Category Archives: हास्य – व्यङ्ग्य

हास्य – व्यङ्ग्य / Satire – Humor – Comedy

व्यङ्ग्य निबन्ध : घरबेटी बा

~गोपाल बराल~ होचो होचो, भँुडी ह्वात्त बाहिर निस्केको, तिघ्रा सुकेको, कपाल फुलेको, तालु खुइलिएको मान्छेको बारेमा कसैले जान्न चाह्यो भने सबैले अड्कल काटिहाल्छन्, त्यो मान्छे हाम्रो घरबेटी बा भनेर । उनको हुलिया बताएपछि यो टोलका मान्छेले नचिन्ने भन्ने कुरै हुँदैन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : भिखारी

~मनबहकी लाल~ भिखारीहरू आए नवयुगका मसिहा बनेर मानिसहरूलाई अज्ञान, अशिक्षा र निर्धनताबाट मुक्ति दिन अद्भूत वाककला, लेखनशैली र साङ्गठनिक क्षमता भएका स्वस्थ, सुदर्शन, सुसंस्कृति भिखारीहरू आए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : प्रभुजी, भेंडो बनाऊ

~लक्ष्मीप्रसाद देवकोटा~ ज्यादै थाकें हे ईश्वर ! भेंडो बनाऊ मलाई । यो शिरको धराप- जो हो मेरो घर यो विचारको शराप- यो जान्नाको पाप- यो अन्तःकरणको हृदय ज्वालक नाप यो खसुंला भन्ने तीन किसिमको ताप यो चढ्ने रवाफ । यो जवाफदेहीको … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : बाबु लुटिन्छ-छोरा कुटिन्छ

~लक्ष्मण नेवटिया~ शिक्षक ले सोधे, यस्तो कुन ठाउँ हो जहाँ, “बाबु लुटिन्छ- छोरा कुटिन्छ”

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एउटा बाहुला नभएको बुसर्ट

~विमल निभा~ मेरो साथीका लागि मलाई खरिद गर्नु थियो एउटा बुसर्ट एकातिर बाहुला नभएको बुसर्ट जनआन्दोलनताका महेन्द्रको सालिकनेर पुलिसको गोलीले मेरो साथी ढलेको थियो र उसको एउटा हात काट्नुप-यो त्यसबेलादेखि मेरो साथीलाई अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ एकातिर बाहुला नभएको

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जता जाँदा पनि ‘वा’ नै ‘वा’

~हरि मञ्जुश्री~ भ्रमणमा हिँड्दा हामीले धेरै ठाउँमा ‘वा’ नै ‘वा’ भेट्यौँ । ती ‘वा’ हरूको नाउँ मैले सानैदेखि सुनेको थिएँ । तर ‘वा’ भनेको के हो, मैले वास्ता गरेको रहेनछु । सोधिखोजी गरेको पनि रहेनछु । धेरैवटा ‘वा’ तर्नुपर्दो रहेछ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गजल : ए प्रिय सुन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ ए प्रिय सुन, कहाँ छ नुन ? ल्याइदेउन, प्याज, लसुन |

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एक, दुई, तीन, चार, र पाँच

~विमल निभा~ एक, स्पर्श गर्छ दुई, फुसफुसाउँछ तीन, बात मार्छ चार, मुस्कुराउँछ र पाँच ? पाँच बरबराउँछ एक, विचार गर्छ दुई, काम गर्छ तीन, मद्दत गर्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आलु, प्याज र सरकार

~एम सि सुमित~ बिहान आलु र प्याज बेलुका प्याज र आलु रैथाने भोकको लागि बहुराष्ट्रिय कम्पनिको स्वाद जस्तो कि, नेपाल सरकार । खै उनिहरूलाई नै थाहा होला प्रभु भन्छन् कुन स्वर्गबाट कस्तो कार्ड आउँछ त्यसपछी राष्ट्रको गौरब जनताको आसा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : राष्ट्रिय सहमति

~रुद्र खरेल~ मुलुक लुटिएको खबरले मेची महाकाली हल्लियो । यसले मेरो मथिंगलमा पनि आठ रेक्टरको भुँइचालो ल्यायो । पालेपिलो सरकारमा बस्नेहरु जम्माजम्मी दुई थरिका थिए । एकथरिले भाग्य, पुनर्जन्म र ईश्वरमा विश्वास गर्दथे भने अर्काथरिले चाहिँ यस जन्ममा मात्र विश्वास … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य कविता : च प्रेम

~सुरेन्द्र जोशी~ चौबाटो बीच मा उनि चमक्क चम्किदा चह-चह चम्किएका तारा हरुलाई एक चन्द्रमाले च्याट्ट बिर्सिन पुग्यो, चलमल चछु हरु चन्द्रमाजस्तै चहकिलो भइ चारैतिर चहक चम्काएको थियो, जतिबेला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मौसम फेरिनेवाला छ

~लक्ष्मण नेवटिया~ मौसम फेरिनेवाला छ। अब चाहनाका गाग्राहरु छचल्किने गरी भरिने छन् खुट्टामा काँडा घोचिंदा नआत्तिनुस् तुरुन्त सय जोडी हात तपाईंतिरै दौडिने छन् गल्ली गल्लीमा चापाकल बिजुलीका पोलहरु गाडिनेछन् , नअघाएसम्म भोजन ज्युनार गराइनेछ थाहै नदिइ बन्द कोठामा कुनै न … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘बन्द मन्त्रालय’ खोल्ने कि ?

~राजकुमार रेग्मी~  एकजना सनकी मानिस आफ्नो अजंगको कुकुर लिएर बाटोको बीचमा बसिरहेको थियो। एकजना वटुवाले डराउँदै सोधेछ, ‘तपाईको यो कुकुरले टोक्ने त होइन?’ त्यो मानिसले कुकुर च्याप्प समातेछ, मुख तन्काएर हेर्दै भनेछ, ‘यसको मुखमा दाँत छ, कुकुर मेरो हो तर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जुँगा

~हृदयचन्द्रसिँह प्रधान~ मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख थियो । त्यसबेला मेरो पिताज्यूको ओठमाथि खूब कालोमुठे जुँगाा देखेर मलाई लोभ भएको थियो । अर्को कुरा ईष्र्याको कारण पनि मैले जुँगालाई … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : खुट्टा-मन संवाद

~हरिवंश आचार्य~ मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ मन- त्यहाँ गएर केटी हेरौं न खुट्टा- बरु घरमै गएर आराम गरौं न मन- त्यहाँ गएर ‘इस्क’ लडाउन खुट्टा- मनतातो पानीमा खुट्टा … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : खासखुस

~पिँडालु पण्डित~ कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो बानीको धनी म पनि छु । सामूहिक होस् वा एकल, दलगत होस् वा व्यक्तिगत, ऊध्र्वगत होस् वा भूमिगत, लैङ्गिक होस् वा भाषिक, वर्गीय होस् वा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : सभासद् कि साढे सात ?

~हिरालाल आचार्य ‘अनारबाजे’~ उज्यालोको आश थियो ल्यायौ कालो रात सभासद् हौ कि तिमी हौ कि साढे सात । जुवाजस्तै राखिदियौ देश आज दाउमा नदीबीच हेलिदियौ माझी छैन नाउमा ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : रोज् रोज् दर्शन पाउँछू

~भानुभक्त आचार्य~ रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू। रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु। लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी। लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सुब्बिनी बज्यै

~चूडामणि खनाल~ दम्पतीको शयनकक्ष एउटै भए पनि ओछ्यान भने छुट्टाछुट्टै छन् । एकले अर्काको घुरेको आवाज पनि सुन्छौँ अनि अन्टसन्ट बर्बराएको पनि थाहा पाउँछौँ । हाम्रो रात्रिकाजस्तो दैनिकी भने हुँदैन । उनी दिनभरि घरमै बस्छिन् र गृहिणी हुन्छिन् म भने … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : हाँस्नु कि रूनु

~टंक आचार्य~ औँलो दिँदा डुँडुलो निल्नु ‘सु’ गर्ने बाहेक केहीमा मन नमिल्नु । कर छल्नु , नतिर्नु विदेश पुगेछि घर नफिर्नु ऋण लिनु तिर्ने कुरै नगर्नु

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कवि, कविता र टिकट

~राजकुमार रेग्मी~ एकजनाले अर्काेलाई लखेट्दै गरेको हुन्छ । वरिपरिका मानिसले पाकेटमार ठानेर भाग्नेलाई पक्रन्छन् । त्यसपछि हातमा भएको कापी खोल्दै लखेट्ने मानिस भन्छ, ‘उहाँको कविता मैले ध्यान दिएर सुने तर मेरो सुन्नेबेला भाग्नुभयो । उहाँलाई दह्रोसँग समाउनुस्, कविता नसुनाइ म … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : छोरीलाई विद्यालय भर्ना गर्दा…

~करुण ढकाल~ केही दिनयता छोरीको विद्यालयभर्नासम्बन्धी विषयले कुटुकुटु टाउको खाइरहेको थियो। एलकेजी पास छोरीलाई यूकेजीमा भर्ना गर्नु थियो। पुरानै विद्यालयमा भर्ना गरिदिने मेरो सोचाइ, श्रीमतीले नोट अफ डिसेन्ट लेखेपछि त्यसले हावा खायो । कम दाम तिरे पुग्ने पुरानो स्कुलको पढाइ … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : थुइक्क तोरीलाहुरेहरु

~केशु बिरही~ हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : पप्पी सेम सेम

~लक्ष्मण गाम्नागे~ हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी । सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन् केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : म्यादीमाइला

~डा. ऋषि बस्ताकोटी~ मधुमाइला हिजै जस्तो लाग्छ- जोत्दजोत्दैको हलगोरू फुकाएर, चराउँदा चराउँदैका गाइबाख्रा गोठमा छाडेर तिमी म्यादी पुलिस भएको। हिजैजस्तो लाग्छ– देशको मुहार फेर्ने चुनाव गराउन भनेर तिमी रातो टोपी लगाउँदै कटबाँसको लाठी टेकेर सातदोबाटो भञ्ज्याङमा गएको।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गजल : कमेन्ट पनि ठोक जैले

~शालिकराम मुसाफिर~ लाईक मात्र किन हजुर कमेन्ट पनि ठोक जैले उसलाई माया यति धेरै यसलाई पनि बोक कैले । पिजडाको सुगा बनाइ राख्यौं तिमले बल गरि आलु मात्र किन हो त मटर पनि फोक कैले ।।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कतै सुसेली-कतै सुस्केरा

~लक्ष्मण नेवटिया~ चुनावी नतिजाको धुवाँधार वर्षामा, कोहि डुबिरहेका छन्, कोही पौडीरहेका छन् हिजोसम्म आश थियो धेरैनै, यस्तो के भयो खास रातभरीमै, चुनावी बुद्धिचाल खेलेर , जसले भरेको थियो भोटको डोको, भयो धोखा पूरा भएन मनको धोको, हिजो सम्म जो संगै … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : रेमिटेन्स, महोत्सव र महायज्ञ

~चूडामणि खनाल~ ‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हुँदा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गजल : मात्तिए झैं लाग्छ

~जीतु खड्का गाउँले~ हाम्रा भेना आजभोली मात्तिए झैं लाग्छ भेना भन्दै छेउमा जाँदा पात्तिए झैं लाग्छ !! कस्तो होला ब्याहोरा नी बोली राख्नु पर्ने उन्ले बोल्दा बोराको मुख च्यातीए झै लाग्छ !!

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : क्या फसाद !

~वासुदेव लुइँटेल~ श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्री सम्पादक भएको नाताले कमलबाबु र म हरेक शनिबार जस्तो उहाँको डेरामा जान्थ्यौँ । भाषा र साहित्यबारे छलफल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : हामी सप्रेको नेता

~वैद्यनाथ ठाकुर~ जनतालाई जे चाहिन्छ लेओस् हामीतिर चोर औंला नउठाओस् विकृति विस·ति फुलोस फलोस् शहीदको सपना सबले भुलोस् नारा क्रान्तिकारी, काम जनतामारा देशभन्दा पनि पद, पैसा प्यारा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जताततै राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ

~अशोक ‘खलानको मान्छे’~ तिश बर्से १६ बर्से १०४ लाई जित्नु पर्छ जे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छ जन मन जित्नु भन्दा बुत्ले कुल्चि मार्नु पर्छ दुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्मा अझै पनि सुधखोर् को नाममा … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment