Category Archives: नेपाली काव्य

Poetry

गजल : जिल्ल परे मान्छे

~धनराज गिरी~ के भो के भो हिजोसम्म जिल्ल परे मान्छे छैन गीत छैन साज जिल्ल परे मान्छे बन्छौ हामी ढुकुरझैं कैले परेवाझैं उतिखेरै बन्छौ बाज जिल्ल परे मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : खाना लिएर आउनु

~प्रकाश पौडेल ‘माइला’~ आँत सुकेको बर्षौं बित्यो खाना लिएर आउनु लालाबाला काप्न थाले नाना लिएर आउनु । दिन दिनै आँधि चल्छ हुरीको के कुरा गर्नु तारा मण्डल घर ओत्ने छाना लिएर आउनु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : ग्रे-कोटभित्रको मान्छे

~दिनेश अधिकारी~ केही दिन अगाडिदेखि मेरो साथीले ग्रे-कोट लगाउन थालेको छ र, म अनुभव गरिरहेछु- ग्रे-कोट लगाउन थालेपछि उसको मुटु हराउन थालेको छ मान्छे उही हो पहिले पहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो साथ

~अरुणबहादुर खत्री “नदी”~ तिमीसित मैले भेट्दाखेरीको खास बन्न सकेनछ तिमीलाई सम्झेर मैले जीवन धाउन गाह्रो भो पाउन्जेल र खाउनजेलका तिमीसितको साथहरू नदीका छालजस्तै क्षण बनेर गए

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रता

~मणिराज सिंह~ जीवनको आरम्भ जसरी गर्दा पनि हुन्छ, क,ख,ग – ए, बी, सी –अथवा वन, टू, थ्री तर, यही आकाश, धर्ती र समुद्र नाघेर गन्तव्य पहिल्याउन सक्नुपर्छ जाँगरमा इन्द्रेणी उनेर । डाँडाहरु सम्याउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका चन्द्रमा हेर्दा

~निर्मोही व्यास~ उक्लिइन् नभमा धर्ती, धर्तीमा नभ ओर्लियो, यी दुईमाझको मानौं आज अन्तर मेटियो अथवा बिपनामै म कि पुगें स्वप्नलोकमा या कुनै पुण्यले ज्यूँदै म पुगेँ स्वर्गलोकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : तेन्जिङ्गहरू सडकमा ओर्लेका छन्

~मणिराज सिंह~ पौरखी मन उचालेर स्वाभिमानी आस्था संगालेर घोडचढीहरू युद्धमा होमिएको बेला मुकुण्डो भिरेका जोकरहरू बाटो चौबाटो ढुकेर नौटङ्की गरिरहेको देखेर कुण्ठा र निराशाका चट्टानहरू खोपेर हिमालमा बाटो कोरिरहेका तेन्जिङ्गहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिक्षा

~आस्था के.सी.~ तिम्रो प्रतिक्षा गर्दागर्दै बगेर गयो बैंशालु उमेर । जमे आँशुका दहहरु, म रुदाँ रुदाँ लेघ्रो बसिसकेछ, परेलीमुनि । फेरी पनि मायाँलु म तिमीलाई पर्खेर बसेकी छु । म तिमी आउने बाटो हेरेर बसेकी छु ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : फाँसिको तख्तामा एउटा कविता

~अनिल नेम्बाङ~ यतिबेला फाँसिको तख्तामा छु। एक युग पहिले चिलको देश गएको थिएं, काग बनेर मैले देखें, -उसैको आकाशमा सारा तारा झुल्केको -उसैको आँगनमा सारा सयपत्री फुलेको -उसैको दलानमा चन्द्र सुर्य फक्रेको अनी बेस्सरी गाली गरेँ कंगालहरुलाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमतीको आमाको चिठी

~रामनाथ खनाल~ प्यारी छोरी, सम्झनाको अनन्त लहर असीम माया, खुशीको कामना सदावहार ! छोरी लेख्नु पर्ने त के छ र खास लाग्छ, मसीका डोबले गर्छन् कि उपहास बदलिएको ब्यथा पात्रहरूले एक्ल्याएको कथा नलेखुँ भन्छु आउँछ शब्द मनभरी नरोउँ भन्छु आँसु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन यति दुर्लभ छ आगो !

~शशि लुमुम्बू~ हे अग्निदेव! हामी त जाडोले लुगलुग काँप्दै हिउँको सिरकभित्र न्यानो सपना देख्दै भर्भराउँदो आगो खोज्दै कति वनजङ्गल चहार्‍यौँ कति लेक-बेँसी गर्‍यौँ तर, भेटिएन है आगो त! कतै पाएन है न्यानो त!

Posted in कविता | Tagged | Leave a comment

कविता : आशङ्का

~नारायण निरासी~ उडायो आँधीले पतकरसरी छप्पर पर बगायो बाढीले जिउधनसँगै गोठ र घर। दुखिन् मायादेवी सहन नसकी यो मन दुख्यो तराईको खम्बा ढलपल गर्‍यो ढल्छ कि अहो! डुब्यो कालापानी घरिघरि डुब्यो लक्ष्मणपुर सहारा खोज्दै छन् हरिपुरसँगै सन्दकपुर।

Posted in कविता | Tagged | Leave a comment

गजल : भारी छ अझै

~सुरज लम्साल~ गरीबको पिठ्यूँमा भारी छ अझै वर्गसङ्घर्ष देशमा जारी छ अझै लोकतन्त्र अनि गणतन्त्र आएपनि घुसखोरीदेखि अत्याचारी छ अझै

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : मृगासनमा सिंहको आशन

~राजेन्द्र थापा~ मृगासनमा ढल्केर वस्दा, सिंहलाई दिनरात मोज हुन्छ सिंहको आसन छेऊ वस्दा, मृगलाई दिनरात वोझ हुन्छ सिंहलाई सन्काई सन्काई, जव मृगहरु ढालिन्छन्

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आलुपाँडे–पुराण

~डा बमबहादुर थापा ‘जिताली’~ आचार आलु, विचार आलु, सदाचार आलु विवेक आलु, गतिमति आलु, सहमति आलु । जता पनि शान्ति आलु, सुरक्षा नि आलु नीति आलु, नियम आलु, दण्ड पनि आलु । पानी आलु, विजुली र पेट्रोल पनि आलु ग्याँस … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : फुस्रो पात

~रुमन न्यौपाने ‘अमन्त’~ म उठेर हीडे । दैडीन खोज्दा खोज्दै पनी तानीय । बाध्यता बिचमा म घेरा हालीय । तितो कफी र चियाले चित्त बुझायन । फुस्रो पात बेरीयको कागजमा म हराय ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र घर

~डा. राजेन्द्र भण्डारी~ कविको घर हुँदैन घर भए पनि भित्ता हुँदैन ऊ त डुली हिँड्छ गाउँको पहिरोदेखि शरणार्थी शिविरहरूसम्म बगैँचादेखि डढेलोसम्म रिङटोनदेखि साइरनसम्म । कविलाई घरमा नखोज्नू घरमा कवि हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीपेच

~लक्ष्मी प्रसाद देवकोटा~ क. यो राजा, जसमा हामी खण्ड, खण्ड सब जोहिई बन्छौं एक, हामी अनगिन जराहरुको एउटा बोटको पुष्प उदेक, जसका छत्र विशाल बनाउन हामी बन्यौं डाँडी, डाँडी, खाल्डा, डाँडा, लेक ! यो हाम्रो हो सगरमाथा, आदि ज्योतिका वाचाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल :  हराएछ

~बूँद राना~ गुराँसको रातो हराएछ बोलाएको सातो हराएछ मान्छे खोज्दा कतै भेटिँदैन साइनो र नातो हराएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : सूचीकार

~स्नेह सायमि~ ओ कविजी! म भ्याउँदिनँ लेख्न कविता सबेरै सडकमा आउँछु चलाउँछु यो मेसिन र सिउँछु गरिबी । प्रत्येक दिन उध्रिन्छ आशा फेरि पनि साहेबहरूका फाटेका इज्जत जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : सारेको फूलको विरूवा

~बाबुराम पन्थी ‘गुल्मेली’~ कलकलाउदा फूलका विरूवा देखे पछी एक अपरिचितले भने तपाईको करेसा बारीको फूलको विरूवा निकै राम्रो रहेछ मेरो बारीमा सार्न मन लाग्यो मैले सजकता अपनाउँदै सुरक्षित तरीकाले उनको हातमा सुम्पिएँ केही समयको अन्तराल पछी

Posted in कविता | Tagged | Leave a comment

कविता : छुट्ने दिन

~दिवाकर स्वप्नील~ टुसुक्क बसी सुस्तरी , वर र पर नियाली। वेदना मन्को खोलेर, विरक्त भाका बोलेर। भिजेका नयन् हेरेर, लुकाउँ प्रयास् गरेर। आँसुले खेल्थ्यो बयेली, मलिन स्वरमा संगीनी।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : दियो

~पूर्ण ओली~ गोरो वर्ण, कपाल त्यो बुलबुले, अग्लो न होचो कद डोलो, सुन्दर जीउडाल, पहिरन्, बोली मिठो बेहद मुस्काईरहने सदा, चुलबुले, बेजोड आकर्षण को हौ ए ? किन पार्दछ्यौ थिलथिलो, व्यर्थै अरुको मन ? गाढा रात थियो तिमी म बिचमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भग्न चौतारो

~टङ्क उप्रेती~ मेरो गाउँको भग्न चौतारोमा अझै खेलिरहेको बच्चा देखेँ उसलाई देखेर रोमाञ्चित भएँ म उसको हातमा थियो- सेलरोटीको अर्धचन्द्राकार टुक्रा। त्यस चौतारोमा पेसाबाट निवृत्त वृद्धवृद्धाहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : नहुन नि सक्छ

~करुण थापा~ अमृत पिउने कोही अमर नहुन नि सक्छ ‌औषधिको राम्रो असर नहुन नि सक्छ तिम्रो भागमा खुसी पर्दा मेरो हात खाली सबको भाग्यमा बराबर नहुन नि सक्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : बासना छर्न आउनु

~सुरेश सुवेदी~ थोपो भएर पानीको हामी सागर बन्नु छ धूलो भएर धर्तीको हामी पर्वत बन्नु छ पत्झड जङ्गलमा हामी मुना भै छ पलाउनु म फुल्नेछु तिमीचाहिँ बासना छर्न आउनु। बालुवाको बनी तेल धारा भएर झर्नु छ ज्वालामा पनि आगोको हामीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भेट र पृथकता

~हेम प्रभास~ फूलसँग रङ र सौन्दर्य चोरेर मुस्कुराउन आइपुगेथेँ तिम्रा शिशिरहरूमा तिमीले गाली गर्यौ र, पो म फर्किएँ। तिमी जङ्गलैजङ्गल दौडँदा जङ्गलका काँडाहरूलाई फकाएँ र, तिम्रा पाउहरूमा नबिझ्नू भनेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : माइलादाइ

~दिलिप योन्जन~ आफ्नै पीडाका गीत गुन्गुनाउदै उकालो ओरालो अनि चौतरीमा ख्वाक ख्वाक खोक्दै थुक्दै स्वाँ स्वाँ गर्दै ठेला ठेलिरहन्छ जाडोमा गर्मीमा एकनासले गन्तब्यको खोजीमा |

Posted in कविता | Tagged | Leave a comment

कविता : बेपत्ताको आत्मा

~हेमन यात्री~ बाँचेकाहरूसँग त छँदै छैन म मरेकाहरू सँग पनि छैन तिमीलाई याद हुनु पर्छ अझै शरद ऋतुको एकबिहान मैले बोकेको राजनीतिशास्त्र र केही युद्धका किताबहरू देखेर कलेज जाँदा–जाँदै बाटामै अपहृत भएको हूँ म

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम धनिमाया थारु — वर्ष चौरासी

~रमेश सायन~ म धनिमाया थारु आगनमा चलिरहे छ मेरै चौरासी पुजा अव एकै छिनमा म मानुख्य बाट देउता हुन्छु । देउतालाइ सुहाउँछ सुहाउँदैन

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नेपली मन

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी म नेपाली माटो मन-वचनले धारण गरूँ ध्वजामा नेपाली सुललित कला-कौशल भरूँ यहाँकै भाषामा विनिमय गरूँ तर्क रसिला यहीँ नाचूँ-गाऊँ कृति नव बनाऊँ गहकिला ।। शिला खोपीखोपी हृदयभरि लेखूँ म कखरा दिऊन् विद्या अग्ला हिमगिरि “हिराका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : हूलिया हराइरहेछ

~उदय निरौला~ पातको नाद–कानपात नाप्दै–नाप्दै वेगले हानिरहेछ हातको हात– दिनदहाडै– दिन तम्तम्याईलो पल्टिरहेछ पेटीको वास भएर उठेको दम्को पेटीमै पल्टिरहेछ माथि लक्ष्यको ताँदो नउठ्दै झ्वाट्ट चुँडिरहेछ । गन्तव्य अलमलिएको धमिलो दृश्य आरम्भतिर फर्किरहेछ

Posted in कविता | Tagged | Leave a comment