Category Archives: नियात्रा

नियात्रा / Travelogue

नियात्रा : वालेनफल्र्समा ३ दिन

~रश्मिला कवाङ ‘रश्मि’~ दिन १ विश्वविद्यालयको पढाइअन्तर्गत जर्मनीको एक ठाउँ ‘वालेनफल्स’ भन्ने ठाउँमा ३ तीनको सेमीनार थियो । वातावरण संरक्षण सम्बन्धी उक्त सेमीनारमा भाग लिने अवसर पाएकोमा खुशी त थिएँ नै । करिब १ बजेतिर वाइरोइथ विश्वविद्यालयबाट हामी २५ जना … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : प्रकृतिको आँगन

~भेषराज रिजाल~ एक्लै हिँड्नुमा पनि बडो आनन्द रहेछ । र त, प्रकृतिसँग सम्वाद गर्दै हिँडिरहन चाहन्छु म युगौँयुग । सम्बत् २०७५ साल भदौ दोस्रोसाता नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट निस्केर छिपेनी टोलतिर सोझिँदा आफैसँग बोलेथेँ म । प्रकृतिको आँगनमा निस्कँदा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : एउटा विभाजित सहरको कथा

~जीवा लामिछाने~ सन् २०१६ मार्च २८ । हामी साइप्रसको पाफोस सहरबाट १५० किलोमिटर दूरी पार गरेर राजधानी निकोसिया पुगेका थियौँ । हरेक सहरको आफ्नै मौलिक विशेषता हुन्छ, त्यही मौलिकता हेर्दै हामी रमाइरहेका थियौँ । १० लाख जनसंख्या भएको युरोपियन युनियनमा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : प्राचीन नगर रोम र अर्को सानो देश

~डा. शान्ति छेत्री~ त्यो धरहरा अब ओझेल भइसक्यो – म भने दिल्लीको कुतुब मिनार, काठमाडौको धरहरा र बनारस हिन्दु विश्वविद्यालयको विश्वनाथ मन्दिरका भव्य उँचाइहरू सम्झनु पुग्छु। झ्यालबाहिर विदेशी हावा, विदेशी दृश्य र मनभित्र स्वदेशी सम्झना सङ्गालेर बससितै दगुरिरहेछु। तमिल सहयात्रीहरू … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : राप्तीको रुवाइ

~भेषराज रिजाल~ ʽयस्तै तालले पुगिन्छ त गन्तब्यमा ।ʼ गुँडतिर फर्किरहेका चराहरू गोधुलिको धमिलो क्षितिजमा हराउँदैथिए, तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै । उज्यालोमै प्युठान खलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यासलाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : च्यार्खुरीको चुचुरोमा

~प्रतीक ढकाल~ छोबाब ठिलेले भनेका थिए— “पाँच घण्टा भए पुग्छ ।”उनले नै यसो भनेपछि मैले नपत्याउने कुरो पनि आएन । दावा–लाक्पा आइस् अर्थात् ।।।दालाइस’ अर्थात् ।।।छुबिछु’ सम्म हिजै आइसकेको हुनाले मेरालागि पनि यो मार्ग नयाँ थिएन । दालाइस्भन्दा अझ माथिबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कोलोराडो खोँचमा विष्णु मन्दिर

~सोम खनाल~ सन् २०१२ को जुलाईमा अमेरिकी दुग्ध बिज्ञान संघले आयोजना गर्ने बार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एरिजोना राज्यको फिनिक्स सहर जाने भइयो । दुईतर्फी हवाईखर्च र पाँचतारे होटेलमा खाने बस्ने प्रबन्ध विश्वविध्यालयले नै मिलाई दिने, अनि थोरै मात्रै अतिरिक्त … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बिसौनी वल्तिर

~भेषराज रिजाल~ आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन । हाम्रो खुट्टामा लेकाली शीत छोइँदा नागीगाउँ वरपरका पहाडी थुम्कामा लेसारिएको थियो पातलो कुहिरो । रातको झरीमा भिजेको रुखपात र घाँसमा बाँकी नै थियो लेकाली … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : डोल्पा यात्राको संस्मरण

~बासुदेब पोख्रेल~ कर्णाली अञ्चलका ५ जिल्लाहरू मध्ये डोल्पामा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको संगठन थिएन । करिब २ वर्ष पहिले एउटा सम्र्पक स्थापित भएको थियो । त्यही सम्पर्कको माध्यमबाट त्यस जिल्लामा संगठन निर्माण गर्नको लागि हामी प्रयत्नशील थियौँ । यस्तैमा फागुन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : माइखोला वारि पारि

~रामप्रसाद पन्त~ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०६८ को सन्दर्भमा म इलाममा छु यति खेर । फागुन १६ को बिहानीले स्वागत गरिरहेछ मलाई इलाम बजारमा । अस्ति सम्मेलनको उद्घाटन भयो सभामुख … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : लेकाली धरोहर फलामेडाँडा

~भेषराज रिजाल~ एघार बजिसकेछ लुङ्दीखोलाको किनार समातेर उकालो लाग्दा । लुङ्दीको सुसेली गुञ्जिएको छ पहरो थर्काउँदै, चारदिशा घन्काउँदै । मेरो अनुहारमा बगेको पसिनाको धाराजस्तो लुङ्दीको सुकिलो जलधारामा नजर भिजाउँछु, मन धुन्छु र पयर उचाल्छु । रोपो सरिसकेको खेततिर बगेको कुलोमा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आहा सभापोखरी !

~एकु घिमिरे~ सभापोखरीमा घुमेको कथा यो सभापोखरीमा डुलेको कथा यो । सभापोखरीमा भुलेको कथा यो सभाको जलैमा घुलेको कथा यो ।। प्राकृतिक सुन्दरता र भौगोलिक बिकटताको मिश्रणबाट बनेको ठाउँ हो सभापोखरी । समुद्री सतहवाट ४२२० मिटर उचाइमा रहेको सो पोखरी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : रोममा निरोको खोजी

~डा. राजुबाबु श्रेष्ठ~ यूएन मिसन सकिएर फर्कन सात दिन बाँकी थियो । सबै बुझबुझारथ सकेर नेपाल हाउसको बसाइ सुरु भइसकेको थियो । जीवनकै पहिलो पटक युरोपको यति लामो बसाइ सकेर नेपाल फर्किन लाग्दा पनि मनमा के नपुगेको जस्तो भइरह्यो । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : क्वालालम्पुरमा वेतिनीको सपना

~जीवनाथ धमला~ दक्षिण पूर्वी एसियाको एउटा सुन्दर सहर क्वालालम्पुरमा झण्डै १८ वर्षपछि पुनः पाइला टेक्ने अवसर मिल्यो । २०६४ साल फागुनको अन्तिम साताका चार दिन म क्वालालम्पुरमा रहेँ । टेलिभिजनसम्बन्धी एक कार्यशालामा सहभागी हुन म त्यहाँ पुगेको थिएँ । प्रसारण … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आबु पर्वतको छेउछाउ

~रामप्रसाद पन्त~ आबु पर्वतमा जम्मा भएको थियो २०१ जनाको नेपाली डप्फा । ६०१ को डप्फा त्यहाँ थिएन तर त्यसै मध्येका ३ जनाको सङ्ख्या समावेश भएको थियो २०१ मा । धार्मिक एवम् पर्यटकीय टोलीमा थियौँ हामी २०१ जना । तर बेला … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : सिन्डिकेटले कष्ठकर यात्रा

~खडानन्द तिमलसिना~ २०७५ सालको असार महिनाको १ गते नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगत इभेन परियोजना र बिश्व बैंकको सहयोगमा एल.वि मोर्डन इन्सीच्युटले तिनपाटन गाँउपालीकामा संचालन गरेको तिन महिने हाउस वाईरीङ तालिम र मोबाईल मर्मत तालिमको प्राविधिक शिक्षा तथा ब्यावसाहिक तालिम … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : यूरोप यात्राका केही सम्झना

~जीवन शर्मा~ अरू देशहरूमा जाँदा बैङ्क ब्यालेन्स देखाउनु पर्दैनथ्यो । तर युरोपतिर जाँदा यथेष्ट ब्यालेन्स देखाउनु पर्दो रहेछ । मेरो खातामा जम्मा हजार पन्द्र सय जति मात्र थियो । कहाँबाट देखाउनु उनीहरूले चाहे जति पैसा ? तैपनि साथीभाइहरूसँग भनसुन गरेर … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : नारायणीको तीरैतीर

~भेषराज रिजाल~ शीतले नुहाएका देवचुली र वरचुली बिहानीको कलिलो घाममा अनुहार सुकाइरहेथे । आकाससँग अंकमाल गरिरहेका चुरेका अरू चुलीहरू पनि नवलपुरबासीसँग मुस्कुराइरहथे । रङहरुको फागु खेल्दै आकासमा पौडिन तम्तयार देखिन्थ्यो सूर्य । रक्तिम आभाले अनुहार धोएर वासन्ती वहारमा मन बहलाउन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आरोहणको तयारीमा

~प्रतीक ढकाल~ “माथि एउटा मान्छे मरेछ हिजो” साहु पेम्बाले सुनाए— “उतापट्टिबाट आएको रै’छ, माथि ‘पास’मा आइपुग्ने बित्तिकै ढलेछ । अलि तल ल्याउँदा ल्याउँदै बिति पो गै’छ बाटैमा ।” “को रहेछ नि ?” हामीमध्ये नै कसैले सोध्यो । “तिब्बती हो रै’छ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : एक फन्को कर्णालीको

~भक्तराज जोशी~ नेपालको सबभन्दा विकट मानिएको र विकासको दृष्टिकोणले सबैभन्दा पछाडि परेको कर्णाली अञ्चल हेर्न जाने इच्छा हुँदाहुँदै पनि जान पाइएको थिएन ।  सौभाग्यवश एउटा अति विशिष्ट भ्रमणमा सहभागी भई त्यहाँ घुम्न पाइने प्रस्ताव आउँदा सहर्षस्वीकार गरी भ्रमणमा जान तयार भएँ । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : इलाम यात्रा

~उत्तम न्यौपाने~ प्रकृति भनेपछि जो कोही हुरुक्क नहुने कुरै छैन । प्रकृतिको काखमा घण्टौँ समय बसेर मान्छे आनन्दित हुन पाउँदा समय बितेको पत्तै पाउँदैन । आजको व्यस्त अनि थकित उकुसमुकुस जिन्दगी, अनि धुवाँधुलोले आकुलव्याकुल मान्छे प्रकृतिमै घण्टौँ समय बिताउन चाहन्छ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : एस्तो पनि हुदो रहेछ

~खडानन्द तिमलसिना~ जीवन जीउने क्रममा धेरै यात्राहरु भएका हुन्छन कति यात्राहरु संझौं भनेर पनि संझन सकिन्न भने कति यात्रालाई र्विसौं भनेर पनि विर्सन सकिन्न त्यहि मध्यको यो एउटा यात्रा सिन्धुली देखि बुटवल सम्म भएको छ । यात्रा यसरी सुरु हुन्छ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : रातको अँगालोमा…

~राजु दहाल~ रात हामीलाई आफ्नो अँगालोमा लुकाउन सफल भैसकेको छ , घामले त निकै अघि बिदा मागीसक्यो । छुट्नलाई गारै परेरै त होला नी एकछिन पहिले माथि डाँडाबाट लुकामारी खेल्दै थियो रबि । आकाशमा ताराहरु चम्कन लागीसकेछन् तर मेरो मनको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बेथान र साहित्य यात्रा

~दीपक कथित~ काभ्रे जिल्लाकै साहित्यिक इतिहासमा पहिलोपटक यही पुष ८ गतेबाट सुरु भएको तीन दिने ‘वेथानचोक पर्यटकीय साहित्यिक यात्रा –२०६८’ पुष १० गते आइतबार सम्पन्न भएको छ । काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको तथा प्राकृतिक, धार्मिक र ऐतिहासिकरुपले पर्यटकीयस्थल … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : रसिला, चोटिला, जोसिला…

~तिलकप्रसाद सापकोटा~ यात्रा एकल पनि हुने गर्दछ । यात्रा सामूहिक पनि हुने गर्दछ । कुनै उद्देश्य बोकेर, साहित्यिक विषय व्यक्तित्वलाई समेटेर यात्रा गरिँदा त्यो साहित्य समारोह नै बनिदिँदो रहेछ । त्यहाँं बाचिएका कविता, लोकगीत, निबन्धले वाहवाही, हाँंसो र तालीको गाँठो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : गोसाईंकुण्डमा पाप पखाल्दै फोहोर थुपार्दै ?

~दुर्गा कार्की~ ‘ओइ ! रसुवाको एउटा संस्थाले गोसाईंकुण्ड सरसफाइको लागि भोलेन्टियरहरू खोजेको रै’छ, गैदिने हो ? ‘ एकाबिहानै साराले सारा स्टाइलमा भनी । एड्भोकेट रूपा बस्नेतले रामसार महासन्धि पढाउनुभन्दा धेरै अघिदेखि नै मेरा घुम्ने ठाउँहरूको सूचीमा गोसाईंकुण्ड अग्रस्थानमा पर्दथ्यो । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आँखाभरिको नाम्चेबजार

~प्रतीक ढकाल~ खोलापारकिो ओरालो बाटोबाट झरेर साथीहरू आइपुगे हामी बसेको रिसोर्टमा । पन्थीजी निकै चंगा देखिएका छन् र रामबहादुर दाइको फूर्तिफार्ती पनि हेर्न लायक नै छ । हामीलाई ब्रेकफास्ट खुवाउने यो रसिोर्टले उहाँहरूलाई पनि सम्मानस्वरूप चिया अर्पण गर्‍यो र ७ः४५ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कृत्रिम तालहरूमा डुबुल्की मार्दा

~प्रकाशप्रसाद उपाध्याय~ आफ्ना ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पौराणिक महत्त्वका विभिन्न स्थल र नगरहरू वा प्राकृतिक सुन्दरताले सिँगारिएका वा औद्योगिक महत्त्वका प्रतिष्ठानहरूसित सम्बद्ध रहेकाले पाएका ख्यातिको परिणामस्वरूप संसारका अनेक देसहरू विश्वभरिका पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र बन्ने गरेका छन् । आफ्नो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : लाइपजीकदेखि लोपोन्मुख भाषासम्म

~कृष्ण धराबासी~ पौने दुई घण्टामा हामी लाइपजीक विश्वविद्यालयको प्राङ्गणमा पुग्यौं । गाडीबाट उत्रे पछि मि. उल्फको पछि पछि हामी विश्वविद्यालयको पाँचौ तल्लामा जानको लागि लिफ्ट तिर लाग्यौं । लिफ्टमा पुग्नु अघि वरै आँगनमा तीनचार जोर केटाकेटी एकअर्कासँग कति मजाले लपक्क … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : शेक्सपियर, हामी र मर्ने सालिकहरू

~कृष्णचन्द्रसिंह प्रधान~ बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उनी । पुराणका, मिथकजस्तो, मिथकहरूको कथाजस्तो, … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : स्वर्ग जाने बाटो

~भीष्म उप्रेती~ चामेको बिहान निकै जाडो थियो। सबेरै आँखा खुले पनि ओछ्यान छोड्न मनै नलाग्ने। तर, उठ्न ढिला हुँदा बाथरुम पाउन पालो कुर्नुपर्ने सम्भावनाले सुत्न दिएन। नुहाउन चाहन्थेँ। पानी छोएपछि त्यो उत्साह पनि मरेर गयो। कपालसम्म नुहाएँ जसैतसै। हिजोअस्तिजस्तै आज … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बोताहुदै रोतासम्म

~रामप्रसाद पन्त~ गोरुचौर, अर्थात् नाग्म-गमगढी सडकको ३७ किलोमिटर दूरीमा विराट पहाडको फेदीमा बसेको सानो गाउ । जहा सडक बनाउनका लागि नेपाली सेनाको एउटा इञ्जिनियरिङ क्याम्प बसेको छ । त्यसै क्याम्पमा हिजोको रात बिताएर आज बिहानै उठेको छु म । आज, … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment