Category Archives: नेपाली काव्य

Poetry

कविता : दिल्लीका मच्छरहरु

~मातृका पोखरेल~ उद्वेलित आगोका लप्काहरुको चेतना बोकेर हामी बारम्बार बिद्रोहको एउटा जुलूश निकालिरहेका छौं तर प्रत्येक दिन मक्किएको सन्धीको ठूटोमा बास बसेर निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन् दिल्लीका मच्छरहरु । *** एक भाँडो उज्यालो बोकेर

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रयास नगर

~कृष्ण पौड्याल~ बियोगमा पिंडा ब्याथा मल्ने प्रयास नगर। नुन चुक आलो घाउमा दल्ने प्रयास नगर॥ लक्ष्य बिहिन यात्राको गन्तव्य छैन यहाँ। अधुरो जिन्दगी हो चल्ने प्रयास नगर॥

Posted in गजल | Tagged | Leave a comment

कविता : शैतानको शैली

~भिम बहादुर थापा~ धुम्रपानले लिन्छ ज्यान, एउटा चुरोट पारखी गाँउले माड्साब कक्षामा चिच्याइरहेछ। पथभ्रष्ट, पथप्रदर्शक बनिरहेछ, पथभ्रष्ट, दिशानिर्देश गरिरहेछ।। ** भ्रष्टाचारमुक्त प्रशासन, एउटा घुस्याहा हाकिम जुँगा मुसार्दै साखिलो बन्छ। नैतिकता नामेट छ, अनुशासन रड्डीमा मिल्किइरहेछ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु

~तीर्थ श्रेष्ठ~ बासनारहित तर प्लाष्टिक होइनौ तिमी लाहुरे फूल ! म यतिखेर युद्धमा क्षत–विक्षत मेरा पति संझिरहेकी छु काँचो धागोले बेरिएको चिठ्ठी लास गन्हाउने पेन्सन

Posted in कविता | Tagged | Leave a comment

गजल : खास बनी आयौ तिमी !

~सजना गुरुङ~ साथीहरु बीच पनि खास बनी आयौ तिमी ! निराशाले छाको बेला आश बनी आयौ तिमी ! वेवारिसे भाको थियो जिन्दगानी आफ्नै माझ जन्मोजन्म साथ दिने वास बनी आयौ तिमी !

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साँढे

~लक्ष्मी प्रसाद देवकोटा~ मेरो नाम छ साँढे ! वैज्ञानिक पटु शक्तितन्त्रले मन्त्र गरीकन छाडे ! पशुबल पाँडे ! क्षेत्र क्या फाँडे ! पन्ना पृथिवी उजाडेँ ! “हा ! हा !” गर्दछ तर्सी दुनियाँ, डुक्री, हाँकी–हपारेँ ! मेरो नाम छ साँढे … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिर्खा -एक

~अविर खालिङ~ तिर्खा सुतेर हरेक अनिंद्राका रातहरू जब ऐंठन व्युँझन्छन् काँशका फ़ूलहरू कहीं झरिसक्छन् एउटा इतिहास खोजेर

Posted in कविता | Tagged | Leave a comment

गजल : अनि पाखुरा बेचिन्छ

~कल्पना आचार्य ओली~ साँच्चै गरिबको पसिना अनि पाखुरा बेचिन्छ । बेच्दा बेच्दै कसैको त जीन्दगी नै पुरा बेचिन्छ । तिमी नै गुमाउनु परेपछि मलाई केको माया ? अब मङ्गलसुत्र ,तिल्लहरी अनि चुरा बेचिन्छ ।

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : बिचरो

~अनुप नेपाल~ त्यो भित्ताको तस्बिर त्यसरी मुस्कुराईरहेको हुन्छ । । जस्तोकी सारा दुनियाँमा बसन्त छाईरहेको हुन्छ । । हिजो जस्तो लाग्छ फुलमाला पहिरेर पठाएको ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पर्ख है प्रिया

~देश सुब्बा~ म यताको कोसेली पठाउँदैछु एक बट्टा समय छ त्यो बट्टामा पसिनाको मूल्य छ समुद्रको वासना छ बाहिर मरूभूमिको बालुवा छ भित्र यता बग्ने हावामा वरपिपलको वासना आउँदैन समुद्रमा तिते माछा पनि पाइन्दैन समय महँगो छ यहाँ

Posted in कविता | Tagged | Leave a comment

गजल : संघारमा परेको छु

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ न त भित्र न बाहिर संघारमा परेको छु ।। आगो या म पानी रोजूँ दोधारमा परेको छु । . खै कसोरी पार गरूँ ? खतराको सिमारेखा । खुकुरीको घेरा माँझ तरबारमा परेको छु ।।

Posted in गजल | Tagged | Leave a comment

आर. पि. आचार्यका चार मुक्तकहरु

~आर.पि.आचार्य~ # पत्तै भएन आजभाेली , नशामा रम्न थालेछु रे दुनियाँभरी तिम्लाई देखि, त्यतै घुम्न थालेछु रे देख्नेजति सबैले पागल भन्दा भन्दै पनि अशम्भव शम्भव साेची ,शिखर चुम्न थालेछु रे # सुनेकाे छु आजभाेलि चर्चा, चल्दै छ रे

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : साथ् भए हुन्थियो

~नवराज योन्जन~ एक्लै यात्रा कठिन,कसैको साथ् भए हुन्थियो | यो मधुर हावासंगै,उसैसंग बात भए हुन्थियो || पिरतीको बाटोमा,गर्नु थियो धेरै लामो यात्रा सधैँ साहारा दिने, कसैको हात भए हुन्थियो ||

Posted in गजल | Tagged | Leave a comment

गजल : मारेर पो के हुन्छ र !

~अभागी कान्छा गाउँले~ मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र ! दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !! मुटु भित्र छुरा चलाई, नचिने झैँ गरि तिम्ले मनै मारी सधै बसाइँ, सारेर पो के हुन्छ र … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : गलाउने रहर छैन

~लोक राज भट्ट~ आफै गल्छु तिमिलाई ,गलाउने रहर छैन, एउटै दिल काम लाग्नेछ, जलाउने रहर छैन। केही तिम्रा केही मेरा ,गल्ती बराबरी, कस्को गल्ती कती थियो,कलाउने रहर छैन।

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो घोषणा पत्र

~नेत्रबहादुर कुँवर ‘अशोक’~ नेताज्यू ! मैले पढेको छु तिम्रो घोषणा पत्र लेखिएका थिए काला काला अक्षरहरूमा देश यस्तो हुने छ देश उस्तो हुने छ बनाइएको थियो नक्सा कोरेर राजमार्ग, हवाई मार्गका रेखा तयार पारिएको थियो नयाँ नेपालको खाका ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो स्वागतार्थ

~जय सिंह महरा~ पुर्णीमाले चहकिलो उज्यालो छरिरहेछ औंसीका ताराहरु चम्किरहे छन् एक थान बशन्तले तिमी आउने बाटोभरी पालुवा फिजाएको छ, गाउदै छन् कोइलीले स्वागत गीत सेताम्मे हिमालहरुले ल्याएका छन् हिउफूल,

Posted in कविता | Tagged | Leave a comment

गजल : मुटु रुवाएर गयो दशैं !

~हरि सिंह माल “मुस्कान”~ परदेशीको मन मुटु रुवाएर गयो दशैं ! गहभरी फेरी आँसु चुहाएर गयो दशैं !! मिठो खाने राम्रो लाउने गरे होला हुने ले त गरिबलाई आटो पिठो खुवाएर गयो दशैं !!

Posted in गजल | Tagged | Leave a comment

कविता : काली

~देबेन्द्र बस्याल~ तिमिले पारी डांडामा बसेर पात बजाउनु काली मैले कान ठाडा पारेर सुन्ने छु तिमि फुलबुट्टे सारीमा सजिएर आउनु काली मैले तिम्रो सुन्दरता लुकेर हेर्नेछु तिम्ले बजाउने पातको भाकामा बर्ग बिभेदको गन्द आउनु पर्ने छ काली

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासो

~मदन मुस्कान~ तिमिले कहिल्यै सम्झिनौ मलाई अहँ केही गुनासो छैन मैले फुल दिदा तिमिले काडाँ दियौं तैपनि अहँ तिमि सङ्ग केही गुनासो छैन मैले बारम्बार कल अनि एस.यम.एस गर्दा

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मधू–मिलन

~डा. हेमनाथ घिमिरे~ मीठो यौवनमा गुराँसहरुले लाली चढाईदिए । लाली जोवनमा बुकी पनि फुले वास्ना बढाईदिए ।। बैंशालू मनमा सुनाखरि फुले हाँगा सबै रङ्गिए । मेरो अन्तरमा उनी पनि फुलिन् आहा ! म नै रङ्गिएँ ।। १ ।। वास्ना अन्तरको … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : कविता लेख्न बस्दा…

~राजेन्द्र तरकिणी~ हजुरबाले पहिलोपल्ट सिकाएका हुन्– निगालोको कलम बनाउन पहिलोपल्ट सिकेको हुँ– आमाको ‘अ’ लेख्न, बाबाको ‘ब’ पढ्न । घाँसेरङका सपनाहरूको गुँड बनाएर पेटभरि भोकको सारङ्गी रेट्दै चारोको खोजीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पूंजीवाद …!

~सुधीर ख्वबि~ एकजना मानिस सास फुल्ने गरि भाग्दै ,दौडीन्दै आईरहेको छ पसिना पसिना हुँदै | सुट टाईहरुले उसलाई लखेट्दै ल्याईरहेको छ गाउँ बेसी ,

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्नुहुन्छ आमा

~श्रृजना क्षेत्री~ तिमी मेरो जिउने आधार भन्नुहुन्छ आमा मेरो प्राण ढुकढुकी संसार भन्नुहुन्छ आमा!! तिमीलाई चोट लाग्दा दुख्ने गर्छ मेरो मुटु नशा-नशा मा छौ संचार भन्नुहुन्छ आमा!

Posted in गजल | Tagged | Leave a comment

कविता : बिन्ती छ उसलाई जन्माइदेउ

~लेखनाथ काफ्ले ‘राजन’~ अझै म हतियारमा रगत देख्न सक्दिन जनसागरमा छाएको निराशा सुन्न सक्दिन समय समयमा बदलिरहने भेष हेर्न सक्दिन पुरानै बाटोमा अझै हिड्न पनि सक्दिन बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ भत्किएका खरका छानाहरु अझै बन्न सकेका छैनन

Posted in कविता | Tagged | Leave a comment

कविता : गरीबिको रंग

~झलक आचार्य~ राष्ट्रिय झण्डाको रंग सप्तरंगी ईन्द्र्णी को रंग अलिकति अक्षर चिनेको जो कोहिले भन्नसक्छ सगरमाथा र भारिया दाइको टोपीको रंग उस्तै उस्तै छ हलो जोतिरहेको किसानको निधार बाट चुहिएको पसिनाको रंग निलो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : बारै घोकी आउन थाली

~कमल प्रकाश पौडेल ~ कैलेकाहीं आउ भन्थें, बारै घोकी आउन थाली सर्माएर सम्साँझैमा, औलै टोकी आउन थाली ।। नआउ कैल्यै नभनेनि, सँधै आउ त भन्दैनथें सुटुक्क ! आ मोरी भन्यो, ढोकै ठोकी आउन थाली ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : कुण्ठित मौन सङ्कल्प

~कोइँचबु काःतिच ‘उत्तम’~ देखावटी बाहिरी असिम प्रेमनगरीको गृहृय युद्धबाट अङ्कुरित लहलहाउँदो भव्य सभ्य वाक युद्धले झँगिएको अनिश्चितकालीन हराभरा शीत युद्धमा एक जोडी वीर वीराङ्गनाले शहादत प्राप्त गरेपछि एउटा सुन्दर सपना अनायसै उत्तेजित बनेर स्खलित भएको छ । पक्का मलाई विश्वास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खडेरी

~भुपिन~ यो खेत हो कि कुनै गरीब आदमीको पट्पटी फुटिगएको कुर्कुच्चा ?’ कि हो कुनै चित्र ? खेतको थोत्रो कपडामा खडेरीले ध्यान से बनाएको ? मेरे दोस्त ! ए तो नदी हो नदी जहाँको पानी हिउँदभरी पडोसीको खेतमा निमेक गर्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा घरका भित्ताहरु

~ए.पी. सुमन~ बराजु देखि बाजे हुँदै बाजे देखि बा हुँदै, पुर्खौली सम्पत्तिको नाउँमा मेरा काँधमा आइपुगेका २/४ कित्ताहरू,, त्यसैमा बलजफ्त्ती उभ्याइएका जीर्ण घरका जीर्ण भित्ताहरू, मलाई सिन्दूर पुछिएका विधुवा जस्ता लाग्छन्,

Posted in कविता | Tagged | 1 Comment

छोक : परेवा र चील

~विक्रम सुब्बा~ जुनसुकै देशको जतिसुकै अग्लो डाँडाबाट जतिसुकै सेतो परेवा उडाए पनि दिउँसै

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तै लाग्यो मोरी

~सुमित सुबेदी ‘प्यासी’~ मस्की – मस्की हिड्दा कम्मर, छिने जस्तै लाग्यो मोरी। त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।। गाजलु त्यो आँखा अनी, लजाउने बानी देख्दा हिजो हामीले सँगै सामान, किने जस्तै लाग्यो मोरी ।। त्यसै किन बोलाउथे … Continue reading

Posted in गजल | Tagged | Leave a comment