Category Archives: नेपाली काव्य

Poetry

कविता : शुक्रकिटको “प्रेम”

~प्रणिका कोयु~ सबैले सोध्दैछन् आखिर को परेछ त्यो शक्ति जसले आफ्नो मनको जलन देखेछ एसिडमा र सारेछ आफ्नो जलन उनको अनुहारमा सबैले सोध्दैछन् आखिर को रहेछ त्यो लाखे जसले कौशल देखाउँछ जात्रामा तर किन हो यो जात्रा “जात्रा” बनेछ – … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको परिभाषा

~त्रिभुवनचन्द्र वाग्ले~ आमाले दूधले पखालि दिनुभएको गालामा माया गर्ने पश्चिमे संस्कृतिमा तिमीले जुठो चुहायौ मैले घिनमान्न पाइन, त्यो आतुरतामा आमाले मलाई जन्मदिनको शुभकामनामा ढ्याब मार्दा पिठ्युँमा सेतो सर्टमा दाग लाग्यो धुँदा सर्ट तिमीले दागा ध-यौ– “कसले मैलायो सर्ट”

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा र गुलाफ

~सिर्जना खड्का~ थाहा छैन काँडालाइ , काँडासंग गुलाफ फुलेको हो या गुलाफसंग काँडा …… तर यति थाहा छ काँडालाइ सधै सधै गुलाफसंगै रहनु छ उसको अंग रक्षक भएर … आफ्नै छातीमाथि फुलेको गुलाफबाट न कहिल्यै सिक्यो काँडाले

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझ पर्छ र जीवन झर्छ

~उदय निरौला~ साँझ पर्छ र जीवन झर्छ त्यो सूर्यमूखी फूलको राज चल्छ मच्छडको र झूलको जीवन त्यो फूलसँग पनि बाटिएकै छ जीवन यात्रामा त्यो झूलसँग पनि नाता गाँसिएकै छ । सायद यी दूर्गम देशका दूर्गम गाऊँका र दूर्गमबाट राजधानी छिरेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोको गन्ध

~प्रवीण खालिङ~ मेरो हजुरबाको नङ्ग्रीले खोर्सिएपछि उनको हजुरबाको विर्ता मौलिएको हो उसरी नै मेरो बाले यही माटोमा जीवनको पानी नउम्रने बाँझोमा अरूले शीत ठान्ने पसिना भए अरूले रीत ठान्न असिना सहे। बाकै पौरखले देश हिँड्ने भयो बाकै पसिनाले देश धान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दृश्य

~डिल्ली मल्ल~ जब देखिदै जान्छन् विकट विगतका उन्मुक्त सपना र, सम्झन्छु– आफ्नै शिरमाथिको विद्रुप वर्तमान परेलीको पहाड नाघेर उर्लिन थाल्छन् कर्णालीका छालहरु आँखै अगाडि घुमिरहन्छ आफ्नै चिहान खन्न गैती र बेल्चा बोकेर कुदिरहेका योद्धाहरुको लस्कर

Posted in कविता | Tagged | Leave a comment

छन्दबद्ध मुक्तक : उत्कृष्ट लेखे

~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा लेखेको नै नहेरी अनवरत कुनै उत्तिकै ठोक्छ “आहा” केहीलाई रचेका सुमधुर कृतिका काइदै छैन थाहा जान्ने गम्किन्छ धेरै कमसल बिचरो कोर्छ जानीनजानी

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : १०४ ज्वरो

~सुवास खनाल~ र उसैगरी किन आउँदैन उनीहरूलाई १०४ को ज्वरो ? जब हेर्छु बाबाको अनुहार चिम्सा आँखाहरूले लुकाउन सकेका छैनन् आँसुका भुल्काहरू हजुरआमा उनको प्यारो दम खोकिलामा उसैगरी च्याप्दै बसेकीछिन्

Posted in कविता | Tagged | Leave a comment

कविता : के छ आमा त्यो दराजभित्र ?

~योगेन्द्र रिजाल~ तिम्रो प्रेमिले उहिले खुसुक्क सिउरिदिएको फूलको सुकेको पत्ती, वतासजस्तो उहिले तिमी डुल्ने गरेको पहाड, घास- दाउरा जाँदा बिझेको जङगली काँडा, वा, कसैले

Posted in कविता | Tagged | Leave a comment

कविता : माकादुम

~बाबु त्रिपाठी~ त्यस्तो भिर मैले पैलोचोटि देखेको हुँ जहाँ भिरमै ठडिएका थिए घरका खाँवा र धुरीहरू भिरमै जेलिएको थियो गड्यौलाजस्तो बाटो जो वयेली खेल्दै पुग्दा रहेछन् सदरमुकामसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : एक जमनामा

~प्रकाश रम्घाली~ मनभित्रै प्रेमको बस्ति बसाउन चाहाने तर- छातीको बाँयापट्टी शान्तिको परेड खेल्न असमर्थ क्यानम ! लाहुरे मुटु पनि थियो- एक जमनामा । पुरानो घरको बार्दलीमा बसेर बाटोमा कामुक आँखा ओछ्याउने वयस्क घाम

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो पनि ठुलो मान्छे भएछ

~किशोर पहाडी~ वर्ष चौबीसको, गहुँ गोरो, च्यूँडोमा सानो खत भएको, दुब्लो दुब्लो, चुरोट नखाने, रक्सी नखाने, अविवाहित, घण्टाघर नजिकैको कलेजमा आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको काख

~ध्रुव सत्य~ सानो छँदा तिमीले मलाई जटिल प्रश्न गरेका थियौ— आमा, म कहाँबाट आएको हुँ ? तिमी सूर्यबाट आएका हौ । मेरो जवाफ पाएपछि तिम्रो मुहार घामजस्तै चम्केको थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हतारमा यात्रा

~श्यामल~ धेरै कुराहरू छुट्छन् प्रस्थानबिन्दुमै हतारमा यात्रा गर्दा अँध्यारोमा देख्ने उज्यालो र्टच र दाह्री फाल्ने पत्ती दाँत माझने मन्जन र ब्रुस, सामान राख्ने झोला महत्वपूर्ण सम्पर्कविन्दुहरू पढ्न थालेको तर अधुरै रहेको नयाँ किताब

Posted in कविता | Tagged | Leave a comment

कविता : सरला

~सिमा आभास~ आगोमा पानी घोप्ट्याएझैँ निभेथ्यो उसको तरुनी बैँस बिजुली चम्किएर चट्याङ पर्दै गर्दा हिँडी सिस्नुको घुम ओढेर एक्लै । भत्काइ आफैँले बनाएका गौडा र गल्छेडा बदली बोलीरहेको भाषा भत्कँदै गइ पहिरोझैँ सललल… तलसम्म र रुख बनेर लडी बाढीमा ।

Posted in कविता | Tagged | Leave a comment

गजल : जुट्नु पर्छ आफै

~सजना गुरुङ~ सप्ना साकार पार्नलाई जुट्नु पर्छ आफै ! दिन बनाइ रातलाई उठ्नु पर्छ आफै ! देश शृंगार्ने चाह भए स्वदेशकै तीर् मा

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : भिर नभए

~सिर्जना खड्का~ थाहा हुँदैन यात्रा अक्कर भिर नभए बुझिँदैन जिबन अलिकति पिर नभए सोचेको खोजेको जस्तो कहाँ मिल्छ र

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : साँचीय जस्तो लाग्छ

~सौभाग्य बज्गाईं~ जे होश अलिकति माया साँचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भाँचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रै सम्झनाले

~रामचन्द्र कार्की~ मेरो प्रत्येक रातको निन्द्रा, तिम्रो यादमा भागिदिन्छ, मनलाई रोक्न बार हाल्छु ,तैनि उफ्रि नाघिदिन्छ । गाँस टिपी मुखमा लग्यो, तिम्रो मुखले आँ पो गर्छ, प्रत्येक पलमा तिम्रो फोटो, आँखाबाट खाँशु झर्छ । भोक प्यास निन्द्रा सवै, तिम्रै यादमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पिइ हाल्छु रात परे पछि

~सिर्जना खड्का~ पिउदिन भन्यो पिइ हाल्छु रात परे पछि चोखो पिरतिको बदलामा घात परे पछि छुदैन अचेल कुनै मदिराको चुस्कीले मलाई मदिराको भन्दा बढी प्रीतिको मात परे पछि

Posted in गजल | Tagged | Leave a comment

कविता : शान्तिका दूत बनौं हामी

~निर्मला अवस्थी~ विसाऊ अब बन्दुकहरु उठाऔं कलम हातमा लडाई लडौं विचारको लिएर विवेक साथमा धेरै भयो तहस नहस देश पछाडी गइसक्यो जागौं न जागौं अब त धेरै ढिला भइसक्यो। बुध्दि विवेक बल सबै ओइरीसके विदेशतिर अपाङ्ग, रोगी, बुढाबुढी बाँकी रहे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नजर करौँतिमा परे

~तिलक अनुरागी~ नक्कलीको छड्के नजर करौँतिमा परे जवानिले डसेपछि मत जिउँदै मरे! भाग्न खोजे टाढा टाढा नजर भन्दा मोहनिले ताने पछि वर वर सरे!

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यस रातको सपना

~गणेश कुमार राइ~ गाउँमा अचानक बाँसुरी बज्न छाड्यो धपाइन छाडे जंगलमा भेडाहरु रातभरि एक्लै निदाउन थाल्यो गोठ बाँसुरी बजाउने भरुने भेडा चरणमा गाउने चतुरे र गोठ रुङ्ने दातेन सबै–सबै अकस्मात हराए गाउँबाट गाउँमा उनीहरुका सोल्टीना थिए

Posted in कविता | Tagged | Leave a comment

संस्कृत कविता : प्रेमसिंहासने राजितोऽयं जगत्

~निर्मोही व्यास~ प्रेम सृष्टेः परं सारमेकं महत् प्रेमसिंहासने राजितोऽयं जगत् इन्दुना सार्धमाह्लादिता चन्द्रिका भ्राजिता वारिवाहेन सौदामिनी अम्बरश्चुम्बति क्वापि नूनं धरां रागिणी यत्र त्तत्रैव वीणा–ध्वनिः

Posted in कविता, संस्कृत कविता | Tagged | Leave a comment

कविता : जवाफ

~आस्था के.सी.~ टक्क रोकिए हुन्थ्यो यो सिरसिर बहिरहेको पवन । यो निष्ठूरी समय र यो मेरो मन् ।। तिमी नजिकै छौ र पनि कति टाढा छौ । खोजिरहन्छ मन् हरपल हरपल तिम्रै निकटताको मिठो एहसास ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : नाथै नाथका बाँदरहरू

~उषा शेरचन~ सधैँ अरूकै हात खोसेर खान पल्केका बाँदरहरू सधैँ अरूकै भाग लुटेर बाँच्न पल्केका बाँदरहरू जति नै निर्दोषताका खोल ओढे पनि जति नै निश्छलताका ढोल पिटे पनि अरूलाई मात दिने आशामा नै बसिरहेका हुन्छन् अरूलाई घात दिने ताकमा नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आर्यघाट तिर

~लक्ष्मी प्रसाद देवकोटा~ क. प्राची सुत अति प्रतिभ प्रतापी दिव्य दिवसको अब अवसान ! आलोक प्रवच्चित आशामुख छन् सविषाद गवाही गाढा ! किरण दृष्ण ती तुहिन महीधर मौन खडा छन् मुख म्लान ! रुदित वाग्मती–जल छटपटले विलपी बग्दछ टाढा ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आज फेरि भाँचिएछ

~सुवासचन्द्र ढुङ्गेल~ भाँचिएको मन आज फेरि भाँचिएछ आफ्नो मृत्युमा खुसी भै आफैं नाचिएछ ढुङ्गा जस्तो मुटु बोक्ने मान्छेहरूमाझ धेरै वर्ष काँचजस्तो जीवन बाँचिएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : खबर

~रुमानी राई~ साथी ! के बताउँ मेरो हाल तिमीलाई ? जीवनको पहिलो पाईला धर्तीमा चाल्न सुरु गरेदेखि नै हिंड्दैछु पाईला मेट्दैछु । अचेतन मै आफ्नो छायाँसित नतर्सिएरै आफै भाग्दैछु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : आँशुको मूल रै’छ

~पलपल मोक्तान~ साँच्चै जिन्दगी त एउटा आँशुको मूल रै’छ । सबैलाई आफ्नो सम्झी मन साट्नु भुल रै’छै उसैलाई आफ्नो सम्झी मनको कुरा साटें त्यहीकुरालाई चिरोफारो गर्ने उसको हुल रै’छ

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~ हिउँदका चीसा रात कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख शिशुहरू बेबी क्यारियरमा मातृ–काखको ताप धिताइरहेका छन् कुकुरका छाउराले मम्मीको काखबाट बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन् आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा

Posted in कविता | Tagged | Leave a comment

गजल : बोलेरै याँ खायौ जेठा

~भिम बहादुर थापा~ दिउँसै राती गर्दै भाँती, बोलेरै याँ खायौ जेठा भित्र के थ्यो बाहिर जे थ्यो, खोलेरै याँ खायौ जेठा ** गुलियो गाँस्दै झुठो बाँड्ने, बर्षौं भयो देख्दै आ’को संग्राम बेरी रंग फेरी, टोलेरै याँ खायौ जेठा

Posted in गजल | Tagged | Leave a comment