Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : पानी

~उषा हमाल~ आलिशालाई कथा सुन्न मन लाग्यो। आामाबाट कथा सुन्न पल्किएकी यो एघार वर्षे फुच्चीले जिद्दी गर्दै भनी, ‘कथा सुनाउनुस् न आमा।’ तर उसकी आमालाई आज कथा सुनाउन उतिसारो जाँगर छैन। उनको मनलाई शून्यभावले गाँजेको छ। आफ्नो पानीले बगाएजस्तो विगत, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : समानता

~कात्यायन~ – ‘समानता भनेको थाहा छ तिमीहरुलाई ?’ – ‘थाहा छ सर !’ – ‘ल तिमी भन !’

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : व्लफ कल

~पुष्पलता आचार्य~ अहिले पनि फोन आयो । उठाएँ । उसैको रहेछ । यो फोन पनि मलाई घाँडो नै हुन थालिसकेको छ । हिजोआज कम्प्युटरमा बिहानदेखि व्यस्त रहन्छु । कति छन् आफ्ना । उ चै जहिलेपनि अन्टसन्ट कुरा गरेर मलाई जिस्क्याईरहन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ लोककथा : भाले किन बास्यो?

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ सृष्टिकालको कुरा हो। त्यसबखत स्वर्गमा आगो थिएन। पृथ्वीमा उज्यालो थिएन। त्यसैले भगवानले कुखुराको भालेलाई ‘पृथ्वीमा गएर त्यहाँका मानिससँग आगो मागेर ल्याउनू’ भनेर पठाए। भगवानले भालेलाई पृथ्वीमा रहदाँबस्दा आगो लिएर नफर्कुन्जेल नबास्नू भनेर अह्राएका थिए। भाले … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : अपरिचित पात्र

~लक्ष्मण घमाल~ बिदेशी भुमी मा पहिलोपटक एक्लै भएको छु र अब का केही दिनहरु एक्लै बिताउँदै छु।समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथी हरु नेपाल गए। साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटी मा पुर्ण छात्रवृत्ति मा ब्याचलर इन सोसिओलोजी पहिलो बर्ष मा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेश जाने चक्करमा पर्दा खेप्नु परेको पीडा

~खेमनाथ पौडेल~ नारायणघाटमा कम्युनिकेसन चलाएर म बसेको थिएू । त्यो चलाउन मलाई मेरी सानीले साथ दिइरहेकी थिई । विगत केही वर्षदेखिको देशको बिग्रूदो परिस्थितिले व्यवसाय धारासायी बन्दै थियो । दिनप्रतिदिनको जुलुस, बजारबन्द आदिले भनेजस्तो व्यापार हुन सक्तैनथ्यो । तर त्यसै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : न्यायमूर्ति

~हेमबहादुर गन्धर्व~ “न्यायमूर्ति ढल्यो–न्यायमूर्ति ढल्यो” भन्दै शहरको बीचमा कोलाहल र कौतुहल मच्चिरहेको थियो । न्यायमूर्ति ढलेको हल्ला एकै छिनमा चैतको डढेलो जस्तै शहरका गल्ली गल्ली, चोकचोक हुँदै देशभरी फैलियो । न्यायमूर्ति ढलेको हल्ला सुनेर आश्चर्य चकित मान्दै गाउँदेखि शहरसम्मका हुलका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : परिवार

~राजेन्द्र ज्ञवाली~ उ अझै सुक्क सुक्क रुदै थिइ । म भने के गर्ने के नगर्ने भन्ने दुविधामा थिए । वाटो हिड्नेहरू मध्ये उसलाई देख्नेले आश्चार्य मान्दै थिए । अझ कोही कोही त केही वेर अडिएर वुझ्न खोजे जस्तो गर्दै थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म छुच्ची भएर तिमलाई के भो ?

~सविता सापकोटा~ सामसुङ मोबाइलको रिङ टोन बजिरहँदा सुतिरहेकी थिएँ । निन्द्रा लागेर होईन चिन्ता लागेर । केही कुराको चिन्ता लाग्यो भने दिनमै पनि सुत्ने नराम्रो बानी छ । कसैले नराम्रो भन्दा होस् या तनाव हुँदा सुतेर उठेपछि बल्ल समस्याको समाधान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतीक्षाभित्रको प्रेम उत्सर्ग

~पारसमणि शम~ त्यस समय शायद उ त्यही आठ-नौ वर्षको थियो होला। घरमा बिहेको धुम-धाम थियो। बिहे त उसको दाजु लाक्पाको थियो। तर परोक्ष रूपमा त्यो बिहे उसको पनि थियो। उसलाई त्यो के थाहा। बिहे त दाजुको भइरहेको थियो। उसको होइन। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विद्या प्रभाव

~यकिना अगाध~ विवाह समारोह चल्दैथियो । उसकी श्रीमति उभिइ उभिइ आफन्तजनहरुसँग हाँसो ठट्टा गर्दैथिइन् । एक्कासी रुख ढलेझैं भुँइमा गल्र्याम्मा ढलिन् र मरिन् । आफन्तगण सबैले भन्यो कि यस गाउँको मान्छेको मरण आजसम्म यसरी भएको देखिएको छैन । पक्कै कुनै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महत्त्वपूर्ण सम्पत्ति

~शर्मिला खडका दाहाल~ उनले आफ्नी आमा पालेकी थिइन्। चार भाइ छोरा कसैसँग अटाउन सकेकी थिइनन् उनकी आमा। कुनै समय उनकी आमाको विचार यसरी सार्वजनिक भएको थियो -‘मैले किन अंश भाग लिनु र? सबै छोराहरूले बाँडून्। म एउटी आमालाई कुनै न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पौराणिक कथा : अष्टावक्र

~उमाशङ्कर द्विवेदी~ उद्यालक मुनिका कहोड नामले प्रसिद्ध एउटा शिष्य थिए । उनले आफ्नो गुरुदेवको बडो सेवा गरे । सेवाबाट अत्यन्त प्रसन्न भई गुरुले उनलाई जम्मै वेदको अध्ययन गराइदिएर आफ्नी सुजाता नामकी कन्यासित विवाह पनि गरिदिए । केही समय बितेपछि सुजाता … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

थारु लोक कथा : गुरिया (गुरही) पर्व

~सङ्कलन : दिलबहादुर चोधरी~ पहिलो किम्बदन्ती : पौराणिक काललाई हेर्ने हो भने आर्य र अन्य जातिबिच प्रतिस्पर्धा र समय समयमा बैरभाव भएको देखिन्छ। त्यतिबेला आर्य र नागवंशको बैबाहिक सम्बन्ध पनि थियो र समयक्रममा बैरभाव पनि। ऋषि जरत्कारुको पत्नी नाग जातिकी … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : अन्तर संघर्ष

~अल्पविराम~ प्रात तथा सन्ध्या भ्रमण प्रेमीहरुको लागि मात्र नभएर प्रेमी युगल जोडीको पनि तीर्थस्थल लभ्ली पार्क आज झरी पछिको मनमोहक गोधुली साँझ बनेको छ / लभ्ली पार्क ,पोखरा नजिकैको थुम्को डांड़ो चढेर पैदल भ्रमणको साथै व्यायामको मजा आफ्नो ठाँउमा छुट्टै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीलो गुलाब

~दिनमान गुर्मछान~ वास्तवमा उसलाई गुलाबको फूल दिने मेरो रहर थियो । भन्नुहोला- यो रहर त सबैको हुन्छ । रातो गुलाबको फूल त सबैले दिन्छन् नि ! म अलि फरक रङको दिन चाहन्थेँ । साथीभाइको सल्लाहअनुसार, मैले नीलो गुलाब दिने मनशाय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुहार

~सुबिन भट्टराई~ दुनियाँमा अनुहार बेचेर बाँच्नेहरूका कथा धेरै होलान् । तर, कसैले सुनेको होला अनुहार बचाएर बाँच्न नसक्नेको पीडा ? जुन अनुहारसँग मित्रता गाँस्न धेरै चाहन्थे मलाई त्यही अनुहारसित दुस्मनी हुन थाल्यो । मेरो अनुहारमा केही खोट थिएन । र, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जेरी-स्वारी

~माया ठकुरी~ ‘मलाई पनि एउटा पोलेको मकै दिनुहोस् त दिदी’, सडकपेटीको एउटा कुनोमा बसेर मकै पोल्दै गरेकी एउटा अधबैंसे महिलाको अघि उभिएर मैले भनेँ । ‘एकछिन पर्खनु पर्छ । पैले यी चारवटा मकै पोलेर ऊ त्यो पर्तिरको साहुलाई दिउँ अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रान्तिकारी विमला दिदी

~विश्वराज अधिकारी~ सरला दिदीसँग मेरो निकै लामो समयको अन्तराल पछि भेट भएको थियो, यस्तै अठार बीस वर्षपछि, काठमाडौंको नयाँ सडकमा, एउटा गहना पसल नजिक, २०५३ र ५४ साल तिर । मेरी पत्नी, निशाले गहना छान्न अति नै समय लाएकोले म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आघात

~डा. संगीता स्वेच्छा~ जवानी सबैको आउँछ । अरूभन्दा यो उमेरमा सबैको आँखामा भविष्यको लागि एउटा स्वर्णिम सपना सजिएको हुन्छ । मेरो त भविष्य अन्तहीन यात्रा बनेको छ, एउटा कहाली लाग्दो अतीत जसले मलार्इ वर्तमानमा नराम्ररी कोपरिरहेको छ । भनिन्छ, यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ईनार

~कात्यायन~ – “के भएको होला यस्तो !” – “खै: के भयो र हजुरबुवा ?” – “चारैतिरबाट यस्तै समाचार पनि आइरहेछन् |” – “कस्तो समाचार’र हजुरबुवा ?” – “ईनारहरू खन्दा खै: कस्तो फोहोर मात्र निस्किरहेछन्’रे !.. राता-सेता-हरिया-पहेंला लेदाहरू !”

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : गठेमङ्गल आँखा र सालिक भञ्जन

~कृष्णचन्द्रसिंह प्रधान~ गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : विवशता

~त्रिचन्द्र ‘प्रतीक्षा’~ ऊ सार्‍है थाकिसकेको थियो, आफ्नो बेरोजगारीसँग । बिहानदेखि काम खोज्दाखोज्दै साँझ भोक आक्रोशमा परिवर्तित भयो । केही गर्ने विचारले ऊ टुकुचानेर एउटा अँध्यारो गल्लीमा बस्यो । आधाी रातपछि एउटा आकृति छिटोछिटो हिँड्दै गरेको देखियो । ऊ सजग भयो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भुन्टेको नियति

~रमेश पौडेल~ माघ मासको जाडो , अझ त्यसमा पनि अस्तिमात्रै पानी पर्दा देशका उच्च पहाडी तथा हिमाली भेगमा परेको हिउँको खार बोकेको चिसो सिरेटो मुटुनै छिचोल्ने गरी चलिरहेको छ । न त उसलाई त्यो सिरेटोसँग मतलव छ, नत त्यो साँझमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रोटी

~यकिना अगाध~ सुकुम्बासी बस्तीमा जेनतेन जीवन गुजारिरहेको तिनको लोग्ने बितेपछि एक छोरोको जिम्मेवार तिनकै काधमा आइपर्यो । तिनी नजिकका बजार जान्थिन्, इटा, सिमेन्ट, बालुवा, तरकारी जेजेको भारी पायो त्यही त्यही बोक्थिन् । दिनभरीको ज्यालामजदुरीबाट आएको रकमले छोरा र आफूलाई एकगासको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : बाघसत्ता र बिरालो

~हेमबहादुर गन्धर्व~ कुनै एउटा जंगलमा चार वटा ठूला बाघहरू बस्दथे । बाघहरूबीचको स्वभाव, रंग र आकारमा भने फरक फरक थिए । बाघहरू कहिले मिलेर बस्दथ्यो भने कहिले लड्दथे । ती आपसमा लडिरहने बाघहरूले शक्ति सन्तुलनलाई कायम राख्ने यस्तो षडयन्त्रकारी गोप्य … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सपनाको मोड

~महेशविक्रम शाह~ उसले अपहरण गरी ल्याएको बालक अर्काे खटियामा सुतिरहेको थियो । बालकको अबोध र शान्त मुद्राले बताउँथ्यो, उसलाई अपहरणको कुनै जानकारी छैन । घरमा आमाबाबुको न्यानो अँगालोमा सुतेको भन्दा फरक थिएन उसको यो सुताइ ।ऊ बालकलाई हेर्दै तनावग्रस्त बनिरहेको थियो । उसले यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : सुन मैयाँ ! म त जन्मँदै नोकर्नी

~भुवनहरि सिग्देल~ मेरा छोराछोरीले मलाई सधैं यही नामले सम्बोधन गरे । मेरो वास्तविक नाम भने रोमकुमारी हो । छाछुरे भीरको उकाली चढेर देउरालीमा पुगेपछि तलको महाभीरतिर हेर्दा जसरी यात्रु कहालिन्छन्, मेरो जीवनयात्रा पनि त्यस्तै लाग्छ, मलाई । त्यो दुष्कर यात्रा … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कथा : प्रेम कि युद्ध

~सङ्गीत नेम्वाङ~ दुई दाजु-भाई आँगनमा खेलिरहेको छन् गट्टा। ती नानीहरूको आमा रूपमती भान्सा गर्नलाई चिसो दाउरा हाल्दै फुकिरहेको छ चुल्हो। बलेको छैन चुल्हो। बरू उल्टो दन्किरहेको छ विकराल धुवाँ। र बगिरहेको छ आँसु। तर उसलाई थाहा छैन बगिरहेको आँसुको इतिहास? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कारे हजुरहरू

~हिरण्य भोजपुरे~ मेरो सालोको एउटा ‘पार्टी प्यालेस’ छ । नाम के रे भने ‘कमण्डलु’ । मलाई अचम्म लाग्छ त्यसले किन त्यो नाम राखेको हो ! माग्नका लागि त्यसले ‘प्यालेस’ खोलेको हो र ? कुबुद्धि… ! बूढाले मलाई कुबुद्धि भन्यो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पुतलीको घर र मेरी भाउजु

~बिपिन शर्मा~ त्यहाँ नाटक नहेरे पनि जीवन्त हुन्छ भन्ने कुरा मैले सुनेको थिएँ। गुरुकुलका मित्रहरुले मलाई नाटक हेर्न पटक पटक निम्ता गरिराखेका थिए। यो विचमा म त्यहाँ कैयौं पटक पुगें तर नाटक हेर्न हैन, अन्य कामले नै। म मन परेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : किनारै किनार

~तेजेश्वरबाबु ग्वंग~ किनार किनारै । किनार माझ होइन । न त माझ नै किनार । किनार अनार पनि होइन । किनार जुनार पनि त होइन । परन्तु, जे होइन त्यो हुन पनि सक्छ । जे हुन सक्छ त्यो नहुन पनि सक्छ । परिवन्दको संसार । सांसारिक परिबन्द । तैपनि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment