Category Archives: नेपाली काव्य

Poetry

गजल : सम्झनामा रोइदिन्छु

~इन्दिरा चाम्लिङ्ग~ जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु तोडिदैनन् वाचाकसम, मोडिदैनन् बाटाहरु सत्य-सत्य म आगो पनि छोइदिन्छु

Posted in गजल | Tagged | Leave a comment

कविता : आन्दोलन अनि आकृति

~मोती चाम्लिङ~ धूर्त मान्छेले कांढी दोहोलो निर्धाहरुको कुर्शी बुर्कुसीको एउटा नाटक नियाल स्तब्ध लाश पडिरहेको सन्नाटामा मुस्कानका सप्तरंगी अट्टहासहरुलाई हेर नथामिदै अश्रुमा भेलसरी नयनको

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मोर्चै मोर्चाको मुलुक

~मनोज गजुरेल~ माओवादी मोर्चै मोर्चाको भिडमा थप केही मोर्चाहरु प्रस्ताब गरेको छु । नेपाल व्राम्हण मुक्तिमोर्चा अन्तराष्ट्रिय छेकुवा (छेत्री-कुमाईं-वाहुन) मुक्तिमोर्चा राष्ट्रिय जनै मुक्तिमोर्चा अखिल नेपाल यौनकर्मी मोर्चा बिद्रोही सिपाहीं मुक्तिमोर्चा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नारी

~पुरुषोत्तम सुवेदी~ शुगन्धले भरीपूर्ण छेउ तिमी हर पल दुर्गन्धमा मडारियकी छेउ तिमी पल पल मुर्ख लाई अमृत बांडेकी पनि छेउ तिमी सत्जनको दोहोलो काढेकी पनि छेउ तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : सिनाबुङ सुनामी नृत्य

~टंक वनेम~ सगरमाथाको नाङ्गो शरीर सिन्ध नदीको क्रोध र हाइड्रोजन साइनाइटको वारुदी गन्ध विज्ञानको यथार्थ भूमिमा उमारिएको सभ्यता जहाँ कोपारिन्छ प्राकृतिको सुन्दरता रमाउँदै मनाइन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरि रोएँ

~अन्जु अञ्जली~ सम्झिएर रोएँ आज दुःखेर फेरि रोएँ झर्दा झर्दै आशु सगै डुबेर फेरि रोएँ बिदाईमा रुनु हुन्न सम्झाउदै बाटो लाग्यौ मन न हो एकान्तमा लुकेर फेरि रोएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : माग्ने झोला

~चोक गुरुङ~ झोला मेरो माग्ने भाडो झोला मेरा छाक टार्ने भाडो टन्न भरी झोला बोकेर र्पासल बाड्दै हिड्ने भाडो एक देश देखि अर्को देश एक ठाउँ देखि अर्को ठाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध

~जीतबहादुर कटुवाल~ सदियौँदेखि तिमी र म कुम जोडेर असल मित्रताको अभ्यास गरिरहेका छौँ । हातेमालो गरेर सहअस्तित्वको बिउ छरिरहेका छौँ । तिमीलाई दुख्दा मेरो नयनबाट अश्रुपात हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मस्तैसँग पिएँ प्यारी

~सदानन्द अभागी~ सुधारस मिल्न गयो मस्तैसँग पिएँ प्यारी यो जीन्दगी के नै छ र तिम्रै लागि जिएँ प्यारी प्रेमिकाकै कारणले नेपाल आज बन्द थियो टेक्सी खर्च बच्न गयो पैदल बाटो लिएँ प्यारी

Posted in गजल | Tagged | Leave a comment

कविता : बलेको आगो ताप्ने

~कुबेर काका~ १ बलेको आगो मात्र ताप्ने ए महत्वाकांक्षीहरु ! चिताको आगोमा दन्दनी बल्दै गरेको लासले तिमीलाई आगो ताप्नका लागि बोलाई रहेछ चिताको आगो तापेर त हेर ।

Posted in कविता | Tagged | Leave a comment

छविलाल खड्काका तीन मुक्तकहरू

~छविलाल खड्का~ १ पैसा भए बैंश कति झिलिमिली यो शहरमा बैंश भए पैसा फल्छ झिलिमिली यो शहरमा लिलामी चढ्यो कौडीको भाउ बिक्रीमा छ बदन छैन पैसा गयो बैंश लिलिबिल्ली यो शहरमा । २ धेरै थिए यो मनभित्र बस्न खोज्नेहरू

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नगरिएको प्रेम

~श्रवणकुमार ढुंगना~ गरीबका त्यति ठुला सपना के नै हुन्छन र? एकमुठ्ठी गास, तीन हात बास र एकसरो कपास ! कुरा सुनेर तिमी हास्छौ मेरो त मन्दिरको देउता सँग भाक्ने पनि त्यहि राजाको दरबारमा माग्ने पनि त्यहि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एमसीसी= मलाई चिन्ता छ

~प्रकाश सापकोटा~ मलाई कसैले सोधे एमसीसीको पूर्ण रुप म भन्छु- मलाई चिन्ता छ सहयोगको सहनाई बजाउँदै शान्त सहरमा साम्राज्य जमाउन, स्वाभिमान र स्व-अस्तित्वमा सुस्त-सुस्तरी अंकुश लगाउन

Posted in कविता | Tagged | Leave a comment

गजल : सानी भनि सताउँछ

~रेखा पन्त~ कैले काली कैले सानी भनि सताउँछ ए!प्यारी दिलकी खानी भनि सताउँछ उर्वर्शी र तिलोत्तमा परिहरुमा देख्दा नजर नजानी भनि सताउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : ऊ बौलाहा नै हो

~तिर्थराज जोशी~ राक्षस जस्ता आफन्तले उसलाई देउता लागेको भनेपनी वा देउता मानिने मान्छेले उसलाई भुत लागेको भनेपनी यसो भनेपनी उसो भनेपनी जे भनुन् तिनिहरु ऊ बौलाहा नै हो।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आगो

~डा.मेघराज ढकाल~ आगाको घर हो कतातिर भनौँ हो माइती हो कता ? बाबा सूर्य थिए र ताप उनको रन्किन्छ ज्वाला यता पग्ल्यो झोल बन्यो छुट्यो नियतिले जो सौर्यपिण्डै भने लप्का चट्ट खसी पदार्पित हुँदा पाखा र डाँडा बने । १ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : लौखातन्त्र

~महेश ‘मौन’ जी क्षेत्री~ कोरे पत्र अभिवादनको रतन्धोलाई जो पिलाउँदै थियो दूध सर्पलाई वरदान र अभिशाप नचिन्ने अन्धो मुस्लो ओडेर ढुङ्गा प्रहार गदैै थियो ज्यानमारा मुर्दाको बारीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याँचा

~अजित क्षेत्री~ धेरै पहिले हातमा मसाल र लाठी लिएर अनिदो पहाडमा जम्मा भए एक हुल बुख्याँचाहरू र,त्यो बुढो घरमा हमला गरे आगो लगाए नारा लगाए जिन्दावाद मुर्दावाद भीड जम्मा भयो भीडमै मिसिएँ म पनि ।

Posted in कविता | Tagged | Leave a comment

छोक : उनको डर

~गोरख पाण्डे~ उनी डराउँछन् के सित डराउँछन् उनी सम्पूर्ण धन-दौलत गोला-बारूद पुलिस-फौज हुँदा हुँदै ? उनी डराउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : टाइगरको पीर

~ललित राई~ साह्रै ठूलो र डरलाग्दो त छैन हाम्रो टाइगर अनुहारमा कालो अरू भागमा फुस्रो छ, स्यालफुस्रे।

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिदको नाममा

~दीपा राई~ घरि घरि आफ्नै माटोमा परायपनको खीलले च्वास च्वास घोचिरहने यो मुटु छ हामी यता पुसको ठिहीमा टुलु टुलु आखाले ब्ल्याङकेटको न्यानोभित्रबाट चियाउछौ, सास फेर्नु पनि गाह्रो हुने ठिही छ, यतिबेला उता सिमानामा सास ओठबाट झर्दै फ्रीज हुने कठ्याङ्ग्रीने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याँचा को जग्गामा खुशीका जराहरु

~डा.मधु माधुर्य~ भूत तर्साई रहेछ वर्तमान मुखुण्डो ओढेर आज्ञात भविष्यको… समवेदनाविहिन “बुख्याँचा ” हामी निर्भिक देखिरहन्छौँ …. “म” मा खसेर बिलाउन नसकेको म हामी बनेर फेरी फुटिरहेछु “बुख्याँचा” धर्मको टेक्नोसेन्टरमा यसरी दुर्घटनाग्रस्त छु … भगवानले आफुलाई ऐनामा हेर्दा मान्छे देखेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निष्कर्ष

~अजय पन्त~ ओहो ! यो कस्तो ओझेलमा परेको म कसका जाउँ कसलाई छोडुँ कस्तो बाध्यतामा परेको म चाहिने दुवै मलाई जीवनको हरेक मोडमा जिउने कुनै आधार छैन दुवैको विछोडमा

Posted in कविता | Tagged | Leave a comment

कविता : फक्ताङ्लुङ् लिम्बुवान

~कुमार लिङ्देल~ बोली ननिस्कने आमाको काखको बच्चा झैं वल्टिपल्टि गर्दै शदियौं देखि फक्ताङ्लुङ्को काखमा खेलिरहेछ एउटा पुरानो देश-लिम्बुवान

Posted in कविता | Tagged | Leave a comment

कविता : यो नयाँ वर्षमा म

~योगेन्द्र पोख्रेल~ यो नयाँ वर्ष नयाँ जोश जाँगरको वर्ष उमंग र खुशीको वर्ष तर म नयाँ होइन मत त्यही पोहोरकै हुँ केवल कपडा बदलीएकोछ आङमा

Posted in कविता | Tagged | Leave a comment

अनूदित खण्ड-काव्य : चरी

~गोपाल सिंह नेपाली~ अनुवाद – कुमार घिसिङ वन – रानी (1) जस्तो थियो त्यो नन्दन वन जब अघिका यस जगमा। त्यस्तै थियो फेरि नन्दन वन कहाँ अघिका यस जगमा।। त्यस्तै छ फेरि नन्दन वन कहाँ अब, अबका यस जगमा। त्यस्तै … Continue reading

Posted in Translated Poetic Novel, खण्ड-काव्य | Tagged , | Leave a comment

मुक्तक : देश जलेको

~बिपिन शर्मा~ जलेको छ सगर अनि यो मन जलेको जलेको छ मुर्दा अनि जिउँदो तन जलेको

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटी आमाको स्मृति

~प्रवीण राई जुमेली~ जीवन र जगतमा विमर्श गरिने सफलता र सभ्यताका हजार थोकहरु छन् आफ्नै सन्तानका कुकृत्यहरुको लेखाजोखा गर्दै हिंड्ने अनेकौं मुखहरु पनि छन् हतार पैसा अहँकार र आत्मालापहरुले थाकेको संसारसित के माग्नु थियो र तिमीले माया र मोहको त्यान्द्रोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मौसम

~प्रमोद धिताल~ यो यस्तो मौसम हो जहाँ इमानलाई पुष्टि हुन बेइमानहरु साक्षी बस्नुपर्छ

Posted in कविता | Tagged | Leave a comment

शिवप्रसाद गौतमका दुई मुक्तक

~शिवप्रसाद गौतम~ १)जिजीविषा न मन साटेर जिउनु न माया मागेर हाँस्नु बेथा लुकाइ छिपाइ कसरी कतिदिन जिउनु २)जिन्दगी

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : लाहुरी भैंसीको कथा

~रक्ष राई~ फनक्कै सिङ्ग घुमेको लचक्कै ढाड लच्केको गमक्कै चांक फुकेको टमक्कै फाँचो कम्लाएको यति न हो मेरो हुलिया नाथे, म लाहुरी भैंसी! मेरो मास फेरिनु कता हो कता !

Posted in कविता | Tagged | Leave a comment

गजल : के छ खबर, हजुरको अचेल

~मिजास तेम्बे~ के छ खबर, हजुरको अचेल संबन्ध किन, दुरदुरको अचेल न राग मिल्छ, न ताल मिल्छ जीवनको धुन, बेशुरको अचेल

Posted in गजल | Tagged | Leave a comment