Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : खाटा

~टंक चौलागाई~ वादविवादको शीर्षक थियो, “बच्चा चाहिन्छ, बच्चा चाहिँदैन ।” पक्ष–विपक्षमा थिए बूढाबूढी । वादविवाद शृंखलाको अर्काे चरण सुरु भयो । यो चरणलाई टुंग्याउँदा प्राचीले कमलसँग पहिलो पटक हार मानी । ऊ ‘बच्चा चाहिँदैन’ भन्ने पक्षमा वादविवादमा उत्रिँदा कमल निकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई नलागेको रोग

~रजित ओझा~ “पहिला वहाँ सँग कुरा गर्छु अनि मात्र तपाईँहरुसँग ,प्लिज एक छिन बाहिर निस्किदिनुस ल “ सेतो कपडा लाएको फुच्चेले म माथी हक जताउँदै भन्यो मैले उ सँग कुरा गर्नै पर्छ जस्तो गरेर ।साइक्याट्रिष्ट भन्छन् क्यार त्यो फुच्चेलाई ,आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कृष्णपथ

~वासुदेव गुरागाईं~ ‘भाञ्जा बाबु, उमेर सानै भए पनि काममा निकै पाको हुनुहुँदो रहेछ । घाँस काट्ने, गाईवस्तु चराउने, खसीबाख्रा फुने केही काम पनि अह्राइरहनु पर्दैन । आफैँ जानेर गर्नु हुन्छ । भाइबहिनी खेलाउने काममा त अझ निकै सिपालु । मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

लघुकथा : गुप्त-सुरुंग

~कात्यायन~ – एउटा गोष्ठीमा राजनीतिशास्त्रका शिक्षक र विध्यार्थीहरूबीच संवाद चलिरहेको थियो | – “राजनीतिको मूख्य उद्देश्य के हो ?” – “शासन गर्नु |” – “पढाईको ?” – “प्रशासन सम्हाल्नु |”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कर्म

~पूर्णप्रसाद ब्राह्मण~ इश्वरले मानवलाई राती आँखा छोपिदिएर जङ्गलमा छोडिदियो र भन्यो, “मानव, तँ कर्म गर ।” त्यही दिनदेखि मानवले कर्मको बारे धेरै विचार गर्यो, अन्वेषण गर्यो । वास्तवमा कर्म के ? हो पत्ता लागेन । यत्रो विश्व जङ्गल फाँड्यो, आवादी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : लोभ र स्वार्थ

~कुमार काफ्ले~ -एकदिन आफ्नो लोकबाट मर्त्यलोकमा घुम्न निस्किएका थिए लोभ र स्वार्थ। -यस धरतीका सबै मानिसहरूले उनीहरूलाई हृदयत प्रेमपूर्वक स्वागत गरे। -सबैले आआफ्नो दिलमा बास दिए तर विदा दिएनन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : छुटेकी प्रेमिका..

~प्रकाश गिरी~ मलाई निकै उकुश-मुकुश भइरहेको छ। तीस वर्षसम्म बिताएका स्वतन्त्र पलहरू अब हरण हुदैँछन्, बाटोमा कुनै सुन्दर युवती देख्दा मुस्कुराउँदै टोलाउनुको सट्टा आँखाहरू भुँईको धुलोमा गाडेर हिड्नुपर्ने लाचार विवशताले मलाई अंगाल्दै छ। हो…मेरो बिहे हुदैछ र म दुलहिको घरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटै खाट

~अमर न्यौपाने~ श्यामकृष्णलाई उज्यालोले उठायो । मलाई पनि उज्यालोले उठायो । हाम्रो डेरा अगाडिका पण्डित बूढाले भने उज्यालोलाई नै उठाए । किनभने उनले शंखघण्ट बजाएपछि मात्र उज्यालो भयो । यस्तो लाग्यो, शंखघण्टको आवाजले नै उज्यालो ब्युँझेको हो र उठेको हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जालिनी

~ध्रुवसत्य परियार~ राजा जयस्थितिलाई पुत्री लाभ हुन्छ । ‘महाराजका लागि अत्यन्तै खुसीको बात छ, राजकुमारी जालिनी बत्तीसै लक्षणले युक्त छिन् । यस्तो योग लिएर जन्मेकी छिन्, उनले देशलाई समृद्ध र स्वायत्त बनाउनेछिन् । संसारमा यो देशलाई न्यायको प्रतिमूर्ति भनेर चिनाउनेछिन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ

~बालकृष्ण सम~ शण्ड – कुमार, पहिले जान, पढ विज्ञान बेसरी, त्यसै विषयमा बोल जानेर अनि, च्याट्ट यो सबके बीचमा । प्रल्हाद– (एकै छिनपछि ) एक एक हो, ज्ञान यो मिल्यो, जीवनीभर के जप्तै जाने, त्यो-दुइ होइन – तीन होइन – … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

सूत्रकथा : सपना

~भूधरा उपाध्याय~ एउटा सपना थियो, सानो घर बनाइ हाँसो पनि भित्र्याउने। भूकम्पले झुप्रोसँगै सिन्दूर

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : सङ्गतगुनाको फल

~अरुणबहादुर खत्री “नदी”~ बालाजुचोकमा पुगेर एअरपोर्टसम्म जानुपर्ने भएकोले चक्रपथ परिक्रमा लेखेको सार्वजनिक बसमा चढे ! एअरपोर्ट पुग्न लागेपछि “एअरपोर्ट झर्ने कोही हुनुहुन्छ ?” बसको सहचालकले भने । “म छु एअरपोर्ट झर्ने” मैले भनेँ । “अङ्कल कहाँदेखि चढ्नुभएको ?” भन्दै सहचालकले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अनपेक्षित संयोगहरु

~गौतम ‘उदय’~ “हजुरलाई किन चाहियो फोन नम्बर ! भयो, पुग्यो….. ! ” भनेर लेखेकी थिई मेलिनाले उसको अन्तिम ईमेलमा | केही कुरा मन नपर्दा हल्का निदार खुम्च्याउंथी तर शब्दमै कहिलै ब्यक्त गर्दिनथी उसले | मेलिनाको बोली नै यस्तो छ मानौं … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असक्तता  र यौन

~मनोहर काफ्ले~ ‘’यो नर्सिंग पेशा पनि एक किशिमको एड्भेन्चर सरह नै रहेछ, बिभिन्न खालका, रंगका, आकारका र प्रक्रतिका मानिसहरु सङ्ग संगत गर्नु पर्ने, उनीहरु को आनीबानी, भाबभंगी  र अनुहार को अध्ययन गरेर ब्यबहार गर्नु पर्ने, कोहि शनक्क शन्किएक हुन्छन र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी भतिजी

~देबेन्द्र बस्याल~ सुनसान रात, केबल आकासका ताराहरुले मलाई हेरीरहेका हुन्छन । पारी पातलमा कराईरहेको कोइलिको सुमधुर आवाज, शिशिरयामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ । उसले निदमा छपछपी छाम्छे, एक्कासी ब्युँझेर ममी, ममी ममी… भनेर रुन्छे, आँखाबाट बरबर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दशैँ

~पुष्पा भण्डारी~ दशै आयो …..! खाउला पिउला …..! कहा पाउला ……! चोरि ल्याउला….! धट्ट् पापि छूट्टै बसौला ….! (आँगनमा बिस्कुन् सुकायेको छ, बचचाहरु पिडीमा खेलिरहेका छन्, धने बारिमा गोरु जोतेर थकित् भयेर आइपुग्यो ) “बाबा बाबा दशैको नया लुगा किन्न कैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद कथा : सजाय

~सजना गुरुङ~ परिधिभित्र जीवन सुन्दर र सुरक्षित हुन्छ भन्ने ठान्छन् हाम्रा मै हुँ भन्ने अर्धचेतन , अल्पज्ञानी सस्कारी सम्राटहरु , जो आफनै नजरमा र आफ्नै निर्णयमा आफैद्वारा सम्राट घोषित गरिएका छन् | सस्कार उनीहरुको निम्ति केवल नारीहरुलाई आफ्नो कब्जामा लिने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्रकथा : माइतीको पत्र

~शर्मिला खड्का दाहाल~ आदरणीय दिदी भेनाजु नमस्कार सात समुन्द्र पारि, म बहिनीको धेरै–धेरै सम्मझना । तपाईहरु त्यहाँ सपरिवार सकुशल हुनुहुन्छ होला भन्ने भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछु । खै दिदी भगवान श्री पशुपति नाथ स“ग के भनेर प्रार्थना गर्नु … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : सिलिगुडि, मेरो तनाव र सुधा !

~राजिव घिमिरे~ काकडभिट्टाको पैसा सटहि काउन्टरमा दशैको नियमित भिड थियो । पुराना साथी; बल्ल बल्ल दशैमा भेट भएर बिना प्लान घुम्न भनेर हिडेका -सिलिगुडि । म बर्ष दिनपछि काठमाण्डौंबाट फर्केको थिएं । सुधाले रोकटोक गरिनन् । मिल्यो भने एउटा माइक्रोवेभ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : अस्तित्व

~कुमार काफ्ले~ -जेठाले भन्यो,म मधेशमा बस्छु,म मधेसी हुँ,मधेस मेरो हो। -माइलाले भन्यो,म पहाडमा बस्छु,म पहाडी हुँ,पहाड मेरो हो। -कान्छीले भनी,म हिमालमा बस्छु,म हिमाली हुँ,हिमाल मेरो हो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : दसैंको किनमेल

~डा. रविन्द्र समीर~ ‘यो खसीको मूल्य पच्चीस हजार, यो सानोको अठार हजार, यो बोकाको बाह्र हजार ।’ दसैंमा खसी किन्न खसी बजार गएको हर्केले पालैपालो खसीबोका उचाल्यो । ‘दसैं त मान्नै प¥यो ।’ खसीबोका किन्ने क्षमता ऊसँग भएन । तर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अपुरो चित्र

~खगेन्द्र पन्धाक लिम्बू~ अण्डामानको सङ्लो पानीलाई पानीजहाजको धक्काले सेताम्मे फिँज उठाउँदा यता उनको धक्काले मेरो मनोछाल पनि उसोरी नै छचल्काएको थियो । पर सामुद्रिक सतहमा लजालु घामको चुम्बनसँगै उनले पनि चुम्बनको प्रस्ताव सारिन्, मैले नकारें । लाजले म त्यै लज्जालु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठूले

~दीपक घिमिरे~ उसलाई देख्दा ती पुराना दिनहरुको याद आउँछ, जुन दिनहरुमा उसको घर नै स्वर्ग थियो । उसका बाआमाको मुखमा देखिएको मुस्कानले हाम्रो टोल छिमेक नै हर्षित थियो । उसका बाआमाले आफुसँगको खुशी सारा गाउँलेलाई बाँड्ने कोशिस गर्दथे । आफ्नो औकातले भ्याएसम्मको खुशीयाली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : पागल

~कुमार काफ्ले~ -मुकुन्दले जातीय विभेद र छुवाछूत मान्दै मानेन। -महिला र पुरुषबीचको असमानता जरैदेखि उखेल्नुपर्ने धारण राख्यो। -छोरीलाई पनि छोरा सरह उच्च शिक्षा र पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ भनेर वकालत गरिरह्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : म……… जेठी छोरी

~राम श्रेष्ठ~ (आज अमृत १ बर्ष पुरा भएको छ…… र उसको जन्मदिन धुमधमले मनाइरहेको छन उनको बाबु-आमा….. तर अमृतको दिदी “अनिता” अहिले सम्म स्कुलबाट फर्केर आएको छैन….) (स्कुलको बगैचामा………) “ए अनीता, किन घर नगई यहाँ खेलेर बसिरहेकि हँ ” -सुशिला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : जिउँदो मान्छेको करामत र यमराज

~अज्ञात~ एकदिन यमराजले मर्त्यलोकमा घुम्दै गर्दा एउटा हात्तीलाई एउटा दुब्लो पातलो मरन्च्याँसे माहुतेले हातमा एउटा मसिनो लट्ठीको भरमा तह लगाइरहेको देखेछन्। हात्ती एकान्तमा भएको मौकामा यमराजले हात्तीसित भनेछन्- “गजराज, यत्रो विशाल र शक्तिशाली भइकन पनि यस्तो फिस्टे मान्छेको वशमा किन … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : नदीकिनारमा

~बालकृष्ण पोखरेल~ ‘धत् ! तिमीसँग बिहे गर्दिनँ।’ ‘के भन्छे यो ? नुहाउन थालेको तीन महिना भैसक्यो ! बिहे नगर्ने रे ! मजस्तो राम्रो तन्नेरीसँग गर्नैपर्छ बिहे।’ ‘राम्रो भएर के गर्ने ! तन्नेरी भएर के गर्ने ! ऐलेसम्म चारौटी फेर्‍यौ। नाईँ, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मन्त्रीको प्रेम

~श्याम साह~ “मन्त्रीज्यू, यो भट्टीलाई पनि काठमाडौं लैजानु प-यो !” भन्ने मानिस आफैं नशामा धुत् थियो । सँगैकाहरूलाई आँखा झ्म्क्यिाएको देखाउन उसले पूरै टाउको हल्लायो । सबै खित्का छाडेर हाँस्न थाले । तर मन्त्री हाँसेन । उसको मुहार झ्न् गम्भीर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिवर्तित ती नामहरू

~आचार्य प्रभा~ ‘यार ! ज्यादा आदर्शवादी नबन् न । मौका भन्ने कुरा सधैं आउँदैन । आज बल्ल जवानीको यो पलमा आएर जिनालाई भेट्ने मौका पाउँदैछस् के लाछी भएर डराउँछस् नि ?’ यसरी वैभवलाई उक्सायो उत्तमले । त्यसैमा थप्यो उदेशले । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वास्तविक परिचय

~नवराज पोखरेल ‘पाखेली’~ मैले उसलाई पहिलो पटक पशुपतिनाथ को मन्दिर मा भेटेको थिए ! “सर एउटा पत्रिका हेरौन एक दम ताजा समाचार छ मात्र दुइ रुपैया !!” उसले अनुरोध गरेको थियो मलाइ पहिलो पटक पत्रिका किनिदिन ! मेरो जागिरको पहिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : कविता मोह

~रोशन खड्का~ कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखुँ लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केहि सम्झनाहरु मात्र छन् । जसलाई यसरी लेखिरहेछु । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक अंश : मुखालफा

~मनोहर काफ्ले~ भुत भूतको बारेमा पनि डिउटी मा रहदा साथीहरुमाझ धेरै कुरा कानी हुने गर्दथ्यो । कोहि साथीहरुले भुत नै देखेको र अरु कोहि कोहि ले भने अनुभव सम्म गरेको सुनाउथे । यस्तो कुरा सुनाउनेमा कति साथीहरु त अर्कालाई डर … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment