Category Archives: हास्य – व्यङ्ग्य

हास्य – व्यङ्ग्य / Satire – Humor – Comedy

हास्यव्यङ्ग्य निबन्ध : भुडी परीक्षण अभियान

~कृष्ण उफान~ तपाईको भुडी कस्तो आकार प्रकारको छ ? कहिल्यै अवलोकन गर्नुभएको छ ? मूल्याङ्कन गर्नुभएको छ ? भुडीको बारेमा कहिल्यै एकान्तमा बसेर घोत्लिनु भएको छ ? यदि छ भने तपाईलाई मुरी मुरी धन्यवाद । कमसेकम जीवनमा अरू केही गर्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : ती अवर्णनीय नेता

~श्रीधर खनाल~ लिने मात्र सधै सोच्छ दिने गर्दैन चिन्तन भने त्यो पशुको कोही गर्न सक्दैन वर्णन सेवाको भाव त्यागेर मेवाको मात्र चाहना गर्दै जो शक्तिको मात्र प्रदर्शन गर्न खोज्दछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कोही छ घरज्वाँई बस्ने ?

~बिमल लामिछाने~ हाम्रो दिनहुँ झगडा पर्छ कहिल मुक्का मुक्की हुन्छ कहिले फास्स फुस्स मै टर्छ म डल्लो लोहोरो उचाल्छु बुढी चेप्टो सिलौटो उचाल्छे म तातो रोटी उचाल्छु बुढी रातो तावा उचाल्छे

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य कथा : टुप्पी महिमा

~कृष्ण उफान~ हिन्दूहरूको बलियो पहिचान टाउकाको बीचमा चुस्स लामो पारेर पालिने कपाल नै टुप्पी हो । टुप्पीले निकै ठूलो करामत देखाउन सक्छ । त्यस्तै टुप्पीधारी पण्डित चट्पटानन्द हुन् । उनी एक पटक मुठ्ठे टुप्पी लर्काउदै काठमाडौंका नयाँ सडकतिर घुम्दै थिए … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ

~अर्जुन पराजुली~ म किसान हुँ पाल्ने मेरो पेशा हो राँगो पालेँ सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो भैंसी पालेँ सुन्दरी प्रतियोगितामा भाग लिन गयो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मोवाइलमा अल्झिएको प्रेम

~कृष्ण उफान~ नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सूकम्प मन्त्रालय चाहियो !

~ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ नेपाली शब्दकोशमा पीडित शब्दको अर्थ दुःख दिइएको वा दुःख पाएको, दबाइएको वा थिचिएको, सिकिस्त पारिएको भन्ने छ । संसारमा नेपाल मात्र यस्तो एउटा देश हो जहाँ पीडितै पीडित मानिसहरू बस्ने गर्छन् । हामीकहाँ पीडितको सङ्ख्या अगणित … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जनताको लागी

~अर्जुन पराजुली~ मैले हत्केलामा राखेर खैनी माँडेको– जनताको लागि चुनावमा रक्सी र पैसा बाँडेको– जनताको लागि । सालोलाई सल्लाहकार बनाएको– जनताको लागि पीच गरीनसक्दै सडक फेरि खनाएको– जनताको लागि ००० मैले छोरो अमेरिका पढ्न पठाएको– जनताको लागि

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : सत्र साल भाग दुई

~अर्जुन पराजुली~ पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै खयाल उही जिब्रो बेग्लै र्‍याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुई घण्टाघरले घण्टी लाए हुन्थ्यो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : थ्री एमको क्रेज

~कृष्ण उफान~ समय गतिशील छ निरन्तर चलिरहन्छ । यसलाई न कसैले रोक्न सक्छ । न कसैले छेक्न सक्छ । यसलाई रोक्न वा छेक्ने दुस्प्रयास गरेमा ऊ सधैं समयले लात मारेको अवस्थामा रहन्छ । समयभन्दा धेरै पछाडि धकेलिन्छ । समयको घोडा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : ‘फालु’ आन्दोलन

~नवराज शमीर~ “ तपाइ ’फालु’ आन्दोलनको सिकार हुनु भएछ ।“ यो वाक्यले बृटिश गोर्खाका पूर्व जमदार बाघ बहादुरलाई नराम्ररी झस्कायो । उनी नगरपालिकाको भवन शाखा को कुनै कोठामा उभिरहेका थिए । उनको कानैमा मुख ल्याएर शाखाका पियन रूपधारी एउटा मान्छेले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : कृषिमा अनुदान

~कुबेर काका~ कृषि प्रदान देशको साधारण किसान(किनेर सामान नखाने)को छोरो थिएँ म । स्कूल पढदा लेखा नपढने कृषि शिक्षा पढने भनेर मनसाय राख्दा लेखा पढने साथी रेवती पराजुले प्रश्न पत्र हेर्न नदिएको र खोसाखोस गर्दा च्यातिएकोले पन्ध्र बर्ष बोलचाल नभएको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कुर्सी मोह भाग- २

~ठाकुर मान लामा~ मोह त्यो प्यारो कुर्सी अति नै राष्ट्रपति खाउँ कि प्रधानमन्त्रीको एउटा बनुँ बन्छु देशको सर्बोच्च नै अर्को झन् छैन कम्तीको चानचुनको प्रथम राष्ट्रपति हुन मलाई पनि मन छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : ६०१ टाउकाहरु

~राजन कोइराला~ संविधान लेख भन्दा पढ्याछैन भन्छन म्याद थपेनि तलवचाहिँ बढ्याछैन भन्छन भत्ता पनि खाछ्न, लत्ता पनि पाछन देशको चिन्ता गरिबस्दा निन्द्रा चढ्याछैन भन्छन मै खाऊ मै लाऊ, सुखसयलको जीवन जिउछन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : तारागण सम्मेलन

~योगेन्द्र उपाध्याय “पुष्प”~ चुक घोप्ट्याइएको एक रात, चकमन्न थियो आँैशिको त्यो रात ! सारा संसार पलभरको लागि श्मशानमा बदलिएझैँ देखिन्थ्यो । मैले सुनेको यथार्थ थाहा छैन, त्यो रातको सामना गर्न नसकेर र सामना गर्ने प्रयासमा कैयाँै दीपहरु असमयमै मृत्यूवरण गर्न … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : खडेरी महात्म्य

~राजकुमार बराल~ भुकम्प महात्म्य सुनाइसकेपछि कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनी ! आज म हजूरलाई खडेरी महात्म्य सुनाउन चाहान्छु ध्यानपूर्वक श्रवण गर्नुहोला —

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : मन्त्रिमण्डल

~अर्जुन पराजुली~ कुनै घरको भित्तो फोरिएन कुनै मन्दिरको मूर्ति चोरिएन कुनै बैंक लुटिएन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जङ्गबहादुरसँग पुनर्मिलन

~अर्जुन पराजुली~ पुन्टे, भुन्टे, वसन्ते र सन्ते तिमीलाई व्यापारमै व्यस्त छ भन्थे अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी भ्यायौ ? जङ्गबहादुर ! तिमी आयौ ? अनुहार पनि सर्लक्कै फेरिएछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पुरस्कारमाथि एक कार्यपत्र

~नरनाथ लुइटेल~ पुरस्कारको बजार अहिले खुब गरम छ । पुरस्कार प्राप्त गर्नेहरूको भन्दा प्रदान गर्नेहरूको भाउ निकै बढेको छ । पुरस्कार ग्रहण गर्नेहरू भन्दा प्रदान गर्नेहरू बढ्ता गौरावान्वित हुने गरेका छन् आज भोलि । पुरस्कार सम्बन्धी अवधारणा र सोचाइमै आमुल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जय पुच्छरवाद !!

~नारायण आचार्य~ पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा बिर्कोले छोप्छ तब हामी मान्छेलाई पनि पुच्छरविनाको पशु अर्थात् दुईखुट्टे जनावर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : छक्का सत्ता र अट्ठाको फरक

~चट्याङ मास्टर~ महँगी किन बढेको हो ? हातमा सत्ता छ भने अन्तर्राष्टिय स्तरमै भाउ बढेर हो हातमा अट्ठा छ भने नेता र कर्मचारीले घपलाबाजी गरेरै हो । देश विकास किन नभएको हो ? हातमा सत्ता छ भने अट्ठाले काम गर्नै … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : धोका दियौ तिमीले

~धिताल चिरिच्याँट्ट~ धोका दियौ तिमीले राष्ट्रपति छेउ लाग्यो सहमति तोडिनाले बदनामको दाग लाग्यो सेना मिलाउँ सरकार छैन

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : भाषण र वास्तविकता

~योगेन्द्र उपाध्याय “पुष्प”~ भाषण नं. १ दृश्य र अदृश्यमा नेता- यो गाँउको आमूल परिवर्तन गर्छु (भोकै नाङ्गै बनाएर) खोलामा पुल बनाउँछु (मेरो घरमा सिमेन्ट आँउछ) बाटो बनाउँछु (छोराको अमेरिका जाने बाटो खुल्छ) शान्ति आँउछ देशमा (द्धन्द्ध हुँदा लुट्न सजिलो) हत्या … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : हास्यव्यङ्ग्य सुगरकोटेड ट्याब्लेटजस्तो हुनुपर्छ

~र्सूयबहादुर पिवा~ नेपाली र नेपालभाषा साहित्यमा हास्यव्यङ्ग्यमा मात्रै स्थापित हुनुहुन्छ हास्यव्यङ्ग्यकार र्सूयबहादुर पिवा । राणाकालमा नागरिक अधिकारको आन्दोलनमा जेल पर्नुभएका र्सूयबहादुर प्रधानाङ्ग जेलबाट निस्कँदा र्सूयबहादुर पिवा -कुरुवा) बन्नुभएको थियो । वि.सं. १९८४ असोजमा भक्तपुरमा जन्मनुभएका साहित्यकार पिवाले वि.सं. २००२ देखि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०६३

~सिस्नुपानी~ सिस्नुपानी नेपालैका …. हामी देउसे भैले नि लै लै हजुरको दैलो खेल्दै द्यौसी भैलो नाच्दै आयौं छमछम………..। हाम्रो देश नेपालैमा ……दही कहिल्यै जम्दैन नि लै लै बाँकी सप्पै जाम छ, जताततै लाम छ जुलुस धर्ना हुरुरुरु……..।

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मझधारमा मगन्ता

~रमेश भट्टराई ‘सहृदयी’~ एकाबिहानै कलङ्कीको एउटा लामो जाममा अल्झिएँ । कलेज जाने ठिटाठिटीको अट्टहास र छाडा जिस्क्याइ । भरियाको भारी र व्यस्त मान्छेको तँछाडमछाड । दगुरादगुर लाग्ने अनेकौँ प्रकृतिका जिन्दगीहरू । म भने जामको तामझाम मात्रै नियालेर लठ्ठ । झ्याल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : प्रज्ञा सिस्नुपानी देउसी २०७४

~सिस्नुपानी~ भन भन भाइ हो – देउसिरे भन भन बैनी हो – देउसिरे कुनै बेला हाम्रो – देशैमा भ्रष्टाचारको – केसैमा अख्तियार भन्ने – राज्य थ्यो लोकमान भन्ने – राजा थे

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : प्रज्ञा सिस्नुपानी देउसी २०७५

~सिस्नुपानी~ हे भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे उहिले उहिले हाम्रो – बेलैमा सत्ता ढलाउने – खेलैमा छिनछिनमा सरकार – फेरिन्थे दूतावास द्वारा –घेरिन्थे टाला र टुली – गाँसिन्थे नौ मैना नभै – मासिन्थे

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चिठी पुगोस् भानुभक्तकहाँ

~केशवराज पिँडाली~ आचार्यज्यू, नमस्कार ! सोचेको थिएँ असार २९ गते तपाईंको तस्बिरलाई बग्गीमा ठड्याएर ब्यान्डबाजाका साथ सहर परिक्रमा गराउने सामूहिक साहित्यिक श्राद्धका दिन लगेर तपार्इंको तस्बिरमा एउटा चिठी दिन्छु । तर त्यही गर्न पनि सकिनँ । त्यही दिन अर्थात् २०४४ … Continue reading →

Posted in निबन्ध, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : काइँल्यामा

~थरेन्द्र बराल~ देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले जिब्रो थुती काइल्यामा लाँदैन कसैले । पैसालाई दशा लागे घुस्यातिर मोड्छ

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : माथि पर्ने तरिका

~केशवराज पिँडाली~ ऊ ठान्छ उसले एउटा चमत्कारी सिक्का पाएको छ त्यसलाई उसले जतनका साथ खोकिलामा लुकाएको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सेतो कोट

~रमेश भट्टराई ‘सहृदयी’~ मेरी छोरी सेतो कोट देख्दा डराउँछिन् । मलाई पनि तर्साउने जस्तो लाग्छ । हो, उही रूपमा बगेको छ खोलो । ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा पेट दुखेको औषधी टक््रयाएर फेरि निको नभइ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment