Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : दोधार

~समीर पाख्रिन~ दीपक र उसको साथी मनोजको सुन्धारानजिकै जम्काभेट भयो । रातोपिरो, हट्टाकट्टा, सुकिलो पहिरन र महँगो चश्मा लगाएर एफजेड बाइकमा सवार मनोजलाई दीपकले चिन्न सकेन । तर मनोजले भने दीपकलाई टाढैबाट चिनेकोले बाइक रोकेर बोलाएको थियोे– “दीपक के छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खरानी गाउँ

~दिल साहनी~ माओवादी इलाकामा पर्ने त्यस गाउँको नाम भूगोलको किताबमा, नापी विभागको फिल्ड बुकमा, जनगणनाको बही, चुनाव आयोगको फाइल अथवा श्री ५ को सरकारको अभिलेख खातापत्र आदिमा क ख ग जे पनि हुन्छ सक्दछ । तर मान्छेहरू यतिबेला त्यस गाउँलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानो ध्वाँसे केटो गोफ्लेको सपना

~महेश्वर पन्त~ सानो ध्वाँसे केटो ‘गोफ्ले’, आफ्नी आमाको पछिपछि दौडिरहन्छ । आमाको सारीको फूर्को नै आज उसका लागि संसारकै ठूलो वस्तु भएको छ । हुन त उसलाई संसार भनेकै उसको झुपडीबाट भँडारे साहुको घर र तल बेँशीमा भएको पानीघट्टसम्म लाग्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : क्याफे गफ

~काशी भुसाल~ ऊ सँगको सामिप्यतामा म लिप्त बनिसकेको थिए, मेरो ब्यग्रता अब उनलाई भेटेर औपचारिकता निभाउनु मात्र थियो, झण्डै २ महिने फेसबुक मित्रतामा ऊ सँगको एकदिनको च्याटमै हामी ईतिहास देखि भविष्य सम्मका काल्पनिक सुन्दर र निकै मीठो सपनामा पौडिन थालिसकेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असाहाय आमै

~नारायण पोखरेल~ अफिस को काम सकाएर शर्माजी स्कुटर स्टार्ट गर्दै थिए । उनलाई तब मात्र याद आयो श्रीमतिले एक दर्जन केरा लिएर आउन भनेकी थिईन् । उनले सडकको छेउमा ठुला र ताजा केरा बेच्दै गरेकी बिरामी जस्ती देखीने बुढी आमेलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाइ

~महेन्द्र महक~ ‘तिमीले धोका दियौ भने म दुनियाँकी कुनै पनि आइमाईलाई विश्वास गर्न सक्ने छैन ।’ आज पनि मलाई सम्झना छ– उसको भावविह्वल बोली । उसका अतृप्त ओठहरु, जुन ओठहरुले उसले मेरो निधार चुमेको थियो । यो बिछोड मुटु चुडिएझैं भएको थियो मलाई । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ

~रजित ओझा~ बिरक्त लागेर आयो हफ्ता दिन देखि नयाँ बनाउन खोजिरहेको छु ब्रश र रंगहरु साथ लिएर तर कहिले रंग आफ्नो लागिरहेको छैन ,कहिले चित्र …………. म मात्र कोर्दै मेटाउँदै गर्दैछु । बनाउन खोज्छु फुर्दैनन …………. मात्र पहाड बनाउँछु ,बादल का … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शानदार प्रयास

~कुमार काफ्ले~ त्यो बेला अहिलेको जस्तो समय थिएन।पाँच कक्षा पास भएपछि हाइस्कूल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो।हात्तीछाप चप्पल लगाएर स्कूल जाँदा लोती छिनेर हैरान पार्थ्यो।दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ।अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गरीब

~लक्ष्मी विश्वकर्मा~ एउटा गाउँ थियो । त्यहाँ गरिब एक परिवार थियो । दुई सन्तान पत्नी अनि आफू गरी चारजनाको सानो परिवार थियो । तर पनि उसलाई आफ्नो परिवार पाल्न हम्मेहम्मे परेको थियो । अर्काको हली बसेर भए पनि परिवार चलाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाकाबन्दी

~सिपी गजुरेल~ मेरी चार वर्षकी नातिनीे छ, भेट भए पछि जहिले पनि उसले नबुझेका कुरा सोध्छे र उसका आमा बाबुले उसलाई चित्त दुखाएका कुराको नाली बेली सुनाउँछे । लामो समयपछि म कान्छो छोरा कहाँ पुगेको थिएँ, बस्न नपाई नातिनीले सोधी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सागरमणि दाइ फर्किनुभयो

~विश्वराज अधिकारी~ नित्यानन्द अंकलले नेपालबाट पठाउनुभएको चिठ्ठी भर्खरै पढेर सक्याएँ । तर पन्द्र दिनदेखिका जम्मा भएका मेल (चिठ्ठी पत्र) हरू अहिलेसम्म पढ्न भ्याएको छैन । अर्को पन्द्र दिन यसै गरी नपढ्ने हो भने एक महिनादेखि थुप्रिएका यी मेलहरूमध्ये काम नलाग्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुजुमानको अन्तरकथा

~ध्रुब सापकोटा~ छिमेकीको मृत्युमा घाटसम्म नगएको चोटि पुरिएको थिएन। छिमेकीहरू नै त्यसलाई ताजा बनाइरहेका थिए। ‘तपाईँ त घाटमा देखिनुभएन ?’ तिनीहरू प्रश्न गर्थे। ऊ बहाना बनाउँथ्यो। तिनीहरू उसका कुरा सुन्थे। उसले बहाना बनाउन छोडेको थिएन। तिनीहरू प्रश्न गर्न पछि परेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिताको ऋण

~श्रीरामेश्वरजी टांटिया~ राजस्थानमा चुरू एक पुरानो गाउँ हो । आजभन्दा सवा सय–डेढ सय वर्ष पहिले यहाँ प्रतिष्ठित वैश्य परिवार बस्थ्यो, जसको मालवामा ठूलो व्यापार पनि थियो । जब अफीमलाई लिएर ब्रिटेन र चीनबीच युद्ध भयो उनलाई घाटा लाग्यो, काम बन्द … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुखुण्डो

~सन्तोष चिमरिया~ काठमाडौ मेरा निम्ति पुनः एक पटक नयाँ शहर भएको छ । शहरसंग अभ्यस्त नभई मलाई निन्द्रा पर्दैन । घडीले १:२० हान्यो तर निन्द्रा टाढा सम्म छैन । मन अति सक्रिय ,चंचल र अतितमुखी भएको छ । आफ्ना चारै भाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुहिरोभित्रको काग

~शर्मिला खड्का दाहाल~ जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाहुर गएको देश

~लक्ष्मण श्रेष्ठ~ बिहानले बिस्तारा नछोड्दै हामी बसपार्क पुगिसकेका हुन्छौं। बिहानी चिसो बतासले जाडो मौसम आउँदै गरेको सङ्केत दिन्छ। सिद्धबाबाको गल्छेडोबाट हुर्रिएर आइरहेको ताजा हावाले फोक्सो भर्दै हामी बुटवल छोड्ने तरखरमा हुन्छौं। दशैंको टिकाको अर्कोदिन बसमा खासै मान्छे भरिइसकेका छैनन्। हामीजस्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड अन्जना

~बिना थिङ तामाङ~ धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । सायद यस्तै नौ वर्ष जति भयो कि ? अन्तिमपटक मैले उनलाई डाँडागाउँको पोष्ट सर्चमा जाँदा भेटेको थिएँ । त्यसपछि बेपता भएकी उनलाई अहिले डाँडागाउँ कै आर्मीपोष्टमै भेटेको थिएँ । झन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सोझी मैयाँको कमाल…….

~सन्तोष रोकाया~ “नछुनु है भाउजू मलाई,मैले मन्दिरमा पूजा गर्न जानुछ,फेरी बुवा रिसाइसेला नि” । यसरी नै टारिदिन्थिन उनी आफ्नो भाउजूलाई जो रजस्वला भएकी भनिएर घर परको खरले छाएको गोठमा राखेकी थिइन । सबैले उहाँको परिवारलाई शास्त्री परिवार भनेर चिन्ने गर्दथे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनएक्सपेक्टेड वे अफ लव !

~केशव प्रसाद पाण्डे ~ “लु अव केशब  ‘केशुबाबा’ भयो है केटी हो ,कन्याहरुले लसपस नगर्नु!” कक्षाभरि हाँसो चल्याो गललल.. “अोई ! केशुबाबा त भईस अब ‘केशुबुबा’ चैँ कैले बन्छस  त? “ “हुनत अहिलेसम्मकीलाई …….को भएत कतिवटा को पो हुँदो हो !”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिपीका “अन्तरद्वन्द”

~नारायण पोखरेल~ कहानिहरु धेरै पढेँ , र धेरै सुनेँ पनि । कोहि साँचो हुन्छन् कोहि काल्पनिक । केहि कहानि बन्छन् र केहि शब्दहरुले बुनेर बनाउनुपर्छ । कहानि राजा र रानिको हुने हो भने धेरै ले मन पराउछन् । बचपनमा सुनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पैयुँको फूल

~सञ्जीवनी शर्मा~ सदा झैं यसपालीको हिउँदमा पनि पैंयुँ फुल्यो । आरुको फूल खेलुञ्जेल माइत बस्न आउने मैतालु चेली फर्कलान् र बाल्यकालका सम्झना मुर्झाउँला भनेको कोही देखा परेनन् । आहा, त्यो बेलाको बाल्यकाल ! हामी त्यहीं तलको बेंसीमा रहेको खहरेमा लुकिछिपी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाइ

~लेखनाथ काफ्ले ‘राजन’~ जेठको मध्य दिनको टन्टलापुर घामको प्रभाव सिम्ले बेसीमा पनि परेको थियो । सिम्ले बेसीका कणकणमा तप्तताको अनुभूती पाइन्थ्यो । ओखरबोटे गाँउको खेतीयोग्य जमिनको रुपमा सिम्ले बेसीलाई लिइन्थ्यो । बेसीमा काम गर्ने सम्पूर्ण व्यक्तिहरु विश्राम गर्न आ–आफ्ना घरतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घाइते रातको एउटा कथा

~रजित ओझा~ “तिमीलाई अझै खोज्दै नै होलान् भागेर आएका होलाउ , आज को रात यतै बस !!!!” उसले म माथि दया देखाई ।खोई के भनि चिनुम म उसलाई । अँध्यारोमा राम्ररी देखिसकेको थिईन ।तर ठिकठाकनै लाग्थि । मलाई उसमा भन्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाजी

~मन्दिरा मधुश्री~ अप्रत्यासित रुपमा उसले सोध्यो, “यदि एउटा केटामान्छे र केटीमान्छे एउटै कोठामा रात बिताए भने के हुन्छ ?” “केही पनि हुँदैन ।” मैले सजिलै उत्तर दिएँ । “किन हुँदैन…। सबैथोक हुन्छ । एक रात हैन मात्र दुई घण्टा सँगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरा श्रवण कुमार

~समीर पाख्रिन~ वरिष्ठ साहित्यकार सञ्चमान राई विगत केही वर्षदेखि छोरा–बुहारीसँग काठमाडांैमा बस्दै आएका थिए । श्रीमती बितेपछि एक्लो बनेका सञ्चमानको सहारा नै छोरा–बुहारी भएकाले उनले गाउँको घरखेत बेचेर चाबहिलमा एउटा चार कोठाको घर बनाएका थिए । नेपाली साहित्यका मूर्धन्य श्रष्टा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लभ इज डेड !

~रुमन न्यौपाने ‘अमन्त’~ दिउँसभरी काठमाडौं उपत्यकालाई भोगेपछी सुर्य असमान उचाईको घरहरुको पछिल्तीर लुक्ने तरखरमा छ । साँझ गमम्क परेर अन्मीन थाल्दा मेरो आँखा अगाडी बाट केही मानीसहरु भागेर घन्टाहरु को पछिल्तीर लुक्न पुगेका छन् । सायद माहानगरपालीका को कर्मचारी अबैध रुपमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कामरेड घाम र कमरेड ज्योति

~इस्माली~ पार्टीमा कामरेड घाम र कमरेड ज्योति भनेपछि कार्यकर्ताहरू हुरुक्कै हुन्थे । तिनलाई कोही माक्र्स र एङ्गेल्स  भन्थे त कोही लेनिन र स्तालिन भन्थे,  कोही माओ र चाओ पनि भन्थे । हुन त ती दुई पार्टीका कुनै पदमा पनि थिएनन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कैदी नं : २५४

~सिजन गिरी~ एेया ! टाउकोमा चोट लागेको रहेछ !दाँया बाँया हेरेँ ,परको कुनामा २ जना केटाहरू गुनगुन् गुनगुन् गरिरहेका थिए।त्यही हल्लाले मेरो आँखा खुल्यो । टाउकोमा हातले छाम्दा अन्दाजी १५/१६ टाँका लागेको हुनुपर्छ । पुलिस सँग नभिडेको भए यो टाका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नारा

~राजेन्द्र पराजुली~ ‘कसले फेर्यो हाम्रो महान नारामा पिसाब ?’ क्याम्पसका दुई विद्यार्थी संगठन आगो भएका थिए । ‘कुन मण्डलेले फेर्यो नारामा पिसाब ?’ उनीहरूले केही दिन पिसाब फेर्ने व्यक्तिको खोजबिन पनि गरे, तर केही पत्ता नलागेपछि क्याम्पस प्रमुखसमक्ष विरोधपत्र प्रस्तुत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब कहिले शहर जान्नँ

~विश्वराज अधिकारी~ “अँ हँ, म त कहिले अब शहरतिर जान्नँ, बरु यै गाउँमा जीवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर । कति आनन्द आउँछ यो बाटो हिंडेर शहर पस्नेहरू र शहरबाट गाउँ झर्नेहरूको कुरा सुन्न, यो चिया पसलमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन परेको साथी

~सुबिन भट्टराई~ तिमीसितको त्यो पहिलो भेट भएको दिन, मलाइ अहिले पनि याद छ । त्यो दिन हाम्रो जाँच रैछ । म सम्पुर्ण जाँच सिद्याएर कापी बुझाउने तरखरमा थिएँ । जाँच सकेर उक्त तरखरमा लाग्ने बेलामा, मैले अलिक ठुलै आवाजमा बोलेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्माहत्या गरेको लास

~हरी भुसाल ‘स्याटलाइट’~ उसले hanger बाट झिकेर एउटा सर्ट लगायो ! कुनै समयमा उसको दाइले दियको सर्ट थियो ! नाडिमा टाँक लगाउदै उसले जिन्सको zeeper बन्द गर्यो ! मनमनै सोँच्यो Pee गरेर जाँउ कि भनेर तर भैगो उहिँ अस्पताल पुगेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment