नहेरी इन्स्पेक्टरले सोधेका प्रश्नको जवाफ दिँदै थियो,— ‘हो, इन्स्पेक्टर सा’प ! यी सबै बसभित्र मरेका मान्छेका लाश हुन् … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : रसहरूको राजा निन्दारस

~मुकुन्द आचार्य~ साहित्य जगतमा श्रृंगार रसलाई रसहरूको राजा मानिन्छ । तर अब उहिलेका कुरा खुइले । हामी नेपालीहरू आफ्नो स्वाद फेर्नका लागि देशका मन्त्रिमण्डल पनि फेरिरहन्छौं । जिब्रोले सधैं एउटै तरकारी खान निको मान्दैन नि ! त्यसैगरी श्रृंगार रसलाई नै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : श्रीमती र रिमोट कन्ट्रोल

~गोबिन्दसिंह रावत~ श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए आफूले चाहेको बेला अन गर्थें नचाहेको बेलामा अफ गर्थें मन परेको कुरा गर्दा सुनी दिन्थें डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थें । आधारातमा साथीभाइ र पार्टीबाट फर्किंदा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : पाहुनामहात्म्य

~होम सुवेदी~ पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’ हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : तिहार रक-पप

~समीर मुखिया~ आजभोलि कान्छी तिमी कता छ्यौ कहाँ शून्य गाउँ छैनन बथान संगिनीका सब । भैलिनिले कति खोजि र’छा तिमीलाई यहाँ राती माटी पोत्ने दलानमा छैनन हेर अब ॥ पोतिएको छ घरगाउँ हिजोआज शहरिया रंगले मर्म छैन भैलिनिको मौलाउँदै पप-डिस्को … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आधुनिक सङ्कल्प

~भैरव अर्याल~ प्रचण्ड पुरोहित परिषद्को महासमितिको बैठकले प्रचलित सङ्कल्पमा युग सुहाउँदो संशोधन गरी निम्नानुसार पास गरेको छ । हरि ॐ तस्सत् ३ श्री हरिलट्ठक महापुरुषस्य पार्टी आज्ञाया प्रवर्तमानस्य सकल जगत् विध्वंसकारिणो ब्राह्मणोे द्वितीय परार्डे श्वेतचर्मणः कल्पे राणा मन्वन्तरे प्रजातन्त्रे युगे … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : मानसिक रोग

~धीरकुमार श्रेष्ठ~ नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए।

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : भाग् बूढी भाग !!

~रमेश खकुरेल~ यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment