Category Archives: नेपाली काव्य

Poetry

कविता : जिजिविषा

~चेरेहामसो क्याबा~ समयको चक्रले कहिले किचिएर कहिले थिचिएर जाँतोको मानी झैं खिइँदै गएको आयुको ह्राससँगै कतै पानि झरीले ओसिएर खरीजुका झैं ढाडिदै गएको कतै धामको रापले पिल्सिएर मरिचको दाना झैं चाउरिदै आएको

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल किन फुल्छ !

~रामकुमार पाँडे~ फूल फुल्नको लागि फुल्दैन फूल फुलाएर फुल्छ तर ढुङ्गा पग्लिनुपर्छ माटो भएर माटो पग्लिनुपर्छ फूल भएर । फूल सुन्दरताको लागि फुल्दैन

Posted in कविता | Tagged | Leave a comment

गजल : स्वार्थ पुरा गरेपछी

~कृष्ण पौड्याल~ भेट्नु किन पर्यो स्वार्थ पुरा गरेपछी। नलिनु भो मेरो नाम जिउदै मरेपछी॥ सँगै बाच्ने मर्ने बाचा कसम मन्दिरका। सबै त्यागी एक्लै एक्लै तिमी खोली तरेपछी॥

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : स्वाभिमान

~दिब्य गिरी~ देवी-देवता सबै सात समुद्र पारी तारे पछि; सीमा स्तम्भ सबै सीमा वारी सारे पछि आफ्नो भन्ने बाकी के नै रह्यो र मित्र !

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रश्न

~सोम खनाल~ के छ यो टाउकोमा र यती भारी हुन्छ ? यो मन किन डाडा वारी कहिले पारी हुन्छ ? मौनतामा यो मुटुले कस्तो ब्यथा सुन्छ ? किन छाती अनायसै आशु झारी रुन्छ ? को हो गरीब को हो धनी, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अतितलाई बिर्स नेता

~रामचन्द्र कार्की~ जेजे भयो भइ गयो, अतितलाई बिर्स नेता, संबिधान बनाउन, सबै मिली घिर्स नेता । कयौ बिते जेठ चौध, भदौसंगै मङ्सिर पनि, तिमीलाई मस्ती भाछ, जनतालाई पिर्छ नेता ।

Posted in गजल | Tagged | Leave a comment

कविता : घण्टेयुद्ध

~शिरिष लामिछाने~ वीर शम्शेरको घण्टाघरले हान्न नसकेको घण्टा म अहिले हान्दैछु सुन्दा अचम्म लाग्ला घडीले हान्न नसकेको घण्टा एक मनुवाले कसरी हान्यो? तर यथार्थको रमाइलो पक्ष घण्टा हानिदैछन् धमाधम, युद्ध चलिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तेस्रो गाउँ

~प्रवीण खालिङ~ अझै पनि साहुलियत पर्खिबस्नुपर्छ भिजेल पोल्टिक्सले निर्धारित भाग्य अभावको सोमालियामा अपुगको टुमटुम बाँच्छ। बरू भुँइचालो जानुनी राहत ओखाइ पोखाइ हुन्थो, एक पेट भरिन्थ्यो वीरमानको दिवास्वप्न बोल्छ। फायलमा बनिएको सटक भएर कलेज सकेकी छोरी आइपुग्छे ब्युटीपार्लर चलाउने योजना लिएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : रिवाजको डुवान

~कस्तुप गैरे~ जबसँगै, भाँडाकुटि खेलेका साथिहरुले दुष्मनको सुचिमा चढाए मेरो नाम, प्रेमले नजर जुधाउनेरुले घृणाको तस्बिर सजाए आँखामा, आंगन जोडिएका छिमेकिहरुले पगरी गुथाइदिए सामन्ती वर्गको हातैमा रोकि खान भनेर उचालेको गाँस सोधें आमासँग, चामल किन्ने पैसाको आयश्रोत

Posted in कविता | Tagged | Leave a comment

कविता : खाडल

~टीका ‘भाइ’~ एउटै शरीर उसको र मेरो पनि छ त्यो शरीर जीवनको महक बोकेर हिड्छ यो शरीर याचनाको दुर्गन्ध बोकेर हिड्छ त्यो शरीर जसको एक- एक पाइला इतिहास बोकेर हिड्छ यो शरीर छ जो कि प्रत्येक पाइला मेटिएको इतिहास भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिक्षिप्त बादशाह

~मोहिनी मन~ राती अलि अबेर गरेर बादशाहको सवारी भयो दरवारमा बादशाह–अलि बिक्षिप्त थियो बादशाह–अलि तनावग्रस्त थियो र आज बढी नै आक्रामक थियो बादशाह हैरान थियो उस्को सनकबाट उस्को सुरक्षार्थ तैनाथ सिङ्गो सुरक्षा संयन्त्र हैरान थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यका किरणहरू साक्षी छन्

~पूर्ण विराम~ सूर्यका किरणहरू साक्षी छन् लाला लाजपत रायमाथि जुत्ता बर्साउनेहरूलाई लगाउन निरन्तर प्रदान गरिएको छ नयाँ जुत्ताहरू बूढो रुख भएर थापेकै छु आफ्नो टाउकोलाई खल्तीमा केप छैन अक्षरको प्रहार पलाँस भएर उड्छ चिमोट्नै पर्ने हो गन्हाएका छालाहरूलाई जसरी भए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको बिहान

~डिल्ली मल्ल~ हरेक बिहान म फक्रिदै गरेका कलिला फूलहरुको माझमा उभिएर उदाउँदै गरेको रातो लालीमा चुम्न चाहन्छु हरेक बिहान म प्रसव वेदनामा छट्पटाइरहेकी गर्भिणी रातलाई बिदा गरेर जन्मिदै गरेको सुन्दर बिहानी भेट्न चाहन्छु

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : राष्ट्रप्रेम

~बिकास सुबेदी~ हरेक विश्वास लाएक बस्तुमा खोट देखापर्न थालेको छ जसलाइ विश्वास गरे उसैबाट चोट देखापर्न थालेको छ राष्ट्रप्रेमको जमाना छैन क्यार अहिले,

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पुनर्मिलन

~वसन्त प्रवीण~ तिमीसित जीवनको, नाता अटुट जोडिएको थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको साइनो यो हामीबीचको, भर्खरैको कहाँ हो र अरुलाई भने अहिले, भर्खरै पो थाहा भो’ र

Posted in कविता | Tagged | Leave a comment

गजल : अन्नदाना फलेकै राम्रो

~कमल प्रकाश पौडेल ~ गरीवको खेतबारीमा, अन्नदाना फलेकै राम्रो तिमी मण्डलेलाई बेच्न, बेसारमा पिठो मलेकै राम्रो ।। जनतामारा सरकार आउँछ, फेरि तिमी गएपनि त्यसैले त हाम्रो निम्ति, जनादेश चलेकै राम्रो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : हाम्रा नेताहरुको वास्तविकता

~रामु गैरे~ गिरिजा बाबु कहिले घर अनी कहिले अस्पातल गर्दा गर्दै दिक्क मा.कु.ने. भने बिदेशी युबती सँग अंकमाल गर्दा गर्दै ठिक्क !! कमरेड प्रचन्ड पनि कहाँ कम् र

Posted in कविता | Tagged | Leave a comment

गजल : डढेलोको बाली लाग्यो

~कमल प्रकाश पौडेल ~ माया रोप्न भनी थालें, डढेलोको बाली लाग्यो तिमीसँग भेट्न खोज्दा, काँडेतारको जाली लाग्यो ।। साह्रै निष्ठुरी पो रैछौ, एक् झल्को नि देखिइनौ खै कसरी बोलेकी हौ, चर्काे डाँको गाली लाग्यो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा ‘ज्ञ’ को अन्त्य

~गणेश कार्की~ बाबु छोरा बोलिदे न यो अन्धकार रातमा एउटा दियो बालिदे न किन ? तँ निदाउँन लागिस् कि क्या हो ? किन ? तैले दिक्क मानिस् कि क्या हो ? तेरो मसालको आगो अझै निभिसकेको छैन तेरो छातीको घाउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमाया

~वियोगी काइँला~ फूलमाया ! तिमीलाई धेरै ठाउँ खोजेँ तिमी हिँड्ने नागबेली बाटोहरुमा घाँस दाउरा गर्दै गाउने भाकाहरुमा प्रत्येक सीमा र नाकाहरुमा अहँ तिम्रो अत्तो न पत्तो तिमी बिजुली झैं मिलिक्क मेरो हृदयमा आयौ र गयौ तर कहाँ गयौ ? तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नागबेली सुनकोशी बेसी झरेको

~राज थापा~ नौलो बिहान,नौलो किरण हिमाल हाँसेको हरीया डाँड काँडा गाँउ घरमा भाले बासेको ! नागबेलीभै सलल बग्दै सुनकोशी बेसी झरेको सरदमा गरहा गरहा धानका बाला झुलेको

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी तह लगाउने ?

~वामदेव पण्डित~ कता को के कुरा लेखूँ बिचल्ली छ सबैतिर । समायोजनको काम लडाकुको छ अस्थिर ।। अर्धसैनिकको जत्था कार्यकर्ता बनाउने । राजनीतिक संस्था ती कसरी तह लाउने ।।१।। च्याउझैं अब जन्मे है अस्त्रधारी समूहको । औषधि कसरी गर्ने समस्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ढडिया र बा

~बिना थिङ तामाङ~ एउटा रुटिन…. वर्षामासको प्रत्येक बिहान बा रुंग्नुहुन्थ्यो ढडियामा – माछा जसै उर्लेर आउँथ्यो राप्ती, बर्षामा उसै उर्लिन्थ्यो खुसी हाम्रो घरमा किनकी ती झरिला बिहानहरुमा बा थाप्नुहुन्थ्यो ढडिया खेतका गह्राहरुमा र जोहो गर्नुहुन्थ्यो एक छाक तरकारी

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : थाङ्नो हुन्छ तास कुचिन

~रामेश्वर राउत ‘मातृदास’~ थाङ्नो हुन्छ तास कुचिन प्रयोजनहीन झुम्रो विषाक्त आफ्नै शरीरबाट निस्कन्छ जसरी जुम्रो । चुपचाप कहिल्यै मौन हुन्न जिन्दगी बग्ने खोला हाास्नुपर्छ निर्झर नाच्नै गतिशील जीवन चोला ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : अमिलो समय

~भक्तराज न्यौपाने~ घर–घर नै खाली छ गाउँमा प्रत्येक घरमा एकोहोरो कराइरहेछ सुनसान माध्याह्न पट्यारलाग्दो चकमन्नता आँटीमा बसेको छ टुक्रुक्क । नियास्रो मजेत्रोसँगै चिम्सा आँखामा बूढीआमाहरू हेरिरहेछन् युगको तमासा हातको हातै बोलेको छ साहिलो छोरो

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रचण्ड !

~केशव गौतम~ भारततिर नगएर चीन गए प्रचण्ड चर्चा चल्यो- उत्तरतिरै किन गए प्रचण्ड – सत्तालोभीहरूको आलोचना नियाल्दा केही दिन राजनीति भुल्न गए प्रचण्ड ।

Posted in गजल | Tagged | Leave a comment

कविता : लुङ्मारी मिथक

~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर…

Posted in कविता | Tagged | Leave a comment

कविता : चोका

~डा बमबहादुर थापा ‘जिताली’~ हिजो र आज पग्लिँदै छ हिमाल दिनानुदिन अग्लिँदैछ महल मूल सुक्दो छ असुरक्षा फुक्दो छ बढ्दो महँगी प्रतिकूल याम छ राष्ट्रियतामा मिलौँ सबै नेपाली सङ्कल्प गरी

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नेता म यो देशको

~देव भट्टराई~ मान्छेको अनुहारको छु जति नै नाङ्गो भए तापनि सोझो नाटक गर्न सक्छु अतिनै नै बाङ्गो भए तापनि यो मेरो घर बङ्गला छ सुविधा सम्पन्न राम्रो अति मेरो उन्नति भैरहेछ जति होस् यो देशको दुर्गति । छोराले जति सक्छ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : युग बालक

~लक्ष्मी प्रसाद देवकोटा~ पिन्चे, लुत्याहा, परेवा–छाती छाडा, पुट्ट, सिँगाने, भुस्याहा साथी, काँढा ! घ्यारघ्यार बिरालोको घाँटी, जाँडा । यही न हाम्रो भविष्य सुई हो ! टाढा !

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी प्राप्तिलाई

~अतित मुखिया~ पृय प्राप्ति, अतिक्रमण गरेर आफ्नै मनको मझेरी आंसुका डोबमा हांसो पहिल्याउदै खुसीको ढुकुटी खोज्ने प्रयास नगरेको त काहा हो र ? बाँधहालेर मनका विचलनहरुमा धैर्यको घाउ सुम्सुमाउदै पीडाको मूल थुन्ने कोशिश नगरेको त काहा हो र ?

Posted in कविता | Tagged | Leave a comment

गोविन्ददेव आचार्यका केही छन्दबद्ध छोटा कविताहरु

~गोविन्ददेव आचार्य~ ■ छन्द :- स्रग्धरा १ जोजो लाभार्थमा नै अगलबगलमा आउँछन्-ती छुरा हुन् नाता वा मित्रताका दृढ परिचय ती- भावनाका कुरा हुन् राम्रो साथीत्व हेर्ने गणित र गुणको चिन्ह नै एकता हो ढर्रा वा बाध्यतामा मिलन यदि भए मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment