Category Archives: नेपाली काव्य

Poetry

कविता : देश

~भूपेन्द्र काफ्ले ‘नयन’~ बन्द गरेरै बाच्ने यो देशमा मुलुक भत्काउनेहरुको भेषमा आउ तिमी एउटा ढुंगा बोकेर म साथ दिन्छु ईटले रिस पोखेर यसरी नै देश बनाउ नेपालमा आगो लगाउ गल्ली गल्लीबाट भरैटे बोलाउ बिकास र निर्माणको अस्तु सेलाउ गर कत्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : र भोक लेख्न थाल्छु

~गणेश कार्की~ अगस्तिको यो सन्सार देख्छु, र भोक लेख्न थाल्छु देख्छु पिडा मानव जातको, र शोक लेख्न थाल्छु . काल पल्क्यो कर्णालीमा, पिर्का भन्दा चिहान धेरै गाउँ र बस्ति सखाप हुन्छ, र रोग लेख्न थाल्छु .

Posted in गजल | Tagged | Leave a comment

गजल : हातको घमण्ड देखियो !

~राधा भट्टराई~ कुमालेलाई आफ्नै हातको घमण्ड देखियो ! पण्डितलाई आफ्नै जातको घमण्ड देखियो ! ! गरिबको खुन चुसी महलमा बस्नेको ! हिरा, मोति, पैशा खातको घमण्ड देखियो ! !

Posted in गजल | Tagged | Leave a comment

कविता : जता जता पुगे पनि दशैँ सम्झायो

~राकेश कार्की~ यो वैज्ञानिक युगले के के बनायो के के तैरायो, गुडायो अनि उडायो हामी नेपालीलाई कता कता पुर्यायो जता जता पुगे पनि दशैँ सम्झायो पाइला पाखुरा देश छोडी किन गयो विदेशै हानिनु पर्ने के वाध्यता भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दा छिट्टै खोलिदेऊ

~युद्धप्रसाद मिश्र~ हे संकीर्ण विचारले हृदयमा जालो बुनेका जन सक्तैनौ अब यो विशाल दुनियाँ देखी त्यसै उम्कन रोएको जनजीवनीतिर नभै अन्यत्र धस्छौ घँडा छिः साहित्यिक बन्न आँट गरने तिम्रो कमलका ठुंडा

Posted in कविता | Tagged | Leave a comment

कविता : लाखौं लाख शुभकामना

~गणेश पुर्बछाने मगर~ सजिएर जान्छौ भने जाउ तिमि हाँसी खुसि अर्कै हात समाई बसी दिउला म नै तिम्रो निम्ति सधैं भरि तिम्रै यादमा आँसु खसाई सुन मेरी प्रिय जतिबेला म मर्ने छु उतिबेला तिमि बेहुली झै भइ दिनु सुन मेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सतिसालको रुख

~सरोजराज गोसाई~ दृढतामा चट्टानझैं उनी सङ्कल्पमा आगोजस्तै लाजले शिर कहिल्यै नुहेन न त आत्मसमर्पणमा। निहित स्वार्थ रतीपनि छैन इमानदारीको हिमाल उठाउँछन् पुस्तकका ठेलीकोे ज्ञान छैन सिकेजति दिन खोज्छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : हत्याराको डायरी

~विनोदविक्रम केसी~ कुनै सरकारी पुस्तकालयमा भेटेको थिएँ मैले हत्याराको डायरी डायरी मोटो छ महाभारतभन्दा मोटो मान्छे मार्ने लाखौँ तरिका लाखौँ हतियार (छुरीदेखि महँगीसम्म) उल्लेख गरेको छ हत्याराले आफूले मार्ने मान्छेहरूको

Posted in कविता | Tagged | Leave a comment

अल्पबिरामका पाँच थुङ्गा मुक्तकहरु

~अल्पबिराम~ पहिलो थुंगा ———— कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला लगनको तिथि पर्व गनी गनी , कति औँला भाँच्यौ होला तिमीलाई केही थाहा छैन आमा ! कुन संकटमा परेको छु दसैँमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : कसैलाई बाँट्नु पर्दैन

~कृष्ण पौड्याल~ मुस्कान राख कसैलाई बाँट्नु पर्दैन। उसैलाई स्विकार धेरै छाँट्नु पर्दैन॥ बेहोशी छु तर समस्या बुझ्छु अरुको। गल्ती लुकाउन आफ्नै थुक चाट्नु पर्दैन॥

Posted in गजल | Tagged | 1 Comment

कविता : म, हर्के र अर्को सालको दशैं

~धन लामा~ बि.ए.को सर्ट्टिफिकेट सन्दुकमा कैद गरेर म, बिहेको पहिलो मास नघर्कँदै तरूणी दुलहीलाई चट्टक्क घरमा छाडेर उ अर्थात हर्के करिव-करिव एउटै समय हामी दुवै अरब भासियौं, पसिना सँग अलिकति नुन र अलिकति मट्टितेल साँट्न ।

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : जीन्दगी

~इप्सुल मगर~ धेरै थिए सपनाहरु अनि थोरै आशा जीन्दगी त यहाँ रहेछ खेल मध्ये पाशा जीन्दगी कै यहि खेललाई नजित्दामा आज

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नभने निस्ठुरी मलाई

~रामु गैरे~ तिमीलाई भुलेको कहाँ हो र प्रिय? सधैं भरी मुटुभित्र नै बसेकी छिउ ति अतितका क्ष्यणहरुलाई सम्झी सपनीबाट बिउझदा पनि झसँग झस्केकी छिउ। बाध्यता नै त्यस्तै पर्‍यो प्रिय निस्ठुरी भनी नभने

Posted in कविता | Tagged | Leave a comment

झ्याउरे गजल : मन फुलाउ जिन्दगी

~आचार्य प्रभा~ नमान पीर हँसाउ मन फुलाउ जिन्दगी हाँसोले हेर पीडाले हैन खुलाउ जिब्दगी । एउटै छैन सबैको कथा अनौठो संसार खुशीले नाँच दु:खले हैन झुलाउ जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नगरेनी ठिकै छ

~अनिल बराल ‘गरीब चिराग अछुत’~ माया गरे नि ठिकै छ, नगरेनी ठिकै छ जे गर्छौं गर तिम्रो आखिर सधैँ जीत छ । बाहिर माया गरेर दिलमा अरु राख्यौ यस्तै गर्ने पिरतीमा संसारको रीतै छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यही लेख्छु

~भिम बहादुर थापा~ म सबै जान्दिन निपूर्ण ठान्दिन आफ्नो पनले तिखार्छु मनले निखार्छु साँचो म के देख्छु जे देख्छु, त्यही लेख्छु। ** संसार यो बुझ्दैछु भिडमा खुल्दैछु दुखेको ओकल्छु लुकेको खोतल्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ !

~बिष्णु नन्द चाम्लिंग~ यताउता चारैतिर हेर्दे घुर्यानको एकछेउमा दशाको पोका खोल्दै सबैलाई भागवण्डा लगाइरहेछ दशैँ हरेकसाल बालबालीकाहरुको मनमा उमङ्ग लिएर आउँने दशैँ अभिभावकहरुको सामू बहीखाता लिएर आउँने गर्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : जन्मिएनन् राम

~धनराज गिरी~ अभागी यो अयोध्यामा जन्मिएनन् राम सधैँभरि अन्धकार उदाएनन् घाम रमाउँछन् शुक्राचार्य एक्लो बृहस्पति बनिसक्यो देवभूमि दानवको गाम

Posted in गजल | Tagged | Leave a comment

कविता : पानी

~लक्ष्मी प्रसाद देवकोटा~ क. पानीजस्तो के छ जगत्मा ? पानी ! रानी, सब रसकी ! ख. आम्लजन औ जलजनकी यी कस्ती मधुर मिलन ! कस्ती तरल मिलन ! दुई प्रेमीले संसार बसाए यस जलमा ! दुई बिलाई एक बनेथ्यो तत्व … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई केहीले पुगेन

~हस्तबहादुर के.सी.~ ए शासकहरु हो ए शोषकहरु हो ए जाली फटाह सिल्लीहरु हो ए राष्ट्रघाती जनघातीहरु हो तिमीलाई कहिल्यै पनि केहीले पनि पुगेन तिमीले कोसी काली बेचेर खायौ तिमीले गण्डकी कर्णाली पनि बेचेर खायौ त्यतिले पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी आमाले आत्महत्या गरेको देश

~इश्वर बल्लभ~ (I) म बिहान उठेर एउटा सिंगो आकाश लाइ जब हेर्छु, त्यसको वरिपरि रातो दाग लागेका हुन्छन ; थुप्रै सुर्यहरु अस्ताउन आँटेका हुन्, मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन खोज्छन उम्किदै गैरहेका आभास भएर, उम्किदै गैरहेका क्यानभास हरु भएर, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आओस दशैँ

~नविन आचार्य ‘लेटांगे’~ बाटो झोढेर , आओस दशैँ माटो गोडेर , आओस दशैँ सबैको घरमा,समान रुपले आटो जोडेर , आओस दशैँ

Posted in गजल | Tagged | Leave a comment

कविता : हिजो आज त

~कृष्ण पहारी~ हिजो आज त मन रित्तियर खाली भयको छ मन पानी पानी बनेर पोखियको छ जतासुकै त्यसैले रित्तीन थालेको मन अझै रित्तीइने हो कि भन्ने डर लागिरहेछ त्यसैले रित्तीन थालेको मनको एउटा कबिता लेख्दैछु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मनपनि स्थिर छैन

~कमल प्रकाश पौडेल ~ बिर्सन त सकिएन, मनपनि स्थिर छैन पछि भनी टार्नलाई, दुवै मुुटु धीर छैन ।। चटक्कै माया मार्न, पापै लाग्ने डर लाग्छ ।। साटिएको छाती रोप्न, कसैसँग झीर छैन ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : दशैं लागेकै हो त ?

~आषिश श्रेष्ठ~ आधारातमा झ्यालको चरबाट बाटो गरेर, एक झोंक्का बतास जोडतोडले सिट्टी मार्छ, तालुमा ठोकिन्छ,गिदि जम्ने गरि ठन्डिले सेक्छ र भन्छ, वडादशैंको शुभकामना !!! दुनियाँभरको हाँसो,रोदन,आवाज बोकेर डुल्छ बतास, सुसेलिमा बात गर्छ,साउती मार्छ मसँग,

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रिय हुन्छ !

~सजना गुरुङ~ पीरव्यथा निको पार्ने बात प्रिय हुन्छ ! दुख पर्दा साथ दिने हात प्रिय हुन्छ ! सुन्दरतामा मख्ख पर्दै फूल टिप्न खोज्दा काँडा बन्दै घोचे पछि पात प्रिय हुन्छ !

Posted in गजल | Tagged | Leave a comment

गजल : मर्छु निश्चय छ!

~श्रृजना क्षेत्री~ तिमले साथ छोड़यौ भने मर्छु निश्चय छ! साइनो अन्तै जोड़यौ भने मर्छु निश्चय छ! जिवन्त सँगै जिउने भनी तिम्ले खाएको त्यो बाचा कसम तोड़यौ भनी मर्छु निश्चय छ!

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरा “पैयूँ” र तिम्रा “साकुरा”

~डा. हेमनाथ घिमिरे~ बसन्तको आगमनसंगै िसंगो बसन्तकै प्रतीक बनेर पूरै वातावरणलाई नै बसन्तमय पारेर हाँगा-हाँगामा पात-पातमा ढकमक्क भई फुलेका छन् तिम्रा साकुराहरु । सायद मेरा पहाडका

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘जयपती’बाट कहिले सिक्ने ?

~उमेश राई~ हुनेखानेहरु… अक्सर ! महलवालाहरु… अर्को आलिसान महलको सपनमा अनिदो अनिदो बस्छन् आर्जनको नयाँ धन्दामा नैतिकता लिलाम भए पनि स्वार्थपूर्तिको अभियानमा मानवता चिलीम भए पनि बेपर्वाह हुन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्यको तिमी र म

~रामचन्द्र कार्की~ किरण खोज्दंै जाउ तिमी, मै डुलँुला अध्यारोमा, हेर्नु तिमी शहर बजार, मै घुमुला पधेरोमा । मै जोतुला खेत बारी, घैया मकै गोड्दै, तिमी खानु मःम चाउमिन, भट्ट–मकै छोड्दै । खरबारीको खरमा म, कटुस घारी घारी, शहरको स्वाद लिनु, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ

~शिरिष लामिछाने~ दशैँ, दुर्गाको आगमन शीतल बतास। दशैँ, तीनधर्के चङ्गा खुला आकाश। दशैँ, गोकुल धुपको वासना डमरूको आवाज।

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दा

~सागर कार्की~ पर्दा नहुदो हो त सायद दुरी नहुदो हो, दुरी नहुदो हो त सायद माया नहुदो हो, अनि माया नै नभए जीन्दगी हुनुको के अर्थ ? पर्दा जीन्दगी हो म पर्दा बाचीरहेको छु । पर्दा मेरो ओठको मुस्कान हो

Posted in कविता | Tagged | Leave a comment