Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : जादुगरी डण्डा

~कृष्ण बजगाईं~ एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अव्यक्त आकांक्षा

~इन्दु शर्मा~ दिनभरिको ड्युटी पश्चात म मेरो पसलमा बसिरहेकी हुन्छु ,थकित मानसिकता लाई बिर्साउदै । हुनत संधै यस्तै हो ,दिनभर ड्युटी अनि बेलुका पसल । पत्रिका पसल भएर होला ग्राहक को घुइंचो नै लागिरहन्छ ।मेरो मानसपटल मा ग्राहकका अनुहारहरू क्रमश … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्द निवास

~पदम भण्डारी~ ‘रेग्मी निवास’ को नामले परिचित बिमलको घर अर्थात् मेरो पोईली घर आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ । रेग्मी निवास अर्थात मेरो घर ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । रेग्मी निवास त्यसै ज्योतिहीन बनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अनिदो रात

~अमोल आचार्य~ एक कोठे घर छ। दुईवटा खाट राखिएका छन् भित्ताका दुईपट्टी। एउटा खाटमा आमा सुत्छिन्। अर्को खाटमा छोरो सुत्थ्यो तर अब बुहारीपनि अटाउनु पर्ने भएको छ। बिरामी आमाले आफ्नो एकमात्र छोरोको बिहे गरिदिएकी छन् आज। छोराको बिहे गर्ने र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ज्वोरो

~कृष्ण थापा ‘कृष्णपक्ष’~ ‘तिम्रो धेरै याद आउछ यति धेरै की जति तिमी कल्पनासम्म गर्दैनौ । वा जति म तिमीबाट लुकाउने कोसिस गर्छु त्यसभन्दा पनि धेरै ।’ उसले सधैंझैं ईमेल लेखी – व्यस्त मान्छेलाई डिस्टर्ब गर्न मन लाग्छ, सोध्न मन लाग्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कस्तो बिबाह !

~गीता खत्री~ धेरै अघि खाटा बसिसकेको घाउ आज फेरि बल्भिmन पुगे जस्तो देखियो । आज एउटा साथीको छोरीको बिबाहभोज थियो, वुडहेभनको मौर्यमा । बिबाहको प्रितीभोज सकियो । ब्यवस्थित सांगीतिक कार्यक्रमसहितको मीठो खानाले होला भोज असाध्यै राम्रो भयो । सबै जना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्वासघाती

~पदम भण्डारी~ रातको दुई बजे चोर डाँकाहरु मेरो घरमा पसे । चोर डाँकाहरु भित्र पस्ता मैले प्रतिवाद गर्न छोडिसकेको थिएँ, किनकि प्रतिवाद गर्न खोज्दा धेरैपटक मैले ज्यान जोगाउन उनीहरुसंग भीख माग्नु परेको थियो – ‘मसंग भएको धन सम्पत्ति सबै लैजानुस … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिरामी

~छविरमण सिलवाल~ सधैँ म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कुतूहल बढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसका आँखा परे र सोध्यो, बाबा अरू गाडी गुड्दा त कराउँदैनन् यो गाडी चाहिँ किन कराउँदै हिँड्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मोबाईलले दिएको खुसी

~बिना तामाङ ‘सुनगाभा’~ आजभोली उनि खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ। मानौ वर्षातको बादल गड्किदाँ एकझमकमा देखिने त्यो बिजुलीको चम्काई हो । लगभग ४,५ महिना हुन लाग्यो उनमा यस्तो परिवर्तन देखा परेको त्यस भन्दा अघि नि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनाम छापामारको नाममा

~इच्छा पूर्ण राई~ यो कथा होइन र पनि कथा भएको छ । यो कथा सहरले नसुनेको कथा हो र सहरबाट केहि टाढाको कथा हो। पूर्वको प्रसिद्ध डाँडा ट्याम्के र मैयुँको विचको सानो गाँउको कथा हो। यो गाउँ हिउदमा हिउँमा सुतेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जुलुस र आमा

~श्याम तमोट~ “वीर सहिद अमर रहुन” “प्रजातन्त्र अमर रहोस ” सहिद दिवसको दिन थियो । बाजागाजाको साथमा उर्लदो नारा लगाउँदै जुलुस अघि बढिरहेको थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : परिवर्तन

~हरी भुसाल ‘स्याटलाइट’~ ‘wallace’ले मलाइ नयाँ जबको अफर राखेको थियो ! कुनै बर्षको सायद June महिनाको कथा हुनुपर्छ यो !ठ्याक्कै तिथिमिति थाहा भयन फेरि कथाहरुका Éxcatly Date’हुनथाले भने ति कथाबाट समाचारमा रुपान्तरण भैसकेका हुन्छन ! एक बिहान म आफ्नो work … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लोग्नेको जात

~कृष्ण बजगाईं~ दुई आइमाईले विवाह गरे । “आइमाईको विवाह ?” हजूर पारपाचुके गरेर बसेका आइमाईले एक आपसमा विवाह गरे । अर्थात समलिङ्गी विवाह ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोकल बसको सिट

~गोपाल झापाली~ प्रणय दिवशको अघिल्लो साँझ म बजारको एक रेलिँमा लेटिएर बदाम टोक्दै थिएँ । उदाश मनमा आकाशमा प्रशव अवस्थाको जून मलाई ढाडस दिदै थियो । हातको बदाम सकियो पुनः ५ रुपैयाको किन्न त्यहा बाट उठे । हात भरि बदाम … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : क्याबिनको सीट

~कृष्ण अविरल~ काठमाडौका र्सार्वजनिक यातायातका साधन, त्यसमा पनि सानाखाले नीलो माइक्रोमा यात्रा गर्नु कम्ती कठिन छैन । सागुरो खोरमा क्षमताभन्दा बढी भेडाबाख्रा कोचिएभन्दा चर्को । कहिलेकाँही त यस्तो लाग्छ, मःम र मासुको लागि काठमाडौं ल्याउनका लागि ट्रकमा लादिएका बूढाराँगा र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकस्मिक प्रेम

~संविदा राजभण्डारी ‘श्रेष्ठ’~ एउटा असाधारण अनुभवले आज दिनभरि नै गिजोलिरह्यो मलाई । म मेरो श्रीमान्को बहुपासमा गम्ल्याङ्ग अङ्गालो हालेर रुँदै भन्दै थिए, “बाबा, टिटु उड्यो, गयो मलाई छाडेर ।” सायद म अलि बढि नै भावुक भएको थिए । भल्नेरेवल । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिसर्जन

~राजु शर्मा~ जब म कोठा भित्र छिर्छु । उ पलङमा पलिटरहेकै हुन्छ । हातमा किताबको ठेली । ओठमा ठुटो चुरोट । उस्को नियमितता नै हो । यत्र तत्र छरपस्ट किताबै किताबहरु । भित्ताका र्याकहरुमा पनि अटेश मटेश गरेर किताबका तांतिहरुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सज्जन एक

~विवेक दुलाल क्षेत्री ‘दमक’~ सज्जनसित अथाहा सम्पती थियो . सज्जनलाइ कुनै कुराको कमी थिएन . सज्जन एक दिन घुम्न घर बाहिर निस्कियो . सज्जनले उसको घरै अघिको गेटमा एउटा माग्नेलाई घन्टी बजाउनै लागेको देख्यो .सज्जनलाइ सनक्क रिस उठ्यो र माग्नेलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अमृतकुण्ड

~महेशबहादुर क्षेत्री~ शिवरात्रीको दिन, चिसो मौसममा विहानैदेखि तलाउमा स्थान गर्नेहरुको भीडभाड देखिन्छ । शिवप्रतिको अगाढ आस्थाले सारा जग नै आफूलाई धन्य महसुस गरिरहेको छ । भक्त तथा दर्शनार्थीहरुको भीडभाड विस्तारै बढ्दै गइरहेको छ । यत्तिकैमा दुइ जना दर्शनार्थीको आगमन हुन्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजमार्ग

~प्रदीप नेपाल~ (१) “ढोका खोल्,” भात खाएर सुतेको धेरैबेर भैसकेको थियो । पहाडको सानो घर, कोठाहरु धेरै थिएनन् । भुइँतलालाई जयबहादुरले सानो पसल बनाएको थियो । गाउँ पनि ठूलै थियो अनि उनीहरुको घर पनि जुम्ला जाने मूल बाटैमा पर्दथ्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिलकुमारको फेसबुकभित्र “आरुबोटे कान्छो”

~विवेक दुलाल क्षेत्री ‘दमक’~ यो दिल कुमारको इति ब्रितान्त हो।अर्थात दिल कुमार नेम्बाङ्गको कथा हो। पुर्बी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ति पहिलो पल्ट टेकेको यो युबक आफ्नो बाजे र एक्ली आमाको पालन पोशणमा हुर्कियो। बाबुचाही इन्डियन लाहुरे हुँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभब

~योगी बालक~ आजको दिन होलीको । सबै सप्तरङ्गी रङ्ग संगै आफ्ना आनन्द साटासाट गरिराखेका छन् । यहि आनन्दमा देशका कतिपय जनताहरु होलिको रङ्ग मिलेसरी मिलेर होली खेलेका छन भने कोही दुःखै दुःखको जालोलाई जबरजस्ती फुकाउने प्रयत्न गर्दै आएको होलीलाई मनाउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नूरी–१०

~वर्षात् दर्लामी~ “तिमी अब मलेसिया फर्कन्छौ कि नाई ?” मायाले सोध्दैथी । वातावरण बडो गम्भीर बनिरहेथ्यो । साथीहरु सबैजना ड्यूटीमा थिए । हामी बसिरहेको होस्टेलभित्र यतिखेर दुईजना मात्र थियौं– माया र म । “सायद सम्भव छैन माया । ….” मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेवारी भोजका परिकारहरू

~हरिबहादुर श्रेष्ठ~ नयाँ वर्षको दिन थियो। बुइँगलमा नेवारहरूको भोज हुँदै थियो। दुवैतिर लहरै पाका नेवारहरू भोज खाँदै थिए। नेवारहरूको भोजमा परिकार तयार गर्ने र राख्न ल्याउने व्यक्तिलाई ‘भारी’ भन्ने गरिन्छ। चिउरामाथि झोल भएको मासु (चिच्याको ला) राख्दै ‘भेग’ (माटोको भाँडो) … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दुःख

~कृष्ण बजगाईं~ बिकटपुरका वासिन्दाहरुमा अचानक त्रास छायो । त्यस दिन अनायसै एक हुल सैनिक पोशाक लगाएका जवानहरु आएर भने-”अबदेखि यहां हाम्रो आदेश चल्छ । आजदेखि सबैले हाम्रो भजन गाउनु । भजन गाउनेहरुले भविष्यमा राम राज्य पाउनेछन् । विरोध गर्नेहरु यमराज्यमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : समानता

~किरण शाक्य पन्त~ पहाडले थिचे जस्तो मन्सराको ढाड दाउराको भारीले थिचिएको थियो। दाउराको भारीको बोझले गर्दा ऊ हिँड्नसकेकी थिइन। केही थकाइ कम गर्नका लागि दाउराको भारी ठाउँ–ठाउँमा बिसाइयो। एकछिन थकाइ मरेपछि फेरि त्यसरी नै बोकेर घरतिरको बाटो लाग्थी। “ऐय्या बाबै, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कागजमा दस्तखत

~नीलम कार्की निहारिका ~ मोटर साइकल गुड्छ, रोकिएको स्कुल बसको छेवैबाट ऊ सीट अगिल्तिरको डण्डीलाई झन् बलियोसँग समात्छ। यसैगरी यदाकदा देख्ने गर्छ त्यो मोटरसाइकल स्कुल जाने-आउने क्रममा । ऊ हेर्छ – हेरिरहन्छ आफूलाई छुपाएर। साथीहरू कोही हिँडेर आउँछ आमाको औंला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्षणिक हाँसोका वीच अलमलिएका मानिस

~कुमारी लामा~ ‘ लौन म बर्बाद भएँ ‘ भनी चिच्याएको आवाज मेरो कानसम्म ठोक्किन आइपुग्यो । शान्त फेवा तालको किनारको भीडबाट आएको आवाज थियो त्यो । झसङ्ग हुँदै आवाज आइरहेको दिशातर्फ आँखा दौडाएँ । एउटी ६५ काटेकी जस्ती , केश … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : गल्तिबोध

~विवेक दुलाल क्षेत्री ‘दमक’~ चण्डी प्रसाद उमेरले सतरी काटेका व्यक्ति थिए .चण्डी प्रसादले आफ्ना छोराहरूलाइ यसपाली माघेसंघ्रान्तिमा आफू पनि अरू गाउलेसित बराह क्षेत्रमा दर्शन गर्न जाने कुरा बताएका थिए .आमा पनि जिबित छैनन् जाउन् त बाउले भनेर साहिलोछोराले गोजीमा पैसा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अनलाईन प्रेम

~बिना तामाङ ‘सुनगाभा’~ घडिको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो।शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन। यस्तै ९ बजेको हुदोँ हो।एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरुले टोकुलाँ झै हेर्दै थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लप्सीराम भर्सेज धु्रवरामहरू !

~लव गाउँले~ एक्कासि उसभित्र एउटा त्रास पस्यो । मुटु ढुक्क फुल्यो । एक ढिक्कै छाती शरीर छाडेर ह्वात्तै बाहिर निस्केला जस्तो भयो । उसलाई अचम्म लाग्यो, अचेल यस्तो किन भइरहेछ ? कारण के होला ? ऊ फुर्सदमा गम खाएर यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्णय

~बिना तामाङ ‘सुनगाभा’~ अन्त्यमा मैले छोडिदिंए उस्लाई । लेख्न के नै बाँकी रह्यो र अब ? अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि ! तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment