Category Archives: नेपाली काव्य

Poetry

कविता : म मरे पनि

~प्रभात चिसो राई~ म जब नरहुँला मेरा स्मृतिका निशानहरु समयको पानीले पखालेर म शून्य भएता पनि मेरा कविताहरुमा बाँचीरहनेछु। मेरा प्रेमिल कविताहरुसँगै

Posted in कविता | Tagged | Leave a comment

गजल : आज बकवास भएँ

~रबिन राणा प्रयास~ कुनै दिन तिम्रो लागी खास थिएँ, आज बकवास भएँ तिम्रै गलत सोचाईले केही भएन, नबद्लिने प्रयास भएँ तिमी मात्र होईन संसारको हर मानिस खुसी चाहान्थेँ, हर मानिस हर समय सबैले सोचे झैँ एकै नास भएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : मातृभूमी

~लिला बल्लभ नेपाल~ टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस् अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस् कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर हो ।। बाँसुरी धुनमा बजाउँ गीत खै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अाँगनको सन्देश

~अमृत सिङ थिङ~ यी अाँगनको धुलो र माटोसँग तिमी नखेलेको वर्षौ बितिसक्यो अाँगनैको डिलमा तिमीले रोपेको ज्यामीरे र सुन्तलाको बोट छिपीसक्यो कयौं चोटि फुल्यो , फल्यो, झर्यो पनि उछिट्टिएर बियाको दानाहरु तल्लो पाटासम्म छर्यो पनि तिमी नाँच्दा रमाउने यी अाँगन

Posted in कविता | Tagged | Leave a comment

गजल : लुकाएर गल्ती गरिस्

~झटारो काइँला~ खल्ती भरि चोर डाँका, लुकाएर गल्ती गरिस् चिच्याएर व्यर्थ घोक्रो, सुकाएर गल्ती गरिस् घरभित्र साँढे भई, दादागिरी चलाउछ्स् ‘प्रभु’ छेउ स्वाभिमान, झुकाएर गल्ती गरिस्

Posted in गजल | Tagged | Leave a comment

गजल : धुमलिएको छ घाम !

~उमेश सामिप्य कान्छा~ बढ्दो छ अन्धकार, धुमलिएको छ घाम ! जब बाँच्ने इच्छा छैन, तब स्वप्न के काम !! टुक्रिएका मेरा भावना, मोल कतै पाइन ! निराकार यस्ता भावनाले, कस्तो पाउला दाम !!

Posted in गजल | Tagged | Leave a comment

कविता : परिवर्तन

~ज्ञान बहादुर राई~ एक सय चार सालको कालो औंशी रात सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास मान्छे खाने भुत रे’छ, गाँइगुई कुरा चल्यो एक कान, दुई कान, हुदैं मैदान, मुलुक भरी फैल्यो हुन्न क्यारे सुति यसै, सबको खुल्यो आँखा कोही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घमण्डी कवि

~मोहन दुवाल~ कस्तो घमण्डी कवि कस्तो अप्ठ्यारो कवि आफ्नो प्रशंसा आफै गर्न रुचाउने अनौठा कवि आत्मा प्रशंसाका भोको पारखी कवि, देवकोटा, रिमाल, भूपिभन्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : भो, अब छेपारो नबन

~अशोक थापा~ भो अब छेपारो नबन इतिहासका क्यानभासमा धेरै छेपाराहरू घोचो समाएर निदाए सपानामाथि धावा बोले जनताका विचारा ! विकासका मुनाहरू, अब तिम्रो अभिमान बन्द गर किनकी घोचो पनि मक्किएको छ अब

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँझैँ आयौ हिउँझै गयो

~कृष्ण जोशी~ हिँड्दा हिँड्दै विष्फोट फाटेर दोबाटोले तिमीलाई निलेको देख्थेँ कहिले फेरि अनजान मान्छेले जबर्जस्ती अनजान ठाउँतिर लगेको पनि देख्थेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको सम्झना……

~लिला बल्लभ नेपाल~ सपनीमा तर्सिएर नब्युँझिएको रात छैन उनकै यादमा नतड्पिएको गोधुली साँझ छैन ।। सम्झनाको बाढी आउँदा मत बाढी पीडित भाछु उनकै नामको बाहेक मैले नफेरेको सास छैन ।।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मौका यही हो ६०१ सके जति लुट

~इश्वर देवकोटा~ उत्तरमा हिमाल छ सधै हिउ पर्छ नेपालीको हरेक रात अन्धकारमै टर्छ !! बोल्न पनि कति सक्या झुट माथि झुट बाहिर चाही सहमति भित्र कुटाकुट मौका यही हो ६०१ सके जति लुट !! १७ पल्ट चुनाब गर्दा प्रधानमन्त्रि छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रक्स्याहाहरू

~खेम बतास~ अबदेखि मलाई रक्स्याहा फकिर भन्ने अधिकार छैन कसैलाई यो पृथ्वीले समेत रक्सी पिएको समयमा हामीले रक्सी पिउन सिकेका

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिबिम्ब बोल्छ

~दीपा राई पुन~ जीवन अनुभूतको पाइलामा भेटे जति सबै -सबै एउटा भिन्न कविता रहेछ पढ्छु-बुझ्छु ,भन्दा -भन्दै धमिलिएर हराई जाने कहिले त्यसै भित्र डुबेर आँफैलाई खोज्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर पनि छैन जस्तो लाग्छ

~ललिता कार्की~ आँखाभरि आसुँ झारी आइज काल भन्छ मुटुभरि भक्कानिएर प्रिय भन्दै रुन्छ दुश्मन हाँस्ने खेल भयो भन्दै छाती पिट्छ बस्न धेरै गाह्रो भयो थातै छोड्छु भन्छ । हिड्दै थिए गोरेटोमा एक्लै उ आई भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु

~राकेश कार्की~ गाउँदेखि सदरमुकामसम्म शहरदेखि राजधानीसम्म हिमालदेखि तराईसम्म वारीदेखि सीमा पारीसम्म नाबालक अनि निर्बललाई तिं पर घारीसम्म ओछ्यान परेकालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनले बोधि प्राप्त गरुन्

~बिभोर बराल~ जंगलसँगको मेरो सम्बन्ध निकै पुरानो हो आदिकालमा मेरा पुर्खा जंगलमै बस्थे पछि बिस्तारै उनीहरुले गाउँ, बस्ती हुँदै शहर बसाले तर जङ्गलसँगको तिनको सम्बन्ध

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मित्रता

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी सयौँ छन्दे रानी कमलनयनाले मन हरे तिनैका आभामा मगमग सुधासागर तरेँ डिका कोर्दै भर्दै मृदुल लयमा गाउन हुने तिनैका छातीमा व्यथित मन टाँसी रुन हुने ।। “परी” मन्दाक्रान्ता अति सरसिली यौवनवती तिखा आँखा गाडी कर-कलम … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~ खोलाको पानी निष्ठुरी भइदिँदा लोड सेडिङ । जमरा हत्या बडादसैँको रङ संस्कृतिसँग । अँध्यारो रात

Posted in हाइकु | Tagged | Leave a comment

कविता : अँध्यारोले भाग्नैपर्छ

~राधेश्याम लेकाली~ उठेर अब अवरोध बनेका पहाडहरू भत्काउँदै म पानी बगिरहनेछु बाटो रोक्नलाई बनाइएका बाँधहरू भत्काउँदै म पानी निरन्तर बगिरहनेछु छेक्न नखोज मेरा बाटाहरू म सबै अवरोधहरू भत्काउन सक्दछु छेक्न खोज्ने त्रि्रा हरेक प्रयासहरू म विफल बनाउन सक्दछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गह भरी आँसु बगि रहेछ

~पूर्णिमा पिम्मी~ गह भरी आँसु बगिरहेछ थाम्नै नसक्ने गरी ब्यथा झन बढि रहेछ पिडा लुकाउल खोज पनि मलाई यस संसारमा तिमिले एकलै पारी

Posted in कविता | Tagged | Leave a comment

छोक : दरिद्र स्वभाव

~सुवास राई~ मनभित्र तिरस्कारको भाला बनाएर, सार्वजनिक स्थलमा प्रज्जवलनशील प्रकाशलाई कर्कश वचन प्रहार गर्ने,

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँसिरहने मेराे हिमाल

~‘अभिलाषी’ शारदा राई~ शिरमा फिस्स हाँसिरहने मेराे हिमाल सुन्दर,शान्त छ अहाे! हेर देश नेपाल ! जात,धर्म,भाषा र भेष अाफ्नै अाफ्नै छुट्टा छुट्टै कर्म अनि अाफ्नै बाेल चाल !

Posted in गजल | Tagged | Leave a comment

वीरकालीन कविता : बाबा नरभूपाल साहकि दुहाई

~पृथ्वीनारायण शाह~ आज मेरा सपनामा येक चंद देष्याँ २ हातिका चाल लसक् ३ घोडाका चाल बुरुक् ३ ।। ऐसा त खुपू सुंदरी जल जमुनाका नीर तीर मैं कानका लोती तरक् ३ ।। ऐसा त खुपू चूनरि पामरि फरक् ३।।

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

गजल : पारि जाउँला घटेपछि

~धीरेन्द्र प्रेमर्षि~ खोलो साह्रै बढेको छ, पारि जाउँला घटेपछि ऐले बाबै ज्यान जोगाउने, बाँच्ने सङ्कट हटेपछि ‘लगनी’ को भाका हाल्दै गाउँछे बिर्खी बुढिया कहिले पेटभरि खाउँला, दिनभरि खटेपछि !

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : के पोखौं म

~जीवराज बुढाथोकी~ भन्ने कुरा छन धेर खै, के पोखौं म । सुन्ने न भै त्यस्तो कतै, के पोखौं म । टाढै भए मुग्लानिया, छोरा नाति, पीडा रुँदै पर्देश गै के, पोखौं म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कराउन थाले मान्छे

~मनु ब्राजाकी~ ऐना हेरी कराउन थाले मान्छे आफूसँगै डराउन थाले मान्छे मसानमा बसे बरू ढुक्क होला घरबाटै हराउन थाले मान्छे

Posted in गजल | Tagged | Leave a comment

कविता : जसरी बादलसँगै रहन्छ पानी

~गीता त्रिपाठी~ यसरी नै रहन देऊ यसरी नै…। मलाई जसरी बादलसँगै रहन्छ पानी घामसँगै रहन्छ छाया र निद्रासँगै रहन्छ सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : डोल्माहरु बाँच्न पाउनुपर्छ

~रमेश पल्लव~ मीठा-मीठा सपनाहरु बोकेर परदेश लाग्नु र एउटा रमाइलो संसारको कल्पना आम नेपालीहरुको चाहना हो झूठा आश्वासनहरु बाँडेर ठूल्ठूला रकमहरु असुलेर निरीह नेपालीहरुलाई विदेश पठाउने

Posted in कविता | Tagged | Leave a comment

गजल : अझै घुर्का ऊँ छौ तिमी

~भुपेन्द्र महत~ झर्को फर्को तिम्रै ठुलो, अझै घुर्का ऊँ छौ तिमी सानोतिनो कुरामा नि ,आशु तुर्काऊँछौ तिमी मन सफा भए गंगा, लोटामा पनि अटछ शंका पाली लंका खाने, कुरा हुर्काऊँछौ तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : मिलेर अघि बढौँ

~पल्पसा~ घाटा र नाफाको हिसाब छोडी मिलेर अघि बढौं देशलाई खाने डढेलो निभाई शान्तिको बिउ छरौं कत्तिले गुमाए घरबार सबै

Posted in कविता | Tagged | Leave a comment

गजल : दिन सक्दिन म

~महानन्द ढकाल~ मेरा झन्डा रङ्ग्याउने रातो दिन सक्दिन म ज्यानै दिन सक्छु बरु माटो दिन सक्दिन म रगत र पसिनाले लेखिएको इतिहासको जतन गर्न नसक्नेलाई पातो दिन सक्दिन म

Posted in गजल | Tagged | Leave a comment